


Get the latest creative news from FooBar about art, design and business.



गौतम बुद्धको जन्मस्थलको नामबाट नामाकरण भएको लुम्बिनी प्रदेशको समग्र गतिविधि पस्किने थलो हो, क्लिक लुम्बिनी डटकम । तपाईंहरुको कुनै सल्लाह, सुझाव र प्रतिक्रिया भए ईमेल गर्नुहोला ।
काठमाडौं,२५ बैशाख। आकर्षक तलबको प्रलोभनमा पारी विभिन्न देश पठाइदिन्छु भन्दै रकम ठगी गरेको आरोपमा प्रहरीले ४ जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेहरुमा भारत मोतिहारीका २९ वर्षीय संजय कुमार, काठमाडौं महानगरपालिका–१६ का ५२ वर्षीय नगेन्द्र शाह, बाँकेको खजुरा गाउँपालिका–२ का २४ वर्षीय मो.अलताव खाँ तथा सल्यानको कुमाख गाउँपालिका–२ घर का १९ वर्षीय केशव सुनार रहेको प्रहरीले जनाएको छ । नेपाल प्रहरी केन्द्रीय समाचार कक्ष अनुसार, पक्राउ परेका संजय कुमार र नगेन्द्र शाहले बेलायत पठाइदिन्छु भन्दै पीडितबाट २२ लाख रुपैयाँ लिएको आरोप छ। त्यसैगरी मो.अलताव खाँले बुल्गेरिया पठाइदिन्छु भन्दै १ जना पीडितबाट ५१ लाख रुपैयाँ लिएको तथा केशव सुनारले क्यानडा पठाइदिन्छु भन्दै…
भैरहवा,२५ बैशाख । जल तथा मौसम विज्ञान विभागले यस वर्षको मनसुन अवधिमा लुम्बिनी प्रदेशका अधिकांश भू–भागमा सरदरभन्दा कम वर्षा हुने सम्भावना रहेको जनाएको छ। मौसमविद सुदर्शन हुमागाईंका अनुसार, आगामी जेठ १८ देखि असोज १४ गतेसम्म चार महिनाको मनसुन अवधिमा प्रदेशका धेरै क्षेत्रमा वर्षा औसतभन्दा कम हुन सक्ने देखिएको हो। लुम्बिनी प्रदेशका अधिकांश भू–भागमा सरदरभन्दा कम वर्षा हुने सम्भावना ५५ प्रतिशतदेखि ६५ प्रतिशतसम्म रहेको विभागको प्रक्षेपण छ । यसैगरी, मनसुन अवधिभर लुम्बिनी प्रदेशमा तापक्रम पनि औसतभन्दा बढी रहने सम्भावना देखिएको छ। विभागका अनुसार, प्रदेशका पश्चिमी भू–भागमा अधिकतम तापक्रम सरदरभन्दा बढी हुने सम्भावना ५५ प्रतिशतदेखि ६५ प्रतिशतसम्म रहेको छ। त्यस्तै, लुम्बिनी प्रदेशका…
भैरहवा, २५ बैशाख । प्रहरीले गोरुसहित दुई जनालाई नियन्त्रणमा लिएको छ । लुम्बिनी प्रदेश प्रहरी कार्यालय दाङका अनुसार, बिहीवार बिहान साढे २ बजे बुटवल उपमनपा-३ तल्लो सिद्धबाबा क्षेत्रमा चेकजाँच गर्ने क्रममा बा.प्र.०३-००१ च २८४२ नम्बर गाडीमा रहेको ६ वटा गोरुसहित दुई जनालाई नियन्त्रणमा लिइएको छ। गाडी चालक गोरखा पालुङटार नगरपालिका-२ का ४१ वर्षीय दुर्गा दर्जी र सहचालक ३६ वर्षीय नविन परियारलाई नियन्त्रणमा लिएर थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
भैरहवा, २५ वैशाख। रुपन्देहीको भैरहवास्थित सिद्धार्थ क्रिकेट रंगशालामा जारी ‘पञ्चकन्या रुपन्देही सुपर लिग’ अन्तर्गत ‘ए’ डिभिजनको खेलमा तिरुपति क्रिकेट क्लब विजयी भएको छ। शुक्रबारमा न्यू होराइजन स्पोटर्स क्लबलाई ४ विकेटले पराजित गर्दै तिरुपतिले विजयी भएको हो । टस हारेर ब्याटिङको निम्तो पाएको न्यू होराइजनले निर्धारित ५० ओभरमा २२ ओभर ३ बलमा सबै विकेट गुमाउँदै ७६ रन मात्र बनायो ।उसका लागि निर्मल गुरुङले २९ र विप्रसन केसीले १४ रन बनाए पनि अन्य ब्याटरले दोहोरो अंकमा रन बटुल्न सकेनन् । होराइजनलाई सस्तैमा समेट्नका लागि तिरुपतिका अपराजित पौडेल र मोहम्मद हुसेनले ३–३ तथा तुलबहादुर थापाले २ र आकाश त्रिपाठीले १ विकेट लिए ।…
काठमाडौं,२४ बैशाख। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पूर्वअर्थमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीसहित १४ जनाविरुद्ध भ्रष्टाचार मुद्दा गरेको छ। अख्तियारका सहायक प्रवक्ता गणेशबहादुर अधिकारीका अनुसार पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणका क्रममा भ्रष्टाचार गरेको आरोपमा उनीहरुबिरुद्ध ६२ करोड ५ लाख २२ हजार १६० रुपैयाँ बिगो मागदाबी गर्दै बिहीवार विशेष अदालतमा मुद्दा दायर भएको हो। आरोपपत्रमा व्यवस्था विपरीत ठेकेदारलाई राजश्व छुट दिएर भ्रष्टाचार गरेको उल्लेख छ । आरोपपत्रमा कार्कीसहित अर्थसचिव शंकर प्रसाद अधिकारी, तत्कालीन पर्यटन सचिव महेश्वर न्यौपाने, तत्कालीन सहसचिवद्वय सुरेश आचार्य र दुण्डुराज घिमिरे, पूर्वसचिव (तत्कालीन सहसचिव) केवल भण्डारी, नागरिक उड्डयन प्राधिकरणका तत्कालीन महानिर्देशक सञ्जिव गौतम र निवर्तमान महानिर्देशक प्रदीप अधिकारी, उपसचिव युवराज पाण्डे, शाखा अधिकृत…
मर्चवार,२४ बैशाख । रुपन्देहीको मर्चवारमा जबरजस्ती करणी (बलात्कार) प्रकरणमा श्रीमती मनराजीदेवी माध्यमिक विद्यालयका आरोपी कर्मचारीलाई निलम्बित गरिएको छ । विद्यालयका सहायक लाइब्रेरियन विकास यादवले सोही विद्यालयमा अध्यनरत एक छात्रालाई जबरजस्ती करणी गरेको विषयमा प्रहरी कार्यालयमा जाहेरी दर्ता भएपछि विद्यालय व्यवस्थापन समितिले यादवलाई निलम्बित गरेको हो । विद्यालय व्यवस्थापन समितिको ०८३ बैशाख २३ गतेको निर्णयअनुसार कर्मचारी यादवलाई निलम्बन गरिएको विद्यालयले कर्मचारी यादवको नाममा जारी गरेको पत्रमा उल्लेख छ । विद्यालयको आधिकारिक सामाजिक संजाल फेसबुकमार्फत सार्वजनिक गरिएको उक्त पत्रमा भनिएको छ–‘इलाका प्रहरी कार्यालय मर्चवार रुपन्देहीको च.नं. १२४१ मिति २०८३/०१/२२ गतेको पत्र अनुसार तपाई श्री विकाश यादवमाथि जबरजस्ती करणी मुद्दामा अनुसन्धान भई रहेकोले…
काठमाडौं,२४ बैशाख। अब संघीय संसद्मा पनि सांसदहरुको डिजिटिल हाजिरी हुने भएको छ । जसका लागि संघीय संसद् सचिवालयले सांसदहरुको बायोमेट्रिक विवरण संकलन गर्न सुरु गरेको छ। यसअघि सांसदहरुको कागजी हाजिरी हुने गरेको थियो । संघीय संसद अन्तर्गत बिभिन्न बैठकहरुमा उपस्थितिको हाजिरी विद्युतीय माध्यमबाट अभिलेखन गर्ने प्रयोजनका लागि बायोमेट्रिक विवरण संकलन गर्न सुरु गरिएको संसद सचिवालयले जनाएको छ। सचिवालयका अनुसार अगामी बैशाख २८ गतेसम्म बायोमेट्रिक विवरण संकलन हुने र सांसदहरुको औपचारिक तस्बिरसमेत खिचिने भएकाले औपचारिक पोशाकमा संघीय संसद्को लोगो लगाएर उपस्थित हुन आग्रह गरिएको छ।
भैरहवा,२४ बैशाख। लुम्बिनी प्रदेश प्रहरी कार्यालयका प्रमुख प्रहरी नायव महानिरीक्षक (डीआईजी) भूपेन्द्र बहादुर खत्रीले रुपन्देहीका सीमावर्ती प्रहरी इकाइहरुको स्थलगत निरीक्षण तथा अनुगमन गरेका छन्। निरीक्षणका क्रममा उनले इलाका प्रहरी कार्यालय मझगावाँसहित प्रहरी चौकी बगौली, पाण्डे पिप्रहवा, मुडिला करौता र रोईनिहवा प्रहरी चौकीको अवस्था अवलोकन गर्दै सीमा सुरक्षा, अपराध न्यूनीकरण, खुला नाका तथा सीमा सुरक्षाको प्रभावकारी व्यवस्थापन, विपद् व्यवस्थापन तथा नागरिकमैत्री प्रहरी सेवाबारे आवश्यक निर्देशन दिएका हुन्। साथै, प्रहरी कर्मचारीलाई अनुशासन, ड्युटी व्यवस्थापन, ट्राफिक सुरक्षाका सामग्रीको प्रयोग, सरसफाइ तथा भौतिक संरचनाको मर्मत–सम्भारलाई प्रभावकारी बनाउन पनि निर्देशन दिएको लुम्बिनी प्रदेश प्रहरी कार्यालयले जनाएको छ। निरीक्षणका क्रममा नेपाल–भारत सीमा क्षेत्रको अवलोकन गर्दै भारतीय…
काठमाडौं, २४ बैशाख । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद जगदिश खरेलले आफुले कुनै गल्ती नगरेको र आफुमाथी मिडिया ट्रायल भएको बताएका छन् । सुशीला कार्की नेतृत्वको सरकारमा संचारमन्त्री हुँदा खरेलले स्मार्ट टेलिकमसँग घटनामा रकम हिनामिना गरेको भन्दै समाचारहरु प्रकाशित भएपछि बिहीवार उनले सामाजिक संजालमा स्ट्याटस लेख्दै आपत्ति जनाएका छन् । उनले आफ्नो नाम जोडेर नियोजित रुपमा ‘फेक न्युज’ फैलाइएको भन्दै भ्रममा नपर्न शुभचिन्तकहरुलाई आग्रह गरेका छन्। यस्तो छ उनको स्ट्याटस:
भैरहवा, २४ बैशाख । भारतबाट भन्सार छलेर भित्राइएको विभिन्न सामग्री रुपन्देही प्रहरीले बरामद गरेको छ । जिल्ला प्रहरी कार्यालय रुपन्देहीबाट खटिएको टोलीले सिद्धार्थनगर नगरपालिका, ओमसतिया गाउँपालिका, मायादेवी गाउँपालिका र रोहिणी गाउँपालिकाको विभिन्न स्थानबाट ३ लाख बढी मूल्य बराबरको कपडा, मोटरपार्टस, कुखुरा लगायतका सामग्री बरामद गरेको जनाएको छ । प्रहरीका अनुसार, बरामद सामग्री आवश्यक कारवाहीका लागि पशु क्वारेन्टाइन कार्यालय र भन्सार कार्यालय बेलहियामा पठाइएको छ ।