


Get the latest creative news from FooBar about art, design and business.



गौतम बुद्धको जन्मस्थलको नामबाट नामाकरण भएको लुम्बिनी प्रदेशको समग्र गतिविधि पस्किने थलो हो, क्लिक लुम्बिनी डटकम । तपाईंहरुको कुनै सल्लाह, सुझाव र प्रतिक्रिया भए ईमेल गर्नुहोला ।
पाल्पा, २३ असोज । पाल्पाको डुम्रेमा सवारी दुर्घटना हुदाँ एक युवकको मृत्यु भएको छ । मृत्यु हुनेमा रामपुर नगरपालिका–१ हाँगेपिपलका २२ वर्षीय नारायण ठकुरी रहेको प्रहरीले जनाएको छ। बुटवलबाट पाल्पातर्फ आउँदै गरेको लु३१प ६५०७ नम्बरको मोटरसाइकलले र सोही दिशाबाट आउँदै गरेको लु२ख ४६३१ नम्बरको टिपरलाई उछिन्ने क्रममा पाल्पा–बुटवल सडकखण्डको तानसेन नगरपालिका–८ डुम्रेमा दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय पाल्पाका प्रहरी निरीक्षक सन्दीप बेल्बासेले बताए। दुर्घटनामा घाइते भएका मोटरसाइकल चालक ठकुरी उपचारको क्रममा भैरहवा मेडिकल कलेजमा मृत्यु भएको हो । साथै, मोटरसाइकलमा सवार घाइते भएका रामपुर–१ हाँगेपिपलका प्रवीण ठकुरी मेडिकल कलेजमा उपचार भइरहेको प्रहरीले जनाएको छ।
भैरहवा,२३असोज । रुपन्देहीको सिद्धार्थनगर नगरपालिकाका प्रमुख (मेयर) इश्तियाक अहमद खाँले समाजको समस्या लिएर भेट्न आएका विद्यार्थीहरुलाई टिका र खादा लगाएर सम्मान गरेका छन् । साथै, उनले विद्यार्थीहरुले अवगत गराएको समस्याबारे तत्काल समाधान गर्न निर्देशन दिएका छन् । विद्यार्थीहरुले सिद्धार्थनगर नगरपालिका वडा नम्बर २, मेउडिहवा स्थित जिसी पथमा कुलोको पानीका कारण सडकको अवस्थाका खराब भएकोले सडक र नाला निर्माण र तत्काल समस्या समाधानका लागि नदीजन्य पदार्थ खसाल्न मेयर समक्ष निवेदन लिएर पुगेका थिए । कक्षा ५ मा अध्ययनरत अनिल गुप्ता र ८ मा अध्ययनरत राजिव गुप्ताले राखेको उक्त गुनासो उपर उनले तत्काल कार्यवाही गर्दै समस्या समाधानका लागि सम्बन्धित शाखालाई निर्देशन दिए…
भैरहवा,२२ असोज। नेपाल एयरलाइन्सले ए-३२० न्यारोबडी विमान मार्फत काठमाडौं-भैरहवा उद्दार उडान गर्ने जनाएसँगै उडानको सबै टिकट बिक्री भएको छ । अविरल वर्षाका काण आएको बाढी,पहिरोले राजमार्गमा क्षति हुदाँ काठमाडौं आवगमनमा समस्या र दसैं पर्वमा आवगमनमा सहजताका लागि फुलपाती (असोज २४ गते) का दिन काठमाडौं-भैरहवा-काठमाडौं उद्दार उडान गरिने नेपाल वायुसेवा निगमले जनाएको थियो । निगमले भैरहवा उडानका लागि सोमबार टिकट बुकिङ खुल्ला गरेलग्त्तै ७० वटा टिकट विक्री भएपछि राति बुकिङ बन्द गरेर मंगलबार बिहान खोलेको थियो । मंगलबार बिहान बुकिङ खुलाएको केही समयमै बाँकी टिकट बिक्री भएको निगमका प्रवक्ता रमेश पौडेलले बताए । भैरहवा उडान गर्न लागेको विमान १५८ सिटको हो…
भैरहवा,२२असोज। नेपालको स्थानीय बजारमा सुनको मूल्य घटेको छ। सुनको मूल्य प्रतितोला ४०० रुपैयाँले घटेर एक लाख ६० हजार १०० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । सोमबार सुन प्रतितोला एक लाख ६० हजार ५०० रुपैयाँमा कारोबार भएको थियो । त्यस्तै मंगलबार चाँदीको मूल्य पनि तोलामा ४० रुपैयाँले घटेको छ । चाँदी प्रतितोला १९४० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।
भैरहवा, २२ असोज। अविरल वर्षाका कारण आएको बाढी, पहिरो पीडितका लागि भारतले राहत सामग्री उपलब्ध गराएको छ। भारतीय राजदूतावास काठमाडौंका द्वितीय सचिवद्वय आषिश सिन्हा र नारायण सिंहले बाँकेका प्रमुख जिल्ला अधिकारी खगेन्द्रप्रसाद रिजाललाई बाढीपीडितका लागि आवश्यक राहत सामग्री हस्तान्तरण गरे । नेपालगञ्ज विमानस्थल परिसरमा एक करोड १८ लाख ५१ हजार भारतीय रुपैयाँ बराबरको सामग्री ‘मानवीय सहायतस्थल’मा हस्तान्तरण गरिएको छ । सामग्रीअन्तर्गत क्लोरिन ट्याब्लेट, स्लिपिङ ब्याग, पानीको बोतल, त्रिपाल लगायत रहेको जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको छ। बाँकेका सीडिओ रिजालका अनुसार भारत सरकारको तर्फबाट अझै सामग्री आउने र सबै सामग्री सङ्कलन भएपश्चात विमानमार्फत काठमाडौं पठाइने छ।
भैरहवा, २२ असोज । रुपन्देही प्रहरीले भारतबाट अवैध रुपमा भित्राइएको ठुलो परिमाणमा कपडा बरामद गरेको छ। इलाका प्रहरी कार्यालय बुटवल, इलाका प्रहरी कार्यालय रन्यौरा र प्रहरी चौकी बेलभरियाको संयुक्त टोलीले बुटवलमा लु १ ख ८३४० नम्बर ट्रक चेकजाँचको क्रममा ५० लाख ४२ हजार बढी मूल्य बराबरको कपडा बरामद भएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका एसपी रंजितसिंह राठौरले जानकारी दिए । साथै, अवैध साम्रगी ढुवानीमा प्रयोग भएको ट्रक पनि नियन्त्रणमा लिइएको उनले बताए । उनका अनुसार बरामद भएको कपडाहरुमा लेडिज उलन सुट २ हजार ८ सय ५७ थान, उलन सुटको कपडा ६ सय ९० रोल, कटन सुट र सेण्डो १ हजार ९…
सिन्धुली,२२ असोज। सिन्धुलीको हरिहरपुरगढी गाउँपालिका-६ भिमानमा ऊँट देखा परेको छ । हरिहरपुरगढी गाउँपालिकाका अध्यक्ष बव्रध्वज वाइवाका अनुसार मंगलबार बिहान भिमानको बस्ती नजिकै ऊँट देखा परेको हो। ‘अहिलेसम्म हाम्रो क्षेत्रमा ऊँट देखिएको थिएन। बिहान ऊँट देखिएको खबर आएपछि वन डिभिजन कार्यालयमा खबर गरिएको छ ।उहाँहरु आउँदै हुनुहुन्छ।’ नेपाल जंगलमा ऊँट नपाईने र यस क्षेत्रमा हालसम्म ऊँट नदेखिएकोले हेर्नेको भीड लागेको छ। डिभिजन वन कार्यालय मरिणका वन अधिकृत अभिमन्यु केसीले ऊँट देखिएको जानकारी प्राप्त भएको र कार्यालयको टोली जान लागेको बताए। भारतबाट ल्याएर कसैले पाल्दै आएको ऊँट फुत्किएर भागेको हुन सक्ने उनले आशंका व्यक्त गरे । ‘ऊँट मरभुमीमा पाईने जनावर भएकोले नेपालको…
भैरहवा,२१ असोज। नेपाल एयरलाइन्सले भैरहवा-काठमाडौं उडान गर्ने भएको छ। अविरल वर्षाका काण आएको बाढी,पहिरोले राजमार्गमा क्षति हुदाँ काठमाडौं आवगमनमा समस्या र दसैं पर्वमा आवगमनमा सहजताका लागि फुलपाती (असोज २४ गते)का दिन काठमाडौं-भैरहवा-काठमाडौं उद्दार उडान गरिने नेपाल वायुसेवा निगमले जनाएको छ। निगमका प्रवक्ता रमेश पौडेलका अनुसार १५८ सिटको निगमको ए ३२० न्यारोबडी विमानले फुलपातीका दिन बिहीबार विहान ११ बजे काठमाडौं-भैरहवा र त्यहाँबाट सोही दिन १२:३० बजे काठमाडौंका लागि उडान भर्ने तालिका छ। उनले काठमाडौं-भैरहवा उडानका लागि प्रतिव्यक्ति ७ हजार रुपैयाँ र भैरहवा-काठमाडौं उडानका लागि ३ हजार ८९० रुपैयाँ भाडा तोकिएको बताए । यस उडानमा ३० किलोसम्म लगेज नि:शुल्क लैजान सक्ने जनाईएको…
भैरहवा,२१ असोज। नेपाल प्रिमियर लिग (एनपीएल) को अक्सनमा भैरहवाका साहब आलमसहित १२ खेलाडी अधिकतम मूल्यमा बिक्री भएका छन् । नेपाल क्रिकेट संघ (क्यान)ले गरेको अक्सनमा खेलाडीहरुको न्यूनतम मूल्य १० लाख देखि अधिकतम मूल्य १५ लाखसम्म राखिएको थियो। जसमा १२ जना खेलाडी अधिकतम मूल्यमा बिक्री भए । साहब आलम, प्रतिश जिसी, लोकेश बम, ललितनारायण राजवंशी, अनिलकुमार साह, गुलसन झा, भीम सार्की, सूर्य तामाङ, सन्दीप जोरा, विवेक यादव, सागर ढकाल र आरिफ शेख १५ लाख रुपैयाँमा बिकेका हुन्। साहब आलम र भीम काठमाडौं गुर्खाज, प्रतिश र लोकेश विराटनगर किङ्स, ललित र अनिल जनकपुर बोल्ट्स, गुलसन कर्णाली याक्स, सूर्य, विवेक र सन्दीप लुम्बिनी…
मुस्ताङ,२०असोज। मुस्ताङमा औपचारिक बौद्ध उच्च शिक्षाका लागि बौद्ध क्याम्पसको माग गरिएको छ। हाल यहाँका गुम्बाहरुमा अनौपचारिक रुपमा बौद्ध शिक्षा सञ्चालनमा छ। तर, स्थानीयहरुले त्यसलाई मुलधारमा ल्याउनका लागि बौद्ध क्याम्पसको माग गरेका हुन्। बौद्ध क्याम्पस संचालनका लागि मुस्ताङ तयार रहेको भन्दै लुम्बिनी बौद्ध विश्वविद्यालयले औपचारिक बौद्ध शिक्षाको सुरुवात गर्नुपर्ने मुस्ताङका सरोकारवालाहरुको माग गरेका हुन्। लुम्बिनी बौद्ध विश्वविद्यालयले मुस्ताङको जोमसोममा आइतबार आयोजना गरेको मुस्ताङको बौद्ध सम्पदा र संस्कृतिको पर्यटन प्रवद्र्धन विषयक अन्र्तक्रियामा मुस्ताङका अगुवाहरुले बौद्ध सम्पदाहरुको अनुसन्धान, संरक्षण, उत्तखनन् तथा बौद्ध शिक्षामा विश्वविद्यालयले अग्रसरता लिनुपर्ने बताए । कार्यक्रममा बोल्दै गण्डकी प्रदेशका पूर्व मुख्यमन्त्री खगराज अधिकारीले मुस्ताङ बौद्ध सम्पदाको अदभूत खानी रहेको भन्दै…