


Get the latest creative news from FooBar about art, design and business.



गौतम बुद्धको जन्मस्थलको नामबाट नामाकरण भएको लुम्बिनी प्रदेशको समग्र गतिविधि पस्किने थलो हो, क्लिक लुम्बिनी डटकम । तपाईंहरुको कुनै सल्लाह, सुझाव र प्रतिक्रिया भए ईमेल गर्नुहोला ।
भैरहवा,१५ असोज। लुम्बिनी प्रदेशका सीमा क्षेत्र एकीकृत सुरक्षा जाँच गरिने भएको छ । प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले सीमा क्षेत्रमा एकीकृत सुरक्षा जाँच सेवा विस्तार गर्न निर्देशन जारी गरेका हुन् । प्रदेश विपद् व्यवस्थापन तथा समसामयिक विषयमा आयोजना गरिएको छलफल कार्यक्रममा मुख्यमन्त्री आचार्यले खुला सीमानाका कारण भारतबाट अवैध रुपमा मासु, दुध तथा कृषि उपजका सामग्रीहरु चोरीपैठारी हुँदा राजस्व चुहावट भइरहेको, उपभोक्ताले विषाक्त खाद्यवस्तु खानुपर्ने बाध्यताको अन्त्य गर्दै नेपाल भित्रिने पर्यटकहरुको सुविधाको लागि पनि सीमा क्षेत्रमा एकीकृत सुरक्षा जाँच गर्न निर्देशन दिएका हुन् । भारतबाट नेपाल भित्रिने पर्यटकहरुलाई ठाउँठाउँमा सुरक्षा जाँचको नाममा दुःख दिएको, भारतबाट कुखुरा, खसीबोका, माछा, दुध भित्रिने गरेको गुनासो…
काठमाडौं,१५ असोज। नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड)ले बल्खुका बाढीपीडितहरूसँग भेट तथा अन्तक्रिर्या गरेका छन् । उनले सो क्षेत्रको स्थलगत अवलोकन,पीडित जनतालाई सम्बोधन साथै त्यहाँ गर्नुपर्ने आवश्यक सहयोगका लागि पहल लिने प्रतिबद्धता जनाएका छन् । असोज १० गतेदेखिको बर्षाका कारण आएको बाढीले बल्खु क्षेत्र निकै प्रभावित बनेको थियो ।
काठमाडौं,१५असोज । नेकपा (एमाले) ले सरकारको प्राकृतिक विपद् तथा राहत कोषमा ५० लाख रुपैयाँ जम्मा गर्ने भएको छ । मंगलबार बसेको पार्टीको सचिवालय बैठकले सरकारको राहत कोषमा ५० लाख रुपैयाँ दिने निर्णय भएको नेकपाका एमालेका महासचिव शंखर पोखरेलले जानकारी दिए। सोमबारको मन्त्रिपरिषद् बैठकले प्रारम्भिकरुपमा एक अर्ब रुपैयाँ उक्त कोषमा जम्मा गर्ने निर्णय गरेको थियो । एमालेको सचिवालय बैठकलगत्तै अहिले सिंहदरबारमा एमाले संसदीय दलको बैठक सुरु भएको छ । बैठकमा प्रधानमन्त्री एवं पार्टीका अध्यक्ष केपी शर्मा ओलीले मुलुकमा गम्भीर प्राकृतिक विपत्तिको स्थितिमा सबैका तर्फबाट उद्धार, राहत र स्वयंसेवाका काममा लाग्न आह्वान गरे। प्रधानमन्त्री ओलीले संयुक्त राष्ट्रसङ्घको ७९ औ महासभामा आफूले गरेको…
भैरहवा,१५असोज। महेन्द्र राजमार्गअन्तर्गत बर्दघाट–दाउन्ने सडकखण्ड मंगलबार रातिभर बन्द हुने भएको छ । जिल्ला प्रशासन कार्यालय, नवलपरासी (बर्दघाट सुस्ता पश्चिम) ले एक सूचना जारी गर्दै सोमबार भासिएको सडक मर्मत गर्न आजराती १० बजेदेखि भोलि बिहान ५ बजेसम्म बन्द हुने जानकारी दिएको हो । प्रशासनले भनेको छ- ‘दाउन्ने जंगलको खुर्साने खोलास्थित पूर्व-पश्चिम राजमार्गको सडकखण्डमा अविरल वर्षाले सडक ‘रिटेनिङ वाल’ भत्किएको, करिब ४ मिटर सडक भासिएको साथै विद्युत प्रसारणको ‘हाई टेन्सन टावर’ समेत ढलेको कारणबाट पूर्ण रुपमा यातायात सेवा अवरुद्ध हुन गएकोमा आज (मंगलबार) विहान देखि यातायात संचालनमा आए तापनि सडक मर्मत गरी सहज रुपमा यातायात संचालनमा ल्याउने प्रयोजनका लागि मंगलबार राति दश…
भैरहवा,१५ असोज। लुम्बिनी प्रदेशका तीन निर्माण कम्पनीहरु कलोसूचीमा परेका छन् । विभिन्न सरकारी कार्यालयको सिफारिसमा सार्वजनिक खरिद अनुगमन कार्यालयले तोकिएको अवधिम्म कुनै पनि सरकारी कार्यालयमा काम गर्न नपाउने गरी प्रदेशका तीन निर्माण कम्पनीहरु कलोसूचीमा राखेको हो। सार्वजनिक खरिद ऐन, २०६३ को दफा ६३ को उपदफा (१) बमोजिम सूचना प्रकाशित भएको मितिदेखि लागू हुने गरी तीन निर्माण व्यवसायी तथा आपूर्ति कर्तासँग कुनै कारोबार नगर्न सूचनामार्फत आग्रह गरिएको छ । सार्वजनिक खरिद अनुगमन कार्यालयले सडक डिभिजन कार्यालय, शिवपुर, कपिलवस्तुको अनुरोधमा सिद्धार्थनगर–१२ को मर्चवार कन्स्ट्रक्सन प्रालिलाई दुई वर्षसम्मका लागि कालोसूचिमा राखेको छ । उक्त निर्माण कम्पनीको संचालक राजेश्वर यादव रहेको सार्वजनिक खरिद अनुगमन…
काठमाडौं,१५असोज। अविरल वर्षाले आएको बाढी,पहिरोका कारण सडकमार्ग अवरुद्ध भएपछि काठमाडौंको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा यात्रुको चाप बढ्दा हवाई उडानको नयाँ रेकर्ड कायम भएको छ। सोमबार मात्र उक्त विमानस्थलबाट साढे पाँच सय वटा उडान भएको छ। विमानस्थल कार्यालयका अनुसार आन्तरिक र अन्तर्राष्ट्रिय गरी विमानस्थलबाट कुल ५५९ वटा उडान भएको छ । आन्तरिकतर्फ हेलिकप्टरसहित २२७ उडान (डिपार्चर) र २२१ अवतरण (अराइभल) भएका छन् । त्यस्तै अन्तर्राष्ट्रिय उडानतर्फ ५६ अवतरण र ५५ उडान भएको कार्यालयले जनाएको छ। यसबाट १५ हजारभन्दा बढी यात्रुले सेवा लिएका छन् ।एकै दिन सम्भवतः यो हालसम्मकै सर्वाधिक उडान हो । सामान्यतया अघिल्लो वर्षहरूका दसैँका बेला यस्तो उडान चाप हुने गर्थ्यो।…
भैरहवा,१५असोज भारतका बलिउड अभिनेता गोविन्दा अरुन अहुजा गोली लागेर घाइते भएका छन् । गोली उनको खुट्टामा लागेको छ। भारतीय संचारमाध्यम एबिपी न्यूजका अनुसार मंगलबार आफुसँग भएको पेस्तोल सफा गरेर राख्ने क्रममा खसेर मिसफायर हुदाँ उनको खुट्टामा लागेको हो । अभिनेता गोविन्दाका प्रबन्धक शशी सिन्हाका लाइसेन्स प्राप्त पेस्तोललाई दराजमा थन्क्याउन लाग्दा जमिनमा खसेर गोली चलेको बताएका छन् । त्यस लगत्तै उनलाई अस्पताल लगिएको र डाक्टरहरूले उनको खुट्टाबाट गोली निकालेको बताइएको छ। आइसीयूमा उपचारत उनी स्वस्थ रहे पनि अझै केही दिन अस्पतालमै रहने भारतीय संचारमाध्यमहरुले जनाएका छन् ।
भैरहवा,१५असोज। जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले बुधबारदेखि फेरी वर्षा हुने सम्भावना रहेको जनाएको छ। बुधबारदेखि फेरि दुई दिन लगातार झरी परे पनि शुक्रबार र शनिबारको जस्तो वर्षा हुने अवस्था नदेखिएको मौसमविद्हरुले बताएका छन् । यस वर्ष मनसुन लम्बिने देखिएको छ। नेपालबाट असोज १६ (अक्टोबर २) मा मनसुन बाहिरिनुपर्नेमा केही दिन लम्बिने संकेत देखिएको मौसमविद्ले बताएका छन् । फुलपातीपछि मात्रै नेपालबाट मनसुन बाहिरिन सक्ने बताइएको छ। मनसुन लम्बिने संकेत देखिइसकेकाले दसैंमा पनि पानी पर्ने सम्भावना छ।
भैरहवा, १५ असोज । रुपन्देहीको रोहिणी गाउँपालिका गाउँ शिक्षा समितिको बैठक सम्पन्न भएको छ । गाउँपालिकाका अध्यक्ष तथा गाउँ शिक्षा समितिका संयोजक विद्या प्रसाद यादवको अध्यक्षतामा सोमबार रोहिणी–३ धकधईस्थित गाउँ कार्यपालिकाको कार्यालयमा बसेको बैठकले विभिन्न निर्णयहरु गरेको छ । बैठकले शैक्षिक वर्ष २०८१ को प्रथम त्रैमासिक परीक्षाको लागि नतिजा अभिलेख राखी अध्ययन गर्ने निर्णय गरेको छ । त्यस्तै नतिजाको समीक्षा गर्ने, सुधारका लागि छलफल गरी सो को जानकारी स्थानीय सरकारका कार्यपालिका सदस्यहरु, सरोकारवाला, राजनीतिक दल, प्रधानाध्यापक, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष, सञ्चार जगतलाई गराउनुका सातै नतिजा सुधारका लागि विद्यालयहरुलाई दबाब दिने निर्णय गरिएको रोहिणी गाउँपालिका शिक्षा शाखा प्रमुख मधु प्रसाद घिमिरेले…
भैरहवा,१४असोज। लुम्बिनी प्रदेशमा अविरल वर्षाले आएको बाढी, पहिरो र डुबानका कारण ३२ वटा घटना भएको र एक करोड ४३ लाख रुपैयाँ बराबरको क्षती भएको छ। प्रदेशको आन्तरिक मामिला तथा कानुन मन्त्रालयले सार्वजनिक गरेको विवरण अनुसार गत चार दिनको अवधिमा विपद्मा परेर ३ जनाको मुत्यु, २ जना घाईते र एक जना वेपत्ता भएक छन् । रुपन्देहीमा दुई जना र बाँकेमा एक जनाको मृत्यु भएको मन्त्रालयका सूचना अधिकारी गंगाधर पाण्डेले जानकारी दिए। उक्त अवधिमा १९ वटा घर भत्किएका छन् भने एक सय ६८ वटा घरमा आंशिक क्षती भएको छ । साथै सरकारी भवन र गोठहरुमा पनि क्षति भएको बताइएको छ। लुम्बिनी प्रदेश…