Author: क्लिक लुम्बिनी

गौतम बुद्धको जन्मस्थलको नामबाट नामाकरण भएको लुम्बिनी प्रदेशको समग्र गतिविधि पस्किने थलो हो, क्लिक लुम्बिनी डटकम । तपाईंहरुको कुनै सल्लाह, सुझाव र प्रतिक्रिया भए ईमेल गर्नुहोला ।

काठमाडौं,३० असोज। अन्तरप्रदेश प्रहरी कार्यदक्षता मूल्याङ्कनमा उत्कृष्ट ठहरिएको लुम्बिनी प्रदेश प्रहरी कार्यालयले यस वर्षको प्रहरी व्याटन–२०८३ प्राप्त गरेको छ। शुक्रबार प्रहरी प्रधान कार्यालयमा आयोजित ७१औँ प्रहरी दिवस समारोहमा गृहमन्त्री सुधन गुरुङले लुम्बिनी प्रदेश प्रहरी प्रमुख डीआईजी भूपेन्द्र खत्रीलाई प्रहरी व्याटन प्रदान गरेका हुन्। प्रहरी प्रधान कार्यालयले विभिन्न प्रदेश प्रहरी कार्यालयको कार्यसम्पादन, कार्यकुशलता, व्यावसायिक दक्षता तथा जिम्मेवारी निर्वाहको मूल्याङ्कन गरेको थियो। उक्त मूल्याङ्कनमा लुम्बिनी प्रदेश प्रहरी कार्यालय प्रथम हुँदै प्रहरी व्याटन प्राप्त गर्न सफल भएको हो।

Read More

काठमाडौं,२९ असोज। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले अर्काको नाम र फर्जी हस्ताक्षर प्रयोग गरी झुट्टा उजुरी दिने रुकुम पश्चिमको आठबिसकोट नगरपालिका–५ का दीपक पुन मगरलाई २ हजार रुपैयाँ जरिवाना कारवाही गरेको छ। नेपाल प्रहरीका एक डीआईजीले सहकारीको ऋण असुलीको विषय मिलाइदिने बहानामा ४० लाख रुपैयाँ मागेको र धम्की दिएको दाबीसहित ‘एबी राई’ को नाममा आयोगमा उजुरी परेको थियो। अनुसन्धानका क्रममा उजुरीकर्ता भनिएका आङबाबु राईले आफूले उजुरी नदिएको र हस्ताक्षरसमेत आफ्नो नभएको आयोगसमक्ष सनाखत गरेका थिए। त्यसपछि मगरले राईको जानकारी र सहमतिबिना उनको नाम र हस्ताक्षर प्रयोग गरी उजुरी दिएको स्वीकार गरेका थिए। दुवैले डीआईजीले रकम मागेको वा धम्की दिएको भनिएको घटना…

Read More

भैरहवा,२९ असोज। शिक्षा तथा खेलकुद मन्त्रालयले देशभरका दुई हजारभन्दा बढी विद्यार्थी अध्ययनरत १०९ वटा सामुदायिक विद्यालयको भौतिक पूर्वाधार विकासका लागि ६ अर्ब ५४ करोड रुपैयाँ बजेट विनियोजन गरेको छ। मन्त्रालयका अनुसार, योजनाको पहिलो चरणमा ८९ विद्यालयका लागि ५ अर्ब ३४ करोड रुपैयाँ निकासा भइसकेको छ।प्रतिविद्यालय करिब ६ करोड रुपैयाँको लागतमा १२ कोठे तीनतले भवन, आधुनिक प्रयोगशाला र पुस्तकालय निर्माण गरिने बताइएको छ। पहिलो चरणमा छनोट भएका विद्यालयमध्ये मधेश प्रदेशका ३३ वटा छन्। लुम्बिनी प्रदेशका २१ वटा विद्यालय पूर्वाधार विकासका लागि छनोट भएका छन्। जसमा भैरहवास्थित रुपन्देही लीलाराम न्यौपाने माध्यमिक विद्यालयसहित रुपन्देहीको ८ र दाङका ६ वटा विद्यालय समावेश छन्। त्यस्तै…

Read More

भैरहवा, २८ असोज। रुपन्देही प्रहरीले ठूलो परिमाणमा चरेससहित एक जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा पाल्पाको रामपुर नगरपालिका-९ का ५३ वर्षीय लुकबहादुर रखाल रहेको प्रहरीले जनाएको छ। बुटवलको नयाँ बसपार्कमा लागुऔषधको कारोबार भइरहेको सूचनाको आधारमा इलाका प्रहरी कार्यालय बुटवलबाट खटिएको टोलीले ३६ किलो लागुऔषध चरेस जस्तो देखिने पदार्थसहित रखाललाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय रुपन्देहीले जनाएको छ। प्रहरीका अनुसार, जिल्ला अदालत रुपन्देहीबाट पाँच दिनको म्याद थप गरेर घटनाका सम्बन्धमा थप अनुसन्धान भइरहेको छ।

Read More

भैरहवा,२८ असोज। रुपन्देहीको भैरहवामा डान्डिया र भगवती रात्रि जागरण कार्यक्रम हुने भएको छ। श्री श्री सार्वजनिक दुर्गा पूजा समितिको आयोजनामा आगामी कार्तिक २ गते सोमबार डान्डिया कार्यक्रम तथा कार्तिक ३ गते मंगलबार भगवती रात्रि जागरण सञ्चालन गरिने भएको हो। आयोजकका अनुसार कार्तिक ३ गते साँझ ७ बजेदेखि राति १ बजेसम्म भगवती रात्रि जागरण सञ्चालन हुनेछ। कार्यक्रममा भारतका विभिन्न कलाकारहरुको समेत प्रस्तुति रहनेछ। नेपाली समाजको मौलिक संस्कृति र परम्पराको संरक्षण गर्नुका साथै माता दुर्गाप्रतिको श्रद्धा र भक्तिभाव अभिव्यक्त गर्नु कार्यक्रमको मुख्य उद्देश्य रहेको समितिका अध्यक्ष रवि जयसवालले बताए। धार्मिक आस्था र सांस्कृतिक उत्सवलाई एकै ठाउँमा जोडेर समाजमा आपसी सद्भाव, एकता र…

Read More

मर्चवार,२७ असोज। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाट निर्वाचित प्रतिनिधिसभा सदस्य श्रद्धा कुँवर क्षेत्रीले रुपन्देहीको मर्चवारीमाई गाउँपालिका–५ स्थित प्रसिद्ध मर्चवारीदेवी मन्दिरमा धार्मिक पर्यटनको प्रचुर सम्भावना रहेको बताएकी छन्। मन्दिरको दर्शन गर्न पुगेकी सांसद कुँवरले मन्दिरको प्रचारप्रसार र आवश्यक पूर्वाधार विकास गर्न सके यस क्षेत्रलाई प्रमुख धार्मिक पर्यटकीय गन्तव्यका रुपमा स्थापित गर्न सकिने बताइन्। ‘मर्चवारीदेवी मन्दिरका बारेमा मैले पहिलेदेखि नै सुन्दै आएकी थिएँ । दर्शन गर्न धेरैपटक आउने प्रयास गरे पनि विभिन्न कारणले सम्भव भएको थिएन । यसपटक दशैंको अवसरमा दर्शन गर्न पाउँदा खुसी छु’,उनले भनिन्। रुपन्देही क्षेत्र नं. ४ बाट निर्वाचित प्रतिनिधिसभा सदस्य कन्हैया बनियाले मर्चवारीदेवी मन्दिरलाई पर्यटनसँग जोड्न तथा राष्ट्रियस्तरमा…

Read More

भैरहवा, २७ असोज। रुपन्देहीको भैरहवामा आगामी मंसिर १७ देखि २८ गतेसम्म दसौँ लुम्बिनी राष्ट्रिय महोत्सव–२०८३ आयोजना हुने भएको छ। सिद्धार्थ उद्योग वाणिज्य संघ, रुपन्देहीले पर्यटन, उद्योग, कृषि तथा व्यापारको प्रवर्द्धन र स्थानीय उत्पादनको बजारीकरण गर्ने उद्देश्यले महोत्सव आयोजना गर्न लागेको हो। ‘पर्यटन, उद्योग, कृषि र व्यापार : राष्ट्रिय समृद्धिको आधार’ भन्ने नारासहित आयोजना हुने महोत्सवमा उद्योग, व्यापार, कृषि, घरेलु तथा साना उद्योग र महिला उद्यमीका गरी करिब ३०० स्टल रहनेछन्। महोत्सवमा करिब तीन लाख दर्शक सहभागी गराउने र १० करोड रुपैयाँ बराबरको कारोबार गर्ने लक्ष्य राखिएको संघका अध्यक्ष एवं महोत्सव मूल आयोजक समितिका संयोजक नेत्रप्रसाद आचार्यले जानकारी दिए। मंगलबार आयोजित…

Read More

गुल्मी,२७ असोज। प्रतिकूल मौसमका कारण करिब चार महिनादेखि अवरुद्ध गुल्मीको रेसुङ्गा विमानस्थलको हवाई सेवा पुनः सञ्चालनमा आएको छ। सेवा सुरु भएसँगै मंगलबार काठमाडौंबाट १३ यात्रु बोकेर आएको विमान रेसुङ्गामा अवतरण गरेको थियो भने गुल्मीबाट दुई यात्रु लिएर काठमाडौं फर्किएको थियो। गत जेठको तेस्रो सातादेखि अवरुद्ध भएको हवाई उडान आजदेखि संचालनमा आएको गुल्मीको रेसुङ्गा विमानस्थलका स्टेशन प्रमुख सुमन थापाले जानकारी दिए। नेपाल वायुसेवा निगमले मौसम अनुकूल भएसँगै सातामा तीन दिन आइतबार, मंगलबार र शुक्रबार उडान गर्ने तालिका निर्धारण गरेको छ। निगमको १८ सिट क्षमताको ट्वीनअटर विमानमार्फत सञ्चालन हुने उडानका लागि काठमाडौं–गुल्मी भाडा १० हजार ७१० रुपैयाँ र गुल्मी–काठमाडौं भाडा १० हजार…

Read More

भैरहवा । नयाँ तथा पुराना सवारी साधनको दर्ता तथा नामसारी प्रक्रिया सहज बनाउन यातायात व्यवस्थापन कार्यविधि निर्देशिका, २०६० का केही प्रावधान संशोधन गरिएको छ । मन्त्रीस्तरीय निर्णयले संशोधित व्यवस्थाअनुसार अब सवारीधनी आफै यातायात व्यवस्था कार्यालयमा उपस्थित नभए पनि सवारी दर्ता तथा नामसारी गर्न सकिने पूर्वाधार विकास मन्त्रालयले जनाएको छ। मन्त्रालयका अनुसार संशोधित व्यवस्थाले सवारी साधनको दर्ता, नामसारी, बीमा तथा नवीकरणसम्बन्धी प्रक्रियालाई सरल र सेवाग्राहीमैत्री बनाउने अपेक्षा गरिएको छ। नयाँ व्यवस्थाअनुसार डिलरबाट गरिएको सवारी साधनको जाँचलाई नै अन्तिम मान्यता दिइनेछ। यससँगै डिलरबाट जाँच भइसकेको सवारी साधनलाई पुनः यातायात व्यवस्था कार्यालयमा लगेर जाँच गराउनुपर्ने छैन । त्यस्तै, सवारी खरिदकर्ताले वारेसनामा दिएको व्यक्तिमार्फत…

Read More

विराटनगर,२७ असोज। लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले संविधानले प्रदेशलाई दिएको एकल तथा साझा अधिकार संघीय सरकारले अझै हस्तान्तरण गर्न नसकेको बताएका छन्। संविधान जारी भएको एक दशक बितिसक्दा पनि प्रदेशले आफ्नो अधिकारका लागि पटक–पटक आवाज उठाउनुपर्ने अवस्था रहेको उनले बताए । कोशी प्रदेश सरकारले आयोजना गरेको मुख्यमन्त्री सम्मेलनको उद्घाटन सत्रलाई सम्बोधन गर्दै मुख्यमन्त्री आचार्यले प्रदेश सरकारलाई प्रभावकारी बनाउन प्रहरी, प्रशासन, शिक्षा तथा वित्तीय अधिकार संविधानको मर्मअनुसार हस्तान्तरण गर्नुपर्नेमा जोड दिए । उनले प्रदेश प्रहरी प्रदेश सरकार मातहत ल्याउन प्रहरी ऐन तथा प्रशासनिक संयन्त्र बलियो बनाउन संघीय निजामती सेवा ऐन आवश्यक रहेको उल्लेख गर । साथै, शिक्षा ऐन नआउँदा विद्यालय समायोजनजस्ता…

Read More