Author: क्लिक लुम्बिनी

गौतम बुद्धको जन्मस्थलको नामबाट नामाकरण भएको लुम्बिनी प्रदेशको समग्र गतिविधि पस्किने थलो हो, क्लिक लुम्बिनी डटकम । तपाईंहरुको कुनै सल्लाह, सुझाव र प्रतिक्रिया भए ईमेल गर्नुहोला ।

काठमाडौं,१९ असोज। प्रहरीले नक्कली भुटानी शरणार्थी प्रकरणमा फरार रहेका एक प्रतिवादीलाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा दाङको तुलसीपुर–१६ का सन्देश शर्मा रहेको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार काठमाडौं उपत्यका अपराध अनसन्धान कार्यालयको टोलीले उनलाई आइतबार ललितपुरको बख्खुडोलबाट पक्राउ गरेको हो ।

Read More

काठमाडौं,१९ असोेज। वर्षा गराउने न्यूनचापीय मौसम प्रणाली नेपालबाट बहिरिएको छ। जल तथा मौसम विज्ञान विभागले आइतबार सूचना जारी गरेर मनसुन कमजोर भई मौसममा सुधार आइसकेको जनाएको छ। तर, मनसुन नेपालबाट बाहिरिनसकेकाले अझै पनि वर्षा हुने सम्भावना रहन्छ। बंगालको खाडीबाट विकसित भएको न्यून चापीय प्रणालीको कारणले २०८२ असोज १७ गते साँझबाट १९ गते बिहानसम्म मनसुन सक्रिय भई मधेस र बागमती प्रदेशका अधिकांश वर्षामापन केन्द्रहरुमा भारीदेखि अति भारी वर्षा तथा कोसी प्रदेशका अधिकांश वर्षामापन केन्द्रहरुमा मध्यमदेखि अति भारी वर्षा मापन भएको छ। अविरल वर्षाका कारण बागमती, त्रिशूली, पूर्वी राप्ती, लालबकैया, कमला लगायतका नदीहरुमा जलसतहले सतर्कता तह पार गरेको र हाल घट्दो क्रममा…

Read More

काठमाडौं,१९ असोज। निरन्तर वर्षाका कारण पहिरो र बाढीमा परेर मृत्यु हुनेको संख्या ४९ पुगेको छ । सशस्त्र प्रहरी बल, नेपालका सह-प्रवक्ता डीएसपी शैलेन्द्र थापाका अनुसार अनुसार दिउँसो १ बजेसम्ममा देशका विभिन्न जिल्लामा पहिरो र बाढीमा परेर ४९ जनाको मृत्यु भएको हो। ४९ जनामध्ये इलाममा ३७ जना, पाँचथरमा ६ जना, रौतहटमा तीन, उदयपुरमा दुई, खोटाङमा एक जनाको मृत्यु भएको छ । प्रहरीका अनुसार, रसुवा ४ जना, इलाम, बारा र काठमाडौंमा एक/एक जना बेपत्ता छन् ।

Read More

सप्तरी,१८ असोज। सप्तरी जिल्लामा छुट्टाछुट्टै स्थानमा भएको सवारी दुर्घटनामा तीन जनाको मृत्यु भएको छ। जिल्लाको हुलाकी सडक खण्डअन्तर्गत जिल्लाको खड्क नगरपालिका–११ बनौलीमा दुई मोटरसाइकल एकापसमा ठोक्किएर दुर्घटना हुँदा दुवै मोटरसाइकलका चालकको मृत्यु भएको छ। बोदेबर्साइनबाट राजविराजतर्फ आउँदै गरेको मधेस प्रदेश ०१–००५ प ६८३२ नम्बरको मोटरसाइकल र विपरीत दिशातर्फ जाँदै गरेको मधेस प्रदेश २–०१–००३ प ६९३२ नम्बरको मोटरसाइकल एकापसमा ठोकिएर दुर्घटना भएको हो । यस्तै जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक डम्बरबहादुर पुरीका अनुसार दुर्घटनामा मधेस प्रदेश २–०१–००३ प ६९३२ नम्बरको मोटरसाइकलका चालक खड्क नगरपालिका–१० बेल्हाका २८ वर्षीय चिन्तामणि चौधरी र मधेस प्रदेश ०१–००५ प ६८३२ नम्बरको मोटरसाइकलका चालक सुरुङगा नगरपालिका–७…

Read More

काठमाडौं,१८ असोज। जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले भारी देखि अतिभारी वर्षाको सम्भावना रहेकोले असोज २० गतेसम्म उच्च सर्तकता अपनाउनका लागि अनुरोध छ। महाशाखाका अनुसार अविरल वर्षाका कारण देशका ४० जिल्ला ‘रेड अलर्ट’ को सूचीमा राखिएको छ। बंगालको खाडीमा विकसित भएको न्यून चापीय मौसमी प्रणालीको नेपालमा पनि असर परिरहेको छ। वर्षाको दर विस्तारै बढ्दै गएको र राति अझै बढ्न सक्ने भएकोले आज बेलुका र भोलिसम्मका लागि विशेष सतर्कता जरुरी रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ । डुबान भइरहने र बाढी आउने क्षेत्रमा विशेष गरी नदी किनारमा यात्रा नगर्न मौसमविदले सुझाव दिएका छन् । विभागका अनुसार सुनसरी,…

Read More

डोटी,१८ असोज। डोटीमा प्रहरी जवान मृत फेला परेका छन्। शुक्रवार मध्यरात जिल्लाको शिखर नगरपालिका–८ तिलतालीका नेपाल प्रहरीको जवान पदमा कार्यरत शंकर बलायर मृत फेला परेका हुन्। केआई सिंह राजमार्गअन्तर्गत गोपघाट स्थित सडकमा उनी मृत अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय डोटीले जनाएको छ । प्रहरीका अनुसार मृतक जवानको टाउकोमा गम्भीर चोट लागेको छ। घटनाबारे अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय डोटीले जानकारी दिएको छ। बलायर नेपाल प्रहरीको राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय पथलैया बारामा दरबन्दी भई हाल जिल्ला ट्राफिक प्रहरी कार्यालय रौतहटमा कार्यरत थिए। उनी असोज ७ गतेदेखि लागू हुने गरी १८ दिनको बिदामा आएका थिए। घटनाको सत्यतथ्य छानबिन हुनपर्ने…

Read More

काठमाडौं,१८ असोज। सडक विभागले असोज १७ देखि २० गतेसम्म देशभर मनसुन सक्रिय रहने र भारी वर्षाका कारण सडक अवरुद्ध हुन सक्ने सम्भावना रहेको भन्दै सर्वसाधारणलाई सचेत रहन अनुरोध गरेको छ। जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार शनिबार र आइतबार देशका अधिकांश स्थानमा भारी वर्षा हुने सम्भावना रहेको छ। यस क्रममा पहिरो र बाढीको जोखिम उच्च हुने भएकाले सावधानी अपनाउन आग्रह गरिएको छ। सडक विभागले विशेष गरी मुग्लिङ–नारायणगढ सडक, मुग्लिङ–गोरखा सडक, बिपी राजमार्ग, अरनिको राजमार्ग, त्रिभुवन राजपथ, गल्छी–स्याङ्जा सडक अवरुद्ध हुन सक्ने भन्दै यी स्थानहरुमा रातिको समयमा (बेलुकी ८ देखि बिहान ५ बजेसम्म) यात्रा नगर्न उपयुक्त हुने विभागले…

Read More

कपिलवस्तु,१८ असोज। कपिलवस्तुको शिवराज नगरपालिका-१ वनकसवासामा बस दुर्घटना हुँदा १ जनाको मृत्यु भएको छ। धनगढीबाट काठमाडौं जाँदै गरेको ना८ख ५७०३ नम्बरको बस शनिवार बिहान दुर्घटना भएको जिल्ला टफिक प्रहरी कार्यालय कपिलवस्तुले जनाएको छ। प्रहरी नायब उपरीक्षक रिपेन्द्र सिंहका अनुसार बसमा सवार एक जना महिलाको मृत्यु भएको र ३६ जना घाइते भएका छन्। मृतकको पहिचान खुलेको छैन । घाइतेहरु मध्ये ४ जनाको अवस्था गम्भीर रहेको ट्राफिक प्रहरीले जनाएको छ। गम्भीर घाइते र मध्यम घाइते रहेका १५ जनालाई चन्द्रौटास्थित स्वास्थ्य संस्थामा प्राथमिक उपचार गरी थप उपचारका लागि बुटवल पठाइएको प्रहरीले जनाएको छ। दुर्घटना स्थल राजमार्ग सामान्य मोड रहेको छ। बिहानको समय भएका…

Read More

काठमाडौं,१८ असोज । सरकारले उपत्यका भित्रिने र बाहिरिने सवारीसाधन आजबाट ३ दिनका लागि बन्द गरेको छ। देशका अधिकांश स्थानमा वर्षा हुन थालेको र भारी वर्षा हुने सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागको पूर्वानुमानपछि ३ दिन यातायात बन्द गर्ने निर्णय भएको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले जनाएको छ। कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका सबै जिल्लाबाट चल्ने लामो दूरीका र काठमाडौँ उपत्यका भित्रिने र बाहिरिने सवारी साधन असोज १८, १९ र २० गतेका लागि आवातजावत बन्द गरिएको प्राधिकरणले जनाएको छ।

Read More

उदयपुर,१२ असोज । प्रहरीले लागुऔषध गाँजासहित दुई जना महिलाहरुलाई पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा सिरहा लहान नगरपालिका–१७ की ४० वर्षीया अस्मिता राम र ४५ वर्षीय लीलादेवी राम रहेको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालय उदयपुरका सूचना अधिकारी केदारमान दोङका अनुसार प्रहरी चौकी नेपालटारका टोलीले उदयपुरगढी गाउँपालिका–७ स्थित कमानबाट १२ केजी गाँजासहित उनीहरुलाई पक्राउ गरेको हो । उनले उदयपुरगढीको पहाडी क्षेत्रबाट गाँजा खरिद गरेर सिरहा लहान हुँदै भारततर्फ पैठारी गर्ने लक्षका साथ गाँजा खरिद गरेर फर्कने क्रममा पक्राउ गरिएको बताए । दुवै जना महिलाहरुलाई हिरासतमा राखेर घटनाका सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

Read More