Author: क्लिक लुम्बिनी

गौतम बुद्धको जन्मस्थलको नामबाट नामाकरण भएको लुम्बिनी प्रदेशको समग्र गतिविधि पस्किने थलो हो, क्लिक लुम्बिनी डटकम । तपाईंहरुको कुनै सल्लाह, सुझाव र प्रतिक्रिया भए ईमेल गर्नुहोला ।

भैरहवा, २९ वैशाख। रुपन्देही प्रहरीले जिल्लाको ७ वटा स्थानीय तहका विभिन्न स्थानबाट भन्सार छलेर भित्राइएको सामग्री बरामद गरेको छ । जिल्ला प्रहरी कार्यालय रुपन्देहीका सूचना अधिकारी एवं डीएसपी कृष्णकुमार चन्दका अनुसार, जिल्लाको विभिन्न स्थानमा चेकजाँचको क्रममा अवैध रुपमा भन्सार छलेर ल्याइएको २३ लाख बढी मूल्य बराबरको विभिन्न सामग्री बरामद भएको छ । उक्त मूल्य बराबरको सामग्रीहरु सिद्धार्थनगर नगरपालिका, बुटवल उपमहानगरपालिका, सियारी, मायादेवी, रोहिणी, गैडहवा र कोटहीमाई गाउँपालिकाको विभिन्न स्थानबाट बरामद भएको हो । तस्करी गरेर भित्राइएको कपडा, कुखुरा, कस्मेटिक सामग्री, खाद्यन्न लगायतका सामग्री नियन्त्रणमा लिएर आवश्यक कारवाहीका लागि पशु क्वारेन्टाइन कार्यालय तथा भन्सार कार्यालय बेलहिया पठाइएको प्रहरीले जनाएको छ ।

Read More

भैरहवा, २९ बैशाख । माध्यमिक शिक्षा परीक्षा (एसईई) मा रुपन्देहीमा पाँच हजार सात सय बढी विद्याथी अवर्गीकृत (नन ग्रेड) भएका छन् । शिक्षा विकास तथा समन्वय इकाइ कार्यालय रुपन्देहीका अनुसार, एसईईको नतिजामा जिल्लामा साधारण र प्राविधिकतर्फ गरी कुल पाँच हजार सात सय ८५ जना विद्यार्थी नन ग्रेड भएका छन्। यो कुल विद्यार्थी संख्याको ३३ दशमलव २ प्रतिशत हो । नतिजामा १.६ जीपीए भन्दा कम अंक आउने अवर्गीकृतमा पर्छ। परिक्षामा जिल्लामा कुल १७ हजार ४ सय ४३ जना विद्यार्थीहरु सहभागी भएका थिए । जसमध्ये ११ हजार ६ सय ५८ जना विद्यार्थीले ग्रेड प्राप्त गरेको कार्यालयले जनाएको छ । र, यो पनि……

Read More

भैरहवा,२९ बैशाख। रुपन्देहीमा माध्यमिक शिक्षा परीक्षा (एसईई) मा ८० जना विद्यार्थीले ४ जीपीए ल्याएका छन् । ०८१ सालको परिक्षामा जिल्लामा ८८ जनाले ४ जीपीए ल्याएका थिए। शिक्षा विकास तथा समन्वय इकाइ कार्यालय रुपन्देहीका अनुसार, कुल १७ हजार ४ सय ४३ जना विद्यार्थीहरु परिक्षामा सहभागी भएका थिए। जसमध्ये ११ हजार ६ सय ५८ जना (६६ दशमलव ८ प्रतिशत) विद्यार्थीले ग्रेड प्राप्त गरेका छन् । जसमध्ये ८० जनाले ४ जीपीए, ३.६ देखि ४ जीपीए भन्दा कम ल्याउने २ हजार ३४ जना रहेका छन् । कति विद्यार्थीले ल्याए कति जीपीए ? हेर्नुहोस् सूची : र, यो पनि… एसईई नतिजा: रुपन्देहीमा ५७८५ विद्यार्थी ‘नन…

Read More

कपिलवस्तु,२८ बैशाख । कपिलवस्तु प्रहरीले जबरजस्ती करणी मुद्दामा फरार रहेका एक जनालाई आरोपीलाई पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय कपिलवस्तुका सूचना अधिकारी एवं डीएसपी रिपेन्द्रकुमार सिंहका अनुसार, घटनापछि फरार रहेका शुद्धोधन गाउँपालिका–६ का परिवर्तित नाम ५१ (३५) ०८२र०८३ लाई सोही वडाबाट पक्राउ गरिएको हो । पक्राउ परेका आरोपीविरुद्ध जिल्ला अदालत कपिलवस्तुबाट ५ दिनको म्याद लिएर घटनाका सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

Read More

परासी,२८ बैशाख। नवलपरासी पश्चिम प्रहरीले जबरजस्ती करणी गरेको आरोपमा एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा बर्दघाट नगरपालिका-१५ शिवालय टोल का २० वर्षीय केशव सुनारी मगर रहेको प्रहरीले जनाएको छ । नेपाल प्रहरीको केन्द्रीय समाचार कक्ष अनुसार, २२ वर्षीय युवतीलाई जबरजस्ती करणी गरेको भन्ने उजुरीका आधारमा मगरलाई पक्राउ गरिएको हो । आरोपीलाई नियन्त्रणमा लिएर घटनाका सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

Read More

काठमाडौं,२८ बैशाख । राष्ट्रिय परीक्षा बोर्ड अन्तर्गतको परीक्षा नियन्त्रण कार्यालय सानोठिमीले शैक्षिक सत्र २०८२ को माध्यमिक शिक्षा परीक्षा (एसईई) को नतिजा सार्वजनिक गर्ने तयारी अन्तिम चरणमा पुगेको जनाएको छ । कार्यालयले सूचना जारी गर्दै नियमित तथा ग्रेडवृद्धि परीक्षाको नतिजा विद्यार्थीले विभिन्न माध्यमबाट सहज रुपमा प्राप्त गर्न सक्ने व्यवस्था गरिएको जानकारी दिएको हो। बोर्डका अनुसार एसएमएस, आईभीआर सेवा तथा विभिन्न वेबसाइटमार्फत नतिजा हेर्न सकिनेछ । हेर्नुहोस् सूचना:

Read More

काठमाडौं,२८ बैशाख। सरकारले विभिन्न व्यक्ति तथा निकायले सुविधा शीर्षकमा प्रयोग गर्दै आएका ७०१ वटा सरकारी सवारीसाधन फिर्ता ल्याएको जनाएको छ। उक्त गाडीहरु कर्मचारी, राजनीतिकर्मी, पूर्वपदाधिकारी तथा पहुँचका आधारमा विभिन्न व्यक्तिहरुबाट प्रयोग गरिएको थियो। प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका अनुसार, शुक्रबारसम्म ३३ सरकारी निकायबाट ७०१ वटा सरकारी सवारीसाधन फिर्ता संकलन गरिएको जनाएको छ । तथ्यांक अनुसार सबैभन्दा बढी अर्थ मन्त्रालयसँग सम्बन्धित निकायबाट सवारीसाधन फिर्ता ल्याइएको छ । त्यस्तै सहरी विकास मन्त्रालय अन्तर्गत प्रयोगमा रहेका ७५ वटा, भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका ६४ वटा, गृहमन्त्रालय र अन्र्तगत विभागबाट ४७ वटा सवारी फिर्ता गरिएको बताइएको छ। कुन सरकारी निकायबाट कति वटा गाडी फिर्ता ?…

Read More

बुटवल,२८ बैशाख। नेपाल पत्रकार महासंघ रुपन्देहीको आयोजनामा बुटवलमा जारी मिडिया मन्थन तथा राष्ट्रिय सञ्चार सम्मेलनमा सहभागी पत्रकारहरुले मिडियाको विश्वसनीयता जोगाउन पत्रकारिता अझ जिम्मेवार, तथ्यपरक र खोजमूलक हुनुपर्ने बताएका छन्। उनीहरुले सत्ता र शक्तिमाथि निरन्तर प्रश्न उठाउन सके मात्र पाठक, दर्शक र श्रोताको विश्वास कायम रहने धारणा राखेका छन् । ‘प्रश्नको घेरामा मिडिया, कसरी जित्ने पाठक, दर्शक र श्रोताको मन ?’ विषयक छलफलमा नेपाल पत्रकार महासंघका पूर्वअध्यक्ष शिव गाउँले पछिल्लो समय मिडियाको विश्वसनीयता र आधारमाथि प्रश्न उठेको बताए । उनले सबै सूचना समाचार नहुने उल्लेख गर्दै अल्गोरिदमले सम्पादक र संवाददाताको मनोवैज्ञानिक शान्ति खोसेको टिप्पणी गरे । सस्तो र कमजोर सामग्रीले गुणस्तरीय…

Read More

भैरहवा, २८ बैशाख। रुपन्देहीको भैरहवास्थित सिद्धार्थ क्रिकेट रंगशालामा जारी ‘पञ्चकन्या रुपन्देही सुपरलिग’ अन्तर्गत ‘ए’ डिभिजनको सोमबारको खेलमा बुद्ध क्रिकेट क्लबलाई ९ विकेटले पराजित गर्दै वेष्टर्न क्रिकेट क्लबले जित निकालेको छ । टस जितेर ब्याटिङमा रोजेको बुद्धले निर्धारित ५० ओभरको खेलमा २६ ओभर ५ बलमा सबै विकेट गुमाउँदै ७७ रन मात्र जोड्न सक्यो। बुद्धलाई सस्तैमा समेट्नका लागि वेष्टर्नका अभिषेश गौतमले ४, सुझाव थापाले ३ तथा सन्देश थापा र कलम मुसलमानले १–१ विकेट लिए । बुद्धका मिथलेश यादव र दिलसाद अलीले १५–१५ तथा गौतम केसीले १० रन बनाए पनि अन्य ब्याटरले दोहोरो अंकमा रन जोड्न सकेनन् । जवाफी ब्याटिङ गरेको वेष्टर्नले ८…

Read More

भैरहवा,२८ बैशाख । रुपन्देही प्रहरीले जिल्लाका विभिन्न स्थानबाट ११ जनालाई नियन्त्रणमा लिएको छ । जिल्ला प्रहरी कार्यालय रुपन्देहीका सूचना अधिकारी एवं डीएसपी कृष्णकुमार चन्दका अनुसार, जिल्लामा चलाइएको ‘स्विप अपरेसन’ अन्र्तगत सार्वजनिक शान्ति सुव्यवस्थामा खलल पुराएको आरोपमा ११ जनालाई नियन्त्रणमा लिइएको हो । मोडिफाई मोटरसाइकलसहित उनीहरुलाई नियन्त्रणमा लिएर उक्त सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार, यी हुन् नियन्त्रणमा लिइएका व्यक्तिहरु : १) जिल्ला रुपन्देही सैनामैना नगरपालिका वडा नं. ८ बाँसगढी बस्ने बिपिन परियार।२) जिल्ला रुपन्देही सम्मरीमाई गाँउपालिका वडा नं. ६ नगौलिया बस्ने कृष्ण गुप्ता ।३) जिल्ला रुपन्देही सम्मरीमाई गाँउपालिका वडा नं. ६ नगौलिया बस्ने कुसदेव यादव ।४)…

Read More