


Get the latest creative news from FooBar about art, design and business.



गौतम बुद्धको जन्मस्थलको नामबाट नामाकरण भएको लुम्बिनी प्रदेशको समग्र गतिविधि पस्किने थलो हो, क्लिक लुम्बिनी डटकम । तपाईंहरुको कुनै सल्लाह, सुझाव र प्रतिक्रिया भए ईमेल गर्नुहोला ।
काठमाडौं,१५ पुस । प्रहरीले दुई वटा अत्याधुनिक पेस्तोल र गोलीसहित तीन जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा काठमाडौं महानगरपालिका १५ डल्लुका ३२ वर्षीय ‘झिल्के’ भन्ने विकास शाही, मोरङको लेटाङ–४ घर भएका २२ वर्षीय शाहिल तिवारी र बाफलका ३३ वर्षीय ‘जस्वन’ भन्ने अश्विन राई रहेको प्रहरीले जनाृएको छ । जिल्ला प्रहरी परिसर काठमाडौँले नागार्जुन नगरपालिका–४ बाफलमा हतियार लुकाएर राखिएको सूचना आधारमा उनीहरुलाई पेस्तोल र गोलीसहित पक्राउ गरिएको जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता एवं प्रहरी उपरीक्षक पवन कुमार भट्टराईले जानकारी दिए। उनका अनुसार पेस्तोलसहित पेस्तोलमा लाग्ने तीनवटा म्यागजिन, दुई राउन्ड गोली र दुईवटा गोलीको खोका समेत बरामद भएको छ । पक्राउ…
भैरहवा, १५ पुस। रुपन्देहीको सिद्धार्थनगर नगरपालिकाका प्रमुख (मेयर) एवं संविधान सभा सदस्य इश्तियाक अहमद खाँले तमु ल्होसार पर्वले नेपाली समाजमा आपसी सद्भाव, सहिष्णुता र बन्धुत्वको भावनालाई मजबुत बनाएको जनाएका छन्। तमु (गुरुङ) समुदायको महान पर्व तमु ल्होसारको अवसरमा शुभकामना व्यक्त गर्दै उनले नयाँ वर्षको रुपमा मनाइने ल्होसारले आफ्ना धर्म, संस्कृति, रीतिरिवाज र परम्पराको संरक्षणमा लाग्न सबैलाई प्रेरित गरेको जनाए। मेयर खाँले जारी गरेको शुभकामना सन्देशमा भनिएको छ–‘यो पर्वले नेपालीबीच आपसी विश्वास र एकताको भावनालाई अभिवृद्धि गर्दै आर्थिक र सामाजिक रुपले समृद्ध मुलुक निर्माणमा अग्रसर हुन सबैलाई उर्जा प्रदान गर्न सकोस्।’
काठमाडौं,१५ पुस । निर्वाचन आयोगले अगामी प्रतिनिधिसभा सदस्यको निर्वाचनमा उम्मेदवारले खर्च गर्न पाउने सीमा निर्धारण गरेको छ । आयोगले सुगम र दुर्गम मानिएका जिल्लाहरुका हक निर्वाचन क्षेत्र अनुसार फरकफरक खर्च सीमा निर्धारण गरेको हो। आयोगका अनुसार काठमाडौँका पाँच वटा निर्वाचन क्षेत्रका उम्मेदवारले अधिकतम २५ लाख खर्च गर्न पाउनेछन्। काठमाडौँ क्षेत्र नं १, ३, ६, ७ र ८ रहेका छन्। यसैगरी, १७ वटा निर्वाचन क्षेत्रका उम्मेदवारले अधिकतम २७ लाख बराबरको खर्च गर्न पाउने सीमा निर्धारण गरिएको छ। त्यस्तै, ६५ वटा निर्वाचन क्षेत्रका उम्मेदवारले अधिकतम २९ लाख बराबर खर्च गर्न पाउनेछन्। ५२ वटा निर्वाचन क्षेत्रका उम्मेदवारले अधिकतम रु ३१ लाख, २६ वटा…
काम गर्ने स्थल कार्यालयमा ढिलो आउने कर्मचारीलाई कारवाही भएको तपाईँले थाहा पाउनु भएकै होला ! तर, के तपाईँलाई थाहा छ ? स्पेनमा एक महिला कर्मचारी कार्यालय समय अघि नै पुग्दा जागिरबाट बर्खास्त हुनु परेको छ । कार्यालयको तोकिएको समयभन्दा अघि नै धेरै पटक कार्यालय पुग्नलाई स्पेनको सामाजिक अदालतले पेशागत आचरणको गम्भीर उल्लंघन भएको ठहर गरेको छ। स्पेनको अलिकान्तेस्थित एक डेलिभरी कम्पनीमा करार सम्झौतामा कार्यरत महिला कर्मचारी कार्यालयको तोकिएको समयभन्दा अघि नै पटक पटक कार्यालय पुग्न थालिन् । कम्पनीले कार्यालय अगावै नआउनका लागि पटक पटक चेतावनी दिदाँ पनि उनी ३० देखि ४५ मिनेट अघि कार्यस्थलमा आउने गरेको भन्दै कम्पनीले उनलाई बर्खास्त…
बर्दघाट, १५ पुस । पूर्वपश्चिम राजमार्गको दाउन्ने खण्डमा सवारी साधन आवागमन बन्द भएको छ । इलाका प्रहरी कार्यालय दुम्कीबासका प्रहरी नायव निरीक्षक ज्ञानप्रसाद काफ्लेका अनुसार दाउन्ने खण्डमा शीतलहरले सडक चिप्लो हुँदा सवारीसाधन संचालनमा कठिनाई भएपछि सवारी साधन आवागमन बन्द भएको हो । सवारी साधन आवागमन बन्द भएपछि बर्दघाट र दुम्किबासतर्फ गाडीको लाम लागेको छ। शीतलहर कम भएपछि सवारी साधन संचालन हुने प्रहरीले जनाएको छ। बुटवल नारायणगढ सडकखण्ड निर्माणाधिन अवस्थामा छ । उक्त सडकखण्डको अन्य स्थानमा यात्रा सहज भएपनि दाउन्ने खण्डमा निर्माणकार्य अझै पूर्ण हुन सकेको छैन ।
काठमाडौं,१४ पुस। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र उज्यालो नेपाल पार्टी (उनेपा) बीच सात बुँदे सहमती भएको छ । सोमबार साँझ रास्वपा सभापति रवि लामिछाने, उज्यालो नेपाल पार्टीका अध्यक्ष अनुपकुमार उपाध्यायबीच भएको सात बुँदे सहमती भएको हो । लामिछाने र उज्यालो नेपाल पार्टीका संरक्षक कुलमान घिसिङ र काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहबीच भएको छलफलपछि सहमति भएको हो । पत्रमा कुलमान घिसिङले उपाध्यायलाई दस्तखत गर्न लगाएका छन्।दुई पार्टीबीच एकता सम्बन्धी सहमति पत्रमा बालेन साक्षीको रुपमा दस्तखत गरेका छन्। सहमति अनुसार सभापति रवि लामिछानेपश्चात दोस्रो वरियतामा रहने गरी घिसिङलाई उपसभापति बनाईने भएको छ। हेर्नुहोस् सहमती पत्र :
भैरहवा,१४ पुस । लुम्बिनीमा आयोजित तीन दिवसीय तेस्रो लुम्बिनी न्युज फेस्टिवल १५ बुँदे लुम्बिनी घोषणा पत्र–२०८२ जारी गर्दै सकिएको छ । लुम्बिनी प्रेस क्लब, रुपन्देहीद्धारा तीन दिवसीय आयोजित न्युज फेस्टिवल सोमबार घोषणा पत्र जारी गर्दै सम्पन्न भएको क्लबका उपाध्यक्ष तथा कार्यक्रम संयोजक दीपेन्द्र बडुवालले जानकारी दिए । घोषणा पत्रमा मोफसलको पत्रकारितालाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय बहसको केन्द्रमा स्थापित गर्न लुम्बिनी न्युज फेस्टिवललाई नियमित र दिगो प्लेटफर्मका रुपमा विकास गर्ने प्रतिबद्धता व्यक्त गरिएको छ । यस्तै, तथ्यमा आधारित, जिम्मेवार र सकारात्मक पत्रकारितामार्फत् नेपाल–भारत सीमापार सम्बन्धलाई सुदृढ बनाउने विषयमा सञ्चारकर्मीको भूमिका अझ प्रभावकारी बनाउने, लुम्बिनी, कपिलवस्तु र आसपासका क्षेत्रमा हुने तथ्यविहीन, अपुष्ट र…
भैरहवा, १४ पुस । लुम्बिनी समाचार महोत्सवमा जिम्मेवार पत्रकारिता, सीमापार सम्बन्ध, लुम्बिनीको विकासका लागि संवाद, तथ्यपरक सूचना र सरोकारवालाबीच सहकार्य अनिवार्य भएको विभिन्न बहस तथा प्यानल छलफलबाट निष्कर्ष निकालिएको छ। लुम्बिनी प्रेस क्लब रुपन्देहीद्धारा लुम्बिनीमा आयोजित तेस्रो लुम्बिनी समाचार महोत्सवमा पत्रकारितामा प्रश्न: जिम्मेवारी र जवाफदेहिता, सीमापार सम्बन्ध : आवश्यकता र सम्भावना तथा लुम्बिनी: लगानी र पर्यटन विषयमा नेपाल, भारतका पत्रकारहरुसहित सरोकारवालाबीच भएको बहस तथा प्यानल छलफल गरिएको छ। कार्यक्रमलाई सम्बोधन गर्दै लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले मोफसलको पत्रकारिताको सुदृढीकरण, प्रेस स्वतन्त्रताको संरक्षण र स्थानीय विषयवस्तुमा सार्थक बहस सिर्जना गर्नु आजको आवश्यकता भएको बताए । मिडियाबाट नकारात्मक समाचार प्रवाह भए सम्बन्ध…
लुम्बिनी, १४ पुस । अगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्यको निर्वाचन नजिकिदैं गएसँगै चिसोयाममा निर्वाचनको माहौल तातेको छ । राजनीतिक वृतहरुमा तिव्र रुपमा छलफल भइरहेको छ । निर्वाचन गतिविध बढ्दै गएका छन् । अगामी निर्वाचन लक्षित विभिन्न राजनीतिक दलहरुबीच एकिकरण देखि लिएर चुनावी गठबन्धनसम्म हुने खबरहरु सार्वजनिक भइरहेका छन्। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने र बालेन्द्र शाह (बालेन) बीच सात बुँदे सहमती भएसँगै नेपालको राजनीतिमा तंरग पैदा भएको छ । यसैबीच रुपन्देहीको निर्वाचन क्षेत्र नम्बर ५ मा उम्मेदवारको चर्चा सुरु भएको छ । दुवै जना साथमा चुनावमा होमिने सहमती भएसँगै रुपन्देहीको निर्वाचन क्षेत्र नम्बर ५ मा…
काठमाडौं,१४ पुस। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को प्रि–इलेक्सन नतिजा सार्वजनिक भएको छ। सार्वजनिक नतिजा अनुसार, रमेश प्रसाईं १८,२२३ मतसहित पहिलो नम्बरमा निर्वाचित भएका छन्। दोस्रोमा प्रमोद न्यौपाने १४,१६७ मतसहित, तेस्रोमा रञ्जु दर्शना १३,५५१ मतसहित निर्वाचित भएकी छन्। अन्य स्थानमा क्रमशः टिका संग्रौला १३,१०६, लिमा अधिकारी १२,७६०, समीक्षा बास्कोटा १२,४६०, विपिनकुमार आचार्य १२,२४५, क्रान्तिशिखा धिताल ११,७८१ र प्रतिभा रावल ११,७२१ मतसहित निर्वाचित भएका छन्। परिणाम अनुसार, आदिवासी जनजाति तर्फ उत्तमबहादुर गुरुङ १६,०१२, सतिकला राई १४,२०१, टासी लाजोम १३,०७३ र मिलन लिम्बु १३,०५९ मतसहित निर्वाचित भएका छन्। दलिततर्फ, विजय जैरु १३,१४३, अमृता विक १०,०७३, सविना विश्वकर्मा १२,८५६, स्मृति सेञ्जुरी १२,७१० र अविता नेपाली…