


Get the latest creative news from FooBar about art, design and business.



गौतम बुद्धको जन्मस्थलको नामबाट नामाकरण भएको लुम्बिनी प्रदेशको समग्र गतिविधि पस्किने थलो हो, क्लिक लुम्बिनी डटकम । तपाईंहरुको कुनै सल्लाह, सुझाव र प्रतिक्रिया भए ईमेल गर्नुहोला ।
भैरहवा,२१ माघ । प्रधानमन्त्री कप एक्स्ट्रिम इनर्जी ड्रिंक लुम्बिनी प्रदेशस्तरीय पुरुष एक दिवसीय क्रिकेट छनोट प्रतियोगितामा बर्दिया र बाँके विजयी भएका छन् । लुम्बिनी प्रदेश क्रिकेट संघको आयोजनामा जारी प्रतियोगितामा भैरहवास्थित सिद्धार्थ क्रिकेट रंगशालामा भएको खेलमा बर्दियाले पाल्पालाई १ सय ७ रनले र तिलोत्तमास्थित एक्स्ट्राटेक ओभल क्रिकेट रंगशालामा भएको अर्को खेलमा बाँकेले पश्चिम नवलपरासीलाई ६ विकेटले पराजित गरेका हुन् । बुधबार सिद्धार्थ क्रिकेट रंगशालामा टस हारेर ब्याटिङको निम्तो पाएको बर्दियाले ३९ ओभरमा ५ विकेट गुमाएर २ सय ४७ रन बनायो । उसका लागि केशव विष्ट र सुमित श्रेष्ठले अर्धशतकीय पारी खेले । केशवले अविजित ९४ र सुमितले ६६ रन जोडे…
भैरहवा,२१ माघ । स्याङ्जाली परिवार रुपन्देहीले १८ औं स्थापना दिवसको अवसरमा बुधवारमा खुल्ला रक्तदान एवं स्वागत कार्यक्रम सम्पन्न गरेको छ। नेपाल रेडक्रस सोसाईटी रुपन्देही जिल्ला शाखा रक्त संचार सेवा केन्द्र सिद्धार्थनगरको प्राविधिक सहयोगमा रक्तदान कार्यक्रम सम्पन्न भएको हो । जिल्ला प्रशासन कार्यालय रुपन्देहीका सहायक प्रमुख जिल्ला अधिकारी मेगनाथ पाध्या एवं वरिष्ठ अधिवक्ता शिव गौडेल लगायतले रक्तदान गरेको कार्यक्रममा १३ पिन्ट रगत संकलन भएको रेडक्रस सिद्धार्थनगरका सचिव रामप्रसाद सापकोटाले जानकारी दिए। तीन महिनाको अन्तरालमा रक्तदान गर्दा कुनै फरक नपर्ने गरेको अनुभव सुनाउदै आफूले यसपटकसमेत गरी ६० औं पटक रक्तदान गरेको भैरहवा निवासी विष्णुप्रसाद मरासीनीले बताए । संस्थाका संस्थापक अध्यक्ष डि.आर. शर्माको…
भैरहवा, २० माघ । आगामी फागुन २१ गते हुने निर्वाचनका लागि रुपन्देही ४ बाट चुनावी मैदानमा होमिएका नेकपा (एमाले) का उम्मेदवार प्रमोदकुमार यादवले क्षेत्रको विकासका लागि स्थानीय प्रतिवद्धता सार्वजनिक गरेका छन् । मंगलबार गुरवनियामा आयोजित पत्रकार सम्मेलनमा उनले आफु यहीको माटोमा जन्मिएर मर्चवारका समस्या नजिकबाट बुझेको उम्मेदवार भएकाले जनताले अवसर दिने विश्वास व्यक्त गरे। साढे दुई दशकदेखि राजनीतिमा सक्रिय रहेको उल्लेख गर्दै उनले मर्चवारलाई कृषि, शिक्षा, स्वास्थ्य र भौतिक पूर्वाधारमार्फत उज्यालो र हराभरा क्षेत्रका रुपमा विकास गर्ने लक्ष्य राखेको बताए। २०७४ मा प्रतिनिधिसभा सदस्य निर्वाचित भएपछि ग्रामीण सडक, स्वास्थ्य सेवा विस्तार, सामुदायिक विद्यालयको गुणस्तर सुधार र सीपमूलक कार्यक्रम अघि बढाएको…
भैरहवा, २० माघ । रुपन्देहीको भैरहवामा जारी प्रधानमन्त्री कप एक्स्ट्रिम इनर्जी ड्रिंक लुम्बिनी प्रदेशस्तरीय पुरुष एक दिवसीय क्रिकेट छनोट प्रतियोगिता बाँके र दाङ विजयी भएका छन् । लुम्बिनी प्रदेश क्रिकेट संघको आयोजनामा भैरहवास्थित सिद्धार्थ क्रिकेट रंगशालामा भएको खेलमा बाँकेले पाल्पालाई ५ विकेट र दाङले कपिलवस्तुलाई २ विकेटले पराजित गर्दै विजयी भएको हो। मंगलबारको खेलमा टस जितेर ब्याटिङमा रोजेको पाल्पाले निर्धारित ४३ ओभरमा ३४ ओभर ४ बलमा सबै विकेट गुमाएर १ सय १६ रन बनायो । उसका लागि रुपेश बस्यालले ३०, रोशन घिमिरले २१, नरबहादुर सार्कीले १४ र नविन भण्डारीले ११ रन बनाए । बलिङमा बाँकेका लभकुश यादवले ४, सलाउद्दिन खान…
नवलपरासी,२० माघ। प्रधानमन्त्री सुशीला कार्कीले हिमाली क्षेत्रहरुमा मौसम प्रतिकूल भए दोस्रो चरणमा निर्वाचन हुने बताएकी छन्। नवलपरासी (बर्दघाट सुस्ता) पूर्वको कावासोती नगरपालिका–१ हात्तीखोरमा राष्ट्रिय सेवा दलको तालिम समापन कार्यक्रम पश्चात पत्रकारहरुसँग कुराकानी गर्दै उनले निर्वाचनको समयमा हिमाली क्षेत्रहरुमा चिसो बढे दोस्रो चरणमा निर्वाचन हुने बताइन् । सरकारको ध्यान निर्वाचनमा केन्द्रित रहेको बताउँदै उनले भनिन्, ‘निर्वाचनका लागि सरकारले पूर्ण सहयोग गर्छ, मौसम अनुकूल नभएमा दोस्रो चरणमा चुनाव गर्छौ ।’ उनले कम मतदाता भएका स्थानमा सवारीसाधनबाट मतदाता ओसारेर भए पनि निर्वाचन गराउने भन्दै निर्वाचन सार्ने कुनै पनि विषय नभएको बताइन् ।
काठमाडौं, २० माघ। आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्यको निर्वाचनका लागि योग्य मतदाताको संख्या १ करोड ८९ लाख ३ हजार ६८९ कायम भएको छ। निर्वाचन आयोगले सार्वजनिक गरेको तथ्यांक अनुसार निर्वाचनका लागि देशभर कुल १ करोड ८९ लाख ३ हजार ६८९ मतदाता दर्ता भएका छन्। आयोगका अनुसार कुल मतदातामध्ये पुरुष ९६ लाख ६३ हजार ३५८, महिला ९२ लाख ४० हजार १३१ र अन्य २ सय जना रहेका छन्। देशभर निर्वाचन प्रयोजनका लागि तोकिएको १० हजार ९६७ मतदान स्थलमा २३ हजार ११२ मतदान केन्द्र रहने निर्वाचन आयोगले जनाएको छ।
भैरहवा, १९ माघ । नेपाली कांग्रेसको रुपन्देही-३ बाट क्षेत्रिय सभापति सुशील गुरुङको उम्मेदवारीपछि पार्टीका प्रभावशाली नेता बालकृष्ण खाँणले क्षेत्रमा पार्टी एकढिक्का रहेको बताएका छन् । नेपाली कांग्रेसका सभापति गगनकुमार थापा खेमाका गुरुङले उम्मेदवारी दर्ता गराएर चुनावी मैदान उत्रिएपछि चुनावी टिकट छाडेका नेता खाँणबाट उम्मेदवारलाई सहयोग हुने/नहुने लगायतका विषयमा स्थानीय नेता/कार्यकर्ताबीच विभिन्न टिकाटिप्पणी सुरु भएको थियो। जसपश्चात पार्टीद्धारा सोमबार भैरहवामा आयोजना गरिएको कार्यक्रमको मञ्चबाट नेता खाँण उपस्थित भएर क्षेत्रमा पार्टी एकढिक्का रहेको सन्देश दिए । जिल्ला, क्षेत्रिय लगायत तहका नेता-कार्यकर्ता सहभागी कार्यक्रममा १ घण्टा मन्तव्य दिएका खाँणले अधिकांश समय आफ्नो चुनावी अनुभव र चुनाव लड्ने तरिकाबारे सुझावका साथ समय खर्चिए। चुनाव…
भैरहवा,१९ माघ। ०७९ सालको प्रतिनिधिसभा सदस्यको निर्वाचनमा अन्तरघातले रुपन्देही-३ मा हार व्यहोरेको नेपाली कांग्रेसले यस पटकको निर्वाचनमा रुपन्देही-३ का क्षेत्रिय सभापति सुशील गुरुङलाई मैदानमा उत्रादै चुनावी तयारीमा होमिएको छ। नेपाली कांग्रेसका सभापति गगनकुमार थापा खेमाका गुरुङले उम्मेदवारी दर्ता गराएर चुनावी मैदान उत्रिएपछि चुनावी टिकट छाडेका पार्टीका प्रभावशाली नेता बालकृष्ण खाँणबाट उम्मेदवारलाई सहयोग हुने/नहुने लगायतका विषयमा स्थानीय नेता/कार्यकर्ताहरुबीच विभिन्न टिकाटिप्पणी सुरु भएको थियो । जसपश्चात पार्टीले सोमबार एकताको सन्देश प्रवाह गर्नका लागि पूर्वगृहमन्त्री समेत रहेका खाँण र उम्मेदवार गुरुङलाई एउटै मञ्चमा राखेर कार्यक्रम गरेको छ। आयोजना गरिएको कार्यक्रमलाई सम्बोधन गर्दै उम्मेदवार गुरुङले विगतका कमी-कमजोरी, परिश्रमलाई सुझावको रुपमा लिदैं विगतका दिनभन्दा अझ…
भैरहवा, १९ माघ । आगामी फागुन २१ गते हुने निर्वाचनका लागि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले रुपन्देही निर्वाचन क्षेत्र नम्बर ५ को लुम्बिनी सांस्कृतिक नगरपालिकास्थित खुनगाईमा पनि निर्वाचन परिचालन सम्पर्क कार्यालय स्थापना गरेको छ । सोमबार एक कार्यक्रमकाबीच स्थानीय नागरिकमार्फत उक्त कार्यालयको उद्घाटन गरिएको छ । रुपन्देही-५ बाट रास्वपाका उम्मेदवार तौफिक अहमद खानले मुलुक परिवर्तनका लागि यस पटकको निर्वाचनमा मतदाताले पनि मतपरिवर्तन गर्नुपर्ने अवस्था रहेको भन्दै पुरानो ढर्राले क्षेत्र र मुलुकको विकास हुन नसक्ने बताए । उनले मुलुकमा बढ्दो बेथिती, भ्रष्टाचार, नातावाद, ढिलासुस्ती लगायतका कारण पुराना राजनीतिक दलप्रति बढ्दो निराशाका कारण मतदाताले नयाँ विकल्प रोज्नु पर्ने अवस्था रहेको बताए ।…
काठमाडौं,१९ माघ। निर्वाचन आयोगले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्यको निर्वाचन लक्षित ‘एक्जिट पोल’ संचालन गर्ने वेबसाइटहरु बन्द गर्न नेपाल दूरसञ्चार प्राधिकरणलाई पत्राचार गरेको छ । आयोगका प्रवक्ता नारायाणप्रसाद भट्टराईका अनुसार निर्वाचनको प्रक्षेपण गर्ने वेबसाइटहरु बन्द गर्नका लागि दूरसञ्चार प्राधिकरणलाई पत्राचार गरिएको हो । आयोगले रेट माइ नेता डट कम, एक्जिट पोल नेपाल डट कम, नेपाल पोल डट कम, एचओआर २०२६ डट भर्सेल डट एप, इलेक्सन नेपाल राइटस् डट कम, पोलिमार्केट डट कम नामक वेभसाइट बन्द गर्न लगाएको छ । त्यस्तै कान्तिपुर मिडिया ग्रुपले सञ्चालन गरेको रेट डट ईकान्तिपुर डट कम नामक वेब पोर्टलमा गरिरहेको एप्रुभल रेटिङ आचारसंहिता विपरीत…