Author: admin

विराटनगर । भारतीय नम्बर प्लेटको स्करपियो गाडीमा एक करोड ८२ लाख ५१ हजार नक्कली नोट फेला परेको छ । सुनसरीबाट प्रहरीले एक हजार दरका एक करोड ८२ लाख ५१ हजार नक्कली नोट बरामद गरेको हो । सुनसरीका प्रहरी उपरीक्षक (एसपी) विपिन रेग्मीका अनुसार आइतबार भारतीय गाडीमा राखेर ल्याउँदै गरेको अवस्थामा इनरुवा नगरपालिका ४ स्थित सुनसरी खोलाको पुलनजिकबाट नक्कली नोट बरामद भएको हो । नक्कली नोटसँगै एक जना भारतीय नागरिक पनि पक्राउ परेको उनले बताए । सवारीसाधन चेकजाँचमा खटिएको ट्राफिक प्रहरीको टोलीले बीआर ११ एक्स ३४२९ नम्बरको स्कोरपियो गाडी रोकेको थियो । शंकास्पद अवस्थाको स्कोरपियो गाडीमा खानतलासी गर्दा पछाडिको भागमा लुकाइछिपाइ…

Read More

काठमाडौं । साताको पहिलो कारोबार दिन आइतबार सेयर बजार दोहोरो अंकले घटेको छ। नेप्से परिसूचक १०.५० अंकले घटेर २०८५.८२ विन्दुमा कायम भएको छ। सेन्सेटिभ इण्डेक्स १.०२ प्रतिशतले घटेर ३७४.७५ विन्दुमा पुगेको छ। यसदिन ३०५ कम्पनीको १ करोड ५ लाख ७१ हजार १९९ कित्ता सेयर ४ अर्ब ८ करोड ५६ लाख ७८ हजार ४७२ रुपैयाँमा खरिदबिक्री भए। दोहोरो अंकले घटेको बजारमा दुई कम्पनीको मूल्य सकारात्मक सर्किट लेभलमा कारोबार भयो। समाज लघुवित्त वित्तीय र कुथेली बुखारी स्माल हाइड्रोपावरको सेयर सकारात्मक सर्किटलेभलमा कारोबार भएको हो। आज एनआईसी एसिया ग्रोथ फण्ड २ का लगानीकर्ताले भने गुमाए। सो कम्पनीको सेयर १० प्रतिशतले घट्यो। कारोबार रकमका…

Read More

भैरहवा । रुपन्देहीको रोहिणी गाउँपालिकाको कार्यालयले मुख्य बजार क्षेत्र धकधईमा ‘अटोमेटिक नम्बर प्लेट रिकग्नाइजेसन’ (एएनपीआर) प्रणाली जडान गरेको छ । भैरहवा–परासी सडकखण्ड अन्तर्गत धकधई हुँदै गुड्ने सवारीसाधनहरुको प्रविधीको माध्यमले निगरानी र शान्ति सुरक्षा कायम राख्ने उद्देश्यले एएनपीआर प्रणाली जडान गरिएको रोहिणी गाउँपालिकाका अध्यक्ष विद्या प्रसाद यादवले बताए । जडान गरिएको प्रणालीले क्यामेराको माध्यमबाट सवारीसाधनको नम्बर प्लेट पहिचान गर्नुका साथै आवातजावत हुने सवारीसाधनको फोटो र भिडियो तथ्यांकको रुपमा सर्भरमा सेभ गर्ने गर्दछ । ईलाका प्रहरी कार्यालय, धकधईसँगको सहकार्यमा क्यामेरा जडान भएपछि अब कुनै घटना पश्चात अनुसन्धान गर्न थप सहज हुने अध्यक्ष यादवले विश्वास व्यक्त गरे । ‘रोहिणी गाउँपालिका औद्योगिक क्षेत्र पनि…

Read More

काठमाडौं । नेपालले क्यानडालाई ४ विकेटले हराएको छ। टियु क्रिकेट मैदानमा क्यानडाले दिएको २८६ रनको लक्ष्य नेपालले २९ बल अगावै पूरा गर्‍यो। क्यानडाले नेपाललाई ठूलो स्कोरको लक्ष्य दिए पनि कप्तान रोहित पौडेल र देव खनालले उत्कृष्ट साझेदारी गरेपछि विजयी सम्भव भएको हो। नेपालका लागि कप्तान पौडेलले ८७ रन र खनालले ७६ रन बनाए। १०१ बलमा पौडेलले ८ चौका र ४ छक्का प्रहार गरे भने खनालले ८१ बलमा ७ चौका र २ छक्का प्रहार गरे। त्यस्तै पवन सर्राफ ८ बलमा १४ रन र भीम सार्की २१ बलमा ४ चौकासहित २३ रनमा आउट भए भने ओपनर आरिफ शेख १० रन बनाएर आउट…

Read More

भैरहवा । रुपन्देहीको शुद्धोधन गाउँपालिकाका तत्कालिन प्रमुख प्रशासकीय अधिकृत र वडाअध्यक्ष भ्रष्टाचारको मुद्दामा दोषी ठहर भएका छन् । सेवाग्राहीसँग घुस लिएको आरोपमा दायर मुद्दामा विशेष अदालतले उनीहरूलाई दोषी ठहर गरेको हो । विशेष अदालतका प्रवक्ता धनबहादुर कार्कीका अनुसार रुपन्देहीको शुद्धोधन गाउँपालिकाका तत्कालीन प्रमुख प्रशासकीय अधिकृत अनन्तपाणी मरासिनी र वडा नम्बर ७ का वडाध्यक्ष भीमबहादुर यादव भ्रष्टाचारको मुद्दामा दोषी ठहर भएका हुन् । घुस लेनदेनमा बिचौलियाको काम गरेका विनोद भरलाई समेत बिशेष अदालतले मतियारको रूपमा सजाय गरेको छ । विशेष अदालतका न्यायाधीशहरू डा. खुसीप्रसाद थारु, तेजनारायण सिंह राई र मुरारीबाबु श्रेष्ठको इजलासले मेहतालाई शुक्रवार दोषी ठहर गरेको हो । प्रशासकीय अधिकृत…

Read More

काठमाडौं । नेपालविरुद्ध क्यानडाले २८६ रनको लक्ष्य प्रस्तुत गरेको छ। त्रिवि क्रिकेट मैदानमा शनिबार नेपालविरुद्ध जारी एकदिवसीय सिरिजको दोस्रो खेलमा क्यानडाले निर्धारित ओभरमा ९ विकेटको क्षतिमा २८५ रन बनाएको हो। क्यानडाका लागि ओपनर आरोन जोनसनले सर्वाधिक ६५ रन बनाए। उनले १० चौका र २ छक्का प्रहार गरेका थिए। त्यसैगरी अर्का ओपनर नवनीत धालीवालले ४६ रन बनाए भने परगत सिंहले ३८ रन, श्रेयस मोब्बाले ४० रनको योगदान गरे। सोमपाल कामीको अन्तिम बलमा मोब्बा भीम सार्कीबाट आउट भएका हुन्। नेपालका लागि कप्तान रोहित पौडेल र कुशल मल्लले समान २२ विकेट लिए। सिनियर टोलीबाट डेब्यु गरेका आकाश चन्द, सूर्य तामाङ, पवन सर्राफ ले…

Read More

मुगु । केही वर्ष यता चैत्रमा फुल्ने लालीगुराँस माघ महिनामै ढकमक्क फुल्न थालेका छन् । जिल्लामा गुराँस फुल्ने मौसम फागुन अन्तिमदेखि चैत, वैशाखसम्म हो । एक दुई वर्षयताबाट माघ पहिलो सातादेखि वनभरि ढकमक्क फुल्न थालेका छन्। पहिले पहिले चैत वैशाखमा फुल्ने गुराँस पछिल्ला केही वर्ष यता माघमै फुल्ने गरेको छायाँनाथ रारा नगरपालिका-१० का स्थानीय पदम बुढाले बताए । गुराँसजस्तै अन्य बोटविरुवामा पनि दुई महिना अगावै नयाँ पालुवा लाग्न थालेको स्थानीय बताउँछन् । चैतमा फुल्ने स्याउ पुसमा नै फुलेको र स–साना दानसमेत लागेको स्थानीय किसानहरु बताउँछन्। पहिलाका वर्षहका तुलनामा हिमपात नहुने वा भए पनि निकै कम हुने गरेको स्थानीयको भनाइ छ।…

Read More

काठमाडौं । आजमतुल्लाह ओमरजाई र मोहम्मद नाबीको सानदार शतकका बाबजुद अफगानिस्तान पहिलो ओडीआई खेलमा घरेलु टोली श्रीलंकासँग ४२ रनले पराजित भएको छ । योसँगै तीन खेलको सिरिजमा श्रीलंकाले १-० को अग्रता लिएको छ । जितको लागि ३८२ रनको विशाल विजयी लक्ष्य पछ्याएको अफगानिस्तानले ५० ओभरमा ६ विकेट गुमाउँदै ३३९ रन बनाउन सक्यो । ओमरजाई ११५ बलमा १३ चौका र ६ छक्कासहित १४९ रनमा नट आउट रहेपनि जिताउन पर्याप्त रहेन । मोहम्मद नाबी १३० बलमा १५ चौका र ३ छक्कासहित १३६ रनमा आउट भए । अन्य अफगानि ब्याटरको प्रदर्शन सम्झन लायक रहे । एक समय ५५-५ को दयनीय अवस्थामा पुगेको अफगानिस्तानलाई…

Read More

काठमाडौं । सशस्त्र प्रहरी बल,नेपाल प्रधान कार्यालयले १ सय जना एसपीहरुको सरुवा गरेको छ । सशस्त्र प्रहरी महानीरिक्षक राजु अर्यालले फागुन १ गतेदेखि सरुवा गरिएको कार्यालयबाट सेवा सुविधा पाउनेगरी बिहीबार १ सय जनाको सरुवा गरेका हुन् । सशस्त्र प्रहरी बल, नेपाल प्रधान कार्यालयका अनुसार सशस्त्र प्रहरी महानीरिक्षकको सचिवालयमा कार्यरत एसपी आनन्द थापा (मगर) लाई नम्बर २७ गण रुपन्देहीमा सरुवा गरिएको छ । रुपन्देहीका एसपी दीपक थापालाई प्रधान कार्यालयको सीमा सुरक्षा विभागमा पठाईएको छ । त्यस्तै नम्बर–३८ रिजर्भ गण झापामा निवन कुमार खडका, गण नम्बर–४२ बाँकेमा क्षितिज क्षेत्रीलाई सरुवा गरिएको छ । नम्बर–४० गण पिलुवा बारामा मोहन बहादुर क्षेत्री, गण नम्बर–३…

Read More

काठमाडौँ । नेपाल प्रहरीका १६ जना वरिष्ठ प्रहरी उपरीक्षक (एसएसपी) हरुको काज सरुवा भएको छ । नेपाल सरकार गृह मन्त्रालय (उपप्रधानमन्त्री एवं गृहमन्त्रीस्तर)को शुक्रबारको निर्णय अनुसार एसएसपीको काज सरुवा गरिएको हो । प्रहरी प्रधान कार्यालयका अनुसार एसएसपीहरु अरुण पौडेल, ईश्वर कार्की, ओम बहादुर राना, कृष्ण बहादुर पल्ली मगर, कृष्णहरि शर्मा पोखरेलको सरुवा भएको छ । यस्तै गणेश चन्द, शेखर खनाल, सिद्धि विक्रम शाह, सुशील सिंह राठौर, गोपालचन्द्र भट्टराई, जीवनकुमार श्रेष्ठ, दीप शम्शेर जबरा, प्रवीण पोखरेल, मुकुन्द मरासिनी, रमेश कुमार बस्नेत र राजेन्द्र कुमार भट्टको पनि सरुवा भएको छ । हेर्नुहोस् को कहाँ सरुवा भए ?

Read More