


Get the latest creative news from FooBar about art, design and business.



गौतम बुद्धको जन्मस्थलको नामबाट नामाकरण भएको लुम्बिनी प्रदेशको समग्र गतिविधि पस्किने थलो हो, क्लिक लुम्बिनी डटकम । तपाईंहरुको कुनै सल्लाह, सुझाव र प्रतिक्रिया भए ईमेल गर्नुहोला ।
भैरहवा,४असोज। नेपालको स्थानीय बजारमा सुनको मूल्य बढेको छ। शुक्रबार सुन तोलामा १५ सयले बढेपछि प्रतितोला १ लाख ५७ हजार १ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । यसअघि बिहीबार सुनको मूल्य प्रतितोला १ लाख ५५ हजार ६ सय रुपैयाँ कायम भएको थियो। त्यस्तै शुक्रबार चाँदीको मूल्य पनि बढेको छ। महासंघका अनुसार चाँदीको मूल्य तोलामा ३५ रुपैयाँले बढेर प्रतितोला एक हजार नौ सय १५ रुपैयाँमा कारोबार भइरहेको छ।
भैरहवा,४असोज। नेपाल पत्रकार महासंघको निर्वाचन अनिश्चितकालका लागि स्थगित भएको छ । महासंघ निर्वाचन तालिका अनुसार आगामी १२ गते हुने निर्वाचनका लागि शुक्रवार मनोनयन दर्ताको तालिका थियो। तर, महासंघले शुक्रवार एक सूचना जारी गर्दै निर्वाचन अनिश्चितकालका लागि स्थगित भएको जनाएको छ। नेपाल पत्रकार महासंघबाट प्राप्त पत्रअनुसार मनोनयन दर्ता लगायतका कार्यतालिकामा समावेश कार्यक्रम अर्को सूचना जारी नभएसम्मका लागि स्थगित गरिएको केन्द्रीय निर्वाचन समितिले जानकारी दिएको छ । कार्यवाहक अध्यक्ष रमेश विष्टले केन्द्रीय निर्वाचन समितिलाई पत्र पठाउँदै आसन्न निर्वाचनका कार्यक्रम हाललाई स्थगित गर्न अनुरोध गरेका थिए। सदस्यता शुद्धीकरणको विषयमा विवाद हुँदा नेपाल पत्रकार महासंघको महाधिवेशन प्रभावित भएको छ । विवाद चर्किएपछि महासंघको अध्यक्ष…
दाङ, ३ असोज । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले अर्गानिक टिमुर खेतीबारे प्रदेश सरकारले व्यवसायिक योजना बनाउन साथ दिने बताएका छन् । लुम्बिनी प्रदेशका पहाडी भू–भागमा अर्गानिक टिमुर खेती हुँदै आएको छ । टिमुरको व्यवसायिक खेतीबाट किसानको जीवनस्तर सुधार गर्न सकिने मुख्यमन्त्री आचार्यको भनाइ छ । विदेशी दातृ निकाय तथा उद्यमीहरुसँग बिहीबार राप्ती उपत्यका देउखुरीमा भएको भेटका क्रममा मुख्यमन्त्री आचार्यले प्रदेश सरकारले चालु आर्थिक वर्षको वार्षिक नीति तथा कार्यक्रम र बजेटमा टिमुर खेतीको विकासको लागि सम्बोधन गरिएको समेत जानकारी दिए । ‘हाम्रा पहाडी भू–भागमा राम्रो टिमुर उत्पादन हुन्छ । किसानलाई बढी फाइदा हुने गरी टिमुर उत्पादन गर्न प्रदेश सरकार सहयोग…
भैरहवा,३असोज। भैरहवा भन्सार कार्यालयका नव आगन्तुक प्रमुख भन्सार अधिकृत राम प्रसाद रेग्मीले राज्यलाई फाईदा हुने कामको लागि स्थानीयहरुसंग हातेमालो गरेर अघि बढ्ने बताएका छन्। नेपाल भारत मैत्री संघ, बेलहिया उपशाखा र सोसाईटी अफ ट्राभल एण्ड टुर्स अपरेटर्स नेपाल लुम्बिनी प्रदेशको संयुक्त आयोजनामा भैरहवामा आयोजित संविधान दिवस तथा स्वागत कार्यक्रममा बोल्दै भन्सार अधिकृत रेग्मीले सकारात्मक र देशको हितमा हुने काम गर्न आफु तत्पर रहेको बताए। राज्यलाई फाईदा तथा हितमा हुने काम गर्न तयार रहेको र राज्यलाई घाटा हुने काममा भने आफु सधै निर्मम हुने उनले बताए । उनले सीमामा आवातजावत सहज भए यसै क्षेत्रको पर्यटन बढ्ने र आफु यसको लागि सधै…
हृदयराम गुप्तामर्चवार,३ असोज । संविधान दिवसको अवसरमा रुपन्देहीको कोटहीमाई गाउँपालिकामा आयोजिता वक्तृत्वकला प्रतियोगितामा श्री बोगडी माध्यमिक विद्यालयका अरुन यादव प्रथम भएका छन्। पालिकाले दिवसको अवसरमा सामुदायिक विद्यालयका माध्यमिक स्तरबाट अन्तर विद्यालय स्तरीय प्रतियोगिता आयोेजना गरेको थियो। ‘संविधान र समावेशिता’ विषयक भएको उक्त प्रतियोगतामा सहभागी पालिका भित्रका ७ वटा विद्यालयबाट १४ जना विद्यार्थीहरु मध्ये १३ जनालाई पछि पार्दै कक्षा ९ मा अध्यनरत यादवले प्रथम भएको प्रतियोगिता मुल्यांकन समिति संयोजक जगदिश्वर यादवले बताए । उनका अनुसार उक्त प्रतियोगितामा श्री लालविहारी माध्यमिक विद्यालयको छात्रा रिया कुमारी नाउ दित्तीय, श्री बोगडी माध्यमिक विद्यालयको छात्रा लक्ष्मी प्रजापति तृतीय र श्री मर्यादपुर माध्यमिक विद्यालयका छात्र नारायण…
भैरहवा, ३ असोज । रुपन्देहीको रोहिणी गाउँपालिकामा विभिन्न कार्यक्रम गरी राष्ट्रिय शिक्षा दिवस मनाइएको छ। दिवसको अवसरमा गाउँपालिकाको शिक्षा, युवा तथा खेलकुद शाखाले विभिन्न प्रतियोगिता, सम्मान, शैक्षिक बहस एवं पुरस्कार वितरण गरेको छ । रोहिणी–३ स्वामीनगर, धकधईस्थित श्री राम नरेश यादव आदर्श नमूना माध्यमिक विद्यालयमा प्राथमिक तहका शिक्षकहरुबीच मैत्रीपूर्ण ज्ञान आदानप्रदान, माध्यमिक तहका विद्यार्थीहरुबीच प्रतिष्र्धात्मक हाजिरीजवाफ प्रतियोगिता, विद्यालयस्तरीय शिक्षक वक्तृत्वकला प्रतियोगिता र माध्यमिक तह विद्यार्थीस्तरीय वक्तृत्वकला प्रतियोगिता सम्पन्न भएको गाउँपालिकाको शिक्षा शाखा प्रमुख मधु प्रसाद घिमिरेले बताए । जसअन्तर्गत माध्यमिक विद्यालयस्तरीय विद्यार्थी हाजिरीजवाफ प्रतियोगितामा बगहा माध्यमिक विद्यालय प्रथम, बुद्ध त्रिवेणी पब्लिक हाई स्कूल द्वितीय र श्री छिपागढ माध्यमिक विद्यालय तृतीय…
भैरहवा,२असोज । भारतबाट भन्सार छलेर अवैध रुपमा भित्राइएको कपडा प्रहरीले बरामद गरेको छ। वडा प्रहरी कार्यालय भैरहवाबाट खटिएको टोलीले सिद्धार्थनगर नगरपालिका-८ शिवमन्दिर स्थित लु ३ च ६५१९ नम्बरको गाडी (छोटा हात्ती) चेकजाँच गर्ने क्रममा कपडा बरामद भएको प्रहरीले जनाएको छ। जिल्ला प्रहरी कार्यालय रुपन्देहीका सूचना अधिकारी एवं डिएसपी मनोहरप्रसाद भट्टका अनुसार नियन्त्रणमा लिइएको उक्त गाडीबाट ७ लाख ३२ मूल्य बराबरको ३६४ थान कुर्था सुरुवाल, ७९२ थान टप्स, कढाई कुर्ता सुरुवाल १४८ थान बरामद भएको हो। साथै भन्सार छलेर भित्राइएको कपडा ढुवानीमा प्रयोग भएको गाडीका चालक रुपन्देहीको तिलोत्तमा नगरपालिका-६ का कुञ्जलापुरका ३२ वर्षीय साजन विकलाई पक्राउ गरिएको उनले जनाए। पक्राउ परेका…
भैरहवा,२असोज। प्रहरीले लागुऔषधसहित तीन जना युवाहरुलाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा रुपन्देहीको मर्चवारी गाउँपालिका-१ का २६ वर्षीय शैलेश कुमार सहानी, कोटहीमाई गाउँपालिका-२ का २१ वर्षीय रामकरण हरिजन र भारत, महाराजगंज जिल्लाका नौतनवा बरवाभुज-१३ का ३० वर्षीय सुरज कुम्हाल रहेको प्रहरीले जनाएको छ। लागुऔषधको कारोबार भइरहेको विषयमा प्राप्त सूचना अनुसार जिल्ला प्रहरी कार्यालय रुपन्देही र लागुऔषध नियन्त्रणमा ब्यूरो शाखा भैरहवाबाट खटिएको संयुक्त टोलीले उनीहरुलाई भैरहवाको लुम्बिनी रोडबाट पक्राउ गरेको जनाएको छ। जिल्ला प्रहरी कार्यालयका रुपन्देहीका सूचना अधिकारी एवं डिएसपी मनोहरप्रसाद भट्टका अनुसार पक्राउ परेकाहरुका साथबाट फेनरागन, डाईजेपाम, टालजेसिक एक हजार २ सय एम्फुल र लागु औषध ब्राउन सुगर जस्तो देखिने पदार्थ…
भैरहवा,२असोज। लुम्बिनी बौद्ध विश्वविद्यालयका समस्या समाधानका लागि प्रतिनिधिसभाको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिले सरकारलाई निर्देशन दिने भएको छ। लुम्बिनी बौद्ध विश्वविद्यालयको अध्ययनका लागि लुम्बिनी आएको संसदीय समितिको टोलीसंग शिक्षा दिवसको अवसरमा बुधबार भएको छलफलमा विश्वविद्यालयका समस्या समाधान लागि शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयसंग छलफल गरी सरकारलाई निर्देशन दिने जनाएको हो । समितीले बौद्ध दर्शनको अध्ययन अनुसन्धानका लागि लुम्बिनीमा स्थापना भएको विश्वविद्यालयले अन्तराष्ट्रिय पहिचान बनाउँदै विदेशी विद्यार्थी ल्याउन सक्ने निष्कर्ष निकालेको छ। संसदीय समितिको अध्ययन टोलीले विशिष्टिकृत विश्वविद्यालयका रुपमा स्थापित विश्वविद्यालयलाई सोही रुपमा सरकारले ध्यान दिनुपर्ने बताएको छ । ‘हामी विश्वविद्यालयका समस्या समाधान तथा उच्च शिक्षाका नीतिका सन्दर्भमा मन्त्रालयसंग छलफल…
भैरहवा,२असोज। स्थानीय तह उपनिर्वाचनका लागि निर्वाचन आयोगले कार्यतालिका सार्वजनिक गरेको छ। बुधवार अयोगले विज्ञप्ति जारी गर्दै स्थानीय तह उपनिर्वाचनमा सहभागी हुने दलले असोज १० गते देखि १६ गतेसम्म दल दर्ता गर्न सकिने जनाएको छ। यस्तै असोज २० गते दल दर्ता स्वीकृत गर्ने, निर्वाचनसम्बन्धी निर्देशिका, कार्यविधि, मापदण्ड तथा आचारसंहिता तयारी गर्ने, निर्वाचन सामाग्री, जनशक्ति व्यवस्थापन, मतदाता शिक्षा, तालिम तथा क्षमता विकास लगायतका कार्यक्रम सञ्चालन गर्ने आयोगले जनाएको छ। त्यस्तै कात्तिक २६ गते मतदाताको अन्तिम नामावली प्रकाशन गर्ने र मतदान स्थल निर्धारण गर्ने, कात्तिक ३० गते निर्वाचन अधिकृतको कार्यालय स्थापना गर्ने, मंसिर २ गते निर्वाचन कार्यक्रम सञ्चाल गर्ने विज्ञप्तिमा उल्लेख छ। सरकारले…