


Get the latest creative news from FooBar about art, design and business.



गौतम बुद्धको जन्मस्थलको नामबाट नामाकरण भएको लुम्बिनी प्रदेशको समग्र गतिविधि पस्किने थलो हो, क्लिक लुम्बिनी डटकम । तपाईंहरुको कुनै सल्लाह, सुझाव र प्रतिक्रिया भए ईमेल गर्नुहोला ।
दाङ, १ पुस । दाङमा सवारी दुर्घटनामा दुई जनाको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय दाङका अनुसार कपिलवस्तुको चद्रौटाबाट बर्दियातर्फ जाँदै लु१ज ४२९८ नम्बरको सवारी (विङ्गर) लमही नगरपालिका-९ च्याउखोला बक्सकटिङ नजिकै दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको र १२ जना घाइते भएका छन् । मृत्यु हुनेमा शिवराज नगरपालिका–३ का ४२ वर्षीया प्रिथी थारु र सोही स्थानको ६० वर्षीया फुलसी थारु रहेको जिल्ला प्रहरी कार्यालय दाङका प्रवक्ता ईश्वर थापाले जानकारी दिए । घाइतेहरुको लमही अस्पतालमा उपचार भइरहेको छ । प्रहरीका अनुसार गाडीमा १४ जना सवार थिए । तीव्र गतिका कारण गाडी दुर्घटना भएको हुनसक्ने प्रवक्ताले थापाले जानकारी दिए ।
भैरहवा, १ पुस । जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाको वेभसाइट ‘ह्याक’ भएको छ । आइतबार रातिदेखि वेभसाइट ह्याक भएको महाशाखाकी मौसविद् बिनु महर्जनले जानकारी दिएकी छन् । महाशाखाको वेभसाइट (www.mfd.gov.np) ह्याक भएको भन्ने सूचना देखाइएको छ । ‘ह्याक भएको हो । राति साँझको फरकास्ट अपडेट गरेपछि भएको हो । राति हेर्दा स्क्रिनमा त्यस्तो देखियो,’ महर्जनले भनिन् । समाधानका लागि प्राविधिकहरूले काम गरिरहेको उनको भनाई छ । महाशाखाले मौसमी गतिविधिको जानकारी दिने गर्दछ । तर, वेबसाइट ह्याक भएपछि महाशाखाको वेबसाइटबाट मौसमसम्बन्धी जानकारी लिन नसकिने भएको छ ।
काठमाडौं, ३० मंसिर । राजविराज विमानस्थलमा रात्रिकालीन उडान हुने भएको छ । नेपाल नागरिक उड्डयन प्राधिकरणका अनुसार विमानस्थलमा इन्स्ट्रुमेन्ट फ्लाइट ल्यान्डिङ प्रणाली जडान भएकोले सोमबार (भोली) देखि रात्रिकालीन उडान सुरु हुनेछ । इन्स्ट्रुमेन्ट फ्लाइट ल्यान्डिङ प्रणाली सहायताले कम भिजिबिलिटी भएको अवस्थामा पनि उडान गर्न मिल्छ । प्रणाली जडान भएपछि बुद्ध एयरले शुक्रबार प्राधिकरण र विमानका प्राविधिकहरुसहित परिक्षण उडान गरेको थियो । उक्त उडान सफल भएपछि राजविराज विमानस्थलमा दुई हजार भिजिबिलिटीमा पनि उडान र अवतरण गर्न सकिनेछ । यसअघि, उक्त विमानस्थलमा पाँच हजार मिटरको भिजिबिलिटी हुँदा मात्रै उडान अवतरण हुने गरेको थियो ।
काठमाडौं,३० मंसिर । नेपाल प्रहरीको महानिरीक्षकको सचिवालयमा कार्यरत प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) विश्व अधिकारीलाई नेपाल प्रहरीको केन्द्रीय प्रहरी प्रवक्ताको जिम्मेवारी तोकिएको छ । जारी विज्ञप्तिमा भनिएको छ ,‘प्रहरीको सम्पादित काम कारबाहीलाई यथार्थ र तथ्यगत रुपमा सञ्चारमाध्यमहरुमा सम्प्रेषण गर्न जिम्मेवारी तोकिएको छ।’ नेपाल प्रहरीद्वारा सम्पादित जनसरोकारका काम कारवाहीलाई यथार्थ तथा तथ्यगत रुपमा सञ्चारमाध्यामहरुमा सम्प्रेषण गर्न एसएसपी अधिकारीलाई प्रवक्ताको जिम्मेवारी दिइएको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।
सिरहा, ३० मंसिर । पूर्वपश्चिम राजमार्गअन्तर्गत धनगढीमाई नगरपालिका-१० जिरोमाइलमा दुर्घटना भएको कारबाट एक क्विन्टल तीस किलो गाँजा भेटिएको छ । जिल्ला प्रहरी कार्यालय सिरहाका सूचना अधिकारी एवं डीएसपी वीरेन्द्रकुमार पासवानका अनुसार पूर्वबाट पश्चिमतर्फ गइरहेको ना ३ ख ७५९१ नम्बरको ट्रकले उत्तरतर्फबाट आएको बा ८ च ९९६३ नम्बरको कारलाई राजमार्ग पार गर्ने क्रममा ठक्कर दिदाँ दुर्घटना भएको थियो । त्यसपछि प्रहरीले खोजतलासका कारमा गाँजा बरामद गरेको हो । ठक्कर दिने ट्रकका चालकलाई नियन्त्रणमा लिइएको र कारका चालक फरार भएको प्रहरीले जनाएको छ ।
कन्चनपुर, ३० मंसिर । कन्चनपुर जिल्लाको बेलौरी नगरपालिका-४ शान्तिपुरमा फेला परेको बर्मी जातको वयस्क अजिङ्गर सर्पको उद्धार गरिएको छ। कुण्डा सब डिभिजन वन कार्यालयका प्रमुख दिनेशकुमार यादवका अनुसार आइतबार उद्धार गरिएको अजिङ्गर १३ फिट लम्बाइ र ३१ किलो ५८० ग्राम किलोग्राम तौलको छ। उखु काट्ने क्रममा किसानले अजिङ्गर देखेका थिए । वन सुरक्षाकर्मी, स्थानीय बासिन्दाको सहयोगमा उद्धार गरी नगरपालिकाको वडा नम्बर ५ र ७ मा स्थित अमर स्मृति सामुदायिक वन क्षेत्रको सीमसार क्षेत्रमा छाडिएको कार्यालय प्रमुख यादवले बताए। उनका अनुसार यस प्रजातिका अजिङ्गरले चरादेखि सुँगुर र मृग जस्ता ठूला स्तनधारी जनावरलाई समेत आहारा बनाउँछ। यस्ता अजिङ्गरले सुक्खा जङ्गल, पहाड, खुला…
काठमाडौ, ३० मंसिर । भ्रष्टाचार मुद्दामा दोषी ठहरिएका नेपाल बैंक लिमिटेडका तत्कालीन उपप्रबन्धक शशीकिरण श्रेष्ठ १३ वर्षपछि पक्राउ परेका छन् । बैंकमा कार्यरत रहेको समयमा कर्जा प्रवाह गर्दा भ्रष्टाचार गरेको आरोपमा उनी दोषी ठहरिएका थिए । बैंकलाई १९ करोड ८९ लाख ३१ हजार ७८४ रुपैयाँ हानी नोक्सानी गरी भ्रष्टाचारको कसुरमा सजाय समेत तोकिएका श्रेष्ठलाई काठमाडौंको स्वयम्भू प्रहरी टोलीले स्वयम्भूबाट पक्राउ गरेको हो । ०६८ भदौ ६ गते श्रेष्ठसहित ऋणी लक्ष्मीप्रसाद आचार्य समेतका व्यक्तिहरुलाई दोषी ठहर गरी सजाय सुनाइएको थियो । ०७३ कार्तिक २५ मा सर्वोच्च अदालतका न्यायाधीशद्वय विश्वम्भरप्रसाद श्रेष्ठ र आनन्दमोहन भट्टराईको इजलासबाट विशेष अदालतको उक्त फैसला सदर भएको थियो…
भैरहवा, ३० मंसिर । नवौं लुम्बिनी राष्ट्रिय महोत्सव–२०८१ मा आउने दैनिक हजारौं दर्शकको ध्यान खिच्छ अटो प्याभेलियनले । यहाँ १६ वटा स्टलमा विभिन्न कम्पनीका गाडी विक्रीका लागि राखिएको छ । नेपाली बजारमा भर्खरै मात्र भित्रिएका विभिन्न मोडल र आकर्षक लुक्स भएका गाडीले दर्शकदीर्घको ध्यान तान्ने गरेको हो । सिद्धार्थ उद्योग वाणिज्य संघ, रुपन्देहीको आयोजनामा भैरहवामा जारी महोत्सवले अटोमोबाइल्सलाई प्रवद्र्धन गरिरहेको छ । विगतका भन्दा भिन्न तरिकाले अटो प्याभेलियन बनाइएको र धेरै कम्पनीका गाडी विक्रीका लागि राखिएकाले पनि यहाँ पुग्नेले चासोकासाथ गाडीका फिचरबारे बुझ्ने गरेका छन् । अटो प्याभेलियनमा विद्युतीय गाडीहरु प्राथमिकताका साथ प्रवद्र्धन गरिएको छ । यहाँ गाडीहरु प्रवद्र्धन मात्र…
भैरहवा, ३० मंसिर । नेपालको स्थानीय बजारमा आइतबार सुनको मूल्य २ हजार २ सय घटेको छ । शुक्रबार एक लाख ५३ हजार रुपैयाँ प्रतितोलामा कारोबार भएको सुन आइतबार एक लाख ५० हजार ८ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । त्यस्तै चाँदीको मुल्य पनि गिरावट आएको छ । शुक्रबार एक हजार ८६० रुपैयाँ प्रतितोलामा कारोबार भएको चाँदी आज २० रुपैयाँ घटेर प्रतितोला एक हजार ८६० रुपैयाँमा कारोबार भइरहेको छ ।
भैरहवा, २९ मंसिर । भैरहवाको लुम्बिनी खुकुरी क्लबको अध्यक्षमा महेश थापा निर्विरोध निर्वाचित भएका छन् । शनिबार क्लबको वार्षिक साधारण तथा ८ औ अधिवेशनले अध्यक्षमा थापालाई निर्विरोध निर्वाचित गरेको हो । त्यस्तै क्लबको उपाध्यक्षमा धिरेन्द्र केसी, सचिवमा ओजस शर्मा, कोषाध्यक्षमा उमेश पोखरेल, सहसचिव नन्दन श्रेष्ठ, सदस्यहरु अशोक क्षेत्री, अन्तिम थापा, सुनील यादव, राजु बस्नेत र सिजन थापा पनि निर्विरोध निर्वाचित भएको क्लबले जनाएको छ । कार्यक्रमलाई सम्बोधन गर्दै सिद्धार्थनगर नगरपालिका मेयर इश्तियाक अहमद खाँले लामो ईतिहास बोकेको संस्थालाई निरन्तर रुपमा अघि बढाउनु आजको आवश्यकता रहेको बताए । ‘क्लबले खेलाडी उत्पादन देखि सामाजिक कार्यमा धेरै सक्रियता देखाएको छ’, उनले भने, ‘समाजमा…