


Get the latest creative news from FooBar about art, design and business.



गौतम बुद्धको जन्मस्थलको नामबाट नामाकरण भएको लुम्बिनी प्रदेशको समग्र गतिविधि पस्किने थलो हो, क्लिक लुम्बिनी डटकम । तपाईंहरुको कुनै सल्लाह, सुझाव र प्रतिक्रिया भए ईमेल गर्नुहोला ।
काठमाडौं, २२ जेठ। मुस्ताङको कोरला नाकाबाट भित्राइएको ७७९ वटा विद्युतीय गाडीको राजस्व छली आंशकामा सरकारले विस्तृत छानबिन गर्न समिति गठन गरेको छ। राजस्व छलीको आशंकामा सशस्त्र प्रहरीले विभिन्न स्थानबाट उक्त गाडीहरु नियन्त्रण लिइएको थियो । नियन्त्रणमा लिइएका अधिकांश गाडी बीवाइडी कम्पनीका रहेका छन्। प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको विशेष निर्देशनमा बिहीबार अर्थ मन्त्रालय, भन्सार विभाग, नेपाल प्रहरी र सशस्त्र प्रहरी बलका प्रतिनिधिहरू सम्मिलित संयुक्त छानबिन समिति गठन गरिएको हो। समितिले सवारीसाधन नियन्त्रणमा लिइएकै स्थलगत रुपमै पुगेर द्रुत गतिमा छानबिन सुरु गरिसकेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ।
काठमाडौं,२२ जेठ। सत्तारुढ दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति पाँच दिने भारत भ्रमण सकेर स्वदेश फर्किन लागेका छन् । उनी स्वदेश फर्किदै गर्दा परराष्ट्रमन्त्री शिशिर खनाल तीनदिने औपचारिक भारत भ्रमणका लागि केहीसमय अघि विमानस्थलमा पुगेका छन्। पाँचदिने भ्रमणका क्रममा सभापति लामिछानेले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी, गृहमन्त्री अमित शाह, विदेशमन्त्री एस. जयशंकर, भाजपाका राष्ट्रिय अध्यक्ष नितिन नवीन लगायत विभिन्न वरिष्ठ नेतासहित उच्च राजनीतिक नेतृत्वसँग भेटवार्ता गरेका थिए। भारतीय विदेशमन्त्री एस. जयशंकरको निमन्त्रणामा परराष्ट्रमन्त्री खनालको जेठ २२ देखि २४ गतेसम्म भारत भ्रमणको तालिका सार्वजनिक गरिएको छ। विमानस्थलमा सञ्चारकर्मीसँग कुराकानी गर्दै मन्त्री खनालले देशको प्राथमिकताका सम्बन्धमा संवाद गर्ने बताए। ‘हाम्रा प्राथमिकताका विषयमा…
सिन्धुली,२२ जेठ । एआई (आर्टिफिसियल इन्टेलिजेन्स) प्रविधिको प्रयोग गरी ट्राफिक प्रहरीको तस्बिर तथा भिडियो सम्पादन गरेर सामाजिक सञ्जालमा दुष्प्रचार गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा सिन्धुलीको कमलामाई नगरपालिका–९ का २२ वर्षीय हर्कबहादुर स्याङ्तान रहेको प्रहरीले जनाएको छ। जिल्ला प्रहरी कार्यालयका सिन्धुलीका सूचना अधिकारी एवं डीएसपी विजय श्रेष्ठका अनुसार, पक्राउ परेका व्यक्तिले चेकजाँचमा खटिएका ट्राफिक प्रहरीको भिडियो तथा तस्बिरलाई एआईको माध्यमले सम्पादन गरी फेसबुकमा प्रहरीको दुष्प्रचार गरेका थिए। घटनामा संलग्न आरोपमा स्याङ्तानलाई पक्राउ गरी अभद्र व्यवहारसम्बन्धी कसुरमा अनुसन्धान अघि बढाइएको प्रहरीले जनाएको छ।
भैरहवा,२२ जेठ। जल तथा मौसम विज्ञान विभागले तातो दिन तथा तातो हावाको लहरका कारण रुपन्देहीसहित २१ जिल्ला प्रभावित हुने सम्भावना रहेको जनाएको छ। दुई दिनसम्म गर्मीका कारण जनजीवन प्रभावित हुन सक्ने भएकाले आवश्यक सतर्कता अपनाउन मौसमविद्हरुले सुझाव दिएका छन्। विभागले विशेष बुलेटिन जारी गर्दै १४ जिल्लामा तातो हावाको लहर चल्ने तथा सात जिल्लामा तातो दिन रहने जनाएको छ। तातो हावाको लहरको प्रभाव पर्ने जिल्लामा रुपन्देही, नवलपरासी पश्चिम, कपिलवस्तु, बाँके, दाङ, बर्दिया, पर्सा, बारा, रौतहट, सर्लाही, महोत्तरी, धनुषा, सिराहा र सप्तरी रहेका छन्। यी जिल्लाका बासिन्दालाई गर्मीबाट बच्न सावधानी अपनाउन विभागले आग्रह गरेको छ। यस्तै नवलपरासी पूर्व (नवलपुर), चितवन, सुनसरी, मोरङ,…
काठमाडौं,२२ जेठ। गृह मन्त्रालयले सशस्त्र प्रहरी बल, नेपालका सात जना डीआईजीहरुको सरुवा र सात जनाको पदस्थापन गरेको छ । सरुवा सूची अनुसार, डीआईजी विष्णुप्रसाद भट्टलाई छिन्नमस्ता बाहिनी मुख्यालय महोत्तरी, दीपक अधिकारी ५ विन्ध्यवासिनी मुख्यालय, कृष्णराज पाठकलाई नम्बर ६ महेश्वरी बाहिनी मुख्यालय सुर्खेतमा सरुवा गरिएको छ । त्यस्तै डीआईजी दीपेन्द्र शाहलाई इन्टेलिजेन्स ब्यूरो, कृष्ण ढकाललाई कार्य विभाग, दीपेन्द्र कुँवरलाई मानवस्रोत विभाग र सुरेशकुमार श्रेष्ठलाई सीमा सुरक्षा विभागको जिम्मेवारी दिइएको छ । यस्तै डीआईजी दिगविजय सुवेदीलाई नम्बर ७ वैद्यनाथ बाहिनी मुख्यालय कैलाली, किरण बस्नेतलाई नम्बर ३ गढिमाई बाहिनी मकवानपुर, माधवप्रसाद पौडेललाई नम्बर ९ पशुपतिनाथ बाहिनी मुख्यालय काठमाडौंमा पदस्थापन गरिएको छ। प्रविण कँडेललाई…
भैरहवा,२२ जेठ। अत्यधिक गर्मी बढेसँगै पठनपाठनमा समस्या उत्पन्न भएपछि रुपन्देहीको तिलोत्तमा नगरपालिकाले नगरभित्रका विद्यालयमा ६ दिन बिदा दिने निर्णय गरेको छ। तिलोत्तमा नगरपालिकाको नगर कार्यपालिकाको कार्यालयले शुक्रवार एक सूचना जारी गर्दै जेठ २४ गते गतेदेखि जेठ २९ गतेसम्म नगरभित्र सञ्चालनमा रहेका सामुदायिक तथा संस्थागत विद्यालयमा बिदा दिइएको जनाएको हो। नगरपालिकाका अनुसार, पछिल्ला केही दिनयता बढ्दो गर्मीका कारण विद्यालयमा नियमित रुपमा पठनपाठन सञ्चालन गर्न कठिनाइ भएको भन्दै वार्षिक बिदाबाट मिलान हुने गरी बिदा दिने निर्णय गरिएको हो।
काठमाडौं,२२ जेठ। भूमि व्यवस्था, सहकारी सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले सम्पर्कविहीन निजामती कर्मचारीलाई तीन दिनभित्र कार्यस्थलमा हाजिर हुन निर्देशन दिएको छ। तोकिएको समयभित्र सम्पर्कमा नआए कानुनबमोजिम कारबाही प्रक्रिया अघि बढाइने मन्त्रालयले जनाएको छ। मन्त्रालयले एक सूचना जारी गर्दै अध्ययन बिदा तथा असाधारण बिदासम्बन्धी विवरण राष्ट्रिय किताबखाना (निजामती) मा अद्यावधिक नभएका कर्मचारीलाई अनिवार्य रुपमा तीन दिनभित्र अभिलेख अद्यावधिक गर्न आग्रह गरेको हो। त्यसैगरी, नेपाल सरकारअन्तर्गतका मन्त्रालय, आयोग, सचिवालय तथा केन्द्रीय कार्यालयहरुलाई विभिन्न समयमा अध्ययन वा असाधारण बिदा स्वीकृत भएका कर्मचारीको विवरण यकिन गर्न अनुरोध गरिएको छ। बिदा अवधि समाप्त भएपछि कर्मचारी हाजिर भए–नभएकोलगायतका विवरण राष्ट्रिय किताबखाना (निजामती) सँग समन्वय गरी…
काठमाडौं,२२ जेठ। नेपाली कांग्रेसले क्रियाशील सदस्यता अद्यावधिक गर्ने समयसीमा थप एक साताका लागि लम्ब्याएको छ। महामन्त्री तथा क्रियाशील सदस्यता व्यवस्थापन समितिका संयोजक प्रदीप पौडेलको नेतृत्वमा बसेको समितिको बैठकले विभिन्न तहबाट समय अपुग भएको गुनासो आएपछि अवधि थप्ने निर्णय गरेको हो । यसअघि जेठ २१ गतेसम्म कायम गरिएको अवधि अब जेठ २८ गते राति १२ बजेसम्म कायम रहने कांग्रेसले जनाएको छ। सदस्यता व्यवस्थापन समितिले जारी गरेको सूचनमा भनिएको छ-‘पछिल्ला दिनहरुमा क्रियाशील सदस्यता अद्यावधिकको कार्य देशभरि अत्यन्त उत्साहजनक रुपमा अगाडि बढिरहेको छ। पार्टीका विभिन्न तहहरुबाट सदस्यता अद्यावधिकका लागि समय अपुग भएको जानकारी प्राप्त हुन आएकोले सदस्यता व्यवस्थापन केन्द्रीय समितिको बैठकको निर्णयानुसार क्रियाशील…
भैरहवा,२१ जेठ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) रुपन्देहीका जिल्ला संयोजक प्रज्जवल बोहराले पार्टी परित्याग गरेका छन् । बोहरा स्व. दीपक बोहराका छोरा हुन्। गत फागुनमा भएको प्रतिनिधिसभा सदस्यको निर्वाचनमा रुपन्देही-१ बाट उनी राप्रपाका उम्मेदवार थिए । बिहीवार पार्टीका महामन्त्री डा.धवलशमशेर राणानिकट नेताहरुले सामूहिक राजीनामा दिएका हुन् । पार्टीका केन्द्रीय पदाधिकारीसहित १८३ जना नेता कार्यकर्ताले राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनको नेतृत्व शैलीप्रति असन्तुष्टि जनाउँदै हिनभाव, कमजोरी तथा आत्मकेन्द्रित कार्यशैलीका कारण पार्टी आफ्नो मूल नीति र सिद्धान्तबाट विचलित भएको लगायत आरोप लगाउँदै सामुहिक राजीनामा दिएका हुन्। सामूहिक राजीनामाको पत्रमा बोहराको नाम पनि समावेश छ। पार्टी परित्याग गर्नेहरुमा शीर्ष तहका नेता मुकुन्दश्याम गिरी, दिलनाथ…
भैरहवा,२१ जेठ। रुपन्देहीमा भैरहवामा फुटसल प्रतियोगिता हुने भएको छ । अनलाइन पत्रिका पब्लिक कुरा डटकमको आयोजनामा कर्पोरेट संस्थाबीच समन्वय, सद्भाव र मैत्रीभाव विकास गर्ने उद्देश्यले ‘द नेक्स्ट एजुकेसन कन्सल्टेन्सी पब्लिक कुरा प्रथम कर्पोरेट कप फुटसल प्रतियोगिता हुने भएको हो । प्रतियोगिताबारे जानकारी दिने उद्देश्यले भैरहवामा आयोजित पत्रकार सम्मेलनमा पब्लिक कुराका सम्पादक प्रकाश न्यौपानेले अनलाइन पत्रिकाको स्थापनाको पाँच वर्ष पूरा गरेको अवसरमा प्रतियोगिता आयोजना गरिएको बताए । उनका अनुसार, प्रतियोगिता तयारी अन्तिम चरणमा पुगेको छ । ‘तिव्र सहरीकरणसँगै पर्यटकीय हवका रुपमा विकास भइरहेको रुपन्देहीमा कर्पोरेट कल्चरको विकास अपरिहार्य छ’,उनले भने, ‘यस्ता संस्थाबीच हुने खेल आपसी प्रतिस्पर्धा मात्र नभएर एकअर्कासित घुलमिल हुने…