


Get the latest creative news from FooBar about art, design and business.



गौतम बुद्धको जन्मस्थलको नामबाट नामाकरण भएको लुम्बिनी प्रदेशको समग्र गतिविधि पस्किने थलो हो, क्लिक लुम्बिनी डटकम । तपाईंहरुको कुनै सल्लाह, सुझाव र प्रतिक्रिया भए ईमेल गर्नुहोला ।
काठमाडौं,२९ माघ। आगामी प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि सहयोग स्वरुप भारतले तेस्रो चरणमा २२३ वटा सवारी साधान हस्तान्तरण गरेको छ। गृह मन्त्रालयमा आयोजित कार्यक्रममा नेपालका लागि भारतका राजदूत नवीन श्रीवास्तवले प्रतिकात्मकरुपमा ती सवारी साधन गृहमन्त्री ओमप्रकाश अर्याललाई हस्तान्तण गरे। गृह मन्त्रालयका सहसचिव एवंम प्रवक्ता आनन्द काफ्लेका अनुसार भारतले पहिलो चरणमा ६१ वटा र दोस्रो चरणमा २५४ वटा सवारी साधान सहयोग स्वरुप उपलब्ध गराएको छ। त्यस्तै नेपाली सेनाका लागि पनि ५० वटा सवारीसाधान उपलब्ध गराएको छ। नेपाल प्रहरीलाई उपलब्ध गराउने कतिपय सामग्री प्राप्त भएको छ भने कतिपय प्राप्त हुने क्रममा रहेको प्रवक्ता काफ्लेले बताए ।
भैरहवा, २९ माघ। स्थानीय तहको कार्यसम्पादन मूल्यांकनमा सिद्धार्थनगर नगरपालिकाको कार्यालय रुपन्देही जिल्लामा प्रथम भएको छ। राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगले गरेको कार्यसम्पादन मूल्यांकनको ६८ दशमलव ४६ अंकका साथ सिद्धार्थनगर नगरपालिकाको कार्यालय प्रथम भएको हो। त्यस्तै तिलोत्तमा नगरपालिका ६६ दशमलव ५४ अंकका साथ दोस्रो र कञ्चन गाउँपालिका ६४ दशमलव ५५ अंक पाएर तेस्रो बनेको छ। सूचकहरुमा १० असारभित्र बजेट सार्वजनिक गरे/नगरेको, असार मसान्तभित्र बजेट पास गरे/नगरेको, आर्थिक वर्ष २०८१/८२ मा घरजग्गा रजिस्ट्रेसन शुल्क, मनोरञ्जन कर तथा विज्ञापन करबापत उठेको रकमध्ये प्रदेश सरकारलाई दिनुपर्ने ४० प्रतिशत रकम मासिक प्रदेश सञ्चित कोषमा दाखिला गरे/नगरेको समेत मूल्यांकनको सूचक मानिएको छ । आगामी आवको…
भैरहवा, २९ माघ। नेपाली कांग्रेसका उपसभापति विश्वप्रकाश शर्माले बदलिएको कांग्रेस आगामी निर्वाचनबाट सबैभन्दा ठूलो दलको रुपमा उदाउने बताएका छन्। कांग्रेस रुपन्देहीद्वारा बिहीबार भैरहवामा आयोजित प्रतिनिधि सभा सदस्य निर्वाचन–२०८२ अन्तर्गत पार्टी सदस्य भेटघाट कार्यक्रमलाई सम्बोधन गर्दै उनले कांग्रेस फेरी ठूलो दलको रुपमा देशको नेतृत्व गर्ने गरी बहुमतको दिशातर्फ अग्रसर भइरहेको बताए । देशमा मन जलेको, मानिसको मन भाँचिएको र विश्वास टुक्रिएको उनको भनाई छ। धर्तीमा सबैभन्दा पूरानो विषय धर्ती नै भएको र नयाँ भनेको जन्ममितिले नहुने उनको भनाई छ। ‘नयाँ भनेको सोच, दृष्टिकोण र नेतृत्वको बदलावले हुन्छ। साँच्चै बदलिएको हो र नयाँ भएर आएको कांग्रेस नै हो,’उनले भने । पूर्वगृहमन्त्री तथा…
काठमाडौं,२८ माघ। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सर्लाहीस्थित सागरनाथ वन विकास परियोजनाका तत्कालीन प्रमुख र बागमती नगरपालिकाका नगर प्रमुख (मेयर) सहित १३ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ। आयोगले भ्रष्टाचार गरेको दावीसहित सागरनाथ वन विकास परियोजनाका तत्कालीन परियोजना प्रमुख विशाल घिमिरे, बागमती नगरपालिकाका नगर प्रमुख भरत कुमार थापा, उपप्रमुख लिलाकुमारी मुक्तान, तत्कालिन प्रमुख प्रशासकीय अधिकृत विमल कुमार पोखरेल, तत्कालिन लेखा अधिकृत विश्वराज पोखरेलसहित १३ जनाविरुद्ध बुधवार विशेष अदालतमा आरोपपत्र दायर गरेको हो । आयोगका अनुसार सागरनाथ वन विकास परियोजना अन्तर्गतको राष्ट्रिय वन क्षेत्रमा अवैध रुपमा उत्खनन गरी ५८ करोड रुपैयाँभन्दा बढी राजस्व चुहावट गरिएको छ। राष्ट्रिय वन क्षेत्रमा कानुनी प्रक्रिया पूरा…
भैरहवा,२८ माघ । रुपन्देही जिल्लामा उपभोक्ताको स्वास्थ्य र हितलाई मध्यनजर गर्दै बजार अनुगमन गरिएको छ। जिल्ला बजार अनुगमन समितिले रोहिणी गाउँपालिकाको धकधई र भैरहवा क्षेत्रमा अनुगमन गरेको हो। मासु पसल, सुनचाँदी पसल, किराना तथा खाद्यान्न पसल, कस्मेटिक र होटलहरुमा गरिएको अनुगमनमा अधिकांश व्यवसाय दर्ता तथा नवीकरण नगरी सञ्चालनमा रहेको, न्यूनतम व्यावसायिक मापदण्ड पालना नगरेको र म्याद गुज्रिएका सामग्रीहरु बिक्रीमा राखेका थिए। समितिले फेला पारेका म्याद नाघेका सामग्रीहरुलाई नष्ट गरेको छ भने मापदण्ड विपरीत सञ्चालित व्यवसायलाई बन्द गराएको छ। धकधई बजारमा अनुगमन टोली पुगेपश्चात केही व्यवसायीले सटर बन्द गरेका थिए। भैरहवाको हाटबजार क्षेत्रमा रहेका मासु पसलहरुमा मासुको अस्वच्छ भण्डारण र बिक्री…
सलमान खान । टिप्पणीचाहना पनि कस्तो, कस्तो ? कसको के चाहना, कसको के ? मानिसको मन न हो । तर, मन भएपनि के गर्नु पदीय मर्यादालाई बिर्सिनु त भएन नि ! जसको जे काम, कर्तव्य र अधिकार हो त्यसले त्यही गर्नुपर्छ । त्यो भन्दा ‘दायाँ–बायाँ’ गर्न खोजे भविष्यको भर हुँदैन । ढर्राको पारा छाडेर आधुनिक प्रविधिमा आउनै पर्ने अवस्था छ । त्यही पाराले चल्दै आएको छु अहिले पनि त्यही पाराले चल्ने हो भने जोसुकैका लागि त्यो भूल सावित हुनेछ । समय बदलिसक्यो। आफूलाई पनि बदल्न जरुरी छ। जनप्रतिनिधि नहुँदा पुरै हर्ताकर्ता भएर गाविस चलाएका कर्मचारीहरु पनि हाल स्थानीय तहहरुका प्रमुख…
भैरहवा,२८ माघ। प्याब्सन कपका लागि खेलाडी छनोटका विषयमा भइरहेको विरोधप्रति ध्यानाकर्षण भएको जनाउँदै रुपन्देही क्रिकेट संघले आफ्नो कुनै संलग्नता नरहेको स्पष्ट पारेको छ। खेलाडी छनोटका विषयमा विभिन्न क्षेत्र र सामाजिक संजालबाट रुपन्देही क्रिकेट संघलाई जोडेर विरोध भएपछि संघले ध्यानाकर्षण पत्र जारी गर्दै खेलाडी छनोटका विषयमा कुनै समन्वय नभएको र संघको संलग्नता नरहेको स्पष्ट पारेको हो । संघका अध्यक्ष हरिबहादुर थापाले छनोट प्रक्रियामा संघसँग कुनै किसिमको समन्वय नभएको भन्दै भ्रममा नपर्न आम क्रिकेटप्रेमी, खेलाडी, समर्थक र अभिभावकहरुमा अनुरोध गरेका छन् । काठमाडौं जिल्ला प्याब्सनले आयोजना गर्न लागेको ‘प्याब्सन कप यु–१५ राष्ट्रिय क्रिकेट प्रतियोगिता’का लागि लुम्बिनी प्रदेशस्तरीय छनोटबारे आफूहरुलाई जानकारी नदिएको संघका…
काठमाडौं,२८ माघ। आगामी फागुन २१ गते प्रतिनिधिसभा सदस्यको निर्वाचनका लागि नेपाली कांग्रेसले फागुन २ गतेभित्र प्रतिज्ञापत्र सार्वजनिक गर्ने भएको छ। कांग्रेसले यस पटकको निर्वाचनमा पार्टीको घोषणापत्रलाई प्रतिज्ञापत्रका रुपमा ल्याउने बताएको छ। बुधबार पत्रकारहरुसँगको कुराकानीमा कांग्रेस प्रवक्ता देवराज चालिसेले भने, ‘हाम्रो तयारी फागुन १ गतेका लागि छ। ढिलोमा २ गते प्रतिज्ञापत्र सार्वजनिक गछौँ ।’ निर्वाचन आयोगले फागुन ३ गतेभित्र घोषणापत्र सार्वजनिक गरिसक्न मंगलबार निर्देशन दिएको थियो।प्रतिज्ञापत्रमा सुशासन, रोजगारी, आर्थिक सुधार र सेवा प्रवाहलाई प्राथमिकता दिइने कांग्रेसले जनाएको छ।
काठमाडौं,२८ माघ। सर्वोच्च अदालतले सवारी साधनको इम्बोस्ड नम्बर प्लेटमा अंग्रेजी भाषा प्रयोग नगर्न अन्तरिम आदेश जारी गरेको छ। न्यायाधीश कुमार रेग्मी र महेश शर्मा पौडेलको संयुक्त इजलासले सवारी साधानहरुमा अंग्रेजी लिपिको इम्बोस्ड नम्बर प्लेट अनिवार्य गर्ने सरकारको निर्णय कार्यान्वयन नगर्न अन्तरिम आदेश जारी गरेको हो। तत्कालीन भौतिक पूर्वाधार तथा यातायात मन्त्री देवेन्द्र दाहालको अध्यक्षतामा बसेको विषयगत समितिले सबै सवारीसाधनमा अंग्रेजी भाषा र रोमन लिपिमा तयार पारिएका विद्युतीय संकेत संख्या (इम्बोस्ड नम्बर प्लेट) अनिवार्यरुपमा प्रयोग गर्नुपर्ने निर्णय गरेको थियो। विभागको उक्त निर्णयविरुद्ध सर्वोच्च अदालतमा रिट दायर भएको थियो। भाषा आयोगले पनि सरकारको उक्त निर्णयप्रति सरकारको ध्यानाकर्षण गराएको थियो। सर्वोच्चको अन्तरिम आदेशमा…
चितवन, २८ माघ । जबरजस्ती करणीको आरोपमा इलाका प्रहरी कार्यालय खैरहनी, चितवनका इन्स्पेक्टर प्रदीप महत पक्राउ परेका छन्। पक्राउ परेका इन्स्पेक्टरविरुद्ध एक महिलाले माघ २३ गते प्रहरी कार्यालयमा जाहेरी दिएकी थिइन् । जाहेरी पश्चात इन्स्पेक्टर महतलाई नियन्त्रणमा लिएर जबरजस्ती करणी मुद्दा आवश्यक अनुसन्धान बढाइएको बुझिएको छ । जिल्ला प्रहरी कार्यालय चितवनले यस विषयमा केही बोलेको छैनन्।