


Get the latest creative news from FooBar about art, design and business.



गौतम बुद्धको जन्मस्थलको नामबाट नामाकरण भएको लुम्बिनी प्रदेशको समग्र गतिविधि पस्किने थलो हो, क्लिक लुम्बिनी डटकम । तपाईंहरुको कुनै सल्लाह, सुझाव र प्रतिक्रिया भए ईमेल गर्नुहोला ।
भैरहवा, ४ फागुन । भैरहवास्थित भैरहवा नमुना उच्च माध्यमिक विद्यालयका गरिब तथा जेहेन्दार विद्यार्थीहरुलाई झोला र जुत्ता वितरण गरिएको छ । भैरहवाको पुरानो मध्यको एक यो विद्यालय व्यवस्थापन समितिमा व्यवसायी तथा युवा समाजसेवी अमित गुप्ताको नेतृत्वमा नयाँ कार्यसमिति आएपछि विद्यालयमा परिवर्तन देखिन थालेको छ। विद्यालयका समस्याहरु समाधानका लागि यो कार्यसमिति योजना बनाएर अघि बढेको छ । अध्यक्ष गुप्ताको पहलमा स्थानीय ठाकुर बराईली, गुञ्जा बराईली दम्पत्ति र दीपेन्द्र जलान्धरले विद्यालयमा अध्यनरत विद्यार्थीलाई स्कूल झोला र जुत्ता वितरण गरेका हुन् । सोमबार विद्यालयमा आयोजित कार्यक्रममा सिद्धार्थनगर नगरपालिका-६ का बराईली दम्पत्तिले विद्यालयको कक्षा १ देखि ५ सम्मका अध्यनरत गरिब तथा जेहेन्दार विद्यार्थीहरुलाई ५०…
भैरहवा, ४ फागुन । भैरहवास्थित सिद्धार्थनगर सिटी हस्पिटल प्रालिमा मानसिक रोग र पेट तथा कलेजो रोग उपचार सेवा सुरु गरिएको छ । अस्पतालले पत्रकर सम्मेलनको आयोजना गरी अस्पतालको विभिन्न सेवासँगै सोमबारदेखि मानसिक रोग र पेट तथा कलेजो रोग उपचार सेवा सुरु गरिएको जनाएको छ । स्थानीय स्तरमै विशेषज्ञ सेवा उपलब्ध गराउने उद्देश्यले नयाँ विभाग सुरु गरिएको अस्पतालका प्रबन्ध निर्देशक अर्जुन पौडेलले बताए। ‘स्वास्थ्य क्षेत्रमा पछिल्लो समय मानसिक स्वास्थ्यसम्बन्धी समस्या बढ्दो अवस्थामा देखिएको छ’, उनले भने, ‘त्यसैलाई मध्यनजर गर्दै हामीले यो उपचार सेवा गरेका हौं । अब सामान्य समस्याका लागि पनि बाहिर जानुपर्ने बाध्यता हट्ने हाम्रो विश्वास छ।’ अस्पतालका अनुसार मानसिक…
भैरहवा,४ फागुन । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि रुपन्देही जिल्लामा १५५ जना मतदाता शिक्षा स्वयंसेवक खटाइएको छ । जिल्ला निर्वाचन कार्यालय रुपन्देहीका प्रमुख कल्पना अर्यालका अनुसार, जिल्लाको ५ वटै निर्वाचनको १५५ वटै वडामा मतदाता शिक्षाका लागि स्वयंसेवकहरु खटाइएको हो । उनीहरुले मतदातालाई मताधिकारको महत्व र मतदानको प्रक्रियाका विषयमा बताउँनेछन्। उनले मतदाता शिक्षाका लागि जिल्लाको प्रत्येक वडामा एक जना मतदाता शिक्षा स्वयंसेवक र प्रत्येक स्थानीय तहमा एक जना अनुगमनकर्ता खटाइएको बताइन् । महिला स्वास्थ्य स्वयंसेविका, विद्यालयमा कार्यरत बालशिक्षक र सामाजिक परिचालकलाई मतदाता शिक्षाका लागि खटाइएको छ। मतदाता शिक्षा कार्यक्रमले निर्वाचनमा मतदाताको सहभागिता बढाउनेदेखि बदर मतको अनुपात न्यूनीकरणमा…
भैरहवा, ४ फागुन। जनता समाजवादी पार्टी (जसपा), नेपालको जनसम्पर्क एवं क्षेत्र नम्बर १ रुपन्देहीको पार्टी तथा सम्पर्क कार्यालय स्थापना गरिएको छ । रुपन्देही क्षेत्र नम्बर १ का प्रतिनिधि सभा सदस्यका उम्मेदवार मोहम्मद असलम खानले रोहिणी गाउँपालिका–३ स्थित धकधईमा पार्टी तथा सम्पर्क कार्यालयको उद्घाटन गर्दै आफूहरुको लडाई पहिचान, अधिकारको रहेको बताए। देशमा भएको बेरोजगारी अन्त्य गर्न क्षेत्र नम्बर १ को विकासका लागि आफनो उम्मेदवारी भएकोले निर्वाचनमा जिताउन उनले आग्रह गरे। उनले अन्य पार्टीका व्यक्ति पटकपटक विजयी हुँदा पनि यस क्षेत्रको विकासका लागि कुनै काम नगरेकोले आफूले जनताको समस्या संसदसम्म पुर्याउने प्रतिबद्धता व्यक्त गरे । उनले शिक्षा, स्वास्थ्य, रोजगारी र कृषिमा ठोस…
काठमाडौं,४ फागुन । नेपालको स्थानीय बजारमा सोमबार सुनको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार, आज सुन तोलामा तीन हजार रुपैयाँले घटेर तीन लाख दुई हजार ८०० रुपैयाँमा कारोबार भइरहेको छ। आईतबार सुन प्रतितोला तीन लाख पाँच हजार ८०० रुपैयाँ किनबेच भएको थियो । त्यस्तै आज चाँदीको मूल्य पनि घटेको छ । सोमबार चाँदीको मूल्य प्रतितोला १२५ रुपैयाँ घटेर चार हजार ८६० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ।
काठमाडौं,४ फागुन । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि मतपत्र छपाइ अन्तिम चरणमा पुगेको जनक शिक्षा सामग्री केन्द्र लिमिटेडले जनाएको छ । बाँकी रहेका पाँच लाख मतपत्र पनि आज छापेर सकिने बताइएको छ । केन्द्रका कार्यकारी प्रबन्ध सञ्चालक यदुनाथ पौडेलका अनुसार, प्रत्यक्षतर्फका दुई करोड तीन लाख मतपत्र छपाइ गर्नुपर्नेमा बाँकी रहेको पाँच लाख मतपत्र आजै सकिनेछ। छपाइ सम्पन्न भएपछि भोलिसम्म सबै मतपत्र प्याकिङ गरी बाँकी जिल्लामा ढुवानी गरिनेछ। छपाइ सम्पन्न भएका १० लाख नमूना मतपत्र विभिन्न स्थानमा पुर्याइसकिएको निर्वाचन आयोगले जनाएको छ । त्यस्तै, दुई करोड आठ लाख ३० हजार समानुपातिकतर्फका मतपत्र छपाइ तथा प्याकिङ सम्पन्न गरी…
भैरहवा, ४ फागुन। आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्यको निर्वाचनका लागि रुपन्देही क्षेत्र नम्बर १ मा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) बाट उम्मेदवारी दिएका प्रज्जवल बोहराले चुनावी प्रतिबद्धता सार्वजनिक गरेका छन् । रोहिणी गाउँपालिकाको धकधईमा पत्रकार सम्मेलनको आयोजना गरी उनले ९ बुँदे चुनावी प्रतिबद्धता सार्वजनिक गरेका हुन् । जेनजी पुस्ताले भ्रष्टाचारविरुद्ध र सुशासनका पक्षमा गरेको आन्दोलनलाई आत्मसात गर्दै निर्वाचनमा युवाको आवाज संसद्सम्म पुर्याउन आफूलाई जिताउन बोहराले आग्रह गरे। यस्ता छन् प्रतिवद्धता १) सुशासन र भ्रष्टाचार नियन्त्रणका लागि सार्वजनिक सेवा प्रवाहमा डिजिटल प्रणाली पूर्णरुपले अधिकार सम्पन्न स्थानीय सरकार बनाइनेछ । ठेक्का, बजेट र योजना प्रक्रियामा पूर्ण पारदर्शिता अपनाएर हरेक वर्ष जनतासँग…
भैरहवा, ४ फागुन । रुपन्देहीमा जनता समाजवादी पार्टी (जसपा) नेपाल को प्रतिनिधिसभा सदस्य पदको प्रत्यक्षतर्फका उम्मेदवार नै नेकपा एमालेमा प्रवेश गरेका छन् । जनता समाजवादी पार्टी (जसपा) नेपालका केन्द्रीय सदस्य श्रीनिवास यादव रुपन्देही निर्वाचन क्षेत्र नं. ३ बाट उम्मेदवारी दिएर चुनावी मैदानमा होमिएका थिए । सोमबार उनले पार्टी परित्याग गरी एमालेमा प्रवेश गरेको जनाए । एमालेका केन्द्रीय सदस्य भुमिश्वर ढकालले यादवको पार्टी प्रवेशले रुपन्देही–३ मा पार्टी विजयीको सुनिश्चित भएको दावी गरे । ‘मतदाताको मनोभावनालाई समेत मध्यनजर गर्दै र अहिलेको विषम राष्ट्रिय परिस्थितिलाई ध्यानमा राख्दा मुलुकको राजनीतिक स्थायीत्व र निकासका लागि नेकपा एमालेले नै मुलुकको प्रमुख राजनीतिक शक्तिको रुपमा स्थापित हुने…
लुम्बिनी, २ फागुन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन्द्र शाह (बालेन) आज रुपन्देही आउने भएका छन् । पार्टीको घण्टी अभिवादन तथा जनसम्पर्क कार्यक्रम अन्तर्गत शाह रुपन्देही आउन लागेका हुन् । शाहले जिल्लाको निर्वाचन क्षेत्र नम्बर १ का उम्मेदवार सुनिल लम्साल, २ का सुलभ खरेल, ३ का डा.लेखजंग थापा, ४ का कन्हैया बनियाँ र ५ का तौफिक अहमद खानका साथ पार्टीका नेता-कार्यकर्ता, मतदाता र शुभेच्छुकहरुसँग पनि भेटघाटको कार्यक्रम तय गरिएको छ। रुपन्देहीमा आउन लागेका बालेनलाई मध्यान्ह १ बजे लुम्बिनीको पर्सा चोकमा स्वागत गर्ने तयारी गरिएको पार्टीले जनाएको छ। रास्वपाका अनुसार, शाहको जिल्लामा आगमन तथा भेटघाटले पार्टीलाई थप मजबुत…
भैरहवा,१ फागुन । रुपन्देहीको सीमानाकासँगै जोडिएको भारतको सोनौलीमा भारतीय सुरक्षाकर्मीहरुले लागुऔषध गाँजासहित दुई जनालाई पक्राउ गरेका छन् । विशेष सूचनाको आधारमा भारतीय प्रहरी र सशस्त्र सीमा बल (एसएसबी) को संयुक्त टोलीले ७ किलो गाँजासहित दुई जनालाई पक्राउ गरेको हो । नौतनवाका क्षेत्राधिकारी अंकुर गौतमका अनुसार, प्रारम्भिक सोधपुछका क्रममा पक्राउ परेका आरोपीहरुले नेपालको बाटो हुँदै गाँजा भारत भित्राइएको र यसलाई भारतका अन्य राज्यहरुमा आपूर्ति गर्ने योजना रहेको स्वीकार गरेकाा छन् । सुरक्षा निकायहरुले यस गिरोहको सम्बन्ध कुनै ठूलो अन्तर्राष्ट्रिय तस्करी नेटवर्कसँग छ कि छैन भन्नेबारे अनुसन्धान गरिरहेका छन् भने गिरोहको सञ्जाल पत्ता लगाउन आरोपीहरुको मोबाइल फोन र अन्य कागजातहरुको प्राविधिक जाँच…