


Get the latest creative news from FooBar about art, design and business.



गौतम बुद्धको जन्मस्थलको नामबाट नामाकरण भएको लुम्बिनी प्रदेशको समग्र गतिविधि पस्किने थलो हो, क्लिक लुम्बिनी डटकम । तपाईंहरुको कुनै सल्लाह, सुझाव र प्रतिक्रिया भए ईमेल गर्नुहोला ।
धकधई, ९ फागुन । प्रतिनिधिसभा सदस्य निर्वाचनमा रुपन्देही निर्वाचन क्षेत्र नम्बर १ बाट राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का उम्मेदवार प्रज्जवल बोहराले पूर्वाधार विकास प्राथमिकतामा रहने प्रतिबद्धता व्यक्त गरेका छन्। सडक सञ्जाल विस्तारदेखि रोहिणी नदी संरक्षण, देवदह–लुम्बिनी पर्यटन जोड्ने योजनासम्मका कार्यक्रम उनले अघि सारेका छन्। क्षेत्रका सबै पालिकालाई आपसमा जोड्ने गरी स्तरीय सडक सञ्जाल निर्माण गर्ने उनले आफ्नो योजना सुनाए। ‘क्षेत्रभित्र विकासको पहिलो खुड्किलो नै सडक पूर्वाधार हो,’उनले भने, ‘सबै पालिका जोड्ने सडक सञ्जाल निर्माणलाई पहिलो प्राथमिकता दिनेछु ।’ रोहिणी नदी संरक्षणसँगै जलाशययुक्त बाँध निर्माण गरी पर्यटन प्रवर्द्धनमा जोड्ने योजना पनि उनले अघि सारेका छन। मैनीहवामा रोहिणी नदीमाथि पक्की पुल निर्माण…
भैरहवा, ९ फागुन । प्रतिनिधिसभा सदस्य निर्वाचनमा रुपन्देहीको निर्वाचन क्षेत्र नम्बर ३ बाट नेपाली कांग्रेसका उम्मेदवार सुशील गुरुङले विभिन्न वडा र भित्री बजारहरुमा नगरबस संचालनको योजना अघि सारेका छन्। विभिन्न वडा र भित्री बजारहरुसम्म संचालनका लागि पहल गर्ने सार्वजनिक बस सेवाले विशेष गरी छात्र–छात्रा, ज्येष्ठ नागरिक र दैनिक यात्रुहरुलाई ठूलो सुविधा पुग्ने उनले विश्वास व्यक्त गरे । उनले भने,‘सस्तो, सुरक्षित र भरपर्दो सार्वजनिक यातायातका लागि पहल गर्ने हाम्रो प्रतिवद्धता हो।’ नेपाली कांग्रेसका अन्य नेताहरुले पनि यस योजनालाई स्वागत गर्दै नगरबस सेवा विस्तारले नागरिकको जीवनलाई धेरै सहज बनाउनेभन्ने टिप्पणी गरेका छन्। ‘म यहीको स्थानीय हो । निर्वाचन परिणाम जस्तो आएपनि म…
भैरहवा,९ फागुन । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि रुपन्देहीको निर्वाचन क्षेत्र नम्बर ३ बाट राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का उम्मेदवार गौरव बोहराले युवालाई स्वरोजगार बनाउने वातावरण सिर्जना गर्ने प्रतिबद्धता जनाएका छन्। क्षेत्रका युवाहरुको वैदेशिक रोजगारीमा बढ्दो निर्भरता र स्थानीय स्तरमै अवसरको अभावलाई मुख्य चुनौतीका रुपमा उल्लेख गर्दै उनले उद्यमशीलतामुखी कार्यक्रम अघि सार्ने बताएका हुन्। क्षेत्रका धेरै युवा सीप र क्षमता हुँदाहुँदै पनि आवश्यक पूँजी, तालिम र बजार पहुँच नपाउँदा विदेशिन बाध्य भएकोले त्यसको अन्त्यको लागि आफुले कार्य गर्ने उनको भनाई छ । यही अवस्थालाई परिवर्तन गर्न स्वरोजगार र साना उद्यम प्रवर्द्धनमा जोड दिने बोहराले बताए। ‘रोजगारी…
महोत्तरी,८ फागुन । प्रहरीले स्रोत नखुलेको साढे ११ लाख बढी रुपैयाँसहित एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा महोत्तरी सम्सी गाउँपालिका-७ का गौतम साह रहेका छन् । जिल्ला प्रहरी कार्यालय महोत्तरी र प्रहरी चौकी इटहर्वाटकट्टीबाट खटिएको टोलीले मनराशिसवा नगरपालिका-३ सोनौल बजारबाट स्रोत नखुलेको नगद ११ लाख ५१ हजार ३ सय रुपैयाँ सहित साहलाई पक्राउ गरेको प्रहरीले जनाएको छ । पोखरभिण्डबाट सोनौल बजारतर्फ आउँदै गरेको म.प्र.०२-००९ प १५१७ नम्बरको मोटरसाइकलमा सवार उनलाई रकमसहित नियन्त्रणमा लिइएको र घटनाका सम्बन्धमा आवश्यक अनुसन्धान भइरहेको प्रहरीले बताएको छ।
काठमाडौं,८ फागुन । निर्वाचन आयोगले प्रतिनिधिसभा सदस्य निर्वाच लक्षित गर्दै टिकटक भिडियो प्रतियोगिता घोषणा गरेको छ। निर्वाचन प्रचार–प्रसार तथा मतदाता शिक्षालाई प्रभावकारी बनाउन आयोगले सिर्जनात्मक भिडियो बनाउन आह्वान गरेको हो। आयोगका अनुसार सहभागीले निर्वाचनको आवश्यकता र महत्व, मतदाता अधिकार, सही मतदान प्रक्रिया तथा आफ्नो मौलिक विचार समेटेर भिडियो तयार गर्नुपर्नेछ। तयार भिडियो आगामी फागुन २९ गतेसम्म आयोगको आधिकारिक टिकटक खाता र इमेलमार्फत पठाउन सकिनेछ। प्रतियोगितामा उत्कृष्ट हुनेलाई ५० हजार रुपैयाँ, दोस्रो र तेस्रोलाई क्रमश: ३० हजार र २० हजार रुपैयाँ पुरस्कार प्रदान गरिने जनाइएको छ। हेर्नुहोस् सूचना:
दाङ,८ फागुन। दाङमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) समर्थकले एमालेको झण्डा जलाएको घटनापछि नेकपा एमालेले कडा प्रतिक्रिया जनाएको छ। उक्त घटनालाई एमालेले ‘आस्था र भावनामाथिको प्रहार’ भन्दै आपत्ति जनाएको हो। शुक्रबारका लागि रास्वपाले घोराहीमा आयोजना गरेको चुनावी सभालाई सम्बोधन गर्न रवि लामिछाने बिहीबार सुर्खेतबाट घोराही आउने क्रममा तुलसीपुरमा स्वागतका लागि बसेका रास्वपा समर्थकले एमालेको झण्डा जलाएका थिए। घटनापछि एमाले दाङका जिल्ला अध्यक्ष शिवकुमार आचार्यले विज्ञप्ति जारी गर्दै रास्वपालाई जिम्मेवार राजनीतिक शक्तिको रुपमा प्रस्तुत हुन आग्रह गरेका छन्। विज्ञप्तिमार्फत उनले भनेका छन्,‘उग्रता र उत्तेजनाको सहारामा क्षणिक चर्चाको खोजी गर्नु राजनीतिक अपरिपक्वताको पराकाष्ठा मात्र हो।’ उनले लोकतान्त्रिक प्रतिस्पर्धा मर्यादित व्यवहार, तथ्यमा आधारित आलोचना…
लुम्बिनी,८ फागुन। प्रतिनिधिसभा निर्वाचनमा रुपन्देहीको निर्वाचन क्षेत्र नम्बर ५ बाट राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार तौफिक अहमद खानले कृषि, पर्यटन र व्यापारको सम्भावना बोकेको यस क्षेत्रलाई पाँच वर्षभित्र लुम्बिनी प्रदेशमा सुविधायुक्त र व्यवस्थित क्षेत्र बनाउने बताएका छन् । ‘समृद्ध क्षेत्र नं. ५ को बलियो आधार’ नारासहित तयार पारिएको योजनामा सडक पूर्वाधारलाई प्राथमिकता दिइएको छ। हुलाकी राजमार्गको बाँकी खण्ड तोकिएको समयभन्दा अगावै सम्पन्न गर्ने, लुम्बिनी–गैडहवा–रुद्रपुर–सैनामैना जोड्ने उत्तर–दक्षिण सडकलाई चार लेनमा विस्तार गर्ने तथा पाँच वर्षभित्र सबै मुख्य टोल–बस्तीका सडक कालोपत्रे वा आरसीसी गर्ने आफ्नो योजना उनले सुनाए । ‘जनताले वर्षौंदेखि धुलो, हिलो र खाल्डाखुल्डी सडकका कारण समस्या भोगिरहेका छन् ।…
भैरहवा, ८ फागुन। रुपन्देही निर्वाचन क्षेत्र नम्बर १ बाट राष्ट्रिय प्रजातन्त्र पार्टीका उम्मेदवार प्रज्जवल बोहराले सुशासन, पारदर्शिता र भ्रष्टाचार नियन्त्रणलाई प्राथमिकता राखिएको बताएका छन् । सार्वजनिक गरिएको प्रतिबद्धतापत्रमा उनले सार्वजनिक सेवा प्रवाहलाई डिजिटल प्रणालीमार्फत व्यवस्थित गर्ने, अधिकार सम्पन्न स्थानीय सरकारको अवधारणा कार्यान्वयनमा जोड दिने तथा ठेक्का, बजेट र योजना प्रक्रियामा पूर्ण पारदर्शिता कायम गर्ने उल्लेख गरेका छन्। ‘जनताले सरकारी कार्यालय धाउनुपर्ने अवस्था अन्त्य गर्न डिजिटल प्रणाली अनिवार्य गरिनेछ,’ उनले भने, ‘सार्वजनिक सेवा छिटो, छरितो र पारदर्शी बनाउन प्रविधिको प्रयोग बढाइनेछ।’ उनले स्थानीय तहलाई अधिकार सम्पन्न र जवाफदेही बनाउन पहल गर्ने प्रतिवद्धता पनि जनाए। ‘संविधानले दिएको अधिकार व्यवहारमा लागू हुन सकेको…
भैरहवा, ८ फागुन । आगामी प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि रुपन्देही निर्वाचन क्षेत्र नम्बर ३ बाट नेपाली कांग्रेसका उम्मेदवार सुशील गुरुङले किसानलाई आवश्यक मलखाद र उन्नत बीउबिजन समयमै उपलब्ध गराउने प्रतिबद्धता जनाएका छन्। खेतीपातीको मुख्य सिजनमै मल अभाव र गुणस्तरीय बीउ नपाउँदा किसानले वर्षेनी समस्या झेल्दै आएको उल्लेख गर्दै उनले राज्यको आपूर्ति प्रणाली प्रभावकारी बनाउने बताए। ‘किसानले लाइन बस्ने, कालोबजारीको मार खेप्ने अवस्था अन्त्य हुनुपर्छ,’ उनले भने, ‘आवश्यक मलखाद र उन्नत बीउ समयमै र सहुलियत दरमा उपलब्ध गराउन पहल गर्नेछु।’ उनका अनुसार कृषि सामग्रीको आपूर्ति प्रणाली पारदर्शी र व्यवस्थित बनाउँदै स्थानीय तह र सहकारीमार्फत वितरण संयन्त्र बलियो पारिनेछ। ‘रुपन्देही कृषि सम्भावनाले…
भैरहवा,८ फागुन । प्रतिनिधिसभा निर्वाचनका लागि रुपन्देही निर्वाचन क्षेत्र नम्बर ३ बाट राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का उम्मेदवार गौरव बोहराले भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थललाई पूर्ण क्षमतामा सञ्चालनमा ल्याउन पहल गर्ने प्रतिबद्धता जनाएका छन्। उनले विमानस्थलको दोस्रो टर्मिनल भवन निर्माण कार्य समयमै सम्पन्न गराउन सम्बन्धित निकायमाथि आवश्यक दवाव सिर्जना गर्ने बताए। ‘भैरहवाको समृद्धि र लुम्बिनी क्षेत्रको पर्यटन विकासका लागि विमानस्थललाई पूर्ण रुपमा सञ्चालनमा ल्याउनै पर्छ,’ उनले भने, ‘अन्तर्राष्ट्रिय उडान नियमित र प्रभावकारी बनाउन म पहल र समन्वय दुवै गर्नेछु।’ उनका अनुसार विमानस्थल सञ्चालन सुस्त हुँदा पर्यटन, व्यापार तथा रोजगारीमा अपेक्षित लाभ लिन सकिएको छैन। ‘राज्यले अर्बौं लगानी गरेको संरचना खालीजस्तै अवस्थामा…