Author: क्लिक लुम्बिनी

गौतम बुद्धको जन्मस्थलको नामबाट नामाकरण भएको लुम्बिनी प्रदेशको समग्र गतिविधि पस्किने थलो हो, क्लिक लुम्बिनी डटकम । तपाईंहरुको कुनै सल्लाह, सुझाव र प्रतिक्रिया भए ईमेल गर्नुहोला ।

भैरहवा, ३ भदौ । रुपन्देहीको तिलोत्तमा नगरपालिकामा रहेको करेन्ट चाउचाउको उत्पादक यशोदा फुड्स प्रा.लि.ले विभागबाट प्राप्त गरेको करेन्ट नामको ट्रेडमार्क र लेबलका प्रमाणपत्र सार्वजनिक गरेको छ। कम्पनीले सयौँ लेबल र ट्रेडमार्क दर्ताका लागि विभागमा आवेदन गर्ने गरेकोमा र कुनै एक लेबलमा विपक्षीले विरोध गर्दै अदालतको गएको विषयलाई भ्रमपूर्ण प्रचार गरेको भन्दै ट्रेडमार्क र लेबलका प्रमाणपत्रसहित विज्ञप्ती जारी गर्दै आपत्ति जनाएको छ। ‘यशोदा फुड्स प्रालि करेन्ट नामको ट्रेडमार्क, लेबल समेत उद्योग विभागबाट वर्ग ३० मा दर्ता गरी प्रमाणपत्र लिइ प्रचलित कानूनभित्र रहेर विभिन्न स्वादका चाउचाउ लगायतका वस्तुहरु उत्पादन गर्ने नेपालकै प्रतिष्ठित उद्योग हो । प्रयोग भइरहेका ट्रेडमार्कको उद्योग विभागबाट विभिन्न मितिमा…

Read More

भैरहवा, ३ भदौ । मुलुकमा मंगलबार गण्डकी र लुम्बिनी प्रदेशका थोरै स्थानहरूमा तथा बाँकी प्रदेशका एक-दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ । जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाका अनुसार मंगलबार देशभर आंशिकदेखि साधारणतया बदली रहने छ। सबै प्रदेशका केही स्थानहरूमा मेघ गर्जन/चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। मंगलबार राति देशभर आंशिकदेखि साधारणतया बदली रहने छ। सबै प्रदेशका केही स्थानहरूमा मेघ गर्जन/चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। कोशी, मधेश, बागमती, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका एक दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

Read More

काठमाडौं, ३ भदौ । भारत भ्रमणमा रहेकी परराष्ट्र मन्त्री आरजु राणा देउवाले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसगँको भेटमा उनलाई नेपाल भ्रमणको निम्तो दिएकी छन्। दुवैजनाबीच सोमबार दिल्लीको हैदरावाद हाउसमा शिष्टाचार भेटवार्ता भएको थियो । उनीहरूबीच नेपाल भारत सम्बन्धका विविध पक्ष, आपसी हित र पारस्परिक सहयोगका विषयमा छलफल भएको परराष्ट्र मन्त्रालयले जनाएको छ। मन्त्री देउवाले प्रधानमन्त्री केपी ओलीको तर्फबाट मोदीलाई नेपाल भ्रमणको निम्तो दिएको बताइएको छ । प्रधानमन्त्री ओलीले भारतीय प्रधानमन्त्री मोदीलाई नेपाल भ्रमण गराएर त्यसपछि आफू भारत जाने तयारी गरेका छन्। प्रधानमन्त्री ओली बिमस्टेकको बैठकमा सहभागी हुन् बैंकक जाने बेला समेत भारतीय प्रधानमन्त्रीसँग द्विपक्षीय छलफल गर्ने तयारी गरेका छन्। प्रधानमन्त्री ओलीले…

Read More

काठमाडौं, २ भदौ । नेपालमा अण्डाको मूल्य घटेको छ । आइतबार बसेको नेपाल लेयर्स कुखुरापालक संघको बैठकले अण्डाको मूल्य घटाएको हो । बैठकले सबैभन्दा ठूलो अण्डाको मूल्य प्रतिक्रेट ५ सय रुपैयाँ, ठूलो अण्डा प्रतिक्रेट ४ सय ८५ र मिडियम अन्डाको प्रतिक्रेट मूल्य ४ सय १५ रुपैयाँ तोकेको छ । यस अघि संघले असार २८ मा सबैभन्दा ठूलो साइजको अण्डाको मूल्य प्रतिक्रेट ५ सय ३० रुपैयाँ, ठूलो अण्डा प्रतिक्रेट ५ सय १०, मिडियम अण्डाको प्रतिक्रेट ४ सय ९० रुपैयाँ तोकेको थियो । संघका सचिव मदन पोखरेलका अनुसार अण्डा उत्पादक किसानहरूले उत्पादन लागत, माग र आपूर्तिका आधारमा मूल्य निर्धारण भएको हो ।

Read More

भैरहवा, २ भदौ ।भारतबाट भन्सार छलेर भित्राईएको मटर र चिनी बरामद भएको छ । जिल्ला प्रहरी कार्यालय रुपन्देही, भैरहवा भन्सार कार्यालय, राष्ट्रिय अनुसन्धान जिल्ला कार्यालय भैरहवाको संयुक्त टोलीले सिद्धार्थनगर नगरपालिका-४ बुद्ध कोलोनी स्थित गोदाममा लुकाएर राखिएको अवस्थामा चिनी र मटर बरामद गरेको हो ।उक्त सामग्री भण्डारण गरेर राखिएको थियो । विशेषा सूचना आधारमा लुकाएर राखिएको स्थानमा पुग्दा भन्सार छलेर ल्याई भण्डारण गरिएको अवस्थामा ९२ बोरा (२७६० केजी) मटर र ७५ बोरा (३७५० केजी) चिनी बरामद भएको जिल्ला प्रहरी कार्यालयका रुपन्देहीका डिएसपी एंव सूचना अधिकारी मनोहर प्रसाद भट्टले जानकारी दिए । पाँच लाख ७६ हजार मूल्यबराबरको उक्त सामग्री नियन्त्रणमा लिएर आवश्यक…

Read More

भैरहवा, १ भदौ । रुपन्देहीको भैरहवा क्षेत्रमा भारी वर्षा भएको र थप वर्षा हुने सक्ने सम्भावनालाई मध्यनजर गर्दै नदी तटीय क्षेत्रका बासिन्दाहरुलाई सतर्कता अपनाउनका लागि अनुरोध गरिएको छ । शनिवार राति देखि भारी वर्षा भएपछि जल तथा मौसम विज्ञान विभागले सर्वसाधरणलाई मोबाइलमा सूचनामुलक म्यासेज पठाउँदै रोहिणी लगायत खोलामा पानीको बहाव बढ्ने भएकोले नदी तटीय क्षेत्रका बासिन्दाहरुले सतर्कता अपनाउनका लागि अनुरोध गरेको हो । विभागले पठाएको म्यासेजमा भनिएको छ– ‘पछिल्लो तीन घण्टामा रुपन्देही जिल्लाको भैरहवा वर्षामापन केन्द्रमा भारी वर्षा भएको र थप वर्षा हुन सक्ने सम्भावना रहेकोले सो क्षेत्र भई बहने रोहिणी खोला र अन्य स–साना खोलामा बहाव केही बढ्ने भएकोले…

Read More

भैरहवा, १ भदौ । उद्योग व्यापार संगठन (चेम्बर अफ कमर्स) रुपन्देहीले रक्तदान कार्यक्रम गरेको छ । संगठनको १७ औं वार्षिक साधारण सभाको पूर्वसन्ध्यामा सिद्धार्थनगर–९ उदयपुरस्थित संगठनको सभाहलमा कार्यक्रम आयोजना गरिएको अध्यक्ष दर्पण श्रेष्ठले बताए । उनले आगामी दिनमा पनि यो कार्यक्रमलाई निरन्तरता दिदै जाने बताए । कार्यक्रमको उद्घाटन गर्दै प्रमुख अतिथि नेपाल रेडक्रस सोसाइटी रुपन्देही जिल्ला शाखाका सभापति दीपक क्षेत्री न्यौपानेले संगठनले समयसापेक्ष कार्यक्रम गरेको बताए । उनले पछिल्लो समय रगतको माग बढेको सबैलाई रक्तदान गर्न आग्रह गरे । उनले भने, ‘स्वस्थ व्यक्तिले प्रत्येक ३–३ महिनामा रक्तदान गर्न सक्छन् । रगतले मानिसको ज्यान बचाउँछ ।’ रेडक्रस सोसाइटीले धेरैपटक रक्तदान गर्ने…

Read More

मर्चवार, १ भदौ । रुपन्देहीको मर्चवार क्षेत्रमा रहेको श्री जनकल्याण स्वावलम्बन बचत तथा ऋण सहकारी संस्था लिमिटेडमा चोरी भएको छ । मर्चवारी गाउँपालिका-५ स्थित उक्त सहकारीबाट बिहिवार रातिको समयमा चोरी भएको सहकारीका व्यवस्थापक दिनेश मौर्यले जानकारी दिए । उनका अनुसार सहकारीबाट करिब २३ लाख रुपैयाँ चोरी भएको छ । घटनाको जानकारी पश्चात अनुसन्धान सुरु गरिएको ईलाका प्रहरी कार्यालय मझगाँवाका प्रहरी निरीक्षक हिमनाथ घिमिरेले जानकारी दिए । ‘सहकारीको सिसिटीभी फुटेजमा राती करिब १२ बजे दुई जना व्यक्तिले ताल्चा तोडेर भित्र प्रवेश गरेको देखिएको छ’, उनले भने, ‘चोरी भएको निश्चित रकम एकिन भएको छैन । हामी घटनाको अनुसन्धान गरिरहेका छौँ । छिट्टै…

Read More

मर्चवार, १ भदौ । रुपन्देहीको मर्चवार क्षेत्रमा किसानले लगाएको तरकारी र फलफूल नष्ट गरिएको छ । कोटहीमाई गाउँपालिका–४ बैरघाटका किसान रमेश चौधरीले लगाएको करिब तीन लाख मूल्य बराबरको तरकारी र फलफूल नष्ट गरिएको हो । चौधरीका अनुसार रातिको समयमा अज्ञात व्यक्तिले तरकारी र फलफूलका बालीको जरा काटेर नष्ट गरेका हुन् । रोजगारीका लागि सिलसिलमा युवाहरु खाडी मुलुक विदेशिएको अवस्थामा चौधरीले वर्षेनी नगद तथा जिन्सी गरी २ लाख २० हजार रुपैयाँमा पोखरीसहितको दुई बिघा एघार कठ्ठा कृषियोग्य जग्गा लिजमा लिएर माछापालन र तरकारी खेती गर्दै आएका थिए । तर, ‘सामाजिक अपराधी’ ले उनको मिहिनेतमा छुरा चलाएपछि उनी निराश बनेका छन् ।…

Read More

भैरहवा, ३२ साउन । रुपन्देही प्रहरीले भन्सार छलेर भित्राइएको केराउ र कपडा बरामद गरेको छ । विभिन्न स्थानमा चेकजाँच गर्ने क्रममा भारतबाट नेपाल तर्फ अवैध रुपमा भन्सार छलेर ल्याईएको अवस्थामा ८ लाख ७१ हजार मूल्य बराबरको साम्रगीहरु नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालय रुपन्देहीका सूचना अधिकारी एवं डिएसपी मनोहर प्रसाद भट्टका अनुसार विभिन्न स्थानमा चेकजाँच गर्ने क्रममा भन्सार छलेर भित्राइएको ८४ बोरा (२१०० केजी) केराउ र कपडा (लुङगी) ६४ थान बरामद भएको छ । साथै, भन्सार छली प्रयोगमा भएको नम्बर नखुलेको एउटा मिनी ट्रक, लु २ प ७०६, लु १५ प ४९२२, लु १४ प ९९४६ नम्बरको…

Read More