Author: क्लिक लुम्बिनी

गौतम बुद्धको जन्मस्थलको नामबाट नामाकरण भएको लुम्बिनी प्रदेशको समग्र गतिविधि पस्किने थलो हो, क्लिक लुम्बिनी डटकम । तपाईंहरुको कुनै सल्लाह, सुझाव र प्रतिक्रिया भए ईमेल गर्नुहोला ।

भैरहवा, २६पुस। रुपन्देहीको सिद्धार्थनगर नगरपालिकामा शनिबार (भोलि) देखि चौथो राष्ट्रपति रनिङशिल्ड प्रतियोगिता सुरु हुने भएको छ । पुस २९ गतेसम्म संचालन हुने उक्त प्रतियोगिता नगर भित्रका सामुदायिक र संस्थागत बिद्यालयमा अध्ययनरत बिद्यार्थीहरुको सर्वागिङ विकासका लागि लक्षित गरेर संचालन गर्न लागिएको सिद्धार्थनगर नगरपालिकाको कार्यालयले जनाएको छ । शुक्रवार नगरपालिका कार्यालयद्धारा आयोजित पत्रकार सम्मेलनमा नगरका शिक्षा शाखा प्रमुख चेतनशिल लम्सालले सवै तयारी पुरा भएको जनाए । उनका अनुसार प्रतियोगिता सिद्धार्थनगर–१ स्थित पक्लिहवा मावि, पक्लिहवा कृषि क्याम्पस र वडा नं. ५ स्थित भैरहवा नमूना उच्च माविको खेल मैदानमा संचालन हुनेछ । प्रतियोगिताभर ४२ वटा इभेन्टमा खेल हुनेछन् । नगर भित्रका कुल २७ वटा…

Read More

भैरहवा, पुस २६ । रुपन्देहीको भैरहवास्थित सिद्धार्थ क्रिकेट रंगशालामा सम्पन्न १०औं साई ग्लोबल कप जिल्लास्तरीय अन्तरकलेज टि–२० क्रिकेट प्रतियोगिताको उपाधि बुटवल कालिका क्याम्पसले उचालेको छ । शुक्रवार भएको फाइनल खेलमा प्यारामाउण्ट कलेजलाई २२ रनले पराजित गर्दै कालिकाले उपाधि उचाल्न सफल भएको हो । उपाधिसँगै कालिकाले नगद ५५ हजार रुपैयाँ, ट्रफी, मेडर र प्रमाणपत्र प्राप्त गर्यो । उपविजेतामा चित्त बुझाएको प्यारामाउण्टले २५ हजार ५५५ रुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्यो । फाइनलमा टस जितेर ब्याटिङ गरेको बुटवल कालिकाले निर्धारित २० ओभरको खेलमा ३ विकेट गुमाउँदै १ सय १७ रन बनायो । कालिकाका लागि प्रज्वल थापा र गगन अधिकारीले समान ३२–३२,…

Read More

भैरहवा, २६ पुस । रुपन्देही प्रहरीले बुटवलस्थित सुप्रिम बचत तथा ऋण सहकारी संस्था लिमिटेडको रकम अपचलन प्रकरणको अनुसन्धान प्रतिवेदन जिल्ला सरकारी वकिल कार्यालयलाई बुझाएको छ । इलाका प्रहरी कार्यालय बुटवलले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति एवं गोर्खा मिडिया नेटवर्क प्रालिका पूर्वप्रबन्ध निर्देशक रवि लामिछाने, पूर्वडीआईजी छविलाल जोशीसहित १४ जनाविरुद्ध सहकारी ठगी, संगठित अपराध र सम्पत्ति शुद्धिकरणमा मुद्दा चलाउनु पर्ने रायसहित अनुसन्धान प्रतिवेदन सरकारी वकिल कार्यालयलाई बुझाएको हो । सुप्रिम सहकारीको रकम अपचलन सम्बन्धमा शुक्रवार जिल्ला सरकारी वकिल कार्यालयमा अनुसन्धान प्रतिवेदन बुझाइएको रुपन्देहीका एसपी रंजितसिंह राठौरले जानकारी दिए । सहकारीको रकम अपचलन सम्बन्धमा यस अघि लामिछाने गृहमन्त्री भएको बेला एक हजार आठ…

Read More

पोखरा,२५पुस। पोखराको सूर्यदर्शन सहकारी ठगी प्रकरणमा पक्राउ परेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति एवं गोर्खा मिडिया नेटवर्क प्रालिका पूर्वप्रबन्ध निर्देशक रावि लामिछाने धरौटीमा रिहा भएका छन्। थुनछेक बहसपछि जिल्ला अदालत कास्कीका न्यायाधीश नीतिज राईको इजलासले ६५ धरौटीमा रिहा गर्ने आदेश पश्चात पक्राउ परेका ८४ दिनपछि उनी धरौटी बुझाएर रिहा भएका हुन्। रिहा भएका लामिछानेविरुद्ध जिल्ला अदालत काठमाडौंले पनि स्वर्णलक्ष्मी सहकारीबाट बचतकर्ताको रकम हिनामिना प्रकरणमा अनुसन्धानका लागि पक्राउ पूर्जी जारी गरेको छ। रिहा भएका लामिछाने काठमाडौं जिल्ला अदालतमा आफैं उपस्थित हुने बताइएको छ।

Read More

भैरहवा, २५ पुस। रुपन्देहीको ओमसतिया गाउँपालिका-२ स्थित पडसरीमा खुल्ला नकआउट भलिबल प्रतियोगिता सुरु भएको छ । युथ क्लब अफ पडसरीले स्थापना दिवसको अवसरमा खेलकुदको प्रर्वद्धन गर्ने उद्देश्यले प्रतियोगिताको आयोजना गरेको हो। कार्यक्रमको उद्घाटन गर्दै ओमसतिया गाउँपालिकाका अध्यक्ष मन्जित कुमार यादवले यस्तै किसिमको प्रतियोगिताले खेलाडी उत्पादनमा टेवा पुग्ने बताउँदै पालिकाबाट आवश्यक साथ सहयोग रहने बताए ।  ओमसतिया गाउँपालिकाको उपाध्यक्ष सुनिता चौधरीले क्लबले धेरै राम्रो सामाजिक क्रियकलापहरु गर्दै आईरहेको भन्दै पालिकाले उच्च मूल्याङ्कन गरेको बताईन् । उनले प्रतियोगितामा विभिन्न स्थानबाट आएका खेलाडीहरुबीच सम्बन्ध स्थापित भई राम्रो हुने बताउँदै यस्तै प्रतियोगिताले पालिकामा विभिन्न विधाका लागि खेलाडीहरु उत्पादनमा सहयोग पुगेको जनाईन् । उनले गाउँपालिकाको…

Read More

पोखरा, २५ पुस। स्वतन्त्र पार्टी (रास्वपा) का सभापति एवं गोर्खा मिडिया नेटवर्क प्रालिका पूर्वप्रबन्ध निर्देशक रवि लामिछाने धरौटीमा रिहा गर्ने आदेश भएको छ। पोखराको सूर्यदर्शन सहकारी ठगी आरोपमा प्रहरी नियन्त्रयणमा रहेका लामिछानेलाई बिहीबार कास्की जिल्ला अदालतका न्यायाधीश नीतिज राईको इजलासले ६५ लाख धरौटीमा रिहा गर्न आदेश दिएको हो। सूर्यदर्शन सहकारीका बचतकर्ताको रकम अपचलन गरेको आरोपमा लामिछाने गत कात्तिक २ गते काठमाडौंबाट पक्राउ परेका थिए। कास्की जिल्ला अदालतमा बुधबार प्रतिवादी तर्फका कानुन व्यवसायीहरूको बहस सकिएपछि आज सरकारी वकिलले जवाफी बहस गरेका थिए। सरकारी वकिलले जवाफी बहसका क्रममा सहकारी ठगी गरेको पर्याप्त प्रमाण भएकाले लामिछानेलाई पुर्पक्षका लागि थुनामै राख्नुपर्ने तर्क गरेका थिए।लामिछानेमाथि…

Read More

अफजल अहमद खान आजका युवा भोलिको नेता हुन भन्ने भनाइलाई अनुशरण गर्ने हो भने नेता बन्न केही समय लाग्छ। तर समाजमा युवाले नेतृत्व लिनुपर्छ भन्ने सामाजिक मनोविज्ञान धेरै पहिलेदेखि छ। यही सोच अहिले नेपाली समाजमा व्याप्त छ। हो, युवा नेतृत्व अहिलको आवश्यकता हो। युवामा जोश, जाँगर र दृढ इच्छाशक्ति हुन्छ। एकपटक गहनरुपमा सोचौँ त के जोश र जाँगर भएर मात्र नेतृत्व गर्न सकिन्छ? नेतृत्व गर्न कठिन छ। तर फेरी नेतृत्व भनेको मानिस हुर्कँदैदेखि नै सामाजिक क्रियाकलापमा सहभागी हुँदै नेतृत्वको विकास हुन्छ भन्ने विज्ञको मत छ। नेतृत्व विकासमा समाजको अहम् भूमिका हुन्छ जसका कारण कुनै पनि व्यक्ति जन्मिदैँ नेता भएर जन्मिएको…

Read More

भैरहवा, २४ पुस। रुपन्देहीको भैरहवामा जारी साई ग्लोबल कप जिल्लास्तरीय अन्तरकलेज टि–२० क्रिकेट प्रतियोगिताको सेमिफाइनल समिकरण पूरा भएको छ । बुधबार भएका दुई खेलमा युनिक होम र बुटवल कालिका क्याम्पस विजयी हुँदै सेमिफाइनल पुगेका छन् छन् । युनिक होमले राममणि क्याम्पसलाई ७ विकेट र कालिकाले भैरहवा नमूना उच्च माविलाई ४५ रनले पराजित गर्दै सेमिफाइनल यात्रा तय गरेका हुन् । यसअघि प्यारामाउण्ट कलेज र रुपन्देही क्याम्पस सेमिफाइनल पुगिसकेका छन् । सिद्धार्थ क्रिकेट मैदानमा भएको पहिलो खेलमा टस जितेर ब्याटिङ गरेको राममणिले निर्धारित २० ओभरमा १९ ओभर ५ बल खेल्दै सबै विकेट गुमाएर १ सय ११ रन बनायो । उसका लागि थमन…

Read More

भैरहवा, २४ पुस । भारतका बलिउड अभिनेता सलमान खानलाई ‘सुरक्षा थ्रेट’ बढेपछि मुम्बई स्थित ग्यालेक्सी अपार्टमेन्टमा बुलेटप्रुफ सिसा जडान गरिएको छ । गत अप्रिल महिनामा अभिनेता खानको अपार्टमेन्ट बाहिर गोली प्रहारको घटना भएको थियो । त्यसपछि उनी निकट बाबा सिद्दिकीको हत्या गरिएको थियो । साथै, उनलाई पटक-पटक आइरहेको धम्की लगायतका घटनालाई विश्लेषण गर्दै घरको बालकोनी क्षेत्रमा बुलेटप्रुफ सिसा लगाइएको भारतीय संचारमाध्यमहरुले जनाएका छन् । घटनाहरु पश्चात मुम्बई प्रहरीले अभिनेता खान र परिवारका सदस्यहरुलाई बालकोनी र सडकको झ्यालतर्फ नजान सुझाएपछि अभिनेता खानले बालकोनी क्षेत्रलाई सुरक्षित बनाउँदै बुलेटप्रुफ सिसा लगाएका छन् । महाराष्ट्र सरकारबाट ‘वाइ’ श्रेणीको सुरक्षा पाएका अभिनेता खान हाल सुरक्षाकाबीच…

Read More

काठमाडौं, २४पुस। सरकारले सशस्त्र प्रहरीका चार जना प्रहरी नायब महानिरीक्षक (डीआईजी) को पदावधि थप गरेको छ । मंगलबार साँझ बसेको मन्त्रिपरिषदको बैठकले सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्यालको सिफारिस अनुसार पुस २३ गतेबाट चार वर्षे पदावधि पूरा गरी अवकास हुन लागेका डीआईजीहरुको एक वर्ष पदावधि थप्ने निर्णय गरेको हो । डीआईजीहरू कमल गिरी, गणेश ठाडा मगर, कुलबहादुर नेम्बाङ र शम्भु सुवेदीको कार्यकाल एक वर्ष लम्बिएसँगै यीनैमध्येबाट एक जनालाई आईजीपी बन्ने बाटो पनि खुलेको छ । गिरी सशस्त्र प्रहरी बल प्रशिक्षणको प्रमुख, ठाडामगर नम्बर ३ बाहिनी बागमती प्रमुख, नेम्वाङ नम्बर ४ बाहिनी गण्डकी प्रमुख र सुवेदी नम्बर १ बाहिनी कोशीका प्रमुख हुन्।…

Read More