


Get the latest creative news from FooBar about art, design and business.



गौतम बुद्धको जन्मस्थलको नामबाट नामाकरण भएको लुम्बिनी प्रदेशको समग्र गतिविधि पस्किने थलो हो, क्लिक लुम्बिनी डटकम । तपाईंहरुको कुनै सल्लाह, सुझाव र प्रतिक्रिया भए ईमेल गर्नुहोला ।
धकधई,११ फागुन । प्रतिनिधिसभा सदस्य निर्वाचनमा रुपन्देही निर्वाचन क्षेत्र नम्बर १ बाट राष्ट्रिय प्रजातन्त्र पार्टीका उम्मेदवार प्रज्जवल बोहराले सबै नागरिकका लागि सुलभ र गुणस्तरीय विशेषज्ञ सेवा सुनिश्चित गर्ने प्रतिबद्धता जनाएका छन् । गाउँ–नगरमै गुणस्तरीय विशेषज्ञ सेवा उपलब्ध गराउने, क्षेत्रभित्र पर्ने सबै पालिकालाई समेटेर एउटै समन्वित स्वास्थ्य व्यवस्थापन प्रणाली लागू गर्ने आफ्नो योजना रहेको उनले सुनाए । ‘सामान्य उपचारका लागि पनि शहर धाउनुपर्ने बाध्यता अन्त्य हुनुपर्छ’,उनले भने,‘स्वास्थ्य क्षेत्रमा हाम्रो लक्ष्य भनेको गाउँमै विशेषज्ञ सेवा, आवश्यक उपकरण र दक्ष जनशक्ति उपलब्ध गराउनु हो।’ क्षेत्रका स्वास्थ्य केन्द्रहरुलाई स्तरोन्नति गर्दै विशेषज्ञ सेवा विस्तार गरिने र क्षेत्रका लागि सबै पालिकालाई समेट्ने गरी एम्बुलेन्स र दमकलको…
हृदयराम गुप्तामर्चवार,११ फागुन । प्रतिनिधि सभा सदस्य निर्वाचनमा रुपन्देही-४ बाट राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार कन्हैया बनियाले मर्चवारको अवस्था परिवर्तनका लागि मत पनि परिवर्तन गर्नुपर्ने अवस्था रहेको बताएका छन् । मतदाता भेटघाटको क्रममा रहेको उनले अहिलेसम्म सामन्तवादी र पुँजीवादी शक्तिहरु पटक-पटक निर्वाचित हुँदै मर्चवारलाई ओझेलमा पारेर पिछडिएको पहिचान दिइएकोप्रति दुःख व्यक्त गरे । ‘पटक-पटकका आन्दोलनमा धेरै युवाहरु शहीद भए र केही परिवर्तन भए तर अब वैचारिक आन्दोलनको आवश्यकता छ’,उनले भने, ‘सडकबाट होइन परिवर्तनका लागि मतपत्रबाट आन्दोलनको आवश्यक छ ।’ देशको नीति परिवर्तन गर्न नेतृत्व परिवर्तन आवश्यक रहेको उल्लेख गर्दै पार्टीले बालेन्द्र शाहलाई प्रधानमन्त्री बनाउने भएकोले बिचौलियाको सल्लाहमा नभई आफ्ना छोराछोरी र…
भैरहवा, ११ फागुन । जनता समाजवादी पार्टीका नेपालका अध्यक्ष उपेन्द्र यादवले मधेसको मुद्दामा राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता बालेन्द्र शाह (बालेन) को कुनै स्पष्ट धारणा नरहेको आरोप लगाएका छन् । मधेसको भोट बटुल्ने रणनीति अनुसार प्रधानमन्त्री बनाउने भन्दै रास्वपाले बालेनलाई पार्टीमा भित्राएपछि भएको चुनावी चर्चाप्रति टिप्पणी गर्दै उनले सामाजिक संजालमा चर्चा भएपनि यथार्थ अवस्था त्यस्तो नदेखिएको बताए । सोमबार रुपन्देहीको मर्चवारमा चुनावी सभालाई सम्बोधन गर्न आएका यादवले पार्टीद्वारा भैरहवामा आयोजित पत्रकार सम्मेलनमा उनले प्रश्न गर्दै भने, ‘उहाँले (बालेन) मधेसी जनताको अधिकारको लडाइँ हुँदाखेरि कहाँ हुनुहुन्थ्यो ? मधेसको मुद्दामा उहाँको कुनै धारणा छैन । राष्ट्रिय राजनीतिमा कुनै धारणा सुनिदैन, वैचारिक के…
लुम्बिनी,११ फागुन । प्रतिनिधिसभा सदस्य निर्वाचनमा रुपन्देही–५ बाट राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार तौफिक अहमद खानले भ्रष्टाचार नियन्त्रण देखि सुकुम्बासी समस्या समाधान गर्नेसम्मका योजना अघि सारेका छन् । ०८७ सालसम्म रुपन्देही–५ लाई नमुना ‘सुशासन क्षेत्र’ बनाउने बताउँदै उनले सरकारी कार्यालयमा हुने ढिलासुस्ती र बिचौलिया प्रथालाई अन्त्य गरी नागरिकले घरदैलोमै सरकारको महसुस गर्ने वातावरण बनाउने योजना बनाइएको बताए। ‘अहिले पनि सरकारी कार्यालयमा सेवाप्रवाहमा ढिलासुस्ती छ । अनावश्यक रुपमा सेवाग्राहीलाई सास्ती दिने काम हुन्छ’,उनले भने, ‘सहजै हुने कामका लागि पनि बिचौलिया समात्नुपर्ने अवस्था छ । नागरिकलाई दुःख बढी छ । तर, अब त्यो मैले अन्त्य गर्छु । नागरिकले दुःख नपाउने वातावरण…
भैरहवा, ९ फागुन । गत प्रतिनिधिसभा निर्वाचनमा नागरिक उन्मुक्ति पार्टी (नाउपा) बाट रुपन्देही–१ मा उम्मेदवार बनेका धनिराम चौधरी राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) मा प्रवेश गरेका छन्। शनिवार राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनले चौधरीलाई पार्टी प्रवेश गराएका छन्। राप्रपामा प्रवेश गरेका चौधरी ०७९ को निर्वाचनमा रुपन्देही १ बाट चुनाव लडेका थिए । त्यतिबेला उनले १३ हजार ९९२ मत प्रप्त गरेका थिए । राप्रपा क्षेत्रीय अध्यक्ष सिताराम सिंहका अनुसार, चौधरीको प्रवेशले रुपन्देही क्षेत्र नं १ मा बिजय प्राप्त गर्न सहज हुने सम्भावना बढेको छ। राप्रपाबाट रुपन्देही-१ मा प्रज्जवल बोहरा उम्मेदवार छन् ।
भैरहवा, ९ फागुन । प्रहरीले भारतबाट अवैध रुपमा भन्सार छलेर भित्राइएको विभिन्न सामग्री बरामद गरेको छ । लुम्बिनी प्रदेश प्रहरी कार्यालय दाङ र इलाका प्रहरी कार्यालय सूर्यपुरा रुपन्देहीको संयुक्त टोलीले गैडहवा गाउँपालिका ६ ६ मोजरहवामा डम्प गरेर राखिएको अवस्थामा ९ लाख ४१ बढी मूल्य बराबरको २० प्रकारका विभिन्न सामग्री बरामद गरेको जिल्ला प्रहरी कार्यालय रुपन्देहीले जनाएको छ । प्रहरीका अनुसार बरामद सामग्रीमा हुक्का फ्लेवर, कपडा, जुत्ता, चप्पल लगायत रहेका छ । वेवारिसे अवस्थामा बरामद सामग्री नियन्त्रणमा लिएर आवश्यक कार्यवाही भइरहेको रुपन्देही प्रहरीले जनाएको छ ।
लुम्बिनी, ९ फागुन। प्रधानमन्त्री सुशीला कार्कीले शान्तिका अग्रदुत गौतम बुद्ध जन्मस्थल लुम्बिनीको भ्रमण गरेकी छन्। शनिबार श्रीमान् दुर्गा सुवेदीका साथ लुम्बिनी पुगेकी कार्कीले मायादेवी मन्दिर, रोयल थाइ मठ तथा बज्रयान मन्दिरको दर्शन गरेको लुम्बिनी विकास कोषले जनाएको छ । कोषका अनुसार, भ्रमणका क्रममा प्रधानमन्त्री कार्कीले भगवान बुद्धको जन्मस्थलको ऐतिहासिक तथा धार्मिक महत्त्वबारे जानकारी लिएकी थिइन्। उनलाई अशोक स्तम्भ परिसरमा बुद्ध वन्दना गराइएको थियो । ।
अमेरिका,९ फागुन । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले विश्वका सबै देशहरुबाट मुलुकमा आयात हुने सामग्रीहरुमा १० प्रतिशत भन्सार महसुल (ट्यारिफ) लगाएका छन्। जसका लागि उनले कार्यकारी आदेशमा हस्ताक्षर गरेका छन् । ट्रम्पले सामाजिक सञ्जालमा आफ्नो पोस्टमार्फत सबै देशहरुलाई ट्यारिफ लगाइएको जानकारी दिएका छन् । यो तत्काल लागू हुने उनले बताएका छन् । शुक्रबार नै ट्रम्पले राष्ट्रिय आपतकालीन अवस्थामा प्रयोग हुने कानूनअन्तर्गत लगाइएका केही ट्यारिफहरुलाई सर्वोच्च अदालतले गैरकानुनी ठहर गरेको भन्दै ती स्थानमा १० प्रतिशत विश्वव्यापी ट्यारिफ लगाउने आदेशमा हस्ताक्षर गर्ने बताएका थिए । समाचार ब्रिफिङमा बोल्दै ट्रम्पले सर्वोच्च अदालतका न्यायाधीशहरुमाथि कडा टिप्पणी गरे । उनले अदालत विदेशी हितबाट प्रभावित भएको आरोप…
चितवन,९ फागुन। नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले निर्वाचनमा हार व्यहोर्ने निष्कर्षले चुनावमा भाँड्ने प्रयासमा रहेको आरोप लगाएका छन्। भद्रपुर विमानस्थलमा पत्रकारहरुसँग कुराकानी गर्दै उनले रास्वपा आफ्नो पक्षमा नतिजा आउँछ भने चुनाव हुन दिने नभए बाँड्ने पक्षमा देखिएको आरोप लगाए। निर्वाचन बलजफती गर्ने कुरा नभएको बताउँदै अध्यक्ष ओलीले चुनाव ऐन, कानुनभित्र रहेर स्वच्छ र स्वस्थ प्रतिष्पर्धासहित शान्तिपूर्ण वातावरणमा निष्पक्ष र धाँधलीरहित हुनुपर्ने बताए। उनले मतदाताले भयरहित वातावरणमा गएर आफ्नो स्वेच्छाको मत निर्वाध दिन पाउनु पर्ने बताएका छन्। पूर्वप्रधानमन्त्री समेत रहेका ओलीले निर्वाचनको प्रक्रिया र परिणाम पारदर्शी, निष्पक्ष र शान्तिपूर्ण हुनुपर्ने बताउँदै भने, ‘तर, अहिले निर्वाचनको…
भैरहवा, ९ फागुन । प्रधानमन्त्री सुशीला कार्कीले रुपन्देहीको बुटवलमा पुगेर लुम्बिनी प्रदेशको निर्वाचन तयारीबारे छलफल गरेकी छन् । प्रधानमन्त्रीका प्रेस सल्लाहकार रामबहादुर रावलका अनुसार,शनिबार निर्वाचन आयोगका पदाधिकारी, नेपाल प्रहरी, नेपाली सेना लगायतका प्रतिनिधिमण्डलको टोलीसँग उनले निर्वाचन तयारीबारे छलफलका साथै सुरक्षा लगायतबारे ब्रिफिङ लिएकी छन् । सुरक्षा अवस्थाबारे प्रहरी र सेनाका अधिकारीहरुले प्रधानमन्त्री कार्कीलाई ब्रिफ गरेका थिए । पछिल्लो समयमा प्रधानमन्त्री कार्की विभिन्न प्रदेशहरुमा पुगेर निर्वाचनको तयारीबारे जानकारी लिइरहेकी छिन्।