Author: क्लिक लुम्बिनी

गौतम बुद्धको जन्मस्थलको नामबाट नामाकरण भएको लुम्बिनी प्रदेशको समग्र गतिविधि पस्किने थलो हो, क्लिक लुम्बिनी डटकम । तपाईंहरुको कुनै सल्लाह, सुझाव र प्रतिक्रिया भए ईमेल गर्नुहोला ।

काठमाडौं,२० पुस। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले सोमबार बृहत्तर एकता घोषणा सभा गर्ने भएको छ। रास्वपाले आइतबार एक विज्ञप्ति जारी गर्दै भोलि दिउँसो १ बजे राष्ट्रियसभा गृहबाट एकताको औपचारिक घोषणा हुने जनाएको छ । रास्वपाको पुस १३ र १४ गते काठमाडौँका मेयर बालेन शाह, उज्यालो नेपाल पार्टीसँग एकता गर्ने सहमति भएको थियो। सभाबाट एकता प्रक्रियाले पूर्णता पाउने र आगामी राजनीतिक कार्यदिशाबारे स्पष्ट पारिने रास्वपाले जनाएको छ।

Read More

बुटवल,२० पुस। अगामी प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि नेकपा एमालेले रुपन्देहीको निर्वाचन क्षेत्र नम्बर २ बाट विष्णु पौडेललाई उम्मेदवार सिफारिस गरेको छ। पार्टी बैठकमा सर्वसम्मत आधारमा पौडेललाई उम्मेदवारका लागि सिफारिस गर्ने निर्णय भएको एमाले रुपन्देहीका अध्यक्ष यज्ञ गैरेले बताए । उनका अनुसार जिल्लाको पाँच वटा निर्वाचन क्षेत्रमध्ये एउटा क्षेत्रको उम्मेदवारका लागि सिफारिस भएको र अन्य चार वटा क्षेत्रको उम्मेदवारको टुंगो लगाउन बाँकी रहेको छ ।

Read More

काठमाडौं, १६ पुस । निर्वाचन आयोगले गत निर्वाचनमा जरिवाना तिर्नेलाई उम्मेदवार बन्‍नबाट नरोक्ने जनाएको छ। आयोगका अनुसार तोकिएको समयमा खर्च विवरण बुझाई सार्वजनिक नगरेपछि आयोगले १५/१५ हजार जरिवाना गरेको छ। आयोगका प्रवक्ता सहसचिव नारायणप्रसाद भट्टराईले जारी गरेको विज्ञप्तिमा जरिवाना तिर्ने उम्मेदवारहरुका हकमा उम्मेदवारी दिनबाट वञ्चित नगर्ने उल्लेख छ। हेर्नुहोस् विज्ञप्ती :

Read More

भैरहवा, १६ पुस । भैरहवा तथा आसपास क्षेत्रको मौसम खुल्ने सम्भावना न्यून देखिएको छ । बिहानैदेखि बाक्लो हुस्सु/कुहिरोसँगै शितलहरका कारण यस क्षेत्रको जनजीवन प्रभावित भएको छ। बढ्दो चिसोलाई मध्यनजर गर्दै विभिन्न स्थानीय सरकारहरुले विद्यालयमा विदा दिएका छन् । सडकमा सर्वसाधरण र सवारी साधनको संख्या पातलिएको छ। अत्याधिक चिसोका कारण घर, सडक किनारमा सर्वसाधरणहरुले आगो बालेर तापिरहेका छन् । जल तथा मौसम विज्ञान विभागको वरिष्ठ मौसमविद् एवं प्रवक्ता विभूती पोखरेलले पश्चिमी वायुको प्रभाव कमजोर रहेकोले तत्कालका लागि मौसम खुल्ने सम्भावना न्यून रहेको बताइन् । ‘अहिले पश्चिमी वायुको प्रभाव कमजोर छ । बलियो हुने हो भने सुधार हुने हो । जुन तत्काल…

Read More

काठमाडौं, १६ पुस । प्रहरीले पर्यटक र सर्वसाधारणमाथि बलजफती, प्रलोभन र अभद्र व्यवहार गरी लुटपाट गर्नेहरुलाई पक्राउ गरेको छ । काठमाडौंको चाबहिल, गौशाला र तिलगंगा क्षेत्रमा पर्यटक र सर्वसाधारणमाथि लुटपाटको गुनासोपछि प्रहरी वृत्त गौशालाबाट खटिएको टोलीले सूचना प्राप्त गरी कारबाही गर्दै १२ जनालाई नियन्त्रणमा लिएको जनाएको छ। पक्राउ पर्नेहरुमा नुवाकोटको विदुर नगरपालिका १३ का २८ वर्षीय का अमृत खड्का, पर्साको बहुदरमाई नगरपालिका विश्रामपुरका १९ वर्षीय अकलेश साह, सोही स्थानका ३१ वर्षीय दिनेश पटेल, काभ्रेपलान्चोकको रोशी गाउँपालिका ६ का १९ वर्षीय सुजन तामाङ, रोल्पाको माडी गाउँपालिकाका २२ वर्षीय प्रविन ओली रहेका छन् । त्यस्तै काभ्रेपलान्चोकको पाँचखाल नगरपालिका १९ वर्षीय रोजन तामाङ,…

Read More

भैरहवा, १६ पुस। नेपाली कांग्रेसले रुपन्देही जिल्लाबाट तीनसहित लुम्बिनी प्रदेशबाट १७ जनालाई समानुपातिक उम्मेदवार बनाएको छ । कांग्रेस लुम्बिनी प्रदेशका सभापति अमरसिंह पुनका अनुसार प्रदेशका सबै जिल्लालाई समेट्ने गरी उम्मेदवार चयन गरेर निर्वाचन आयोगमा बुझाइएको हो । रुपन्देहीबाट समानुपातिक उम्मेदवारमा शान्तराम चौधरी, गङ्गा शाही र रीता सेन छन्। त्यस्तै कपिलवस्तुबाट अहज मिया, दाङबाट मधु न्यौपाने, देवी नेपाली, बाँकेबाट तुलसीराम लौडिया, दीपनारायण बर्मा छन्। यस्तै बर्दियाबाट दुःखीलाल यादव, प्रतिमा चौधरी, मीनराज चौधरी, रोल्पाबाट पुष्पा श्रेष्ठ, गुल्मीबाट झकबहादुर पुन, पश्चिम नवलपरासीबाट सुनिता सुवेदी श्रेष्ठ, पाल्पाबाट कृष्ण अधिकारी, अर्घाखाँचीबाट ललिता सुनार छन् र पूर्वी रुकुमबाट जनमाया बुढालाई उम्मेदवार चयन गरिएको छ ।

Read More

भैरहवा, १६ पुस । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थललाई नियमित रुपमा सञ्चालन गर्न विदेशी राष्ट्रहरुसँग कूटनीतिक पहल आवश्यक रहेको बताएका छन् । नेपाल नागरिक उड्डयन प्राधिकरणको २७ औं वार्षिकोत्सव समारोहलाई भैरहवामा सम्बोधन गर्दै उनले अन्तर्राष्ट्रिय हवाई उडान नियमित गर्न विश्व समुदायको विश्वास आर्जन गर्न कूटनीतिक पहल अपरिहार्य रहेको बताए। संघीय सरकारले विमानस्थल सुचारु गर्न अविलम्ब ध्यान दिनुपर्ने उल्लेख गर्दै उनले प्रदेश सरकार साझेदारी गर्न पूर्ण रुपमा तयार रहेको स्पष्ट पारे। तर, प्रदेश सरकारले अघि सारेका प्रस्तावहरुमा संघीय सरकारले हालसम्म कुनै निर्णय नगरेकोप्रति उनले असन्तुष्टि व्यक्त गरे। ‘आज म यही मञ्चबाट संघीय सरकारको ध्यानाकर्षण गराउन चाहन्छु, लुम्बिनी प्रदेशमा…

Read More

काठमाडौँ, १५ पुस । काठमाडौं उपत्यका प्रहरी कार्यालयले योजना बनाएर गरिएको हत्याको सफल अनुसन्धानको गरेको भन्दै दुई जना डीएसपीसहित ७ जनालाई पुरस्कृत गरेको छ । गत मंसिर अन्तिम साता ललितपुरको महालक्ष्मी नगरपालिका–८ स्थित लुभुमा सिन्धुलीका केशवराज हायु र पारुहाङ राईको हत्या गरिएको थियो । उपत्यका प्रहरी कार्यालयका एसएसपी एंव प्रवक्ता प्रवीण धितालका अनुसार सोही घटनाको सफल अनुसन्धान गरी निश्कर्ष पुर्याउने उपत्यका अपराध अनुसन्धान कार्यालले डीएसपीद्धय बेदबहादुर पौडेल, पञ्चलाल गोले, इन्सपेक्टर शिव थापा, दुई जना सई, एक जना असई र हवल्दार गरी सातजनालाई पुरस्कृत गरिएको हो । पौडेल उपत्यका अपराध अनुसन्धान कार्यालयको ललितपुर शाखामा कार्यरत छन् । गत मंसिर २४ गते…

Read More

दाङ,१५ पुस। प्रहरीले ६० लाख रुपैयाँसहित एक जनालाई नियन्त्रणमा लिएको छ । मंगलबार दाङको तुलसीपुर उपमहानगरपालिका-६ गोलौरास्थित एक घरबाट स्रोत नखुलेको ६० लाख रुपैयाँ बरामद भएको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ । प्रहरीका अनुसार बरामद रकमको स्रोत खुलाउन नसकेको घरधनी दुर्गा केसीलाई नियन्त्रणमा लिइएको छ । घटनाका सम्बन्धमा आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

Read More

काठमाडौं,१५ पुस। नेपाली कांग्रेसले अगामी प्रतिनिधिसभा सदस्यको निर्वाचनका लागि समानुपातिकतर्फका ११० जना उम्मेदवारको सूची निर्वाचन आयोगमा बुझाएको छ। कांग्रेसका मुख्यसचिव कृष्णप्रसाद पौडेलका अनुसार मंगलबार बिहान निर्वाचन आयोगमा समानुपातिक उम्मेदवारको सूची बुझाइएको हो । कांग्रेसले सोमबार राति सूचीका लागि निस्सा लिएर आज सूची बुझाएको हो। नेकपा एमालेसहित अधिकांश दलले समानुपातिकतर्फको बन्दसूची बुझाइसकेका छन्। कांग्रेसले युवा र अवसर नपाएका व्यक्तिलाई समानुपातिक सूचीमा राखेको जनाएको छ। ०६४ यताका समानुपातिकबाट सांसद बनेका कसैलाई पनि सूचीमा नराखिएको कांग्रेसले जनाएको छ । समानुपातिकतर्फको १ सय १० सिटलाई कांग्रेसले प्रादेशिक जनसंख्याको अनुपातमा कोटा छुट्याएर वितरण गरेको छ । कोसीबाट १८, मधेश २१, बागमती २२, गण्डकी ११, लुम्बिनी…

Read More