


Get the latest creative news from FooBar about art, design and business.



गौतम बुद्धको जन्मस्थलको नामबाट नामाकरण भएको लुम्बिनी प्रदेशको समग्र गतिविधि पस्किने थलो हो, क्लिक लुम्बिनी डटकम । तपाईंहरुको कुनै सल्लाह, सुझाव र प्रतिक्रिया भए ईमेल गर्नुहोला ।
भैरहवा, १९ चैत। सरकारले निजी सञ्चारमाध्यममा सरकारी विज्ञापन प्रकाशन-प्रशारणमा रोक लगाउने गरेको निर्णयको देशभर विरोध भएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले बुधवार मन्त्रायल, आयोग, सबै प्रदेशका मुख्यमन्त्री कार्यालय र स्थानीय तहहरुलाई पत्राचार गर्दै सरकारी खर्चमा मितव्ययिता कायम गर्न, विज्ञापन तथा सूचना प्रकाशन-प्रसारणमा पारदर्शीता ल्याउन र सरकारी सञ्चारमाध्यमको प्रवर्द्धका लागि निर्णय गरिएको उल्लेख छ। ‘सार्वजनिक निकायहरुले आफ्ना सूचनाहरु गोरखापत्र संस्थान, रेडियो नेपाल, नेपाल टेलिभिजन जस्ता सरकारी एवं सरकारी स्वामित्वमा रहेका संचारमाध्यममा मात्र प्रकाशन तथा प्रशारणको व्यवस्था गर्ने’,पत्रमा भनिएको छ । नेपाल पत्रकार महासंघको अध्यक्ष निर्मला शर्माले सरकारको यो निर्णयले मिडिया, प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतामा अंकुश लगाउने मनसाय देखिएको टिप्पणी गरेकी…
काठमाडौं,१९ चैत। संघीय संसदअन्तर्गत प्रतिनिधिसभाको पहिलो बैठक आज बिहीबार बस्दैछ। यद्यपी, सांसदहरुको सेवा–सुविधा भने चैत १२ गतेदेखि नै लागू भइसकेको छ। संसद सचिवालयका सचिव डा. रोजनाथ पाण्डेका अनुसार, प्रतिनिधिसभा सदस्यहरुले उपलब्ध गराएको बैंक खातामा चैत मसान्तभित्र पहिलो महिनाको सेवा–सुविधा रकम जम्मा गरिनेछ। पहिलो महिनामा उनीहरुले १८ दिनको मात्रै सुविधा पाउनेछन्। शपथ लिएको मिति चैत १२ बाट पदबहाली गणना गरिने र १३ गतेदेखि सेवा–सुविधा लागू भएको छ। संघीय संसदका पदाधिकारी तथा सदस्यहरुको पारिश्रमिक र सुविधासम्बन्धी ऐन, २०७३ अनुसार सांसदहरुले मासिक ५५ हजार २३० रुपैयाँ पारिश्रमिक पाउनेछन्। साथै, प्रत्येक महिना १ हजार रुपैयाँ विशेष भत्ता पनि प्रदान गरिन्छ। यसका अतिरिक्त, प्रत्येक बैठकमा…
भैरहवा, १८ चैत । कुवेतमा विभिन्न कारणले फरक फरक समयमा मृत्यु भएका ९ जना नेपाली नागरिकको शव स्वदेश ल्याइएको छ । मध्यपूर्वमा द्वन्द्वका कारण कुवेतमा रोकिएका नेपाली नागरिकहरुलाई स्वदेश फर्काउने गरिएको व्यवस्थापनमा शव पनि स्वदेश पठाइएको हो । कुवेतस्थित नेपाली राजदूतावासको समन्वयमा ३ सय १८ जना नेपाली यात्रुहरुसहितको कुवेत एयरवेजको चार्टर विमान बुधवार साँझ भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल अवतरण गरेको विमानस्थल कार्यालयका सूचना अधिकारी विनोदसिंह रावतले जानकारी दिए। सोही विमानमा विभिन्न कारणले फरक फरक समयमा मृत्यु भएका ९ जना नेपाली नागरिकको शव ल्याइएको गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा कार्यालयका प्रवक्ता एवं प्रहरी उपरीक्षक पुष्पराज मल्लले बताए । उनले ल्याइएका शव नौ…
भैरहवा,१८ चैत। मध्यपूर्वमा द्वन्द्वका कारण कुवेतमा रोकिएका नेपाली नागरिकहरुलाई स्वदेश ल्याइएको छ । बुधवार कुवेत एयरवेजको चार्टर उडानमार्फतबाट ३ सय १८ जना नेपाली यात्रुहरुलाई स्वदेश ल्याइएको गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल कार्यालयका सूचना अधिकारी विनोदसिंह रावतले जानकारी दिए । उक्त विमानमा नौ जना नेपाली नागरिकहरु शव समेत ल्याइएको कार्यालयले जनाएको छ। ल्याइएकामध्ये केही डिपोर्ट गरिएका यात्रुहरु समेत छन् । मध्यपूर्वमा द्वन्द्वका कारण नेपाल–कुवेतबीचको नियमित उडान प्रभावित हुँदा कुवेतस्थित नेपाली राजदूतावासको समन्वयमा यात्रुसहितको विमान साँझ भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल अवतरण गरेको हो ।
काठमाडौँ, चैत १८ गते। अर्थ मन्त्रालयले आगामी आर्थिक वर्ष २०८३/८४ का लागि बजेट मार्गदर्शन तयार गरी सम्बन्धित सबै मन्त्रालयहरुलाई पठाएको छ। आगामी जेठ १५ मा संसदमा बजेट प्रस्तुत गर्नुपर्ने संवैधानिक व्यवस्था अनुसार यो तयारी गरिएको हो। मन्त्रालयका सहसचिव टंकप्रसाद पाण्डेयका अनुसार, आगामी बजेटमा आर्थिक अनुशासन र खर्चमा मितव्ययितालाई विशेष प्राथमिकता दिइनेछ। तयारी पूरा भएका, छिट्टै ठेक्कामा जान सक्ने तथा प्रोजेक्ट बैंकमा सूचीकृत आयोजनाहरुलाई मात्र बजेटमा समावेश गर्ने व्यवस्था गरिएको छ। उनका अनुसार मन्त्रालयहरुले बजेट प्रस्ताव गर्दा सतर्क र जिम्मेवार हुनुपर्नेछ। स्रोत अनुमान समितिले राजस्व र वैदेशिक सहयोगको आकलन गरी बजेटको स्रोत निर्धारण गरिसकेको र मन्त्रालयहरूलाई बजेट सीमा (सिलिङ) पनि पठाइसकिएको…
काठमाडौं,१८ चैत। एसईई परिक्षा बिहीबार (भोली) बाट सुरु हुँदैछ। राष्ट्रिय परीक्षा बोर्डका अनुसार, परिक्षामा देशभरबाट ५ लाख १२ हजार ४२१ जना विद्यार्थि सहभागी हुने भएका छन्। जसमध्य टेक्निकल १६ हजार ३१२ जनाले परिक्षा दिन लागेका छन् भने पार्सियलमा २६४ जनाले परिक्षा दिन लागेका बोर्डले जनाएको छ। राष्ट्रिय परीक्षा बोर्डका अनुसार, बिहान ८ बजे ७७ वटै जिल्लाका दुई हजार ३६ परीक्षा केन्द्रबाट एकैसाथ परीक्षा हुने भएको छ ।
काठमाडौं,१८ चैत। प्रतिनिधिसभाको सभामुखको निर्वाचन आगामी चैत २२ गते हुने भएको छ । सिंहदरबारमा बसेको सर्वदलीय बैठकमा, सभामुख निर्वाचनका लागि शुक्रबार उम्मेदवारी मनोनयन गर्ने गरी प्रस्ताव गरिएको हो।
काठमाडौं,१८ चैत। नेपाली कांग्रेसका नेता डा. रणबहादुर रावलले गगन थापा नेतृत्वको कार्यसमितिलाई सर्वोच्च अदालतको फैसला नआएसम्म आधिकारिक मान्न नसकिने बताएका छन्। बुधबार खड्का–कोइराला समूहको छलफलपछि सञ्चारकर्मीसँग कुरा गर्दै उनले तत्कालीन केन्द्रीय समितिको आह्वानबिना भएको विशेष महाधिवेशन वैधानिक नभएको दाबी गरे। उनका अनुसार, सोही विषयमा तत्कालीन सभापति शेरबहादुर देउवा र कार्यवाहक सभापति पूर्णबहादुर खड्काले सर्वोच्च अदालतमा रिट दायर गरेका छन्। रावलले मुद्दा अदालतमा विचाराधीन रहेकाले छिटो टुंगो लाग्नुपर्ने बताएका छन्। उनले उक्त महाधिवेशन विधि–विधान विपरीत भएको भन्दै त्यसबाट बनेको समितिप्रति वैचारिक असहमति रहेको पनि स्पष्ट पारे। ‘विधि विधानले नभएर एउटा हुल र भेलाले गरेको एउटा कमिटी भएकाले हाम्रो वैचारिक द्वन्द्व छ,’…
भैरहवा, १८ चैत । रुपन्देहीको शिक्षा विकास तथा समन्वय इकाइले जिल्लाका विद्यालयहरुले विद्यार्थीहरुको स्वागत तथा विदाई कार्यक्रमहरु विद्यालय हाताभित्र नै मितव्ययी तरिकाले संचालन गर्न निर्देशन दिएको छ । बुधवार कार्यालयले जिल्लाका सबै सामुदायिक तथा संस्थागत विद्यालयहरुको नाममा अत्यन्तै जरुरी सूचना जारी गर्दै केही विद्यालयहरुले विद्यार्थीहरुको स्वागत तथा विदाई जस्ता कार्यक्रमहरु विभिन्न होटलमा संचालन गरेकोले विद्यार्थी तथा अभिभावकहरुमा अतिरिक्त आर्थिक भार सिर्जना भएको गुनासो प्राप्त भएको जनाएको छ । जिल्लाका सबै स्थानीय तहरुलाई समन्वय, सहजीकरण तथा अनुगमन गर्नका लागि अनुरोध गर्दै इकाइ प्रमुख विष्णुप्रसाद पन्थीद्वारा जारी सूचनामा भनिएको छ, ‘यस कार्यालयमा गुनासो प्राप्त भएकोले जिल्ला अन्र्तगतका सम्पूर्ण सामुदायिक तथा संस्थागत विद्यालयहरुले…
भैरहवा, १८ चैत। नेपाल प्रहरीले अप्रिल फुल दिवसको अवसरमा अनौठो शैलीमा जनचेतनामूलक अभियान सञ्चालन गरेको छ। प्रहरी प्रधान कार्यालयले आफ्नो आधिकारिक फेसबुक पेजमार्फत क्यूआर कोड सार्वजनिक गर्दै भनेको छ, ‘तपाईंविरुद्ध कतै कुनै उजुरी वा निवेदन परेको त छैन ? सुनिश्चित गर्नका लागि एक पटक क्यूआर कोड स्क्यान गर्नुहोस् ।’ तर, उक्त क्यूआर कोड स्क्यान गरेपछि प्रयोगकर्ताले सचेतनामूलक सन्देश प्राप्त गरेका छन्। ‘तपाईंले स्क्यान गर्नुभएको क्यूआर कोड सचेतना अभियानको लागि हो’, उक्त सन्देशमा भनिएको छ, ‘आज हामीले मजाक गरेका थियौं…तर भोलि यस्तै क्यूआर बाट तपाईं स्क्याममा पनि पर्न सक्नुहुन्छ।’ प्रहरीले यस अभियानमार्फत अपरिचित व्यक्ति वा अज्ञात स्रोतबाट प्राप्त क्यूआर कोड जथाभावी…