Author: क्लिक लुम्बिनी

गौतम बुद्धको जन्मस्थलको नामबाट नामाकरण भएको लुम्बिनी प्रदेशको समग्र गतिविधि पस्किने थलो हो, क्लिक लुम्बिनी डटकम । तपाईंहरुको कुनै सल्लाह, सुझाव र प्रतिक्रिया भए ईमेल गर्नुहोला ।

काठमाडौं, २५ चैत । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले लुम्बिनी विकास कोषका योजना प्रमुख इन्जिनियर सरोज भट्टराई र उनकी आमाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ । अख्तियारले इन्जिनियर भट्टराई र उनकी आमा जनक नन्दनी भट्टराईविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको हो । इन्जिनियर भट्टराईले भ्रष्टाचार गरी भक्तपुर साविक गुण्डु गा.वि.स. वडा नं. ३ स्थित कित्ता नम्बर १३७४ को २ रोपनी ९ आना एक दाम र कित्ता नम्बर १३७५ को २ आना एक पैसा जग्गा आफ्नो नाममा दर्ता गराएको आरोप छ । उनले जग्गा खरिद गर्नका लागि लुम्बिनी विकास कोषमा ठेक्काको काम गर्ने निर्माण सेवाका प्रोप्राइटरसँग घुस माग गरी ठेक्का ती प्रोप्राइटरको…

Read More

भैरहवा, २५ चैत । बुटवल उपमहानगरपालिकाको सहयोगमा कर्णेल उजिर सिंह थापा स्मृति अन्तर्राष्ट्रिय रेटिङ बुद्धिचाल प्रतियोगिता शुरु भएको छ । रेटिङ समूह २ हजार मूनिको अन्तर्राष्ट्रिय मेयर कप बुद्धिचाल खेलमा नेपाल लगायत अमेरिका, भारत र बंगलादेशका कूल २०० जना अन्तर्राष्ट्रिय खेलाडीहरुको सहभागीता रहेको छ । बुटवल उपमहानगरपालिकाका मेयर खेलराज पाण्डेले कार्यक्रमको उदघाटन गर्दै ईष्ट ईन्डिया कम्पनीको शैन्य समूहसंग सामान्य हतियार बोकि युद्ध गरेर बिजय प्राप्त गरेका कर्नेल उजिन सिंह थापाको सम्मानमा अन्तर्राष्ट्रिय बुद्धिचाल प्रतियोगिताको आयोजना गर्न सफल भएको बताए । उदघाटन समारोहमा प्रतियोगिता संयोजक माधव प्रसाद प्रधानले लामो समयपछि बुटवल उपमहानगरपालिकामा बुद्धिचाल खेललाई पुनः सञ्चालन गर्रि विभिन्न देशका खेलाडीहरुलाई नगरमा…

Read More

भैरहवा, २५ चैत । ड्रिम युनिक रुपन्देही सुपरलिग एक दिवसीय क्रिकेट प्रतियोगितामा लुम्बिनी खुकुरी क्लबले जित निकालेको छ । आइतबार भएको डिभिजन ‘ए’ अन्तर्गतको खेलमा खुकुरीले देवदह क्रिकेट क्लबलाई ४५ रनले पराजित गर्दै जित निकालेको हो । भैरहवास्थित सिद्धार्थ क्रिकेट मैदानमा टस जितेर ब्याटिङ गरेको लुम्बिनी खुकुरीले निर्धारित ५० ओभरको खेलमा ३९ ओभर २ बल खेल्दै सबै विकेट गुमाएर २ सय १ रनको योगफल बनायो । उसका लागि शंकर रानाले ४३, प्रज्वल थापाले ३४, संदीप रजालीले २४, अन्तिम थापाले १८, निश्चल चौधरी र धनबहादुर शाहीले समान १६–१६ तथा सन्तोष यादवले १५ रनको योगदान दिए । बलिङमा देवदहका शिवकुमार गुप्ताले ३…

Read More

भैरहवा, २५ चैत । लुम्बिनी प्रदेशमा मुख्यमन्त्री जोखबहादुर महराले सपथ ग्रहण गरेका छन्। उनी सहित तीनजना प्रदेशसभा सदस्यले पनि विभा विभागीय मन्त्रीको सपथ लिएका हुन् । नेकपा (माओवादी केन्द्र) बाट महरा मुख्यमन्त्री बनेका हुन् । तीनजना मन्त्रीमा अर्घाखाँची १(१) बाट निर्वाचित प्रदेशसभा सदस्य एमालेका चेतनारायण आचार्य, रोल्पा १(२) बाट निर्वाचित माओवादी केन्द्रका दिपेन्द्रकुमार पुन र बाँके २(१) बाट निर्वाचित जनता समाजवादी पार्टी (जसपा) का भण्डारी लाल अहिरले सपथ लिएका हुन्। जसपाका अहिर यसअघि कृषि मन्त्री र एमालेका आचार्य आन्तरिक मामिला तथा कानुन मन्त्री थिए। लुम्बिनी सरकारबाट माओवादी केन्द्रले समर्थन फिर्ता लिएपछि डिल्लीबहादुर चौधरीको नेतृत्वको सरकार ढलेको थियो । बहुमत सहितको…

Read More

भैरहवा, २५ चैत । रुपन्देही प्रहरीले ठुलो परिमाणमा मटर र मकै बरामद गरेको छ । प्रहरीले जिल्लाको सिद्धार्थनगर नगरपालिका–४ स्थित सुगरमिल स्थित युपी १५ सिटी ८१९८ भारतीय नम्बर प्लेटको ट्रक चेकजाँच गर्दा भारतबाट अवैध रुपमा नेपालमा भित्राइएको अवस्थामा ठुलो परिमाणमा मटर र मकै बरामद भएको जनाएको छ । ‘भारतबाट अवैध रुपमा साम्रगी आउँदैछ भन्ने गोप्य सूचनाको आधारमा टोली खटाएका थियौँ’ रुपन्देहीका एसपी रञ्जित सिंह राठौरले भने, ‘सोही आधारमा भारतीय नम्बरको ट्रक चेकजाँच गर्दा कुनै कागजपत्र नभएको अवस्थामा उक्त साम्रगी नियन्त्रणमा लिएका हौँ । उनका अनुसार उक्त ट्रकबाट १५ लाख २५ हजार मूल्य बराबरको तीन सय पाँच बोरा (१५२५० के.जी) मटर…

Read More

भैरहवा, २२ चैत ।लुम्बिनी प्रदेशका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले राजीनामा दिएका छन् । प्रदेशसभाको बैठकमा सम्बोधन गर्दै चौधरीले आफनो पदबाट राजीनामाको घोषणा गरेका हुन् । केन्द्रमा सत्ता परिवर्तन भएपछि लुम्बिनीमा पनि नेकपा माओवादी केन्द्रले सरकारबाट समर्थन फिर्ता लिएपछि चौधरी नेतृत्वको सरकार अल्पमतमा परेको थियो । प्रदेशसभाको बिहिवार कार्यसूची अनुसार उनले विश्वासको मतको प्रस्ताव राख्नुपर्ने थियो । तर, सरकार टिकाउनका लागि बहुमत पुग्ने सम्भावना नदेखिएपछि उनले सम्बोधनको क्रममा राजीनामाको घोषणा गरेका हुन् । मुख्यमन्त्री चौधरीले राजीनामाको घोषणा गरेसँगै लुम्बिनी प्रदेशमा एमाले–माओवादी गठबन्धनबाट सरकारमा माओवादीको संसदीय दलको नेता जोखबहादुर महरा मुख्यमन्त्री बन्ने सम्भावना छ ।

Read More

भैरहवा, २२ चैत । उद्योगी–व्यवसायीले रुपन्देही र चिवतन लगानी र पर्यटनका हिसावले मुलुककै अग्रणी जिल्ला भएको बताएका छन् । उनीहरुले लुम्बिनी र सौराहा त पर्यटनका लागि सम्भावनै सम्भाना बोकेको क्षेत्र भएको जनाए । यी दुबै ठाउँलाई जोडेर पर्यटकीय विकास गरे दुबै जिल्लाले आर्थिक रुपमा अझै फड्को मार्ने दावी व्यवसायीको छ । सिद्धार्थ उद्योग बाणिज्य संघ, रुपन्देही र उद्योग बाणिज्य संघ, चितवन तथा सिद्धार्थ र रत्ननगर उद्योग बाणिज्य संघ, चितवनबीच भएको छुट्टाछुट्टै छलफल एवं अन्तक्र्रियामा बोल्दै व्यवसायीले शिक्षा, स्वास्थ्य, कृषि, पर्यटन, उद्योग र व्यापार सबै क्षेत्रमा सरकारबाट आवश्यक सहयोग भए दुई जिल्लाले मुलुककै नेतृत्व गर्न सक्ने दावी गरे । सिद्धार्थ उद्योग…

Read More

भैरहवा, २२ चैत । रुपन्देहीको सिद्धार्थनगर नगरपालिकामा तातो हावाको लहर लु प्रतिकार्य योजना सम्बन्धी छलफल भएको छ । गर्मीयाममा तातो हावा (लु) बाट बच्न सकिने विषयमा सरोकारवालासँग छलफल भएको हो । सिद्धार्थनगर नगरपालिकाको आयोजना तथा नेपाल रेडक्रस सोसाइटी रुपन्देहीको सहकार्य र सहयोगमा (हीट एक्शन प्लान वर्कसप) कार्यशाला गोष्ठी भएको हो । सिद्धार्थनगर नगरपालिकाका प्रमुख इश्तियाक अहमद खानको अध्यक्षतामा भएको कार्यक्रममा रेडक्रस रुपन्देहीका सभापति दीपक क्षेत्री न्यौपाने, रेडक्रस क्लाइमेट सेन्टरका अर्वन एक्सपर्ट रमिज खान, अमेरिकन रेडक्रसका कार्यक्रम संयोजक उपमा ओझा, आशामा सुवेदी लगायतले बोल्दै गर्मी लु बाट बच्ने उपायका बारेमा सहजीकरण गरेका थिए । कार्यक्रममा बोल्दै नगरप्रमुख खानले तातो हावाबाट आफू…

Read More

भैरहवा, २२ चैत । रुपन्देहीको रोहिणी गाउँपालिकाको १४ औं गाउँसभा सम्पन्न भएको छ । सभामा बोल्दै गाउँपालिकाका अध्यक्ष विद्या प्रसाद यादवले रोहिणीको विकासका लागि सबैको साथ र सहयोग आवश्यक रहेकोमा जोड दिए । उनले भने, ‘गाउँपालिकामा देखिने गरी विकास निर्माणका कार्य भएका छन् । जनतासँग सल्लाह सुझाव लिएर अघि बढेका छौं । हामीसँग जनताको अपेक्षा धेरै छ ।’ उनले शिक्षा क्षेत्रको विकास बिना समग्र विकास हुन नसक्ने भएकाले शैक्षिक गुणस्तर सुधारका निम्ति लागिपरेको बताए । गाउँपालिकाको उपाध्यक्ष शिवकान्ति हरिजनले विकासका लागि सबै मिलेर अघि बढ्नुपर्ने बताइन् । उनले भनिन्, ‘काम गर्ने क्रममा केही कमीकमजोरी हुन सक्छन् । ती कमीकमजोरीलाई हटाउँदै…

Read More

भैरहवा, २१ चैत । नेपाल प्रहरीले १९ जना प्रहरी निरीक्षक (इन्सपेक्टर) लाई प्रहरी नायव उपरीक्षक (डीएसपी) मा बढुवा सिफारिस गरेको छ । बढुवाका लागि सिफारिस गर्न बुधवार बसेको बढुवा समितिको बैठकले १९ जना इन्सपेक्टरलाई डिएसपीमा बढुवा सिफारिस गरेको हो । प्रहरी नियमावली २०७१ (संसोधन सहित) को नियम २७ को उप-नियम (४) को प्रावधानअनुसार निर्मल पनेरु एक नम्बरमा बढुवा भएका छन् । त्यस्तै ऋषिराम घर्तीमगर, दिपक मल्ल, धनबहादुर बोहरा, जनार्दन घिमिरे, आयुशप्रसाद जोशी लगायत बढुवा सिफारिस भएका छन् ।  हेर्नुहोस् को-को परे बढुवा सिफारिसमा ? 

Read More