


Get the latest creative news from FooBar about art, design and business.



गौतम बुद्धको जन्मस्थलको नामबाट नामाकरण भएको लुम्बिनी प्रदेशको समग्र गतिविधि पस्किने थलो हो, क्लिक लुम्बिनी डटकम । तपाईंहरुको कुनै सल्लाह, सुझाव र प्रतिक्रिया भए ईमेल गर्नुहोला ।
काठमाडौं,१६ भदौ। नेपाल राष्ट्र बैंकले दसैं पर्वका लागि अगामी भदौ २९ गतेखदेखि सुकिला नोट उपलब्ध गराउने भएको छ। दसैंका लागि नयाँ नोट उपलब्ध गराउँदै आएको नेपाल राष्ट्र बैंकले पछिल्लो समय सुकिला नोट मात्र उपलब्ध गराउन थालेको छ। दसैँतिहारलक्षित नयाँ नोट सटही सुविधा प्रदान गर्दै आएको राष्ट्र बैंकले खर्चको व्यवस्थापन गर्न नयाँ नोटलाई बन्द गरेको जनाएको छ। दसैँमा साना तथा ठूला दरका नोट आवश्यक हुनेलाई बजारमा पठाएर फिर्ता आएका सुकिला नोट बैंकमार्फत सटही व्यवस्था मिलाइने हो। सुकिला नोट सटही सम्बन्धी सूचना जारी गर्दै मुद्रा व्यवस्थापन विभागले भदौ २९ गतेबाट बैंकमार्फत सुकिला नोट वितरण गर्ने जानकारी गराएको हो। सूचनामा भनिएको छ, ‘वि.सं.…
भैरहवा,१५ भदौ।रुपन्देही-३ मा हुन लागेको उपनिर्वाचनका लागि राष्ट्रिय स्वतन्त्र पार्टीबाट डा.लेखजंग थापा उम्मेदवार हुने भएका छन्। आगामी कात्तिक १७ गते रुपन्देही-३ मा उपनिर्वाच हुँदैछ । पार्टीको प्राइमरी इलेक्सनमा निर्वाचित भएका उनी उपनिर्वाचनमा रास्वपाबाट उम्मेदवार बन्ने भएका हुन् । उपनिर्वाचनका लागि थापासहित सुलभ खरेल, पार्थिवेन्द्र उपाध्याय, ज्ञानु पौड्याल, जीतबहादुर गुप्ता, कुसुम महर्जन, रचना क्षेत्री, पुनमकुमारी अग्रवाल, मधुप्रसाद अर्याल उम्मेदवारको आकंक्षी थिए । उनीहरुमध्ये थापाले रास्वपाको प्राइमरी इलेक्सनबाट आइतबार निर्वाचित भएका हुन् । पार्टी सचिवालय बैठकले ९ जना आकांक्षीमध्ये थापालाई उम्मेदवार घोषणा गरेको हो । उम्मेदवार थापा वरिष्ठ न्युरोलोजिस्ट हुन् भने एमबीबीएस, इन्टरनल मेडिसिनमा एमडी तथा न्युरोलोजीमा एमडी गरेका छन् । हाल उनी नेसनल…
भैरहवा, १४ भदौ। रुपन्देहीको ओमसतिया गाउँपालिका-२ पडसरीमा खुल्ला रक्तदान कार्यक्रम सम्पन्न भएको छ। संस्थाको स्थापना दिवसको अवसरमा शनिवार सचेतन आमा समूहको आयोजना र नेपाल रेडक्रस सोसाइटी रुपन्देहीको प्राविधिक सहयोगमा रक्तदान कार्यक्रम सम्पन्न भएको हो । पडसरीको रामजानकी मन्दिरको हलमा भएको कार्यक्रममा ३१ पिन्ट रगत संकलन भएको कार्यक्रम संयोजक एवं समूहको उपाध्यक्ष सम्झना पाण्डेले बताईन्। ०५८ सालमा स्थापित भएको संस्थाले विगतदेखि नै सामाजिक उत्तरदायित्व अन्तर्गतका कार्यहरु गर्दै आएको छ। आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै नेपाल रेडक्रस सोसाइटी रुपन्देहीको अध्यक्ष रामचन्द्र उपाध्यायले आमा समूहले समाजमा निकै उदाहरणीय कार्यहरु गर्दै आएको निरन्तर अघि बढ्न आग्रह गरे । उनले समूहले समाजसँगै मानवसेवा आश्रममा पनि सहयोग…
भैरहवा, १४ भदौ।रुपन्देहीको लुम्बिनी सांस्कृतिक नगरपालिकाका प्रमुख सजरुद्दीन मुसलमानको निधन भएको छ। नगरपालिकाका वडा नं. २ का वडाअध्यक्ष ईनामुल्लाह फकिरका अनुसार शनिवार बिहान स्वास्थ्यमा समस्या भएपछि उपचारका लागि भैरहवा लैजाने क्रममा निधन भएको हो। धार्मिक परम्परा अनुसार शवको अन्त्येष्टि लुम्बिनीमा गरिने बताईएको छ। उनी नेपाली कांग्रेसबाट नगर प्रमुखमा निर्वाचित भएका थिए।
भैरहवा, १३ भदौ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नापी कार्यालय भैरहवाका प्रमुख एवं नापी अधिकृत सुग्रिव यादवविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ । आयोगले यादवसहित उनको श्रीमती गायत्री यादब, छोराहरु सुधान्सु यादब र शुभम यादबलाई प्रतिवादी बनाउँदै शुक्रवार विशेष अदालतमा भ्रष्टाचार मुद्दा (आरोप पत्र) दायर गरेको हो । आयोगका अनुसार सार्वजनिक पद धारण गरेको मिति २०५३/०३ /१३ गतेदेखि २०८१/०३/१६ गतेसम्मको जाँच अवधिमा ९ करोड ३ लाख ९५ हजार ४४४ रुपैयाँ आर्जन गरेको देखिएको तर सोही अवधिमा यादवले १४ करोड ८३ लाख ५७ हजार ८८४ रुपैयाँ बराबरको सम्पत्ति खर्च तथा लगानी गरेको खुल्न आएको छ। प्रमुख यादवले ५ करोड ७९ लाख…
काठमाडौं,१३ भदौ । नेपालको गुप्तचर निकाय राष्ट्रिय अनुसन्धान विभागका प्रमुख हुतराज थापा सेवा अवधिको कारण अनिवार्य अवकाशमा जाँदैछन् । ०७९ भदौ २८ मा विभागको प्रमुख (मुख्य अनुसन्धान निर्देशक)मा नियुक्त भएका थापा तीन वर्षको सेवा अवधिको कारण अगामी भदौ २८ गतेदेखि उनी अनिवार्य अवकाशमा जाने भएका हुन् । विभागको नियमावलीमा विभागको प्रमुख मुख्य अनुसन्धान निर्देशकको पदावधि ३ वर्ष कायम छ। उनी ०५३ सालमा अनुसन्धान अधिकृतबाट सेवामा प्रवेश गरेका थिए। उनको अवकाशसँगै उनकै ‘ब्याचमेट’ मध्येले गुप्तचरको बागडोर सम्हाल्ने देखिएको छ । थापासँगै सेवाप्रवेश गरेका ‘ब्याचमेट’ टेकेन्द्र कार्की र ओम प्रकाश जोशी प्रमुखका लागि लबिंगमा छन् । हाल कार्की प्रदेश समन्वय विभाग, इन्टेलिजेन्स…
काठमाडौं,१३ भदौ। लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) ले आगामी चैत ६ र ७ गते पहिलो महाधिवेशन गर्ने निर्णय गरेको छ । पार्टी अध्यक्ष महन्थ ठाकुर र शीर्ष नेतासहितको भदौ ८ र ९ गते बसेको बिस्तारित बैठकले अगामी चैतमा महाधिवेशन गर्ने निर्णय गरेको हो । २०७८ भदौमा गठन भएको लोसपाले यस वर्षभित्र महाधिवेशन गर्नुपर्दछ । लोसपा बैठकले तराई–मधेशका जिल्लामा खडेरीले प्रभावित गरेको हुँदा किसानलाई क्षतिपूर्तिको प्याकेज घोषणा गर्न संघीय तथा प्रादेशिक सरकार माग गरेको छ। तराई–मधेशका जिल्लाहरुको पानीको सतह दिन–प्रतिदिन तल जाँदै गरेको उल्लेख गर्दै दीर्घकालीन चुरे संरक्षणलाई तीन तहकै सरकारले प्राथमिकतामा राख्न ध्यानाकर्षण गराइएको छ । तराई-मधेशका जिल्लामा लुटपाट, चोरी–डकैती र…
अछाम, १३ भदौ। महिनावारी भएको बेला त्रिपाल टाँगेर सुतेका अवस्थामा पहिरो खस्दा ढुंगा लागेर दुई जनाको मृत्यु भएको छ । अछामको पंचदेवल विनायक नगरपालिका-८ बारलामा पहिरो खस्दा ढुंगा लागेर सोही स्थानको ३५ वर्षिया निम खनाल र मंगलसेन नगरपालिका-६ की ७ वर्षिया कविता भण्डारीको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ। सँगै सुतेकी कविताकी आमा रत्ना भण्डारी घाइते हुँदा उपचारको लागि स्थानीय स्वास्थ्य चौकी बारला पठाइएको छ । दुवै जना महिनावारी भएको समयमा घरदेखि टाढा खेतबारीमा त्रिपाल टाँगेर सुतेको अवस्थामा घटना भएको वडा अध्यक्ष छत्रबहादुर शाहीले बताए। गाउँ माथिको भिरबाट ढुंगा त्रिपालमाथि खसेको शाहीले बताए। घटनाका अनुसन्धान तथा कानूनी प्रक्रियाको लागि जिल्ला…
परासी, १३ भदौ। पश्चिम नवलपरासी प्रहरीले बर्दघाटबाट १८ ओटा गोरुसहित ट्रक नियन्त्रणमा लिएको छ। गोरु राखेर पूर्वतर्फ जाँदै गरेको ना ६ ख ९१७७ नम्बरको ट्रक बर्दघाट नगरपालिका–४ को टिसिएन चोकमा नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ। प्रहरीका अनुसार १८ वटा गोरुमध्ये एउटा गोरु मृत अवस्थामा भेटिएको छ। ट्रक चालक मकवानपुर, हेटौंडा–१९ बस्तिपुरका २८ वर्षीय तोयनाथ शिवाकोटीलाई नियन्त्रणमा लिएर आवश्यक अनुसन्धान अघि बढाईएको जिल्ला प्रहरी कार्यालय पश्चिम नवलपरासीले जनाएको छ। बरामद गोरुलाई सुनवल नगरपालिका–३ कीर्तिपुरस्थित कामधेनु गौशालामा बुझाइएको छ।
काठमाडौं, १३ भदौ । नेपाल प्रहरीको ३२ औं प्रहरी महानिरीक्षक (आईजीपी) मा एआईजी चन्द्रकुवेर खापुङलाई नियुक्त गरिएको छ । शुक्रवार बसेको मन्त्रिपरिषद्ले बैठकले १९ गतेदेखि लागू हुने गरी खापुङलाई महानिरीक्षक नियुक्त गर्ने निर्णय गरेको हो । हालका आईजीपी दीपक थापा भदौ १८ गते राति १२ बजेदेखि अनिवार्य अवकाशमा जाँदैछन्। महानिरीक्षक हुने खापुङ हाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) मा प्रमुख छन्।