


Get the latest creative news from FooBar about art, design and business.



गौतम बुद्धको जन्मस्थलको नामबाट नामाकरण भएको लुम्बिनी प्रदेशको समग्र गतिविधि पस्किने थलो हो, क्लिक लुम्बिनी डटकम । तपाईंहरुको कुनै सल्लाह, सुझाव र प्रतिक्रिया भए ईमेल गर्नुहोला ।
काठमाण्डौँ, १२ असार । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का महामन्त्री डा.मुकुल ढकालले पार्टीको वर्तमान अवस्थाको बारेमा एक प्रतिवेदन तयार पारेका छन् । इलामको चुनावी परिणामलग्त्तै कार्यकर्ता भेटका लागि देश दौडाहामा निस्किएका ढकालले तयार गरेको प्रतिवेदनमा पार्टीकोे जनमत कमजोर बनिरहेको भन्दै अहिले जस्तै अगाडि बढे पार्टी हालत पनि विवेकशील साझा पार्टीको जस्तो हुने र पार्टी दुर्घटनाउन्मुख रहेको निष्कर्ष निकालिएको छ। सत्ता र शक्तिको आशक्तिले रास्वपा कमजोर बन्दै गएको भन्दै उनले पार्टीप्रति माया र चिन्ता भएरै आफूले गम्भीररूपमा समस्याको कुरा उठाएको जिकिर गरेका छन् । उनले माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड र नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीसँग सत्ताका लागि सम्झौता गर्नुभन्दा काठमाडौँ…
कपिलवस्तु,१२ असार । कपिलवस्तुमा चट्याङ लागेर दुईजनाको मृत्यु भएको छ । जिल्लाको यशोधरा गाउँपालिका ८ भैसहियाका २२ वर्षीय महेश कलवार र बुद्धभूमि नगरपालिका वडा नम्बर १० धनकौलीका १८ वर्षीय राजु ठाकुरको चट्याङ लागेर मृत्यु भएको हो । बुधबार बिहान दुवै जनालाई घर नजिक खेतमा जाने क्रममा चटयाङ लागेको थियो । कपिलवस्तुका प्रहरी उपरीक्षक नवरत्न पौडेलका अनुसार चट्याङ लागेका दुबैजनाको घटनास्थलमै मृत्यु भएको हो ।
भैरहवा, ११ असार । रुपन्देहीको मर्चवार क्षेत्रमा बहुउद्देशीय सडक निर्माण हुदाँ स्थानीयहरु उत्साहित भएका छन् । ग्रामीण विकासको लक्ष्यमा अगाडी बढ्दै कोटहीमाई गाउँपालिकाले प्रदेश सरकारको सहयोगमा चार वटा वडा ३, ४, ५, र ७ लाई जोडेर नाला सहित चार किलोमिटर सडक बनाएपछि स्थानीयहरु उत्साहित भएका हुन् । चार वटा वडालाई जोडेर खेती क्षेत्रमा रहेको कुलो किनारबाट नयाँ सडक बनाइएको हो । यस योजनाले गाउँपालिकाको दीर्घकालिन विकास रणनीति र मुहार फेर्नमा महत्वपूर्ण भुमिका निर्वाह गर्ने विश्वास लिइएको छ । निर्माण भएको सडकले पालिकाको दोस्रो मुख्य बजार परसहवासँग वडा नं. ४ कावासीहरुलाई सीधा रुपमा जोडेको छ । जसकारण स्थानीयहरुको परसहवा बजारसम्मको पहुँचलाई…
भैरहवा, १० असार । रुपन्देहीको रोहिणी गाउँपालिकाको कार्यालयले भूमिगत जल (डीप ट्युबेल, बोरिङ) लगायतका माध्यमले पानीको प्रयोग नगर्न आग्रह गरेको छ । गाउँपालिकाले सोमबार एक सूचना जारी गर्दै यस्तो आग्रह गरेको हो । जारी गरिएको सूचनामा बिहिबार देखि डीप ट्युबेल, बोरिङको प्रयोग नगर्न उल्लेख गरिएको छ । खडेरीका कारण खानेपानीको समस्या भएपछि सोमबार बसेको विपद् व्यवस्थापन समितिको बैठकले डीप ट्युबेल, बोरिङ लगायतका माध्यम प्रयोग गरी रोपाई कार्य नगर्नका लागि पालिकावासीमा आग्रह गर्ने निर्णय भएकोले सोही अनुसार सूचना जारी गरी अनुरोध गरिएको रोहिणी गाउँपालिकाका अध्यक्ष विधाप्रसाद यादवले बताए । हेर्नुस सूचना
भैरहवा, १० असार । नेपाल टेलिकम अन्र्तगत सीम नेटवर्क, ल्यान्डलाइन टेलिफोन इन्टरनेट लगायत प्रदान गरिने सेवामा प्रभावित भएको छ । सोमबार अपरान्ह साढे ४ बजेपछि नेपाल टेलिकम अन्र्तगतको सेवाहरु प्रभावित भएको हो । फोन नलाग्ने, एसएमएस नजाने लगायतका समस्या देखिएको छ । सेवाहरु प्रभावित भएपनि नेपाल टेलिकमले सेवा प्रभावितबारे वेभसाइट वा समाजिक संचाल मार्फत कुनै सूचना प्रवाह गरेको छैन ।
कपिलवस्तु, १० असार। कपिलवस्तु प्रहरीले जिल्ला कारागारमा सुरुङ खनेर भागेका कैदीलाई पक्राउ गरेको छ । अदालतको फैसला कार्यान्वयनको सिलसिलमा १४ वर्षअघि कारागारबाट सुरुङ खनेर भागेका भारत, सिद्धार्थनगर जिल्लाको चिलियाका स्कुल मिया अन्सारी उर्फ मोहम्मद स्कुललाई शिवराज नगरपालिका-७ चन्द्रौटाबाट पक्राउ गरिएको कपिलवस्तुका एसपी नवरत्न पौडेलले बताए । अदालतले डाँका मुद्दामा अन्सारीलाई छ वर्ष पाँच महिना नौ दिन कैद र चार लाख पचास हजार जरिवानाको फैसला गरेको थियो । फैसला पश्चात सजाए भुक्तानका लागि कारागार पठाइएका अन्सारी सहित आठ जना कैदीहरु ०६६ माघ २ गते कारगारमा सुरुङ खनेर फरार भएका थिए । कैदीहरुले कोठाबाट अढाई फिट गोलाई र २१ फिट लम्बाईको सुरुङ…
भैरहवा, १० असार । भारतमा एक डिएसपीलाई कारवाही गरेर सिपाही बनाइएको छ । पारिवारिक कारण देखाएर विदा मागेर निस्किएका डिएसपी कृपा शंकर कनौजिया कानपुर स्थित होटलको कोठामा महिला प्रहरीसगँ आपत्तिजनक अवस्थामा भेटिएपछि उनलाई कारवाही गरी डिएसपीबाट डिमोसन गरेर सिपाही बनाइएको हो । घटना ०७८ असार २२ गतेको हो । भारतीय संचारमाध्यमहरुका अनुसार उत्तर प्रदेश राज्यस्थित उन्नावको तत्कालीन सर्कल अफिसर (सीओ) रहेका डिएसपी कनौजिया विदा स्विकृत भएपछि घर जानुपर्नेमा कानपुरको होटलमा गएर मोबाइल स्विच अफ गरेर परिवारको सम्पर्कमा नआएपछि उनको श्रीमतीले उन्नाव प्रहरीसगँ सहयोग माग गरेकी थिइन् । प्रहरीले तत्काल अनुसन्धान सुरु गर्दा उनी होटलमा एक महिला प्रहरीसगँ आपत्तिजनक अवस्थामा भेटिएका…
भैरहवा, १० असार । नेपाल प्रहरीका प्रहरी नायब महानिरीक्षक (डिआईजी) पोषराज पोखरेललाई प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) बढुवामा सिफारिस गरिएको छ । सोमबार बसेको बढुवा समितिको बैठकले पोखरेललाई एआईजी बढुवाका लागि सिफारिस गरेको हो । प्रहरी प्रधान कार्यालय महिला बालबालिका तथा ज्येष्ठ नागरिक सेवा निर्देशनालय नक्सालमा दरबन्दी रहेका पोखरेल काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालय रामशाहपथमा कार्यरत छन् ।
भैरहवा, १० असार । रुपन्देहीको रोहिणी गाउँपालिकालाई ‘पूर्ण खोप सुनिश्चितता दिगोपना’ घोषणा गरिएको छ । पालिकामा रहेका १५ महिना र १६ देखि ५९ महिनामुनिका सबै बालबालिकाहरुलाई पूर्ण खोप लगाएको सुनिश्चितता गरेपश्चात पालिकालाई ‘पूर्ण खोप सुनिश्चितता दिगोपना’ घोषणा गरिएको हो । पूर्ण खोप पालिका घोषणा र दिगोपनाको अवस्थाको समीक्षा गर्ने, पालिकास्तरीय खोप सुक्षम योजना, दिगोपनाको योजना बनाउने, पूर्ण खोप सुनिश्चितता लागि स्थानीय तह स्वास्थ्य संस्था र अन्य साझेदार तहको भूमिकामा साझेदारी तथा जिम्मेवारी बाँडफाँड गर्ने पूर्ण खोप सुनिश्चितता दिगोपनाको उद्देश्यहरु रहेको रोहिणी गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख रामनेवास चौधरीले जानकारी दिए । रोहिणी गाउँपालिकाका अध्यक्ष विद्या प्रसाद यादवले आगामी दिनमा पनि रोहिणीलाई…
भैरहवा, ९ असार । मुलुकभर सोमबार मौसम आंशिकदेखि साधारणतया बदली रहने अनुमान गरिएको छ । लुम्बिनी प्रदेशका साथै कोशी, बागमतीका केही स्थानहरुमा र मधेस, कर्णाली, सुदूरपश्चिम प्रदेशका थोरै स्थानहरुमा मेघगर्जन/चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार सोमबार राति पनि मुलुकभर आंशिकदेखि साधारणतया बदली रहने बताइएको छ । कोशी, मधेश, बागमती, गण्डकी, लुम्बिनी प्रदेशका केही स्थानहरूमा तथा कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै स्थानहरुमा मेघगर्जन/चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ भने कोशी, मधेश र बागमती प्रदेशका थोरै स्थानहरूमा भारी वर्षाको सम्भावना रहेको छ ।