


Get the latest creative news from FooBar about art, design and business.



गौतम बुद्धको जन्मस्थलको नामबाट नामाकरण भएको लुम्बिनी प्रदेशको समग्र गतिविधि पस्किने थलो हो, क्लिक लुम्बिनी डटकम । तपाईंहरुको कुनै सल्लाह, सुझाव र प्रतिक्रिया भए ईमेल गर्नुहोला ।
तुलसीपुर, १५ माघ। लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले तुलसीपुर नगरस्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको उद्घाटन गरेका छन् । अमर माध्यमिक विद्यालय, उरहरिमा आयोजना गरिएको रनिङशिल्डको मुख्यमन्त्री आचार्यले मंगलबार उद्घाटन गरेका हुन् । उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै मुख्यमन्त्री आचार्यले खेल क्षेत्रको समग्र विकासलाई प्रदेश सरकारले उच्च प्राथमिकतामा राखेको बताए। ‘प्रदेश सरकारले खेल क्षेत्रको समग्र विकासलाई उच्च प्राथमिकतामा राखेको छ । खेलका विविध विधाहरु छन् । ति विधाहरुलाई समान रुपमा प्रदेश सरकाले प्राथमिकतामा राखेर कार्यक्रमहरुमा जोड दिएको छ’, उनले भने, ‘खेल क्षेत्रबाटै देशको नाम चिनाउन सकिएको छ । खेलाडीहरुको आकर्षण बढ्दो छ । सरकारले यो आकर्षणलाई कायम राख्न पूर्वाधार थप गर्ने कुरालाई…
राधेश्याम विश्वकर्माभैरहवा, १४माघ। नेपालको प्राचीन इतिहासदेखि नै महिला अधिकार र तेस्रोलिङ्गी वर्गका मानिसहरुलाई सम्मानका साथ समाजमा पहिचान स्थापित गरिरहेको चित्रण सहितको अजिमा र ६ लैंगिक प्रकारका लैंगिक पहिचान वृत्तचित्र भैरहवाको काशी सिने प्लेक्समा विशेष प्रदर्शन भएको छ । वृत्तचित्रमा ईतिहासमा मातृसत्तामा समानता थियो, स्वतन्त्रता थियो । यौन हिंसा हुँदैनथ्यो । महिलालाई देवीको रुपमा पुजिन्थ्यो । राजधानी काठमाडौं सहरका मन्दिरमा कुदिएका कलाकृतिले पनि यो कुरालाई पुष्टि गर्ने दाबी वृत्तचित्रमा गर्न खोजिएको छ । वृत्तचित्रमा भक्तपुर र काठमाण्डौैंका अजिमाका मन्दिरहरुको विस्तृत वर्णन गरिएको छ । इन्द्र स्वर्गबाट फुल टिप्न आएको कथन, ईन्द्रलाई बाधेर राखेको र उनको आमाले उनलाई मुक्त गराउन आएको कथन…
भैरहवा, १४ माघ। भैरहवास्थित सिद्धार्थ क्रिकेट रंगशालामा जारी रुपन्देही सुपरलिग क्रिकेट प्रतियोगितामा लुम्बिनी खुकुरी क्लबले सानदार जित निकालेको छ । प्रतियोगिता अन्तर्गत ‘ए’ डिभिजनको सोमबारको खेलमा लुम्बिनी खुकुरीले प्रोफेसनल मास्टर्स–११ लाई १ सय १८ रनको फराकिलो अन्तरले हराउँदै सानदार जित निकालेको हो । टस जितेर ब्याटिङ रोजेको लुम्बिनी खुकुरीले निर्धारित ३० ओभरको खेलमा ५ विकेट गुमाएर १ सय ८५ रनको बलियो योगफल बनायो । उसको लागि प्रज्वल थापा र शंकर रानाले अर्धशतकीय इनिङ खेले । थापाले ८४ रन बनाउँदा रानाले ७२ रन बनाए । यस्तै, निश्चल चौधरीले ११ रन बनाए । बलिङमा प्रोफेसनलका जयप्रताप यादवले २ तथा कृष्ण पराजुली, अख्तर…
भैरहवा, १४ माघ । रुपन्देहीको सिद्धार्थनगर नगरपालिकाले अगामी माघ २३ गतेदेखी पाठेघरको मुखको क्यान्सर विरुद्धको एचपीभी (हृयुमन प्यापुलोना भाइरस) खोप लगाउने भएको छ। संघीय सरकारले अभियानका रुपमा संचालन गरेको खोप कार्यक्रमलाई सिद्धार्थनगरमा माघ २३ देखि २९ गतेसम्म सचांलन गर्न लागेको हो। अभियान अन्तरगत पालिकाभित्रका चार हजार दुई सय किशोरीहरुलाई खोप लगाउन लक्ष्य लिएको नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख ईश्वरी न्यौपानेले जानकारी दिए। खोपको लागी ४२ बटा बिद्यालयमा खोप केन्द्र तोकिएको छ। विद्यालय बाहिर रहेका किशोरीहरुलाई खोप केन्द्रमा सहभागी बनाउने तयारी गरिएको उनले जनाए। खोप सचांलनका लागि सिद्धार्थनगर नगरपलिकाका प्रमुख इश्तियाक अहमद खाँको अध्यक्षतामा सोमबार बसेको पालिकास्तरीय खोप समन्वय समितिकोे बैठकले लक्षित…
हृदयराम गुप्तामर्चवार, १४ माघ। रुपन्देहीको कोटहीमाई गाउँपालिका–३ स्थित विद्यालय भवनको निर्माणमा कमसल सामाग्री प्रयोग गरिएको भन्दै स्थानीयहरुले विरोध गरेका छन् । जसकारण निर्माण कार्य रोकिन पुगेको छ । लुम्बिनी प्रदेश सरकारको बजेटमा श्री मार्यादपुर माध्यमिक विद्यालयमा निर्माण भइरहेको चार कोठे भवन स्थानीयहरुले बिरोध गर्दै निर्माण कार्य बन्द गराएका हुन् । स्थानीय समाजसेवी गुरुवचन यादवले निर्माणमा प्रयोग गरिएको बालुवा र इट्टा कमसल हुनुको साथै सिमेन्टको मात्रा समेत कम रहेको बताए । ‘सरोकारवालाको अनुमगन नहुँदा निर्माण कम्पनीले कमसल सामाग्री प्रयोग गरेको छ’, उनले भने, ‘स्थानीय, अभिभावकसहित हाम्रो नजरमा परेपछि निर्माण स्थलमा जाँदा कमसल सामाग्री प्रयोग गरेको पाइएपछि कमसल सामाग्री प्रयोग गरि निर्माण…
परासी, १४ माघ । पश्चिम नवलपरासीमा १६ हजार २ सय ९३ किशोरीलाई पाठेघरको मुखमा हुने क्यान्सरविरुद्धको एचपीभी खोप लगाइने भएको छ । स्वास्थ्य कार्यालय पश्चिम नवलपरासीले जिल्लाभरका कक्षा ६ देखि १० सम्म अध्ययन गर्ने बालिका र किशोरीलाई माघ २२ गतेदेखि २८ गतेसम्म खोप अभियान संचालन गर्न लागेको हो । स्वास्थ्य कार्यालय प्रमुख गौरव ढकालका अनुसार जिल्लामा रहेका निजी तथा सामुदायिक विद्यालयमा २ सय १ वटा खोप केन्द्रमार्फत खोप अभियान संचालन गर्न लागिएको हो । अभियानको विषयमा जानकारी दिन परासीमा आयोजित कार्यक्रममा विद्यालयमा अध्ययनरत बालिका तथा किशोरी खोप अभियानमा सहाभागी भए पनि विद्यालय बाहिर रहेका ६ सय २४ जना बालिकालाई खोपमा…
काठमाडौं, १४ माघ । सभामुख देवराज घिमिरे र संसदमा प्रतिनिधित्व गर्ने प्रमुख राजनीतिक दलका मुख्य सचेतक र प्रमुख सचेतकबीच छलफल सुरु भएको छ। सिंहदरबारस्थित सभामुखको कार्यकक्षमा दलका मुख्य सचेतक र प्रमुख सचेतकहरूसँग छलफल सुरु भएको हो । संसद्को हिउँदे अधिवेशन अघि सभामुख घिमिरेले संसद सञ्चालन र यसको तयारीबारे विभिन्न दलका प्रतिनिधित्वहरुसँग छलफल जारी राखेका छन्। आइतबार पनि सभामुख घिमिरेले सत्तारुढ दल र विपक्षी दलका प्रमुख सचेतकहरूसँग छलफल गरेका थिए। संसद् अधिवेशन माघ १८ गते आह्वान गरिएको छ।
लुम्बिनी, १४ माघ । प्रतिनिधिसभा अन्तर्गत अर्थ समितिका सभापतिसहितको टोलीले लुम्बिनी भ्रमण गरेको छ । समितिका सभापति सन्तोष चालिसेको नेतृत्वमा आएका प्रतिनिधिसभा सदस्यहरुले लुम्बिनीस्थित मायादेवी मन्दिरको दर्शन गरी लुम्बिनीको विकासबारे चासो राखेका हुन् । अर्थसमितिका सदस्य तथा प्रतिनिधिसभा सदस्य सूर्य थापाले लुम्बिनी विश्वका बौद्धमार्गी र शान्तिमार्गीहरुको पवित्र तीर्थस्थल भएकाले यसको विकासका बारेमा आफूहरुले चासो राखेको बताए । उनले लुम्बिनी गुरुयोजनाको ८८ प्रतिशत काम पूरा भएको तर बाँकी रहेको कामका लागि बजेट अभावका बिषयमा आफूहरुले ध्यान दिने समेत बताए । उक्त अवसरमा लुम्बिनी विकास कोषका सदस्य सचिव सानुराजा शाक्यले लुम्बिनी गुरुयोजनाको बाँकी काम, लुम्बिनी क्षेत्रमा भइरहेका पछिल्ला गतिविधिबारे सांसदहरुलाई जानकारी गराए…
भैरहवा, १४ माघ। रुपन्देही जिल्लामा १ सय ७१ जना कुष्ठरोगका बिरामी छन् । ०६६ माघमा नेपालमा कुष्ठरोग उन्मुलनको घोषणा गरिएको थियो । उन्मुलनको घोषणा अनुरुप प्रति १० हजार जनसंख्यामा १ प्रतिशत भन्दा कम बिरामी कम संख्या हुनु पर्नेमा रुपन्देही लगायत् १८ वटा जिल्लामा यो रोगका बिरामी धेरै संख्यामा छन् । ७२ औं बिश्व कुष्ठरोग दिवशका अवसरमा स्वास्थ्य कार्यालय, रुपन्देहीले भैरहवामा आयोजना गरेको जनचेतनामूलक एक कार्यक्रममा कुष्ठरोगको चेकजाँच तथा उपचारमा गरिने बेवास्ताका कारण कुष्ठरोगको नयाँ बिरामी फेला पर्ने गरेको जनाइएको छ । ‘कुष्ठरोगको चेकजाँच तथा उपचार गर्नेतर्फ धेरैको चासो कम छ’, स्वास्थ्य कार्यालय, रुपन्देहीका बरिष्ठ क्षय कुष्ठरोग निरीक्षक टीकाराम अधिकारीले भने,…
भैरहवा, १४ माघ । भैरहवाको श्री दुर्गा सामुदायिक सेवा केन्द्र (सामुदायिक प्रहरी) सिद्धार्थनगर नगरपालिका वडा नम्बर ३, ५ र ६ ले कम्बल वितरण गरेको छ । जाडोयाममा बढेको शितलहरलाई मध्यनजर गर्दै सामुदायिक केन्द्रले वृद्धवृद्धा, असहाय तथा विपन्नहरुलाई कम्बल वितरण गरेको कार्यक्रम संयोजक तथा सामुदायिक सेवा केन्द्रका वरिष्ठ उपाध्यक्ष आनन्द प्रसाद न्यौपानेले बताए । विभिन्न संघ–संस्थासँग सहकार्य गर्दै दुर्गा सामुदायिक सेवा केन्द्रले परोपकारी कार्य गरेको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रहरी नायव उपरीक्षक (डीएसपी) सुरज कार्कीले बताए । ‘सहयोग गर्न मन ठूलो हुनुपर्छ’, उनलेभने–‘सबैले सबैलाई सहयोग गर्ने भावना हुँदैन, सहयोगी हात अघि बढाउनु आफैमा महत्वपूर्ण कार्य हो ।’ पछिल्लो समय अनलाइनमार्फत ठगी…