Author: क्लिक लुम्बिनी

गौतम बुद्धको जन्मस्थलको नामबाट नामाकरण भएको लुम्बिनी प्रदेशको समग्र गतिविधि पस्किने थलो हो, क्लिक लुम्बिनी डटकम । तपाईंहरुको कुनै सल्लाह, सुझाव र प्रतिक्रिया भए ईमेल गर्नुहोला ।

भैरहवा, ४ जेठ । रुपन्देहीको ओमसतिया गाउँपालिकामा शुक्रबार देखि ३ दिने प्रथम उपाध्यक्ष कप अन्तर्गत महिला भलिबल प्रतियोगिता सुरु भएको छ । गाउँपालिकामा किशोरीहरुको खेलको माध्यमबाट क्षमता अभिवृद्धि गर्ने उद्देश्य सहित उपाध्यक्ष कप सुरु भएको हो । कार्यक्रमबारे जानकारी दिदै गाउँपालिका उपाध्यक्ष सुनिता चौधरीले बिद्यालय स्तरका किशोरीहरुको सहभागीतामा प्रतियोगिता आयोजना गरिएको बताईन् । उनले भलिबल खेलमा प्राय पुरुषको वर्चश्व रहेको ठानिएको स्थानमा महिलाहरु पनि यस खेलको माध्यमबाट अगाडी आउन सक्ने सन्देश दिन भलिबलको आयोजना गरिएको जानकारी दिईन ।  उनका अनुसार प्रतियोगितामा गाउँपालिका ६ वटै वडाबाट ६ टिम र गाउँपालिकाका महिला कर्मचारीहरुको एक टिम गरी ७ वटा टिमको सहभागीता रहेको छ…

Read More

काठमाडौं, ३ जेठ । प्रहरीको केन्द्रीय अनुसन्धान व्युरोले नक्कली लाइसेन्स प्रकरणमा यातायात व्यवस्था विभागको मीनभवनस्थित कार्यालयबाट एक जना कर्मचारीलाई पक्राउ गरेको छ । ब्युरोले कम्प्युटर अपरेटर दीपा न्यौपानेलाई पक्राउ गरेको जनाएको छ । यसअघि व्युरोले अख्तियार दुरुपयोग अनुसन्धान आयोगका कम्प्युटर इन्जिनियर सुरज प्रकाश अर्याल, यातायात व्यवस्था विभागमा करारमा कार्यरत कम्प्युटर इन्जिनियर हरिश भट्ट पक्राउ गरेको थियो । विभागको छानबिनबाट विगत १० वर्षमा एक लाखभन्दा बढी लाइसेन्स अनियमित तरिकाले वितरण गरिएको पाइएको छ। पछिल्लो १० वर्षमा ३५ वटा यातायात कार्यालयबाट १ लाख २ हजार सेवाग्राहीले लिखित परीक्षा र ट्रायल नदिइकनै लाइसेन्स लिएको देखिएपछि विभागले छानबिन गरेको थियो। सवारी तथा यातायात व्यवस्था…

Read More

भैरहवा, ३ जेठ । सिद्धार्थनगर नगरपालिकाको कार्यालयले विधार्थीको शुद्ध पठन, द्रुत पठनका लागि शिक्षकहरुका लागि तालिम कार्यशाला संचालन गरेको छ । कार्यालयले आधारभुत तह देखि नै विधार्थीको पठनमा शुद्धता र द्रुतता ल्याउनका लागि मेरो सेरोफेरो र अनिवार्य नेपाली विषयका शिक्षकहरुका लागि तालिम कार्यशाला संचालन गरेको हो । दुई दिनसम्म संचालन कार्यशालामा नगरभरका सामुदायिक, संस्थागत र धार्मिक विद्यालयका कक्षा १ देखि ३ सम्मका शिक्षकहरु सहभागी छन् । सन्था विधी अनुसार संन्थामा विधार्थीले शिक्षकले कुनै वर्ण, शब्द, वाक्य र छन्दको उच्चारण गरेको प्रत्यक्ष सुन्छ्, हेर्छ, अनुभूति गर्छ र शिक्षकले जस्तै गरी दोहोर्याउँछ । विधार्थीले कुनै वर्ण, शब्द, वाक्य र छन्दको सही उच्चारण…

Read More

भैरहवा, ३० बैशाख । सशस्त्र प्रहरी बल, नेपाल नं. ५ बिन्ध्यावासिनी बाहिनी मुख्यालयका बाहिनीपति सशस्त्र प्रहरी नायव महानिरीक्षक (डीआईजी) अभिकुमार खत्रीले आमनागरिकलाई साथमा लिएर कार्यसम्पादनलाई थप उत्कृष्ट बनाउँदै लैजाने बताएका छन् । सशस्त्रका हरेक गतिविधिमा अहिलेसम्म आमनागरिकको साथ र सहयोग पाइरहेको उल्लेख गर्दै उनले आउँदा दिनमा पनि सबैको सहकार्यमा कार्यसम्पादनलाई प्रधावकारी बनाउने उल्लेख गरे । सशस्त्र प्रहरी बल, नेपाल नं. २७ गण हे.क्वा., रुपन्देहीको १७ औं स्थापना दिवसको अवसरमा आइतबार आयोजित विशेष समारोहमा बोल्दै डीआईजी खत्रीले भने, ‘हामीलाई नागरिकको साथ र सहयोग अपरिहार्य हुन्छ । नागरिकको कुनै पनि साथ र सहयोग नभए हाम्रो उपस्थिति अथवा हाम्रो कार्यसम्पादनले खासै अर्थ राख्दैन…

Read More

भैरहवा, ३० बैशाख । जिल्ला ट्राफिक प्रहरी कार्यालय, रुपन्देहीले सवारी चालकहरुलाई लक्षित गरी सीमानाकामा सम्झाई बुझाई अभियान सुरु गरेको छ । सवारी दुर्घटना न्युनिकरण र ट्राफिक नियमबारे जानकारी गराउने उद्देश्यले ट्राफिक प्रहरीले अभियान सुरु गरेको हो । भारतबाट मालवाहक गाडी लिएर आएका सवारी चालकहरुलाई भैरहवा भन्सार कार्यालयको परिसर भित्र सम्झाई बुझाई गरी अभियानको सुरुवात गरिएको जिल्ला ट्राफिक प्रहरी कार्यालय रुपन्देहीका प्रहरी निरीक्षक बजिरसिंह बिष्टले जानकारी दिए । अभियान एक हप्तासम्म संचालन हुनेछ । अभियानका क्रममा भारतीय सवारी चालकहरुलाई लेन अनुशासन, ओभरट्याक गर्ने तरिका, बाटो क्रस गर्ने तरिका लगायत ट्राफिक नियमबारे जानकारी गराउने गरिएको छ । ‘भारतबाट मालवाहक गाडी लिएर आएका…

Read More

भैरहवा, २० बैशाख। संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले एकैपटक ३७ नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृतसहित ४८ उपसचिवको काज, सरुवा तथा पदस्थापन गरेको छ। मन्त्रालयले बिहीबार उनीहरुलाई काज, सरुवा तथा पदस्थापन गर्ने निर्णय गरेको हो । हेर्नुहोस कसको सरुवा कहाँ ?

Read More

भैरहवा, २० बैशाख । सिद्धार्थनगर नगरपालिकामा शारीरिक रुपमा अशक्त व्यक्तिहरुलाई निःशुल्क सहायता साम्रगी उपलब्ध गराइएको छ । शारीरिक रुपमा अशक्तहरुलाई लक्षित गर्दै अपाङ्ग बाल अस्पताल तथा पुनस्र्थापन केन्द्रको सहकार्यमा सिद्धार्थनगर नगरपलिकाको कार्यालयले गत फागुनमा निःशुल्क स्वास्थ्य परिक्षण शिविरको आयोजना गरेको थियो । सो अवसरमा खुट्टामा समस्या भएका १२ जना व्यक्तिहरुलाई आवश्यक देखिएको विशेष किसिमको जुत्ता (सहायता साम्रगी) का लागि उनीहरुको खुट्टाको नाँप लिइएको थियो । नाँप पश्चात तयार भएको जुत्ता सम्बन्धित व्यक्तिहरुलाई उपलब्ध गराइएको सिद्धार्थनगर नगरपालिकाको उपप्रमुख उमा अधिकारीले जानकारी दिइन् । जसमध्ये ६ जनाले केन्द्रको कार्यालयमै पुगेर जुत्ता लिएको र ६ जनालाई नगरपालिकाको कार्यालयमा उपलब्ध गराइएको हो । उनले…

Read More

भैरहवा, १६ बैशाख । सिद्धार्थनगर नगरपालिकाको आयोजनामा भैरहवामा सम्पन्न नगरस्तरीय मेयर कप क्रिकेट प्रतियोगिताको उपाधि वडा नम्बर ३ ले उचाल्न सफल भएको छ । आइतबार सम्पन्न भएको फाइनल खेलमा वडा नम्बर एक माथी ६ विकेटको जित निकाल्दै वडा नम्बर तीनले उपाधी उचाल्न सफल भएको हो । आइतबार नै भएको सेमिफाइनल खेलमा वडा नम्बर १ ले वडा नम्बर २ दुईलाई ७ विकेटले पराजित गर्दै र वडा नम्बर ३ ले वडा नम्बर ६ लाई ५ विकेटले पराजित गर्दै फाइनलमा पुगेका थिए ।फाइनल खेलमा पुगेर जित हात पारेको वडा नम्बर ३ ले ५१ हजार रुपैयाँ नगदसहित मेयर कप, मेडल र प्रमाणपत्र र उपविजेता…

Read More

भैरहवा, १४ बैशाख । सिद्धार्थनगर नगरपालिकाको कार्यालयद्धारा आयोजित नगर स्तरीय मेयर कप क्रिकेट कप प्रतियोगिता बिहिवार देखि सुरु भएको छ । सिद्धार्थ क्रिकेट रंगशालामा सुरु भएको प्रतियोगिताको नगर प्रमुख इश्तियाक अहमद खानले एम्पायरलाई बल दिएर प्रतियोगिताको उद्घाटन गरे । सम्उद्धघाटन कार्यक्रमलाई सम्बोधन गर्दै नगर प्रमुख खानले विगतमा अध्यापन छाडेर खेलकुदमा लागेमा भविष्य राम्रो नहुने अभिभावक बालबालिकालाई सुझाउने गरेपनि हाल विगतको अवस्था फेरिएर अध्यापनको साथै खेलकुदले पनि भविष्य उज्जवल बनाउने बताए । सिद्धार्थ रंगशालालाई स्मरण गर्दै उनले रंगशालाले धेरै खेलाडी जन्माएकोे र खेलाडीहरुका लागि यस रंगशालाको स्तरोन्नती तथा व्यवस्थापनका लागि आफुहरुले सकेको सहयोग गरेको र गर्दै जाने बताए । उनले नगरको…

Read More

भैरहवा, १२ बैशाख । जंगलमा डढेलो निभाउन गएको दमकलमै आगो लागेको छ । रुपन्देहीको तिलोत्तमा नगरपालिका कार्यालयको लु १ ग ३४९ नम्बरको दमकलमा आगलागी भएको हो ।आगलागीले दमकलको ईन्जिन सहितको आगाडी भाग क्षती भएको छ । तिलोत्तमा–८ गणेशनगरको जंगलमा डढेलो निभाउन गएको दमकलमा हावासँगै आगाको लप्का पुगेपछि आगलागी भएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीले जनाएको छ।

Read More