


Get the latest creative news from FooBar about art, design and business.



गौतम बुद्धको जन्मस्थलको नामबाट नामाकरण भएको लुम्बिनी प्रदेशको समग्र गतिविधि पस्किने थलो हो, क्लिक लुम्बिनी डटकम । तपाईंहरुको कुनै सल्लाह, सुझाव र प्रतिक्रिया भए ईमेल गर्नुहोला ।
विराटनगर, २९ साउन । प्रहरीले अनधिकृतरूपमा नेपाल प्रवेश गर्न खोजेका दुई जना बंगलादेशी नागरिकलाई सीमाबाटै फिर्ता पठाएको छ । यस अघि पनि प्रहरीले एक जना बंगलादेशी नागरिकलाई सीमाबाट भारततर्फ फिर्ता पठाएको थियो । जिल्ला प्रहरी कार्यालय मोरङका सूचना अधिकारी एवं डीएसपी ज्ञानेन्द्रबहादुर बस्नेतका अनुसार मंगलबार भारतको जोगवनी नाकाबाट नेपाल प्रवेश गर्न खोजेका बंगलादेशको घाना गोदागरीका ४९ वर्षीय करिम मोहम्मद रिजाउल र ६३ वर्षीया जायदा बेगमलाई फिर्ता पठाइएको छ । ‘सीमानाकामा चेकजाँच गर्ने क्रममा दुवै जनाको साथबाट बंगलादेशी राहदानी फेला पर्यो,’ उनले भने, ‘त्यसपछि उनीहरूलाई भारततिर नै फिर्ता पठाएका छौँ।’ विराटनगरको रानी नाका हुँदै बंगलादेशी नागरिक नेपाल प्रवेश गर्न खोजेको यो…
काठमाडौं, २९ साउन । प्रधानमन्त्री केपी शर्मा ओलीसँग नेपालका लागि संयुक्त अधिराज्य बेलायतका राजदूत रोब फेनले मंगलबार शिष्टाचार भेट गरेका छन् । सिंहदरबारमा भएको भेटमा दुई देशबीचको आपसी सम्बन्ध र हितका विषयमा छलफल भएको बताइएको छ । प्रधानमन्त्री ओलीले नेपालको सङ्घीयता र लोकतन्त्रलाई सबल बनाउँदै सरकारले विकास, नीति निर्माणमा युवाहरुको सहभागिता वृद्धि र दिगो विकासका लक्ष्यहरुको कार्यान्वयनका लागि प्राथमिकता दिएको बताए । राजदूत फेनले सङ्क्रमणकालीन न्यायसम्बन्धी कानुनका विषयलाई राजनीतिक सहमतिका आधारमा टुङ्गो लाग्न लागेकामा खुसी व्यक्त गर्दै नेपालको विकास, सुशासन र सङ्घीयताको सबलीकरणलगायत क्षेत्रमा बेलायत सरकारले गर्दै आएको सहयोगको निरन्तरता रहने अवगत गराएका थिए ।
काठमाडौं, २९ साउन । नेपाल भ्रमणमा आएका भारतका विदेश मन्त्रालय सचिव विक्रम मिश्रीले राष्ट्रपति देखि लिएर दलका शिर्ष नेताहरुसम्मलाई भेटेर स्वदेश फर्किएका छन् । उनको भ्रमणलाई निकै महत्व दिइएको थियो । नेपालका परराष्ट्र मन्त्रालयका सचिव सेवा लम्सालको निमन्त्रणामा औपचारिक भ्रमणमा आएका उनले नेपालमा ३२ घण्टा बिताए । सो क्रममा उनले राष्ट्रपति रामचन्द्र पौडेल, प्रधानमन्त्री केपी शर्मा ओली, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड), उपप्रधान तथा सहरी विकासमन्त्री प्रकाशमान सिंह, उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेल, गृहमन्त्री रमेश लेखक र परराष्ट्रमन्त्री आरजु राणा र परराष्ट्र सचिवसँग छुट्टाछुट्टै भेटवार्ता गरे । भेटमा उनीहरुबीच विभिन्न द्विपक्षीय…
भैरहवा, २९ साउन । रुपन्देही प्रहरीले मोटरसाइकल चोरी गरेको आरोपमा दुई नाबालकसहित तीन जनालाई पक्राउ गरेको छ । प्रहरीका अनुसार पक्राउ पर्नेमा रुपन्देहीको रोहिणी गाउँपालिका-३ धकधईका २० वर्षीय शिवनाथ गौतम, भैरहवा-४ (परिवर्तित नाम), भैरहवा-७ (परिवर्तित नाम) रहेका छन् । आरोपी दुई जना नाबालक रहेकोले उनीहरुको नाम, ठेगाना सार्वजनिक गरिएको छैन । मोटरसाईकल चोरी भएपछि सवारीधनीहरुले दिएको उजुरीको आधारमा आवश्यक अनुसन्धान र खोजतलास गर्ने क्रममा चोरिएका तीन वटा मोटरसाइकलसहित तीन जनालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका सूचना अधिकारी एवं डीएसपी मनोहरप्रसाद भट्टले जानकारी दिए । उनले पक्राउ परेकाहरुको साथबाट लु ५० प ७६५, लु ३५ प ६३८८ र लु ४९…
त्रिवेणी (नवलपरासी), २९ साउन । पूर्व-पश्चिम राजमार्ग अर्न्तगत पूर्वी नवलपरासीको दाउन्ने खण्डमा भाँसिएको सडक मर्मतका लागि यातायात सञ्चालनमा रोक लगाइएको छ । सोमबार वर्षाका कारण बुटवल–नारायणगढ सडकखण्डको विनयी त्रिवेणी गाउँपालिका-२ स्थित दाउन्नेमा सडक भाँसिएपछि मर्मतका लागि यातायात संचालनमा रोक लगाउनु परेको जिल्ला प्रहरी कार्यालय पूर्वी नवलपरासीका सूचना अधिकारी एवं डिएसपी बेदबहादुर पौडेलले जानकारी दिए । उनका अनुसार मंगलबार बिहानदेखि भाँसिएको सडक मर्मत थालिएको र दिउँसो २ बजेसम्म यातायात सञ्चालनमा आउन सक्ने सम्भावना रहेको छ । अहिले सडकमा एकतर्फी मात्रै सवारी संचालन भइरहेको छ । सडक मर्मतमा समय लाग्ने भएपछि जिल्ला प्रहरी कार्यालयले सूचना जारी गर्दै उक्त सडक खण्डमा हतारिएर यात्रा…
भैरहवा, २८ साउन । नेपालमा टेलिकम सेवा प्रदायक एनसेलका सेवाहरु प्रभावित भएको छ । एनसेलले प्रदान गर्ने कल, एसएमस र इन्टरनेट सेवा सोमबार ३ः४८ बजे देखि प्रभावित भएको हो । प्रवाह हुनेमा सेवा अवरुद्ध भएपछि एनसेलले फेसबुकमा एक सूचना जारी गर्दै प्राविधिक समस्याका कारण अचानक अवरुद्ध सेवा सुचारु गर्नका लागि तदारुकताका साथ काम भईरहेको जनाएको छ ।
काठमाडौं, २८ साउन । नेपाल भ्रमणमा रहेका भारतका विदेश मन्त्रालयका सचिव विक्रम मिश्रीले गृहमन्त्री रमेश लेखकसँग भेटवार्ता गरेका छन् । सोमबार गृह मन्त्रालयमा भएको भेटवार्तामा उनीहरुबीच द्विपक्षीय हित र चासोका विषयमा छलफल भएको गृहमन्त्रीको सचिवालयले जनाएको छ । आइतबार नेपाल आएका उनले सोही दिन प्रधानमन्त्रीसहित विभिन्न दलका नेताहरुसँग भेट गरेका थिए । अफ्नो भ्रमण पुरा गरेर उनी आजै स्वदेश फर्किने कार्यक्रम रहेको बताइएको छ ।
भैरहवा, २८ साउन । रुपन्देहीको बेलबासमा सवारी दुर्घटना हुदाँ एक जनाको मृत्यु भएको छ । दुई जना घाइते भएका छन् । इलाका प्रहरी कार्यालय बुटवलका डीएसपी विजयराज पण्डितका अनुसार लु १९ प ८८७५ नम्बरको मोटरसाइकल र विपरीत दिशाबाट आइरहेको लु ८५ प ३१३३ नम्बरको स्कुटर एकआपसमा ठोक्किदा बुटवल उपमहानगरपालिका १३ का २३ वर्षीय अंकित पाठकको अस्पतालमा उपचारको क्रममा मृत्यु भएको छ । दुर्घटनामा ४३ वर्षीया उनको आमा गौमुखी पाठक गम्भिर घाइते भएको उनले बताए । साथै, दुर्घटनामा मोटरसाइकलका चालक कपिलवस्तुको वाणगंगाका १८ वर्षीय सागर थारु पनि घाइते भएका छन् । घाइते दुवै जनाको लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा उपचार भइरहेको प्रहरीले…
झापा, २८ साउन । झापा प्रहरीले पेस्तोलसहित एक युवकलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा झापाको दमक नगरपालिका-८ का ३६ वर्षीय संजीव गजमेर रहेको प्रहरीले जनाएको छ । दमक नगरपालिका-५ बानेश्वर हाइट मार्ग जाने भित्री सडकबाट गजमेरलाई पेस्तोल र म्यागजिनसहित पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय झापाका सूचना अधिकारी एवं डीएसपी कृष्णकुमार चन्दले जानकारी दिए । उनका अनुसार को ३८ प ५६४९ नम्बरको स्कुटरमा सवार गजमेरको साथबाट मेड इन इटाली लेखिएको पेस्तोल र २ थान म्यागजिन बरामद भएको छ ।
भैरहवा, २७ साउन । रुपन्देहीको तिलोत्तमामा रहेको यशोदा फुड्स प्रालिले बढी बुझाइएको रकम अग्रीम दाखिला रकममा कायम गरिदिन भन्दै नेपाल विद्युत प्राधिकरणलाई पत्राचार गरेको छ । प्रा.लि.ले आइतबार दाखिला भएको रकम आगामी दाखिला गर्नुपर्ने महसुल रकममा हिसाब मिलान गर्नेगरी अग्रीम दाखिला रकममा कायम गरिदिन प्राधिकरणलाई पत्राचारमार्फत अनुरोध गरेको छ । कम्पनीले नेपाल विधुत प्राधिकरण नयाँमिल वितरण केन्द्र मणीग्राम, रुपन्देहीलाई पत्राचार गर्दै प्राधिकरणसगँ कहिले पनि ट्रंक/डेडिकेटेड लाइन माग नै नगरेकोमा अवस्थामा पनि लाइन लिएको भनी विशेष दर लगाई छुट प्रिमियम महसुल रकम माग गरी पत्राचार गरेकोमा असन्तुष्टि जनाएको छ । ‘…पत्राचार प्रति उद्योगलाई चित्त नबुझेको, लाल आयोगको प्रतिवेदन र सिफारिस बमोजिम…