Author: क्लिक लुम्बिनी

गौतम बुद्धको जन्मस्थलको नामबाट नामाकरण भएको लुम्बिनी प्रदेशको समग्र गतिविधि पस्किने थलो हो, क्लिक लुम्बिनी डटकम । तपाईंहरुको कुनै सल्लाह, सुझाव र प्रतिक्रिया भए ईमेल गर्नुहोला ।

काठमाडौं,२४ जेठ। थाइल्यान्डस्थित नेपाली राजदूतावासले भिसा अवधि समाप्त भइसकेपछि पनि कम्बोडियामा अवैध रुपमा बसिरहेका ६६ जना नेपाली नागरिकलाई तत्काल स्वदेश फर्किन निर्देशन दिएको छ। दूतावासले आइतबार जारी गरेको सूचनामा अवैध रुपमा बसेका नेपालीहरुको नाम सार्वजनिक गर्दै जुन १२ तारिखभित्र स्वदेश फर्कन निर्देशन दिएको हो। दूतावासका अनुसार विभिन्न उद्देश्यले कम्बोडिया पुगेका ६०२ जना नेपाली नागरिकको भिसा अवधि समाप्त भएपछि पनि नवीकरण नगरी बसिरहेको अवस्थामा कम्बोडिया सरकारसँग समन्वय गरी भिसा शुल्क तथा जरिवाना मिनाहा गराउँदै स्वदेश फिर्तीको सहजीकरण गरिएको थियो। तर इमेल, फोन तथा ह्वाट्सएपमार्फत सम्पर्क गर्दा पनि ६६ जना नेपाली नागरिकले नेपाल फर्किन तदारुकता नदेखाएको दूतावासले जनाएको छ। दूतावासले तोकिएको समयमै…

Read More

काठमाडौं,२४ जेठ। परराष्ट्रमन्त्री शिशिर खनालले नेपाल–भारतबीचको सीमा समस्याको समाधान कूटनीतिक माध्यम र विद्यमान द्विपक्षीय संयन्त्रमार्फत खोजिने बताएका छन्। तीनदिने भारत भ्रमणपछि स्वदेश फर्किएका मन्त्री खनालले सीमा विवाद समाधानका लागि नेपालले ऐतिहासिक तथ्य, प्रमाण र दस्तावेजका आधारमा समाधान गर्ने नेपालको स्पष्ट अडान रहेको बताए। उनले नेपाल र भारतबीच सीमा समस्यालाई वार्ता र कूटनीतिक माध्यमबाट समाधान गर्ने साझा धारणा रहेको उल्लेख गर्दै आवश्यक परे विद्यमान संयन्त्रसँगै अन्य उपयुक्त संयन्त्रलाई पनि परिचालन गर्ने विषयमा भारतसँग छलफल भएको बताए। मन्त्री खनालले नेपाल-भारतबीच हुने हरेक औपचारिक छलफलमा सीमा समस्याको विषयलाई निरन्तर उठाउने प्रतिबद्धता पनि व्यक्त गरे। प्रधानमन्त्रीको हालैको अभिव्यक्तिबारे उठेका टिप्पणीप्रति स्पष्ट पार्दै उनले नेपालले…

Read More

रसुवा,२४ जेठ। प्रहरीले हुण्डी कारोबारको आरोपमा एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा रसुवाको गोसाईकुण्ड गाउँपालिका-३ का ३५ वर्षीय मिङमार छिरिङ गुरुङ रहेका छन्। जिल्ला प्रहरी कार्यालय रसुवाका सूचना अधिकारी एवं प्रहरी निरीक्षक राजु शाहका अनुसार स्याफ्रुवेशीबाट काठमाडौं जाँदै गरेको ना १ ज ४८०७ नम्बरको गाडी चेकजाँच गर्दा गुरुङले बोकेको झोलाबाट १९ लाख ५२ हजार एक सय रुपैयाँ बरामद भएको हो । पक्राउ परेको गुरुङविरुद्ध हुण्डी सम्बन्धी कारोबार गर्न नहुने कसुरमा अदालतबाट ७ दिनको म्याद थप गरी घटनाका सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

Read More

काठमाडौं,२४ जेठ। पूँजीबजारमा लगानीकर्ताको पहिचान प्रणालीलाई थप व्यवस्थित र विश्वसनीय बनाउन साउन १ गतेदेखि नयाँ डिम्याट (हितग्राही) खाता खोल्दा राष्ट्रिय परिचय नम्बर अनिवार्य हुने भएको छ। सिडिएस एण्ड क्लियरिङ लिमिटेडका अनुसार कम्पनी सञ्चालक समितिको जेठ १३ गते बसेको निर्णयअनुसार नयाँ व्यवस्था लागू गर्न लागिएको हो। यसअन्तर्गत नयाँ डिम्याट खाता खोल्ने तथा विद्यमान खाताको केवाईसी विवरण अद्यावधिक गर्ने लगानीकर्ताले राष्ट्रिय परिचय नम्बर अनिवार्य रुपमा उपलब्ध गराउनुपर्नेछ। सिडिएसले लगानीकर्ताको एकीकृत पहिचान प्रणाली विकास गर्न, दोहोरो विवरण नियन्त्रण गर्न तथा पूँजीबजारमा पारदर्शिता र नियामकीय निगरानी सुदृढ बनाउन यो व्यवस्था लागू गरिएको जनाएको छ।

Read More

भैरहवा, २४ जेठ। रुपन्देही क्रिकेट संघको निर्वाचनमा बुटवल क्षेत्रका मतदाताहरुले अध्यक्ष पदका उम्मेदवार पूर्व अन्तर्राष्ट्रिय क्रिकेट खेलाडी शक्ति गौचनलाई समर्थन गर्ने सामूहिक निर्णय गरेका छन् । संघमा अध्यक्ष पदमा गौचन र वर्तमान अध्यक्ष हरिबहादुर थापाले उम्मेदवारीको घोषणा गरेका छन्। दुवै जना आ-आफ्नो एजेण्डासहित चुनावी मैदानमा उत्रिएका छन्। संघको अधिवेशन लक्षित शनिवार बुटवल क्रिकेट विकास समितिको कार्यवाहक अध्यक्ष रोमित बज्राचार्यको अध्यक्षतामा बसेको बैठक थियो। समितिको अगुवाइमा बसेको बैठकमा बुटवल क्षेत्रका विभिन्न क्लबका प्रतिनिधिहरुले गौचनलाई समर्थन गर्ने निर्णय गरेको प्राप्त निर्णयपत्रमा उल्लेख छ। संघको निर्वाचनमा रुपन्देही क्रिकेटको महत्वपूर्ण इकाइका रुपमा रहेको बुटवल क्रिकेट विकास समिति अन्तर्गतका मतदाताको भूमिका निर्णायक मानिन्छ। यही कारण…

Read More

काठमाडौं,२३ जेठ। ललितपुरको गोदावरी नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृतले प्रयोग गर्दै आएको गाडी बेवारिसे अवस्थामा बरामद भएको छ। गत जेठ २० गते मध्यराति पालिकाको प्रमुख प्रशासकीय अधिकृत मानबहादुर खड्काले प्रयोग गर्ने सरकारी नम्बर प्लेटको बा २ झ १८७८ नम्बरको गाडी चोरी भएको थियो। गाडी चोरी भएको विषयमा प्रहरी कार्यालयमा जानकारी गराइएपछि खोजी गरिएको थियो । गाडी खोजीको क्रममा ललितपुर महानगरपालिका-२८ हरिसिद्दि स्थित रिद्दिसिद्दिमा बेवारिसे अवस्थामा बरामद भएको र घटनाका सम्बन्धमा आवश्यक अनुसन्धान अघि बढाइएको प्रहरीले जनाएको छ।

Read More

भैरहवा,२३ जेठ। पूर्व अन्तर्राष्ट्रिय क्रिकेट खेलाडी शक्ति गौचनले रुपन्देही क्रिकेट संघको अध्यक्ष पदमा उम्मेदवारी दिने घोषणा गरेका छन्। शनिबार लुम्बिनी खुकुरी क्लबले भैरहवामा आयोजना गरेको पत्रकार सम्मेलनमा गौचनले आगामी जेठ २५ गते हुने संघको निर्वाचनमा अध्यक्ष पदका लागि उम्मेदवारी दिने जानकारी दिएका हुन्। उनले क्रिकेट क्षेत्रमा आफूले गरेको २५ वर्षभन्दा लामो योगदानलाई रुपन्देही क्रिकेटको विकास र विद्यमान समस्याको समाधानमा केन्द्रित गर्ने प्रतिबद्धता व्यक्त गरे। उनले भौतिक पूर्वाधार नभएसम्म खेलको विकास नहुने भन्र्दै रुपन्देही क्रिकेटको विकासका लागि आफुसँग धेरै योजना रहेको र निर्वाचित भएपछि छर्लङ्ग देखिने बताए । एक समय खेलाडी उत्पादनको प्रमुख केन्द्रका रुपमा परिचित रुपन्देहीमा पछिल्लो समय प्रतिभावान खेलाडी…

Read More

भैरहवा,२३ जेठ। भैरहवास्थित गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट एक जना भारतीय नागरिकलाई पक्राउ गरिएको छ। पक्राउ पर्नेमा भारतको आन्ध्र प्रदेश राज्य, प्रकाशम जिल्लाका ५९ वर्षीय भीमा श्रीनिवास रहेका छन् । भैरहवाबाट बुद्ध एयरको उडान नम्बर यू४ ८६० मार्फत काठमाडौं जाने क्रममा ७ हजार ९५ हजार भारतीय रुपैयाँसहित श्रीनिवासलाई पक्राउ गरिएको लुम्बिनी प्रदेश प्रहरी कार्यालय दाङले जनाएको छ। प्रहरीका अनुसार, आन्तरिक टर्मिनलमा उनको साथमा रहेको झोला जाँच गर्दा ५ सय दरका १ हजार ५९० वटा भारतीय रुपैयाँका नोट बरामद भएको हो । भारतीय नागरिकलाई नियन्त्रणमा लिएर घटनाका सम्बन्धमा आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

Read More

भैरहवा,२२ जेठ। रुपन्देही क्रिकेट संघका अध्यक्ष हरिबहादुर थापा पुनः अध्यक्ष बन्ने दौडमा देखिएका छन्। शुक्रबार भैरहवामा पत्रकार सम्मेलनको आयोजना गरेर उनले आगामी जेठ २५ गते हुने संघको निर्वाचनमा पुनः अध्यक्ष पदमा उम्मेदवारी दिने घोषणा गरेका हुन्। उनले आफ्नो कार्यकालमा सिद्धार्थ क्रिकेट रंगशालाको विकास, खेलाडीहरुलाई मासिक पारिश्रमिक, खेलाडी प्रशिक्षण, विभिन्न प्रतियोगिता सञ्चालन लगायत महत्वपूर्ण काम गरेको सुनाए । उनले आगामी कार्यकालमा रंगशालाका बाँकी रहेका योजनाहरु पूरा गर्ने प्रतिबद्धता जनाए। संघको अध्यक्ष पदका लागि पूर्वराष्ट्रिय क्रिकेट खेलाडी शक्ति गौचनले पनि उम्मेदवारी दिने बताइएको छ ।

Read More

काठमाडौं, २२ जेठ। मुस्ताङको कोरला नाकाबाट भित्राइएको ७७९ वटा विद्युतीय गाडीको राजस्व छली आंशकामा सरकारले विस्तृत छानबिन गर्न समिति गठन गरेको छ। राजस्व छलीको आशंकामा सशस्त्र प्रहरीले विभिन्न स्थानबाट उक्त गाडीहरु नियन्त्रण लिइएको थियो । नियन्त्रणमा लिइएका अधिकांश गाडी बीवाइडी कम्पनीका रहेका छन्। प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको विशेष निर्देशनमा बिहीबार अर्थ मन्त्रालय, भन्सार विभाग, नेपाल प्रहरी र सशस्त्र प्रहरी बलका प्रतिनिधिहरू सम्मिलित संयुक्त छानबिन समिति गठन गरिएको हो। समितिले सवारीसाधन नियन्त्रणमा लिइएकै स्थलगत रुपमै पुगेर द्रुत गतिमा छानबिन सुरु गरिसकेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ।

Read More