


Get the latest creative news from FooBar about art, design and business.



गौतम बुद्धको जन्मस्थलको नामबाट नामाकरण भएको लुम्बिनी प्रदेशको समग्र गतिविधि पस्किने थलो हो, क्लिक लुम्बिनी डटकम । तपाईंहरुको कुनै सल्लाह, सुझाव र प्रतिक्रिया भए ईमेल गर्नुहोला ।
काठमाडौं, ११ भदौ । प्रहरीले काठमाडौंको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट सुनसहित दुई जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा नवलपरासी बर्दघाट नगरपालिका-४ का२७ वर्षीय प्रशान्त गैरे र सप्तरी सुरूङ्गा नगरपालिका-३ का ४१ वर्षीय सन्तोष कुमार कुँवर रहेको प्रहरीले जनाएको छ । प्रहरीले विमानस्थलको अन्तर्राष्ट्रिय उडानतर्फको आगमन पार्किङ एरियाबाट उनीलाई पक्राउ गरेको हो । उनीहरुबाट ८१ ग्राम सुन बरामद भएको प्रहरीले जनाएको छ । हिमालयन एयरलाइन्सको उडानद्वारा कतारबाट काठमाडौं आएका प्रशान्तबाट सन्तोषले सुन लैजाने क्रममा प्रहरीले दुवै जनालाई पक्राउ गरेको हो।आवश्यक अनुसन्धान एवं कारबाहीको लागि उनीहरुलाई प्रहरी वृत्त गौशाला पठाइएको छ।
धादिङ, ११ भदौ । धादिङको ससाहमा सवारी दुर्घटना हुदाँ आठ जना घाइते भएका छन् । धादिङबाट काठमाडौं जाँदै गरेको ना ७ ख ३१९८ नम्बरको बस र बागमती प्रदेश ००१ ज ०५२९ ईभी भ्यान नीलकण्ठ नगरपालिका-८ ससाहमा ठोक्किएर दुर्घटना हुदाँ बसमा सवार आठ जना घाइते भएको धादिङका डिएसपी मकेन्द्रकुमार मिश्रले बताए । घाइतेहरुको धादिङ अस्पतालमा उपचार भइ रहेको छ र गम्भिर घाइते भएका दुई जनालाई थप उपचारका लागि काठमाडौं पठाउने तयारी भइरहेको अस्पतालले जनाएको छ ।
भैरहवा, ११ भदौ । काठमाडौंबाट आन्तरिक र अन्तर्राष्ट्रिय उडान गर्ने वायुसेवा कम्पनीहरुले अब भैरहवा र पोखराबाट अनिवार्य सेवा दिनुपर्ने भएको छ । काठमाडौंको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको ट्याक्सी वे मर्मत सम्भार गर्नुपर्ने भएकोले उक्त समयावधीमा कटौती हुने उडान काठमाडौं बाहिर विमानस्थलबाट गर्नका लागि नेपाल नागरिक उड्डयन प्राधिकरणले वायुसेवा कम्पनीहरुलाई पत्राचार गरेको छ । जसकारण काठमाडौंबाट सेवा दिदै आएको कम्पनीहरुले अब भैरहवा र पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट अनिवार्य उडान गर्नुपर्ने भएको छ । प्राधिकरणका अनुसार आगामी कार्तिक २३ गते देखि मर्मत सम्भारका लागि राती १० बजे देखि बिहान ८ बजेसम्म विमानस्थल बन्द रहनेछ । जसकारण सो समयावधीमा काठमाडौंबाट ३३ प्रतिशत उडान कटौती हुने…
पोखरा, ११ भदौ । पोखरामा पदयात्राका क्रममा दुई जना पर्यटक बेपत्ता भएका छन् । स्पेनिस नागरिक रहेका उनीहरु चक्रीय अन्नपूर्ण पदमार्ग अन्तर्गतको प्रसिद्ध पर्यटकीयस्थल घोरेपानी पदयात्राको क्रममा बेपत्ता भएका हुन् । कास्कीको अन्नपूर्ण गाउँपालिका–९, तिखेढुङ्गाबाट उल्लेरी हुँदै घोरेपानी जाने क्रममा स्पेनिस नागरिक इरिक कासानोभास र मोलास जुन्का मेसी सम्पर्कविहीन भएको गाउँपालिकाका प्रवक्ता भरतराम गुरुङले जानकारी दिए । ‘उनीहरु अन्नपूर्ण संरक्षण क्षेत्रको चेकपोस्टमा नाम टिपाएर उल्लेरी तर्फ लागेका थिए’ गुरुङले भने. ‘भुरूङ्ग्दी खोलाको पुल मुनि रहेको पुरानो बाटोबाट हिड्दा खोलाले बगाएको हुन सक्ने आंकलन गरिएको छ ।’ पर्यटकहरुलाई सोमबार दिनभर खोजी गर्दा नभेटिएपछि मंगलबार गोताखोर परिचालन गर्ने बताइएको छ ।
कपिलवस्तु, १० भदौ । कपिलवस्तुमा यात्रुवाहक बस दुर्घटना भएको छ । सुर्खेतबाट नारायणगढतर्फ जादै गरेको लु २ ख १५९८ नम्बरको बस शिवराज नगरपालिका-१ बनकसबासामा दुर्घटना हुदाँ २४ जना घाईते भएको प्रहरीले जनाएको छ । घाइतेहरुमध्ये १७ जनाको चन्द्रौटास्थित विभिन्न अस्पतालमा र सात जना गम्भिर घाइतेहरुको भैरहवास्थित यूनिभर्सल मेडिकल कलेजमा उपचार भइरहेको जिल्ला ट्राफिक प्रहरी कार्यालय कपिलवस्तुका प्रहरी निरिक्षक अनिष भण्डारीले बताए । मोटरसाइकल जोगाउने क्रममा बस पल्टिएर दुर्घटना भएको प्रहरीको भनाई छ । बसका चालक र सहचालकलाई नियन्त्रणमा लिइएको र घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
अछाम, १० भदौ । अछाममा नेपाली काँग्रेसका नेताहरुबीच मदिरा पार्टीमा कुटाकुट भएको छ । आइतबार राति जिल्ला समन्वय समितिको सरकारी निवासमा मदिरा सेवनको क्रममा नेपाली काँग्रेसबाट निर्वाचित जिल्ला समन्वय समितिका प्रमुख ललितबहादुर कुँवर र नेपाली कांग्रेसका जिल्ला प्रवक्ता पदम शाहबीच कुटाकुट भएको हो । दुवै जनाबीच कुटपिटको क्रममा शाहले मदिराको बोतल प्रहार गरेपछि कुँवरको टाउकोमा चोट लागेको र शाहको हातमा चोट लागेको जिल्ला प्रहरी कार्यालय अछामका प्रमुख डीएसपी ईश्वरी प्रसाद भण्डारीले जानकारी दिए। उनका अनुसार कुँवरको टाउकोमा ४ वटा टाँका लगाइएको छ। कुटाकुट कुन विषयमा भएको भन्ने नखुलेको उनको भनाई छ । स्वास्थ्य परीक्षणमा दुवैजनाले मदिरा सेवन गरेको पाइएको प्रहरीले…
रौतहट, १० भदौ । चन्द्रनिगाहपुर-निजगढ सडकखण्डमा सवारी दुर्घटना हुदाँ दुई जनाको मृत्युको भएको छ । निजगढबाट चन्द्रनिगाहपुरतर्फ आउँदै गरेको बाग्मती प्रदेश ०३–००१ च ५३१ नम्बरको यात्रुबाहक टाटा सुमो र विपरीत दिशातर्फ जाँदै गरेको प्रदेश १–०२–०४३ प ८०२५ नम्बरको मोटरसाइकल चन्द्रपुर नगरपालिका–४ लच्कामा ठोक्किदा दुर्घटना भएको हो । उक्त दुर्घटनामा मोटरसाईकलमा सवार सुनसरी जिल्ला धरान उपमहानगरपालिका–१५ का ३३ वर्षीय तुलसी ओझा र मोरङ जिल्ला सुन्दरहरैचा नगरपालिका–११ निवासी विवश सापकोटाको मृत्यु भएको इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरका डिएसपी राजकुमार राईले जानकारी दिए । टाटा सुमो नियन्त्रणमा रहेको घटनाको अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
काठमाडौं, १० भदौ । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाली समाज बहुसांस्कृतिक र शान्तिप्रेमी भएकाले बिथोल्ने र भड्काउने प्रयास सफल नहुने बताएका छन् । गौरा पर्वको अवसरमा सैनिकमञ्चमा आयोजित कार्यक्रममा उनले नेपालीपन भनेको मेलमिलाप र शान्तिपूर्ण भएपनि कतिपय नयाँ पुस्तामा सभ्यता, शिष्टता र मर्यादाको ख्याल नभएको देख्दा दुःख लागेको बताए । नेपाली काङ्ग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवासमेत सहभागी कार्यक्रममा प्रधानमन्त्री ओलीले सुन्दर सुदूरपश्चिमबाट सुरु भएको सो पर्व नेपालको मौलिक पर्व भएको उल्लेख गरे ।
काठमाडौं, १० भदौ । ओमानका विदेशमन्त्री बद्र बिन हमाद अल्बुसैदी नेपाल भ्रमणमा आउन लागेका छन् । परराष्ट्रमन्त्री डा। आरजु राणा देउवाको निमन्त्रणामा उनी दुई दिनको औपचारिक भ्रमणका लागि सोमबार आउन लागेका हुन् । भ्रमणको क्रममा दुई देशको सम्बन्ध र अन्य विविध विषयमा द्विपक्षीय भेटवार्ता तथा छलफल हुने परराष्ट्र मन्त्रालयले जनाएको छ । विदेशमन्त्री अल्बुसैदीले राष्ट्रपति रामचन्द्र पौडेल र प्रधानमन्त्री केपी शर्मा ओलीसँग पनि शिष्टचार भेट गर्ने कार्यक्रम रहेको बताइएको छ ।
काठमाडौं, ९ भदौ । नेकपा एमालेको सांसद सरस्वती सुब्बाले जग्गा कित्ताकाटमा रोक लगाउनका लागि आग्रह गरेकी छिन् ।आइतबार प्रतिनिधिसभा अन्तर्गतको कृषि सहकारी तथा प्राकृतिक स्रोत समितिमा बोल्दै उनले जग्गा कित्ताकाट नरोकिए अगामी ५–१० वर्षमा खाली जग्गा पाउन कठिन हुने बताइन् । उनले प्रत्येक १०–१० वर्षमा गर्नुपर्ने जग्गाको नापी अहिलेसम्म हुन नसकेको बताउँदै यदि नापी नहुने हो भने अहिलेसम्म जोगाएर राखेका सार्वजनिक जग्गा बचाउन कठिन हुने उल्लेख गरिन् । यस्तै उनले ७७ वटै जिल्लामा सुकुम्वासी समस्या समाधान आयोग बनाउन हतार नगर्न भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री बलराम अधिकारीलाई आग्रह गरिन् ।उनले भनिन, ‘जहाँ सुकुम्वासीसगँ समबन्धित बढी समस्या छ त्यहाँ…