Author: क्लिक लुम्बिनी

गौतम बुद्धको जन्मस्थलको नामबाट नामाकरण भएको लुम्बिनी प्रदेशको समग्र गतिविधि पस्किने थलो हो, क्लिक लुम्बिनी डटकम । तपाईंहरुको कुनै सल्लाह, सुझाव र प्रतिक्रिया भए ईमेल गर्नुहोला ।

काठमाडौं,२१ चैत। प्रहरीले काठमाण्डौंको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट १९ जनालाई पक्राउ गरेको छ । जिल्ला प्रहरी परिसर काठमाडौंका एसएसपी रमेश थापाका अनुसार, विमानस्थलमा यात्रु तानातान गरेको आरोपमा शुक्रवार राति १९ जनालाई पक्राउ गरिएको हो। पक्राउ पर्नेमा ट्याक्सी चालक र होटलका प्रतिनिधि रहेको प्रहरीले जनाएको छ। यस्तै गुण्डागर्दीमा संलग्नहरुलाई पनि प्रहरीले पक्राउ गरेको छ । यी हुन् पक्राउ परेकाहरु:१) सर्लाही घर भई काठमाडौं सिनामगल बस्ने वर्ष १८ को सूर्य माझी२) बाँके घर भईका एयर्पोट बस्ने २२ को एकेश तामाङ३) पाँचथर घर भई एयर्पोट बस्ने वर्ष २६ को प्रेमकुमार मगर४) सिन्धुली घर भई नयाँबस्ती बस्ने बर्ष ३२ को राजकुमार राई५) मकवानपुर घर भई…

Read More

काठमाडौं,२० चैत। अख्तियार दुरुपयोग अनुसन्धान आयोग क्षेत्रीय कार्यालय बर्दिबासले घुससहित सशस्त्र प्रहरीका एक जना इन्सपेक्टरलाई पक्राउ गरेको छ । धनुषाको लालगढबाट इन्सपेक्टर ओकिल अधिकारी ४० हजार घुस रकमसहित लाई पक्राउ गरिएको अख्तियारको क्षेत्रीय कार्यालय बर्दिबासका सूचना अधिकारी उपसचिव प्रकाश पोखरेलले जानकारी दिए । कमला–ढल्केवर–बाग्मती सडक निर्माण खण्डअन्तर्गत माटो तथा ग्राभेल फिलिङ कार्यमा प्रयोग हुने सवारी साधनहरु रोक्ने, अनावश्यक अवरोध सिर्जना गर्ने र घुस माग्ने गरेको उजुरीको आधारमा उनलाई पक्राउ गरिएको अख्तियारले जनाएको छ ।

Read More

काठमाडौं,२० चैत। नेपाल प्रहरीमा प्राविधिक प्रहरी समूह अन्तर्गत विभिन्न उपसमूहतर्फ ठूलो संख्यामा नयाँ भर्ना आह्वान गरेको छ। प्रहरी प्रधान कार्यालय, मानवस्रोत विकास विभागले शुक्रवार सार्वजनिक सूचना जारी गर्दै रिक्त पदहरुमा पदपूर्तिका लागि दरखास्त आह्वान गरेको हो । प्रहरीले प्राविधिकतर्फ विभिन्न पदमा ४०० भन्दा बढी संख्यामा भर्ना खोलेको छ। प्रहरी नायव उपरीक्षक, प्रहरी निरीक्षक, प्रहरी नायव निरीक्षक, प्रहरी सहायक निरीक्षक र प्रहरी जवान पदहरुमा भर्ना खुलेको हो । इन्जिनियरिङतर्फ कम्प्युटर, सञ्चार, सिभिल, इलेक्ट्रिकल, बिल्डिङ एण्ड आर्किटेक, अटोमोबाइल क्षेत्रमा भर्ना खुलेको छ । यसैगरी, विधि विज्ञानतर्फ बायोलोजी र रसायन तथा स्वास्थ्यतर्फ मेडिकल अफिसर, डेन्टल अधिकृत, डाइटेटिक्स, फिजियोथेरापी टेक्नोलोजिस्ट, स्टाफ नर्स, फार्मेसी असिस्टेन्ट,…

Read More

काठमाडौं,१९ चैत। प्रतिनिधिसभा सदस्य एवं श्रम, संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले अमेरिकी सहायता परियोजना एमसीसी खारेज गर्न माग गरेका छन् । बिहीवार प्रतिनिधिसभाको पहिलो बैठकलाई सम्बोधन गर्दै उनले यस्तो माग गरेका हुन् । ‘म यहाँ मनको कथा राख्न चाहन्नँ । हामी के गरिरहेका छौं, भोलि के गर्नुपर्छ । भन्नेबारे जनताका मागहरु भन्न चाहन्छु,’उनले भने, ‘देशको लस्वाधिनता र असंलग्न परराष्ट्र नीतिलाई बचाइ राख्न सैन्य रणनीति उद्देश्यका साथ सुरु गरिएको असमान राष्ट्रघाती व्यापारिक सन्धी एमसीसी खारेज गर्नुपर्छ भनेर माग गर्दछु ।’

Read More

काठमाडौं,१९ चैत। राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले राजनीतिक नियुक्ति लिएकाहरुले राजीनामा दिन आग्रह गरेका छन्। बिहीवार बसेको पहिलो संसद बैठकलाई सम्बोधन गर्दै उनले संविधान र कानुनका आधारमा नेता र पार्टी सिफारिसमा नियुक्ति लिएकाहरुलाई स्वैच्छिकरुपमा राजीनामा दिन आग्रह गरेका हुन्। विधिको पालना गर्न आग्रह गर्दै लामिछाने सरकार नयाँ नीति कानुनी मान्यताका आधारमा प्रतिस्पर्धात्मकरुपमा नियुक्ति प्रक्रिया अगाडि बढाउन चाहेकाले मार्ग प्रशस्त गर्न अनुरोध गरे। उनले प्रतिरोधको थलो संसद नहुने भन्दै प्रतिपक्षलाई साथमा लिएर परराष्ट्र नीति बनाउने धारणा राखे।

Read More

भैरहवा,१९ चैत। आँखादानका लागि युनिभर्सल कलेज अफ मेडिकल साइन्सेज, शिक्षण अस्पताल, भैरहवा (युसियमयस), लुम्बिनी नेत्रालय प्रालि र नेपाल आँखा बैंक (तिलगंगा आँखा अस्पताल, काठमाडौं) बीच सम्झौता भएको छ। युसियमयसका जनसम्पर्क अधिकारी सुशील गुरुङका अनुसार, सम्झौता पश्चात अब इच्छुक व्यक्तिले मृत्यु पश्चात आफ्नो आँखाको नानी (कोर्निया) दान गर्न चाहेमा त्यो सुविधा युसियमयस, शिक्षण अस्पतालमा पाउनेछन्। सम्बन्धित संस्थाहरुले ‘आँखादान महादान’ भन्ने सन्देशलाई अघि बढाउँदै यसबाट दृष्टिविहीन व्यक्तिहरुलाई उज्यालो संसार देखाउने महत्वपूर्ण योगदान पुग्ने विश्वास व्यक्त गरेका छन्। आँखा दान मृत्युपछि मात्र गरिने प्रक्रिया हो भने यसमा आँखाको पूरै भाग नभई कोर्निया मात्र निकालिने भएकाले अनुहारमा कुनै विकृति नआउने जनाइएको छ। साथै, जुनसुकै…

Read More

भैरहवा, १९ चैत। रुपन्देहीको सिद्धार्थनगर नगरपालिकाको कार्यालयले हाटबजारलाई व्यवस्थित गर्न व्यवसायीहरुलाई निवेदन दिन आग्रह गरेको छ। पालिकाको वडा नं. ५ र १३ क्षेत्रमा लामो समयदेखि सञ्चालन हुँदै आएको साप्ताहिक हाटबजारलाई अब आधुनिक भवन (कृषि बजार भवन) भित्र व्यवस्थित रुपमा सञ्चालन गर्नका लागि व्यवसायीहरुलाई निवेदनका लागि आग्रह गरिएको सिद्धार्थनगर नगरपालिका कार्यालयका प्रमुख प्रशासकीय अधिकृत जनक थापाले जनाए । नगरपालिकाले हाटबजारका लागि कृषि हाटबजार भवन ए ब्लक निर्माण भइसकेको र बी ब्लक निर्माणाधीन अवस्थामा छ। सोही भवनभित्र हाटबजार सञ्चालन गर्ने नगर कार्यपालिकाको निर्णयअनुसार व्यवसायीहरुलाई सूचना प्रकाशित मितिले १५ दिनभित्र निवेदन पेश गर्न कार्यालयले जारी गरेको सूचना उल्लेख छ । हाल सडकछेउमा व्यवसाय…

Read More

भैरहवा, १९ चैत। सरकारले निजी सञ्चारमाध्यममा सरकारी विज्ञापन प्रकाशन-प्रशारणमा रोक लगाउने गरेको निर्णयको देशभर विरोध भएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले बुधवार मन्त्रायल, आयोग, सबै प्रदेशका मुख्यमन्त्री कार्यालय र स्थानीय तहहरुलाई पत्राचार गर्दै सरकारी खर्चमा मितव्ययिता कायम गर्न, विज्ञापन तथा सूचना प्रकाशन-प्रसारणमा पारदर्शीता ल्याउन र सरकारी सञ्चारमाध्यमको प्रवर्द्धका लागि निर्णय गरिएको उल्लेख छ। ‘सार्वजनिक निकायहरुले आफ्ना सूचनाहरु गोरखापत्र संस्थान, रेडियो नेपाल, नेपाल टेलिभिजन जस्ता सरकारी एवं सरकारी स्वामित्वमा रहेका संचारमाध्यममा मात्र प्रकाशन तथा प्रशारणको व्यवस्था गर्ने’,पत्रमा भनिएको छ । नेपाल पत्रकार महासंघको अध्यक्ष निर्मला शर्माले सरकारको यो निर्णयले मिडिया, प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतामा अंकुश लगाउने मनसाय देखिएको टिप्पणी गरेकी…

Read More

काठमाडौं,१९ चैत। संघीय संसदअन्तर्गत प्रतिनिधिसभाको पहिलो बैठक आज बिहीबार बस्दैछ। यद्यपी, सांसदहरुको सेवा–सुविधा भने चैत १२ गतेदेखि नै लागू भइसकेको छ। संसद सचिवालयका सचिव डा. रोजनाथ पाण्डेका अनुसार, प्रतिनिधिसभा सदस्यहरुले उपलब्ध गराएको बैंक खातामा चैत मसान्तभित्र पहिलो महिनाको सेवा–सुविधा रकम जम्मा गरिनेछ। पहिलो महिनामा उनीहरुले १८ दिनको मात्रै सुविधा पाउनेछन्। शपथ लिएको मिति चैत १२ बाट पदबहाली गणना गरिने र १३ गतेदेखि सेवा–सुविधा लागू भएको छ। संघीय संसदका पदाधिकारी तथा सदस्यहरुको पारिश्रमिक र सुविधासम्बन्धी ऐन, २०७३ अनुसार सांसदहरुले मासिक ५५ हजार २३० रुपैयाँ पारिश्रमिक पाउनेछन्। साथै, प्रत्येक महिना १ हजार रुपैयाँ विशेष भत्ता पनि प्रदान गरिन्छ। यसका अतिरिक्त, प्रत्येक बैठकमा…

Read More

भैरहवा, १८ चैत । कुवेतमा विभिन्न कारणले फरक फरक समयमा मृत्यु भएका ९ जना नेपाली नागरिकको शव स्वदेश ल्याइएको छ । मध्यपूर्वमा द्वन्द्वका कारण कुवेतमा रोकिएका नेपाली नागरिकहरुलाई स्वदेश फर्काउने गरिएको व्यवस्थापनमा शव पनि स्वदेश पठाइएको हो । कुवेतस्थित नेपाली राजदूतावासको समन्वयमा ३ सय १८ जना नेपाली यात्रुहरुसहितको कुवेत एयरवेजको चार्टर विमान बुधवार साँझ भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल अवतरण गरेको विमानस्थल कार्यालयका सूचना अधिकारी विनोदसिंह रावतले जानकारी दिए। सोही विमानमा विभिन्न कारणले फरक फरक समयमा मृत्यु भएका ९ जना नेपाली नागरिकको शव ल्याइएको गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा कार्यालयका प्रवक्ता एवं प्रहरी उपरीक्षक पुष्पराज मल्लले बताए । उनले ल्याइएका शव नौ…

Read More