


Get the latest creative news from FooBar about art, design and business.



गौतम बुद्धको जन्मस्थलको नामबाट नामाकरण भएको लुम्बिनी प्रदेशको समग्र गतिविधि पस्किने थलो हो, क्लिक लुम्बिनी डटकम । तपाईंहरुको कुनै सल्लाह, सुझाव र प्रतिक्रिया भए ईमेल गर्नुहोला ।
भैरहवा, १७ माघ ।पूर्वउपप्रधान तथा अर्थमन्त्री विष्णु प्रसाद पौडेलले रुपन्देहीको बेलहिया नाकामा निर्माणाधिन एकीकृत भन्सार जाँच चौकी (आईसीपी) क्षेत्रको अवलोकन तथा निरीक्षण गरेका छन् । बुधबार बिहान निरीक्षण गर्दै पूर्व उपप्रधानमन्त्री पौडेलले यो आयोजना (आईसीपी) छिटो र गुणस्तरीय बनोस् भन्ने कुरामा आफूहरुको चासो रहेको बताए । उनले यो आईसीपी बनाउनका लागि धेरै पहिलादेखि नै कुरा चलिरहेको बताए । दुई देशका बीचमा सहमति भएको तर, जमिनको प्रबन्धका कारण अलि ढिलो भएको उनको भनाइ छ । ‘आईसीपी निर्माण प्रगतिबारे जानकारी लिइयो, केही समस्याहरु भयो भने सिडियो साबले कोर्डिनेशन गरिहाल्नुहुन्छ । खासगरी अलि निर्माण सामग्रीको समस्या देखियो, ’उनले भने । रुपन्देही क्षेत्र नम्बर…
भैरहवा, १७ माघ । मिटरब्याज सम्बन्धी विवाद अब जिल्ला प्रहरी कार्यालयले हेर्ने भएको छ । ‘अनुचित लेनदेन (मिटरब्याज) सम्बन्धी जाँचबुझ आयोग’ को म्याद सकिएपछि गृह मन्त्रालयले बाँकी रहेका र नयाँ आउने उजुरी हेर्ने र विवाद निरूपण गर्ने जिम्मा प्रहरीलाई दिएको हो । मन्त्रालयले ‘अनुचित लेनदेन (मिटरब्याज) सम्बन्धी उजुरी संकलन तथा फर्स्योटका लागि कार्यसम्पादन कार्यविधि’ जारी गरेको छ, जसमा जाँचबुझ आयोगले जिल्ला प्रशासन कार्यालयमा पठाएर विचाराधीन रहेको उजुरी जिल्ला प्रहरी कार्यालयमा पठाउने उल्लेख छ ।साथै प्रहरीले नयाँ उजुरी पनि लिने छ । कार्यविधिमा भनिएको छ, ‘‘उजुरी दिन छुटेको मिटरब्याज पीडितहरूले उजुरी दिन चाहेमा मुलुकी फौजदारी कार्यविधि संहिता २०७४ को दफा ४…
भैरहवा, १६ माघ ।रुपन्देहीको सिद्धार्थनगर नगरपालिका कार्यालयद्वारा आयोजित दोस्रो उप–मेयर कप कराते प्रदेशस्तरीय प्रतियोगिताको उपाधी नवलपरासीले उचालेको छ । पाँच स्वर्ण, एक रजत र तीन पदक प्राप्त गर्दै नवलपरासी (बर्दघाट सुस्ता पूर्व) को टीमले उपाधी उचालेको हो । त्यस्तै ४ स्वर्ण, ४ कास्य र ६ पदक प्राप्त गर्दै रुपन्देही टीम दोस्रो तथा ३ स्वर्ण, १ रजत र ३ कास्य पद प्राप्त गर्दै पाल्पा टीम तेस्रो भएको आयोजकले जनाएका छ । माघ १४ र १५ गते (दुईदिन) भैरहवामा संचालन भएको प्रतियोगितामा रुपन्देही, नवलपरासी, कपिलवस्तु, पाल्पा, अर्घाखाँची, बाँके, बर्दिया, दाङ, रुकुम, गुल्मी र प्युठान गरी ११ वटा जिल्लबाट टीमको सहभागीता रहेको कार्यक्रम…
भैरहवा, १५ माघ ।भारतको देहरादुन स्थित द इण्डियन पब्लिक स्कूल नेपाल दौडाहमा निस्किएको छ । शिक्षा, आवास, स्वास्थ्य, सुरक्षा लगायत हरेक दृष्टिकोणले सुविधा सम्पन्न स्कूलमा गुणस्तरीय शिक्षा प्रदान गर्ने उद्देश्यले भर्ना अभियान अन्र्तगत टोली नेपालमा दौडाहमा निस्किएको हो । विधालयले भैरहवामा पत्रकार सम्मेलनको आयोजना गरी भारतिय केन्द्रिय माध्यमिक शिक्षा बोर्ड (सिबीएसई) बाट सम्बन्धन प्राप्त स्कुलले कक्षा ४ देखि १२ सम्म भर्ना खोलेको जनाएको छ । सन् २००१ मा स्थापना भएको उक्त वोर्डिङ विद्यालय १२८ विघा क्षेत्रफलमा फैलिएको छ । ‘हामीले गुणस्तरीय शिक्षाका साथै विधार्थीहरुको आवास, सुरक्षाका साथै स्वास्थ्यलाई समेत मध्यनजर गर्दै विधालय संचालन गरिरहेका छौँ’ द इण्डियन पब्लिक स्कूलका सहप्रचार्य…
काठमाडौं, १२ माघ।शुक्रबार भारतले ७५ औँ गणतन्त्र स्थापना दिवस मनाउँदैछ । ‘विकसित भारत’ र ‘भारत–लोकतन्त्रको मातृका’ भन्ने नारासहित यसवर्षको गणतन्त्र दिवस धुमधामका साथ मनाइदैछ । गणतन्त्र दिवसमा भारतले प्रमुख अतिथिकारुपमा फ्रान्सका राष्ट्रपति इम्यानुएल मैक्रोलाई आमिन्त्रत गरेको छ । विहान साढे १० बजेदेखि परेडको तयारी छ भने राष्ट्रपति मैक्रोको आतिथ्यतालाई ध्यानमा राखेर सरकारले दिल्लीको सुरक्षा व्यवस्थालाई कडा बनाएको छ । जसकालागि १४ हजार सुरक्षाकर्मी परिचालित छन् । सन् १९५० मा यही दिन भारत गणतन्त्र घोषित भएको थियो । भारत ब्रिटिस उपनिवेशबाट १९४७ को अगष्ट १५ मा स्वतन्त्र भएको थियो । तर १९५० को जनवरी २६ मा संविधान जारी भएसँगै भारत सार्वभौम,…
भैरहवा, ११ माघ ।रुपन्देहीको लुम्बिनीमा भारत र नेपालका क्रिकेट टिम सहभागी हुने गरी ईण्डो–नेपाल क्रिकेट प्रतियोगिताको आयोजना हुने भएको छ । माघ १३ गते देखि हुने प्रतियोगितामा भारतका १६ टिम र नेपालका १६ टिम गरी ३२ वटा टिमको सहभागीता रहने आयोजकले बताएका छन् । स्थानिय स्तरबाटै खेलाडीहरुलाई प्रोत्साहन गरि क्रिकेट खेल प्रति रुचि जगाउने उद्देश्यले “पडरिया लुम्बिनी प्रिमियर लिग” को नामले प्रतियोगिता हुदै आएको छ । अहिले हुने प्रतियोगिताको छैठौं संस्करण हो । प्रतियोगितामा भारतको गोरखपुर, बनारस, सिद्धार्थनगर लगायतका जिल्लाबाट टिमहरु दर्ता भएको आयोजक लुम्बिनी नवयुवा क्लबका अध्यक्ष अहमद हुसेनले बताए । यस्तै नेपालबाट सिरहा, नेपालगञ्ज लगायतका स्थानबाट टिमहरुले प्रतियोगितामा…
काठमाडौं, १२ माघ ।सरकारले भन्सारबाट हुने अवैध कारोबार रोक्न नसक्दा राजस्वमा कमी भएको व्यवसायीहरुले बताएका छन् । शुक्रबार अन्तर्राष्ट्रिय भन्सार दिवसको अवसरमा काठमाडौंमा आयोजित कार्यक्रममा व्यवसायीहरुले भन्सारमा बिन्दुबाट नै अवैध कारोबार हुने गरेको भन्दै सरकारले रोक्न नसकेको बताए । उनीहरुले भारतबाट दिनभर साइकलमा सामान ओसारपसार गर्ने (तस्करी) बेलुका ट्रकमा गाउँगाउँमा पुर्याउने गरिएको बताए । उनीहरुले भन्सारमा आयातकर्ताको विवरण,उपभोग्य म्याद गुज्रिने अवधि आदि मापदण्ड पूरा नगरेका वस्तुहरु भन्सार बिन्दुमा नै रोक लगाउने भनिए पनि कार्यान्वयन फितलो भइरहेको बताए । व्यवसायीहरुले व्यवसायीहरुलाई भन्सारमा सहजता बनाउनको लागि भन्सार प्रणालीलाई पूर्णरुपमा डिजिटलाइज गर्न जरुरी रहेको बताए । नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष राजेन्द्र मल्लले…
काठमाडौँ, ११ माघ ।पूर्व जनमुक्ति सेनाका ब्रिगेड कमान्डर जीतमान पुन ‘मार्सल’लाई प्रहरीले पक्राउ गरेको छ । पूर्वी रुकुम घर भएका मार्सल काठमाडौँको मच्छेगाउँबाट पक्राउ परेका हुन् । जिल्ला अदालत दाङबाट भएको फैसला कार्यान्वयनका लागी उनलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय पूर्वी रुकुमकी डिएसपी अञ्जना श्रेष्ठले बताइन् । उनी विरुद्ध २ वर्ष ६ महिना कैद र २० हजार जरिवाना हुने फैसला भएको थियो । पक्राउपछि जिल्ला अदालत काठमाडौँको आदेशले उनलाई कारागार कार्यालय डिल्लीबजारमा थुनामा पठाइएको छ । २०७२ मा दाङ जिल्ला अदालतले लागुऔषध चरेस ओसारपसार मुद्दा दोषी ठहर गरेर कैद र जरिवाना तोकेको थियो । पूर्व प्रधानमन्त्री एवं समाजवादी पार्टीका अध्यक्ष…
काठमाडौँ, ११ माघ ।राष्ट्रिय सभाका १९ सदस्य पदका लागि भएको निर्वाचन अन्तर्गत बिहीबार दिउँसो ३ बजे सातै प्रदेशमा शान्तिपूर्ण रूपमा मतदान सम्पन्न भएको छ । फागुन २० गतेबाट रिक्त हुने २० राष्ट्रिय सभा सदस्य पदमध्ये १९ पदका लागि सातै प्रदेशमा शान्तिपूर्ण मतदान सम्पन्न भएको हो । निर्वाचन आयोगले बिहान नौ बजेदेखि ३ बजेसम्म मतदानको समय निर्धारण गरेको थियो । १९ पदका लागि ५१ जना उम्मेदवार चुनावी प्रतिस्पर्धामा उत्रेका थिए । राष्ट्रिय सभा सदस्य निर्वाचनमा प्रदेशसभा सदस्य र नगरपालिकाका प्रमुख–उपप्रमुख, गाउँपालिका अध्यक्ष–उपाध्यक्षले मतदान गरेका हुन् । जसमध्ये कोसीमा कुल ३६७ मतदाता रहेकोमा ३६४ मतदाता मतदानमा सहभागी भए । कोशीको निर्वाचनमा धरानका…
कैलाली,१० माघ । धनगढीका एक व्यापारीले पाँच तले घरबाट हाम फालेर आत्महत्या गरेका छन् । धनगढी बसपार्कस्थित सन्दीप स्टोरका सञ्चालक ५३ वर्षीय सन्तोष अग्रवालले आफ्नै घरको ५ तलाबाट हाम फालेको जिल्ला प्रहरी कार्यालय कैलालीले जानकारी दिएको छ । बुधबार बिहान करिब ११:२० बजे हाम्फालेर घाइते भएका अग्रवाललाई तत्काल उपचारका लागि नवजीवन अस्पताल लगिएको थियो । कैलालीका प्रहरी प्रवक्ता डीएसपी कुलदीप चन्दले उपचारको क्रममा अग्रवालको मृत्यु भएको बताए । अग्रवालले हाम फालिरहेको दृश्य समेत स्थानीय बासिन्दाले खिच्न भ्याएका थिए । छतको रेलिङबाट केही तल झरेर आत्महत्या गर्न लाग्दा उनलाई तलबाट त्यसो नगर्न आग्रह गरेका थिए । शृङ्गारको व्यवसाय सञ्चालन गर्दै आएका…