Author: क्लिक लुम्बिनी

गौतम बुद्धको जन्मस्थलको नामबाट नामाकरण भएको लुम्बिनी प्रदेशको समग्र गतिविधि पस्किने थलो हो, क्लिक लुम्बिनी डटकम । तपाईंहरुको कुनै सल्लाह, सुझाव र प्रतिक्रिया भए ईमेल गर्नुहोला ।

काठमाडौं,२२ चैत। सरकारले शनिवार र आइतबार सार्वजनिक विदा दिने निर्णय गरेको छ। सरकारका प्रवक्ता सस्मित पोखरेलका अनुसार, आईतबार बसेको मन्त्रीपरिषद्को बैठकले भोलीदेखि लागू हुने गरी सरकारी कार्यालय र शैक्षिक संस्थाहरुमा साताको दुई दिन शनिबार र आइतबार बिदा दिने निर्णय गरेको हो । पेट्रालियम आपूर्तीमा उत्पन्न असहजताका कारण उक्त निर्णय भएको उनले बताए । साथै, बैठकले कार्यालय समयमा पनि परिमार्जन गरेको छ। अब सरकारी कार्यालयहरु बिहान ९ बजेदेखि साँझ ५ बजेसम्म सञ्चालन हुनेछन्। तर शैक्षिक संस्थाहरूको हकमा भने यो समय लागू नहुने बताइएको छ ।

Read More

काठमाडौं,२२ चैत। सरकारको निर्णयसँगै सात हजारभन्दा बढी अनलाइन सट्टेबाजी (बेटिङ) एप तथा वेबसाइटहरु बन्द गरिएका छन्। नेपाल दूरसञ्चार प्राधिकरणले इन्टरनेट सेवा प्रदायकसँगको समन्वयमा सात हजारभन्दा बढी वेबसाइट र एप बन्द गरेको हो। सरकारले शासकीय सुधारसम्बन्धी सट्टेबाजीसम्बन्धी एप तथा वेबसाइट २४ घण्टाभित्र बन्द गर्न निर्देशन दिएको थियो । जसअनुसार, प्राधिकरणले इन्टरनेट सेवा प्रदायकसँग समन्वय गरी विद्युतीय माध्यममार्फत सञ्चालन भइरहेका सट्टेबाजीसम्बन्धी सबै पहिचान भएका एप तथा वेबसाइट तत्काल बन्द गरेको नेपाल दूरसञ्चार प्राधिकरणका उपनिर्देशक सूर्यप्रसाद लामिछानेले बताए। मुलुकी अपराध संहिता, २०७४ को दफा १२५ को उपदफा (४) अनुसार कसैले सट्टेबाजी गर्न वा गराउन पाइँदैन । त्यसको उल्लङ्घन गरेमा त्यसमा प्रयोग भएको रकम…

Read More

काठमाडौं,२२ चैत। व्यावसायिक घराना शंकर ग्रुपका सञ्चालक सुलभ अग्रवाललाई पनि पक्राउ गरिएको छ । सम्पत्ति शुद्धीकरणसम्बन्धी कसुरमा बयानका लागि उनलाई नियन्त्रणमा लिइएको सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागका महानिर्देशक गजेन्द्र ठाकुरले बताए । शंकर ग्रुप अन्तर्गत जगदम्बा होल्डिङ्सका अध्यक्षसमेत रहेका अग्रवाललाई ०७६ सालमा ज्वरो नाप्ने थर्मल गन महँगो मूल्यमा बेच्न खोजेको आरोपमा पक्राउ गरिएपनि विभागले तारेखमा छाडेको थियो। उनको साथबाट ६७ थान थर्मल गन बरामद भएको थियो। शुक्रवार शंकर ग्रुपका अध्यक्ष शंकरलाल अग्रवाल पनि पक्राउ परेका थिए ।

Read More

दाङ,२२ चैत। लुम्बिनी प्रदेश सभाको सातौँ अधिवेशनअन्तर्गत पाँचौँ बैठक आज दिउँसो १ बजे बस्दैछ । प्रदेश सभा सचिवालयले सार्वजनिक गरेको सम्भावित कार्यसूचीअनुसार उद्योग, पर्यटन तथा यातायातमन्त्री प्रचण्डविक्रम न्यौपानेले ‘लुम्बिनी प्रज्ञा प्रतिष्ठान स्थापना तथा सञ्चालनसम्बन्धी विधेयक’ सभामा प्रस्तुत गर्नेछन्। यसैगरी मुख्यमन्त्री चेतनारायण आचार्यले ‘जिल्ला सभा तथा जिल्ला समन्वय समिति सञ्चालनसम्बन्धी ऐन, २०७५’ संशोधनका लागि प्रस्ताव राख्दै उक्त विधेयकलाई दफावार छलफलका लागि सम्बन्धित समितिमा पठाइयोस् भनी प्रस्ताव पेस गर्ने कार्यक्रम रहेको प्रदेश सभा सचिव दुर्लभकुमार पुनमगरले जानकारी दिए। प्रदेश सभाको आजको बैठकको प्रारम्भमा प्रदेश सभा सदस्यहरूले समसामयिक विषयमा विशेष समयमा आफ्नो धारणा राख्नेछन् । बैठक सुरु हुनु अघि प्रदेश सभा सदस्यहरुले समसामयिक…

Read More

काठमाडौं,२२ चैत। नेपाल प्रहरीले गुण्डागर्दी, बिचौलियागिरी र अभद्र व्यवहारजस्ता गैरकानुनी गतिविधिविरुद्ध सञ्चालन गरेको विशेष अभियानका क्रममा चार दिनमा लुम्बिनी प्रदेशबाट चारजनासहित २ सय २६ जना लाई पक्राउ गरेको छ । नेपाल प्रहरीका प्रवक्ता प्रहरी नायब महानिरीक्षक अविनारायण काफ्लेका अनुसार, चैत १८ देखि २१ गतेसम्म चलाइएको उक्त अभियानमा पक्राउ परेकामाथि कानुनी प्रक्रिया अघि बढाइएको छ। चैत १८ गते काठमाडौँ उपत्यकाबाट ५१ जना र कोशी प्रदेशबाट १८ जना पक्राउ परेका थिए। चैत १९ गते कोशीबाट १, मधेसबाट ७, बागमतीबाट २३, गण्डकीबाट २ र कर्णालीबाट ११ जना नियन्त्रणमा लिइएका थिए। त्यसैगरी चैत २० गते मधेसबाट ८, गण्डकीबाट १०, लुम्बिनीबाट ४ र सुदूरपश्चिमबाट २…

Read More

काठमाडौं,२२ चैत। प्रतिनिधिसभाको सभामुखमा डोलप्रसाद (डीपी) अर्याल निर्विरोध निर्वाचत भएका छन्। आइतबार बसेको प्रतिनिधिसभाको बैठकले सभामुखमा अर्याल निर्वाचित भएको घोषणा गरेको हो। सभाका ज्येष्ठ सदस्य अर्जुननरसिंह केसीले अर्याल निर्विरोध निर्वाचित भएको घोषणा गरेका हुन्। गत शुक्रबार सभामुख पदमा अर्यालको मात्रै उम्मेदवारी परेको थियो। बैठकामा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले प्रतिनिधिसभाको सभामुखमा अर्याललाई सभामुखमा प्रस्ताव गरेका थिए।

Read More

भैरहवा, २१ चैत। प्रहरीले नापी कार्यालय भैरहवाबाट बिचौलिया कार्य गरिरहेको आरोपमा दुईजनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा रुपन्देहीको ओमसतिया गाउँपालिका–३ का ३२ वर्षीय शिव नारायण कुर्मी र रोहिणी गाउँपालिका–३ का ३० वर्षीय सुरेन्द्र मल्लाहलाई रहेको प्रहरीले जनाएको छ । कार्यालयमा आउने सेवाग्राहीहरुसँग बढी शुल्क लिएर छिटो काम गराइदिने भन्दै बिचौलिया कार्य गरिरहेका आरोपमा उनलाई शुक्रबार पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका सूचना अधिकारी एवं डीएसपी कृष्ण कुमार चन्दले जनाए । यसअघि प्रहरीले बिहीबार बुटवलस्थित यातायात व्यवस्था कार्यालयबाट दुईजना बिचौलियालाई पक्राउ गरेको थियो ।

Read More

काठमाडौं,२१ चैत। प्रहरीले काठमाण्डौंको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट १९ जनालाई पक्राउ गरेको छ । जिल्ला प्रहरी परिसर काठमाडौंका एसएसपी रमेश थापाका अनुसार, विमानस्थलमा यात्रु तानातान गरेको आरोपमा शुक्रवार राति १९ जनालाई पक्राउ गरिएको हो। पक्राउ पर्नेमा ट्याक्सी चालक र होटलका प्रतिनिधि रहेको प्रहरीले जनाएको छ। यस्तै गुण्डागर्दीमा संलग्नहरुलाई पनि प्रहरीले पक्राउ गरेको छ । यी हुन् पक्राउ परेकाहरु:१) सर्लाही घर भई काठमाडौं सिनामगल बस्ने वर्ष १८ को सूर्य माझी२) बाँके घर भईका एयर्पोट बस्ने २२ को एकेश तामाङ३) पाँचथर घर भई एयर्पोट बस्ने वर्ष २६ को प्रेमकुमार मगर४) सिन्धुली घर भई नयाँबस्ती बस्ने बर्ष ३२ को राजकुमार राई५) मकवानपुर घर भई…

Read More

काठमाडौं,२० चैत। अख्तियार दुरुपयोग अनुसन्धान आयोग क्षेत्रीय कार्यालय बर्दिबासले घुससहित सशस्त्र प्रहरीका एक जना इन्सपेक्टरलाई पक्राउ गरेको छ । धनुषाको लालगढबाट इन्सपेक्टर ओकिल अधिकारी ४० हजार घुस रकमसहित लाई पक्राउ गरिएको अख्तियारको क्षेत्रीय कार्यालय बर्दिबासका सूचना अधिकारी उपसचिव प्रकाश पोखरेलले जानकारी दिए । कमला–ढल्केवर–बाग्मती सडक निर्माण खण्डअन्तर्गत माटो तथा ग्राभेल फिलिङ कार्यमा प्रयोग हुने सवारी साधनहरु रोक्ने, अनावश्यक अवरोध सिर्जना गर्ने र घुस माग्ने गरेको उजुरीको आधारमा उनलाई पक्राउ गरिएको अख्तियारले जनाएको छ ।

Read More

काठमाडौं,२० चैत। नेपाल प्रहरीमा प्राविधिक प्रहरी समूह अन्तर्गत विभिन्न उपसमूहतर्फ ठूलो संख्यामा नयाँ भर्ना आह्वान गरेको छ। प्रहरी प्रधान कार्यालय, मानवस्रोत विकास विभागले शुक्रवार सार्वजनिक सूचना जारी गर्दै रिक्त पदहरुमा पदपूर्तिका लागि दरखास्त आह्वान गरेको हो । प्रहरीले प्राविधिकतर्फ विभिन्न पदमा ४०० भन्दा बढी संख्यामा भर्ना खोलेको छ। प्रहरी नायव उपरीक्षक, प्रहरी निरीक्षक, प्रहरी नायव निरीक्षक, प्रहरी सहायक निरीक्षक र प्रहरी जवान पदहरुमा भर्ना खुलेको हो । इन्जिनियरिङतर्फ कम्प्युटर, सञ्चार, सिभिल, इलेक्ट्रिकल, बिल्डिङ एण्ड आर्किटेक, अटोमोबाइल क्षेत्रमा भर्ना खुलेको छ । यसैगरी, विधि विज्ञानतर्फ बायोलोजी र रसायन तथा स्वास्थ्यतर्फ मेडिकल अफिसर, डेन्टल अधिकृत, डाइटेटिक्स, फिजियोथेरापी टेक्नोलोजिस्ट, स्टाफ नर्स, फार्मेसी असिस्टेन्ट,…

Read More