Author: क्लिक लुम्बिनी

गौतम बुद्धको जन्मस्थलको नामबाट नामाकरण भएको लुम्बिनी प्रदेशको समग्र गतिविधि पस्किने थलो हो, क्लिक लुम्बिनी डटकम । तपाईंहरुको कुनै सल्लाह, सुझाव र प्रतिक्रिया भए ईमेल गर्नुहोला ।

भैरहवा, २६ फागुन। राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने उच्च अदालत तुलसीपुर बुटवल इजलासमा पुगेका छन् । सहकारी ठगी प्रकरणमा जिल्ला अदालत रुपन्देहीले माग गरेको एक करोड धरौटीको खारेजीको माग गर्दै उनी सोमबार उच्च अदालत बुटवल इजलासमा पुगेको बुझिएको छ । जिल्ला अदालत रुपन्देहीले धरौटीमा रिहा गर्ने आदेश गरेपछि प्रतिवादी लामिछानेलाई धरौटी नभएर थुनामा राख्नुपर्ने माग गर्दै सरकारी वकिल कार्यालय उच्च अदालतमा पुगिसकेको छ। उच्च अदालत तुलसीपुर बुटवल इजलासका सूचना अधिकारी रामबहादुर कुँवरका अनुसार दुवै पक्ष उच्च पुगेपछि यसलाई ‘७३’नम्बरअन्तर्गत अगाडि बढाइने छ। जिल्ला अदालतको आदेशउपर चित्त नबुझेर दुवै पक्ष आएकोले सम्भवतः भोली नै पेशीमा चढ्ने बताइएको छ ।

Read More

काठमाडौं, २६ फागुन। जनता समाजवादी पार्टी, नेपालले केन्द्रीय पदाधिकारी र कार्यकारिणी समिति सदस्य थप गर्ने भएको छ। पार्टीको केन्द्रीय समितिको बैठकले पार्टीको विधान २०८० को ‘धारा १३९ बाधा अड्काउ फुकाउ’ प्रयोग गरी पदाधिकारी र कार्यकारिणी सदस्य थप गर्न विधानको धारा २९ को उपधारा ३ संशोधन गरेको सो पार्टीका प्रचारप्रसार तथा प्रकाशन विभाग प्रमुख पूर्ण बस्नेतले जानकारी दिए। उनका अनुसार जातीय, सामुदायिक तथा लैङ्गिक समावेशीतालाई आधार मानी पदाधिकारी तथा कार्यकारिणी सदस्य थप गर्न लागिएको र संशोधित विधानअनुसार जसपा नेपालले थप दुई जना उपाध्यक्ष र एक महासचिव तथा ११ जना केन्द्रीय कार्यकारिणी सदस्य थप गर्नेछ। संशोधित धारा २९ को उपधारा ३ अनुसार…

Read More

भैरहवा, २६ फागुन। स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) को निर्वाचन अन्तरगत सोमबार (आज) मनोनयन पत्र वितरण हुँदैछ। निर्वाचन तालिका अनुसार आज प्रत्यक्ष र समानुपातिकतर्फको मनोनयनपत्र वितरण हुने त्रिवि विद्यार्थी कल्याण तथा खेलकुद निर्देशनालयले जनाएको छ। आज मनोनयनपत्र वितरण भएपछि भोलि प्रत्यक्ष र समानुपातिकतर्फको मनोनयन दर्ता गर्ने तालिका छ। यस्तै २८ गते उम्मेदवारको दाबी विरोध र सोही दिन बेलुकी ५ बजे उम्मेदवारको दाबी विरोधउपर छानबिन गरी अन्तिम नामावली प्रकाशन गर्ने तालिका रहेको छ। यस्तै २९ गते दिउँसो १ बजेसम्म उम्मेदारको नाम फिर्ता लिई अन्तिम नामावली प्रकाशन हुनेछ। उम्मेदवारले प्रचारप्रसार गर्ने समय फागुन २९ गते दिउँसो २ बजेदेखि चैत २ गते राति १२…

Read More

काठमाडौं,२६ फागुन। नेपाल इन्स्योरेन्सले सेयरधनीलाई लाभांश घोषणा गरेको छ । कम्पनीको सञ्चालक समिति बैठकले हाल कायम चुक्ता पूँजीको १५ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ०.७९ प्रतिशत नगद लाभांश दिने निर्णय गरेको हो । हाल यस कम्पनीको चुक्ता पूँजी १ अर्ब ६४ करोड छ । कम्पनीले नियामकले तोकेबमोजिम साढे २ अर्ब चुक्ता पूँजी पुर्‍याउन सकेको छैन । गत साता बजार बन्द हुँदा कम्पनीको सेयर मूल्य प्रतिकित्ता ९९४ रुपैयाँ छ ।

Read More

भैरहवा,२५ फागुन।रुपन्देहीको ओमसतिया गाउँपालिकाको हिउँदे अधिवेशन (१६ औं गाउँ अधिवेशन) एक कार्यक्रमकाबीच आईतबार सम्पन्न भएको छ । आर्थिक वर्ष २०८१/०८२ को कार्यक्रम तथा योजनाहरु परिमार्जन गर्दै अधिवेशन सर्वसम्मत रुपमा सम्पन्न भएको पालिकाले जनाएको छ । अधिवेशनमा आर्थिक चालु आर्थिक वर्षको हाल सम्मको प्रगति प्रतिवेदन प्रस्तुत गर्दै पालिकाकी उपाध्यक्ष सुनिता चौधरीले चालु आर्थिक वर्षमा गाउँपालिकाको चालु खर्च शिर्षकमा ३२ करोड ४२ लाख ८५ हजार रुपैयाँ विनियोजन भएकोमा २०८१ माघ मसान्त सम्म १४ करोड १ लाख ९५ हजार रुपैयाँ अर्थात ४३.२३ प्रतिशत खर्च भएको बताईन् । यस्तै पूँजिगत खर्च शिर्षकमा १७ करोड ३३ हजार बिनियोजन भएकोमा  ४ करोड ६४ लाख ८७ हजार…

Read More

भैरहवा, २५ फागुन । सिद्धार्थ उद्योग वाणिज्य संघ, रुपन्देहीको ६६ औं वार्षिक साधारण सभा तथा अधिवेशन–२०८१ अन्तर्गत शनिबार भएको निर्वाचनको मतपरिणाम सार्वजनिक भएको छ। २ हजार १ सय १२ सदस्य रहेको संघमा शनिबार भएको मतदानमा १ हजार ६ सय ७० मत खसेको थियो। संघको अध्यक्षमा नेत्र प्रसाद आचार्यसहित वरिष्ठ उपाध्यक्षमा दिलिप कुमार कान्दु, उपाध्यक्ष (उद्योगतर्फ) गोविन्द ज्ञवाली, उपाध्यक्ष (कर्पोरेट) मा रोहित कुमार अग्रवाल, महासचिवमा कृष्णप्रसाद घिमिरे, कोषाध्यक्षमा कमल प्रसाद मरासिनी, सचिवमा मंगल भण्डारी निर्विरोध निर्वाचित भएका छन् । त्यस्तै कर्पोरेट सदस्यमा विकास कुमार गोयनका, अर्पित अग्रवाल, वस्तुगत सदस्यमा प्रितम कुमार रौनियार, कार्यसमिति सदस्य उद्योगतर्फ महिलामा विष्णु माया शर्मा निर्विरोध निर्वाचित…

Read More

दाङ, २५ फागुन । प्रधानमन्त्री कप एक दिवसीय पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगिता सुरु भएको छ। लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले प्रतियोगिताको उद्घाटन गरेका छन् । प्रतियोगिता अन्र्तगतका खेलाहरु रुपन्देहीको भैरहवास्थित सिद्धार्थ क्रिकेट रंगशाला, तिलोत्तमास्थित एक्स्ट्राटेक ओभल मैदान र दाङको लमहीस्थित देउखुरी अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा सञ्चालन हुनेछ। देउखुरी अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा प्रतियोगिताको शुभारम्भ गर्दै मुख्यमन्त्री आचार्यले खेल पर्यटनले मुलुकको समृद्धि र विकासमा महत्वपूर्ण योगदान पुर्याउने बताए। ‘खेल पर्यटनको विकास भइरहेको छ । यो सुखद पक्ष हो,’उनले भने, ‘खेल आर्थिक समृद्धिको आधार बन्दै गएको छ । अन्तर्राष्ट्रिय तथा राष्ट्रिय प्रतियोगिताले विदेशी पर्यटकलाई आकर्षित गरिरहेको छ।’ खेल क्षेत्रको पूर्वाधार विकास, खेलाडीको क्षमता अभिवृद्धि…

Read More

श्रीलंका, २३ फागुन । प्रहरीले एक अधिकारीको मृत्युका कारण पक्राउ गर्न अदालतको आदेश भएपछि बेपत्ता भएका आफ्ना फरार प्रमुखको खोजीका लागि बिहीवार सार्वजनिक अपिल जारी गरेको छ। प्रवक्ता बुद्धिका मनतुङ्गाले प्रहरी महानिरीक्षक (आईजीपी) देशबन्धु तेन्नाकुनलाई विभिन्न विशेष इकाइमा खटाए पनि फेला पार्न नसकिएको बताए। कोलम्बोमा पत्रकारहरुसँग कुरा गर्दै मनतुङ्गाले भने, ‘हामी सर्वसाधारणलाई उहाँ कहाँ हुनुहुन्छ भन्ने बारेमा कुनै पनि जानकारी दिन आग्रह गर्दछौँ।’ उनले आईजीपीलाई प्रश्रय दिने वा न्यायमा बाधा पुर्‍याउनेलाई पनि कारबाही गरिने बताए। मनतुङ्गाले आफ्नै प्रमुखलाई पत्ता लगाउन नसक्नुले प्रहरीमाथिको जनविश्वासलाई कमजोर बनाएको स्वीकारे। उनले टापुबाट भाग्नबाट रोक्न सरकारले विदेश यात्रामा प्रतिबन्ध लगाएको छ। ‘यो गम्भीर विषय हो…

Read More

काठमाडौं, २२ फागुन। काठमाडौंको साँखुस्थित एक अनाथालयमा टिपर छिर्दा तीन जनाको मृत्यु भएको छ। अनाथालय मानिस सुतिरहेको बेला शुक्रबार बिहान ३ः४० बजे बा २ क ६५८० नम्बरको टिपर अनियन्त्रित भएर अनाथालयको कोठामा छिर्दा घटना भएको प्रहरीले जनाएको छ। टिपरको ठक्करबाट २१ वर्षीय आकाश, २१ कै सुमन, ४५ वर्षीय हरिजन नामक व्यक्तिहरुको मृत्यु भएको प्रहरीले जनाएको छ। शंखरापुर नगरपालिका ६ साँखु सलम्बुटार स्थित साँखु ब्रमखेल सडक खण्डमा सिन्धुपाल्चोक मेलम्ची १२ का २५ वर्षीय सागर माझीले चलाएको टिपर द्वन्द्व पीडित तथा अपाङ्ग समाज संस्थाले बनाएको जस्ताको टहरामा अनियन्त्रि भइ छिरेको जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता अपिलराज बोहोराले बताए। उक्त अनाथालय युबराज थापाले…

Read More

भैरहवा, २३ फागुन। प्रहरीले दश किलो गाँजासहित एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा पाल्पाको रम्भा गाउँपालिका–३ हुमिनका ३५ बर्षीय गणेश कुँवर मगर रहेको प्रहरीले जनाएको छ। लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय भैरहवा, र वडा प्रहरी कार्यालय बुटवलबाट खटिएको टोलीले मगर बस्ने घरको कोठामा खनतलासी लोबेड भित्र राखिएको झोलामा गाँजा बरामद भएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका डीएसपी एवं सूचना अधिकारी सुरज कार्कीले जनाए । साथै, प्रहरीले हाते काटा (तराजु) बरामद पनि गरेको छ । लागुऔषध गाँजा कसूरमा इलाका प्रहरी कार्यालय बुटवलले थप अनुसन्धानको गरिरहेको जिल्ला प्रहरी कार्यालय रुपन्देहीले जनाएको छ।

Read More