Author: क्लिक लुम्बिनी

गौतम बुद्धको जन्मस्थलको नामबाट नामाकरण भएको लुम्बिनी प्रदेशको समग्र गतिविधि पस्किने थलो हो, क्लिक लुम्बिनी डटकम । तपाईंहरुको कुनै सल्लाह, सुझाव र प्रतिक्रिया भए ईमेल गर्नुहोला ।

भैरहवा, २७ चैत । नेपाल भन्सार एजेन्ट संघ सिद्धार्थनगर, रुपन्देहीको अध्यक्षमा मधुप्रसाद पन्थी सर्वसम्मत निर्वाचित भएका छन्। भैरहवामा सम्पन्न संघको २५ औं वार्षिक साधारण सभा तथा ११औं अधिवेशनबाट अध्यक्ष पन्थी सहित १७ सदस्यीय नयाँ कार्यसमिति सर्वसम्मत निर्वाचित भएका हुन् । संघका अनुसार नयाँ कार्यसमितिको वरिष्ठ उपाध्यक्षमा हिरालाल धोवी, प्रथम उपाध्यक्षमा ओमप्रकाश गिरी, द्वितिय उपाध्यक्षमा सत्यनारायण चौधरी, तृतिय उपाध्यक्षमा वाकेप्रसाद मेडिहार, महासचिवमा विष्णुप्रसाद भुसाल, कोषाध्यक्षमा प्रकाश पौडेल र सचिवमा गोविन्द रेग्मी सर्वसम्मत निर्वाचित भएका छन् । त्यस्तै सदस्यहरुमा सुमन पन्थ, रुक्मागत खनाल, अशोक वर्मा, जिवलाल भण्डारी, सीता सापकोटा, हिमाकुमारी शर्मा, विपिन पराजुली र रामप्रसाद आचार्य निर्वाचित भएका छन् ।

Read More

वीरगञ्ज, २६ चैत । पर्सा प्रहरीले वीरगञ्जको नेशनल मेडिकल कलेजमा प्रहरीले छापा मारेर दुई जनालाई पक्राउ गरेको छ ।पक्राउ पर्नेमा मेडिकल कलेजका म्यानेजिङ डाइरेक्टर (एमडी) सहनवाज अन्सारी र ल्याब प्रमुख सञ्जय साह छन् । उनीहरुलाई जिल्ला प्रहरी कार्यालय पर्साको टोलीले सोमबार दिउँसो पक्राउ गरेको हो । मेडिकल कलेजले म्याद गुज्रिएका सामाग्री प्रयोग गर्ने गरेका गुनासो आएपछि प्रहरीले अनुसन्धान गरेको थियो । सो क्रममा म्याद गुज्रिएका सामाग्री समेत बरामद गर्नुका साथै दुई जनालाई पक्राउ गरिएको पर्सा प्रहरीका प्रमुख एसपी कुमोध ढुंगेलले बताए ।

Read More

काठमाडौं । गायक निशान भट्टराई र मोडल ऋचा न्यौपानेको सम्बन्ध विच्छेद भएको छ । काभ्रे जिल्ला अदालतका न्यायाधीश विश्वनाथ भट्टराईको एकल इजलासले सम्बन्ध विच्छेदको फैसला गरेको हो । ऋचाले डिभोर्सको मुद्दा दायर गरेकी थिइन् । अदालतको वेबसाइटमा उनीहरुबीच सम्बन्ध विच्छेदको मिलापत्र भएको उल्लेख छ । आपसी सहमतिमै उनीहरुले डिभोर्स गरेको जनाइएको छ । अदालतको आदेशमा भनिएको छ, ‘प्रस्तुत मिलापत्रको ब्यहोरा, त्यसको मतलब र परिणामसमेत दुवै पक्षलाई पढीबाची लेखिए बमोजिम पति पत्नीबीचको सम्बन्धविच्छेद हुनेगरी मिलापत्र गर्न सहमत भई दुवै पक्षहरुले सहीछाप समेत गरेकाले मुलुकी देवानी कार्यविधि संहिता २०७४ को दफा १९३ बमोजिम प्रस्तुत मिलापत्र प्रमाणित गरिदिएको छ ।’ २०७७ सालमा दुईबिच…

Read More

भैरहवा, २६ चैत । नेपथ्य तिलोत्तमा क्रिकेट क्लबले ड्रिम युनिक रुपन्देही सुपरलिग एक दिवसीय क्रिकेट प्रतियोगितामा मेलवर्न क्रिकेट क्लबमाथि जित निकालेको छ । डिभिजन ‘ए’ अन्तर्गत सोमबारको खेलमा नेपथ्य तिलोत्तमाले मेलवर्नलाई ४ विकेटले पराजित गरेको हो । जितका लागि पाएको १ सय ३७ रनको लक्ष्य नेपथ्य तिलोत्तमाले ३७ ओभर ५ बलमा ७ विकेट गुमाई १ सय ३९ रन बनाउँदै सहजै भेट्टायो । उसको जितमा मनिष थापाले ६५ रनको अर्धशतकीय महत्वपूर्ण इनिङ खेल्दा संदीप यादवले २३, स्वस्तिक पराजुलीले १२, कृष्ण भुसालले ११ र अमन बोहराले अविजित १० रनको योगदान दिए । बलिङमा मेलवर्नका रोशनलाल गुप्ता र कृष्ण पराजुलीले २–२ तथा रमेश…

Read More

भैरहवा, २६ चैत । नेपालको विभिन्न सीमानाकाबाट भारत पुगेका पाँच जना नेपाली युवतीहरुको उद्दार भएको छ । सामाजिक संजालबाट अन्जान व्यक्तिको सम्पर्क आएर विभिन्न प्रलोभनमा परी भारत पुगेका युवतीहरु बेचबिखनको उच्च जोखिममा रहेको अवस्थामा उनीहरुलाई बिहार राज्यको बैशाली जिल्लाबाट उद्दार गरिएको केआइएन इण्डिया संस्था भारतका टिम लिडर नविन जोशीले जानकारी दिए । उनले आफुहरुलाई घटनाबारे जानकारी पाएलग्त्तै उद्दारका लागि प्रयास सुरु गरेको र उद्दार गरी स्वदेशफिर्ती गराइएको बताए । संस्थाले १४ देखि १७ वर्ष उमेरसमूहका रहेका रुपन्देहीका दुई, पर्साका दुई र धनुषका एक जना युवतीको उद्दार गरी जिल्ला प्रशासन कार्यालय रुपन्देहीलाई बुझाएको छ । रुपन्देहीका प्रमुख जिल्ला अधिकारी (सीडिओ) गणेश…

Read More

काठमाडौं, २५ चैत । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले लुम्बिनी विकास कोषका योजना प्रमुख इन्जिनियर सरोज भट्टराई र उनकी आमाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ । अख्तियारले इन्जिनियर भट्टराई र उनकी आमा जनक नन्दनी भट्टराईविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको हो । इन्जिनियर भट्टराईले भ्रष्टाचार गरी भक्तपुर साविक गुण्डु गा.वि.स. वडा नं. ३ स्थित कित्ता नम्बर १३७४ को २ रोपनी ९ आना एक दाम र कित्ता नम्बर १३७५ को २ आना एक पैसा जग्गा आफ्नो नाममा दर्ता गराएको आरोप छ । उनले जग्गा खरिद गर्नका लागि लुम्बिनी विकास कोषमा ठेक्काको काम गर्ने निर्माण सेवाका प्रोप्राइटरसँग घुस माग गरी ठेक्का ती प्रोप्राइटरको…

Read More

भैरहवा, २५ चैत । बुटवल उपमहानगरपालिकाको सहयोगमा कर्णेल उजिर सिंह थापा स्मृति अन्तर्राष्ट्रिय रेटिङ बुद्धिचाल प्रतियोगिता शुरु भएको छ । रेटिङ समूह २ हजार मूनिको अन्तर्राष्ट्रिय मेयर कप बुद्धिचाल खेलमा नेपाल लगायत अमेरिका, भारत र बंगलादेशका कूल २०० जना अन्तर्राष्ट्रिय खेलाडीहरुको सहभागीता रहेको छ । बुटवल उपमहानगरपालिकाका मेयर खेलराज पाण्डेले कार्यक्रमको उदघाटन गर्दै ईष्ट ईन्डिया कम्पनीको शैन्य समूहसंग सामान्य हतियार बोकि युद्ध गरेर बिजय प्राप्त गरेका कर्नेल उजिन सिंह थापाको सम्मानमा अन्तर्राष्ट्रिय बुद्धिचाल प्रतियोगिताको आयोजना गर्न सफल भएको बताए । उदघाटन समारोहमा प्रतियोगिता संयोजक माधव प्रसाद प्रधानले लामो समयपछि बुटवल उपमहानगरपालिकामा बुद्धिचाल खेललाई पुनः सञ्चालन गर्रि विभिन्न देशका खेलाडीहरुलाई नगरमा…

Read More

भैरहवा, २५ चैत । ड्रिम युनिक रुपन्देही सुपरलिग एक दिवसीय क्रिकेट प्रतियोगितामा लुम्बिनी खुकुरी क्लबले जित निकालेको छ । आइतबार भएको डिभिजन ‘ए’ अन्तर्गतको खेलमा खुकुरीले देवदह क्रिकेट क्लबलाई ४५ रनले पराजित गर्दै जित निकालेको हो । भैरहवास्थित सिद्धार्थ क्रिकेट मैदानमा टस जितेर ब्याटिङ गरेको लुम्बिनी खुकुरीले निर्धारित ५० ओभरको खेलमा ३९ ओभर २ बल खेल्दै सबै विकेट गुमाएर २ सय १ रनको योगफल बनायो । उसका लागि शंकर रानाले ४३, प्रज्वल थापाले ३४, संदीप रजालीले २४, अन्तिम थापाले १८, निश्चल चौधरी र धनबहादुर शाहीले समान १६–१६ तथा सन्तोष यादवले १५ रनको योगदान दिए । बलिङमा देवदहका शिवकुमार गुप्ताले ३…

Read More

भैरहवा, २५ चैत । लुम्बिनी प्रदेशमा मुख्यमन्त्री जोखबहादुर महराले सपथ ग्रहण गरेका छन्। उनी सहित तीनजना प्रदेशसभा सदस्यले पनि विभा विभागीय मन्त्रीको सपथ लिएका हुन् । नेकपा (माओवादी केन्द्र) बाट महरा मुख्यमन्त्री बनेका हुन् । तीनजना मन्त्रीमा अर्घाखाँची १(१) बाट निर्वाचित प्रदेशसभा सदस्य एमालेका चेतनारायण आचार्य, रोल्पा १(२) बाट निर्वाचित माओवादी केन्द्रका दिपेन्द्रकुमार पुन र बाँके २(१) बाट निर्वाचित जनता समाजवादी पार्टी (जसपा) का भण्डारी लाल अहिरले सपथ लिएका हुन्। जसपाका अहिर यसअघि कृषि मन्त्री र एमालेका आचार्य आन्तरिक मामिला तथा कानुन मन्त्री थिए। लुम्बिनी सरकारबाट माओवादी केन्द्रले समर्थन फिर्ता लिएपछि डिल्लीबहादुर चौधरीको नेतृत्वको सरकार ढलेको थियो । बहुमत सहितको…

Read More

भैरहवा, २५ चैत । रुपन्देही प्रहरीले ठुलो परिमाणमा मटर र मकै बरामद गरेको छ । प्रहरीले जिल्लाको सिद्धार्थनगर नगरपालिका–४ स्थित सुगरमिल स्थित युपी १५ सिटी ८१९८ भारतीय नम्बर प्लेटको ट्रक चेकजाँच गर्दा भारतबाट अवैध रुपमा नेपालमा भित्राइएको अवस्थामा ठुलो परिमाणमा मटर र मकै बरामद भएको जनाएको छ । ‘भारतबाट अवैध रुपमा साम्रगी आउँदैछ भन्ने गोप्य सूचनाको आधारमा टोली खटाएका थियौँ’ रुपन्देहीका एसपी रञ्जित सिंह राठौरले भने, ‘सोही आधारमा भारतीय नम्बरको ट्रक चेकजाँच गर्दा कुनै कागजपत्र नभएको अवस्थामा उक्त साम्रगी नियन्त्रणमा लिएका हौँ । उनका अनुसार उक्त ट्रकबाट १५ लाख २५ हजार मूल्य बराबरको तीन सय पाँच बोरा (१५२५० के.जी) मटर…

Read More