Author: क्लिक लुम्बिनी

गौतम बुद्धको जन्मस्थलको नामबाट नामाकरण भएको लुम्बिनी प्रदेशको समग्र गतिविधि पस्किने थलो हो, क्लिक लुम्बिनी डटकम । तपाईंहरुको कुनै सल्लाह, सुझाव र प्रतिक्रिया भए ईमेल गर्नुहोला ।

भैरहवा, ८ भदौ । भैरहवा भन्सार कार्यालयले भारतबाट अवैध रुपमा भित्राइएको आशंकामा ९ लाख बढी मूल्य बराबरको चिनी र कपडासहित ट्रक नियन्त्रणमा लिएको छ । शनिवार भन्सार कार्यालयले सशस्त्र प्रहरीको सहकार्यमा एकाबिहानै २ बजेदेखि ५ बजेसम्म चलाएको अपरेशनमा चिनी र कपडा बरामद भएको जनाएको छ । भैरहवा भन्सार कार्यालयका प्रमुख नारद गौतमका अनुसार भैरहवा लुम्बिनी सडकखण्डको रमवापुरबाट ७ लाख २० हजार रुपैयाँ बराबरको दुई सय चालिस बोरा चिनी र दुई लाख रुपैयाँ बराबरको कपडा बरामद गरिएको हो । चिनी ढुवानीका लागि प्रयोग गरिएको ग २ ख १२९० नम्बरको ट्रक समेत नियन्त्रणमा लिइएको उनले जनाए । चिनी ट्रकमा लोड गरेर ढुवानी…

Read More

पाल्पा, ८ भदौ । पाल्पा-बुटवल सडकखण्ड अन्र्तगत पाल्पाको तिनाउ गाउँपालिका-३ को माथिल्लो सिद्धबाबा क्षेत्रमा सुख्खा पहिरो खस्दा सडक अवरुद्ध भएको छ । जसकारण दुवै तर्फ सवारीसाधनको आवगमन रोकिन पुगेको छ । पहिरो हटाउन सुरु गरिएपनि ठूला ढुंगासहित पहिरो खसेकोले केही समय लाग्ने पाल्पा प्रहरीले जनाएको छ । स-साना ढुङ्गा खस्ने क्रम जारी रहेको पहिरो हटाउन समस्या भइरहेको बताइएको छ ।

Read More

तनहुँ, ७ भदौ । तनहुँको आँबुखैरेनी गाउँपालिका-२ ऐनापहारा नजिक भएको बस दुर्घटनामा मृत्यु हुनेको संख्या २७ पुगेको छ । शुक्रवार पोखराबाट काठमाण्डौँतर्फ जादै गरेको यूपी ५३ एफटी ७६२३ नम्बरको बस मर्स्याङ्दी नदीमा खसेको थियो । चालक दलबाहेक बसमा सवार सबै भारतको महाराष्ट्र प्रदेशका हुन् । उनीहरु नेपाल भ्रमणका लागि बसको आठ दिनको भन्सार गराएर भदौ ४ गते भैरहवा नाका हुदै मुलुकमा प्रवेश गरेका थिए । बसमा ४३ जना सवार थिए । ४३ जनामध्ये २७ जनाको मृत्यु भएको र १६ जना गम्भिर घाइतेहरुको उपचारका लागि हेलिकप्टरमार्फत काठमाण्डौँ पठाइएको तनहुँका प्रमुख जिल्ला अधिकारी जर्नादन गौतमले जानकारी दिए । नेपालस्थित भारतीय दूतावासले शुक्रवार…

Read More

भैरहवा, ७ भदौ । नेपाल भ्रमणमा आएका भारतीय पर्यटक सवार यात्रुवाहक बस मर्स्याङ्दी नदीमा खसेर दुर्घटना भएपछि नेपाल स्थित भारतीय दूतावासले आपतकालिन सहायता लागि सम्पर्क नम्बर जारी गरेको छ । दूतावासले शुक्रवार सामाजिक संजाल फेसबुकमा घटनाबारे जानकारी गराउँदै राहत र उद्धार लागि समन्वय भईरहेको जनाएको छ । साथै, घटनासँग सम्बन्धित सरोकारवालाहरुले दूतावासको आपतकालीन सहायता(राहत) सम्पर्क नम्बर +९७७-९८५११०७०२१ मा सम्पर्क गर्ने सकिने जनाएको छ । शुक्रवार पोखराबाट काठमाडौंतर्फ जादैँ गरेको यूपी ५३ एफटी ७६२३ नम्बरको बस तनहुँको आँबुखैरेनीस्थित ऐना पहारा नजिक नदीमा खस्दा मृतकको संख्या २७ पुगेको छ । घाईतेहरुको विभिन्न अस्पताल उपचार भईरहेको प्रहरीले जनाएको छ । दुर्घटनामा परेका सबै…

Read More

भैरहवा, ७ भदौ। तनहुँको आँबुखैरेनीस्थित ऐना पहारा नजिक भारतीय नम्बरको बस मर्स्याङ्दी नदीमा खसेर दुर्घटना हुदाँ मृतकको संख्या १९ पुगेको छ । मृत्यु हुनेमा १३ जना महिला, ५ जना पुरुष र १ जना बालिका रहेका नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय कास्कीका कार्यालय प्रमुख प्रहरी उपरीक्षक जनक बहादुर शाहीले बताए । उनका अनुसार मृतकहरुको पहिचान खुल्न सकेको छैन । बसमा चालकदल सहित ४३ जना सवार थिए । जसमध्ये १९ जनाको मृत्यु भएको छ । अन्य घाइते छन् । घाइते भएको १२ जनाको उपचारका लागि नेपाली सेनाको एयर एम्बुलेन्स मार्फत काठमाण्डौँ पठाइएको तनहुँका प्रमुख जिल्ला अधिकारी जर्नादन गौतमले जानकारी…

Read More

चितवन, ७ भदौ । चितवन भरतपुर महानगरपालिका २९ स्थित सत्रकिलोमा भिरबाट बसमाथि ढुंगा खस्दा अनियन्त्रित भएर यात्रुवाहक बस पल्टिएको छ । रौतहटको गौरबाट पोखरा जाँदै गरेको ग २ ख ४७ नम्बरको बसमाथि मुग्लिङ नारायगढ सडकखण्डमा ढुंगा लागेर बस अनियन्त्रित भएर पल्टिदा बसमा सवार २५ जना यात्रुहरु घाइते भएको चितवन प्रहरीले जनाएको छ । घाइते २५ जनामध्ये २ जनाको अवस्था गम्भीर भने बसमा ३५ जना यात्रु सवार भएको अनुमान गरिएको छ। घाइते हुनेहरुमा बारा निजगढ-८का २६ वर्षीया सबिना थापा, रौतहट चपुर-८ का ४६ वर्षीय जनक नारायण चौधरी र उनका छोरा १८ वर्षीय इनद्रजित चौधरी,  रौतहट गौर-२ का १७ वर्षीया सन्ध्या साह,…

Read More

भैरहवा, ७ भदौ। तनहुँको आँबुखैरेनीस्थित ऐना पहारा नजिक भारतीय नम्बरको बस मर्स्याङ्दी नदीमा खस्दा १४ जनाको मृत्यु भएको छ । सशस्त्र प्रहरीका सहप्रवक्ता तथा डीएसपी शैलेन्द्र थापाका अनुसार दुर्घटनामा १४ जनाको मृत्यु भएको र १६ जना घाइतेको उद्धार गरिएको छ । शुक्रवार पोखराबाट काठमाण्डौँ तर्फ जाँदै गरेको यूपी ५३ एफटी नम्बर ७६२३ नम्बरको बस नदीमा खसेको थियो । बसमा ४३ जना सवार थिए । ‘उद्दारमा कार्य जुटेकोले दुर्घटना कसरी भयो भन्नेतिर लाग्न सकेका छैनौँ’, तनहुँका प्रमुख जिल्ला अधिकारी जर्नादन गौतमले भने, ‘घाइतेहरुको उद्दार कार्य जारी छ । गम्भिर १२ जना घाइतेहलाई उपचारका लागि हेलिकप्टरबाट काठमाण्डौँ पठाइएको छ ।’ दुर्घटना भएको…

Read More

भैरहवा, ७ भदौ । तनहुँको आँबुखैरेनीस्थित ऐना पहारामा नजिक मस्र्याङ्दी नदीमा खसेको भारतीय यात्रुवाहक बसमा सवार पर्यटकहरु भारतको महाराष्ट्र प्रदेशको रहेको खुलेको छ । पर्यटकहरु भारतको गोरखपुर स्थित केसरवानी परिवहन नामक ट्राभल्सबाट बस बुक गरी नेपाल भ्रमणमा आएका थिए । बसमा सवार यात्रुहरु महाराष्ट्र प्रदेशको रहेको केसरवानी परिवहनका (बस) का संचालक अतुल केसरवानीले जानकारी दिए । ‘नेपाल भ्रमणमा एक सय १० जना पर्यटहरुका लागि तीन वटा बस बुक गरिएको थियो’, केसरवानी परिवहनका (बस) संचालक अतुल केसरवानीले क्लिक लुम्बिनीसगँ टेलिफोन कुराकानीमा भने, ‘दुःखद घटना भएको छ । हाम्रो टोली यहाँबाट नेपालको लागि निस्कने तयारीमा छ । हामी आउँदैछौँ । अहिले हामी…

Read More

भैरहवा, ७ भदौ । तनहुँको आँबुखैरेनीस्थित ऐना पहारामा नजिक मस्र्याङ्दी नदीमा खसेको भारतीय नम्बरको यात्रुवाहक बस रुपन्देहीको बेलहिया (भैरहवा) नाकाबाट भित्रिएको खुलेको छ । पोखराबाट काठमाण्डौंका लागि छुटेको यूपी ५३ एफटी ७६२३ नम्बरको भारतीय बस शुक्रवार मस्र्याङ्दी नदीमा खसको थियो । भैरहवा भन्सार कार्यालयको सूचना प्रविधि शाखाका अनुसार यूपी ५३ एफटी ७६२३ नम्बर प्लेटको भारतीय बस भदौ ४ गते आठ दिनको भन्सार प्रक्रिया पुरा गरी बेलहिया नाकाबाट मुलुकमा भित्रिएको हो । उक्त बस भदौ ११ गते फर्किने गरी भन्सार प्रक्रिया पुरा गरिएको थियो । दुर्घटनामा परेको बसमा सवार यात्रुहरुको उद्दार कार्य जारी रहेको प्रहरीले जनाएको छ । दुर्घटनाको कारण खुलेको…

Read More

तनहुँ, ७ भदौ । तनुहँको आँबुखैरेनी गाउँपालिका-२ को ऐनापहरास्थित भारतीय नम्बर प्लेटको यात्रुवाहक बस मर्स्याङ्दी नदीमा खसेको छ । पोखराबाट काठमाडौं जाँदै गरेको यूपी ५३ एफटी ७६२३ नम्बरको यात्रुवाहक बस मर्स्याङ्दी नदीमा खसेको हो । उक्त बसमा करिब ३५/४० जना यात्रु सवार रहेको प्रारम्भिक अनुमान गरिएको छ । बस सडकभन्दा करिब एक सय ५० मिटर तल मर्स्याङ्दी नदीमा खसेको छ । जिल्ला प्रहरी कार्यालय तनहुँका एसपी विरेन्द्रबहादुर शाहीका अनुसार घटनास्थलमा नेपाल प्रहरी र सशस्त्र प्रहरीको टोली उद्धारमा खटिएका छन् । दुर्घटनाको कारण खुलेको छैन ।

Read More