


Get the latest creative news from FooBar about art, design and business.



भैरहवा : मेटा कम्पनी मातहतको समाजिक संजाल फेसबुक, म्यासेन्जर र ईन्स्टाग्रामको लगईनमा समस्या देखिएको छ । केही समय अघि देखि यी तीनवटै एकाएक आफै लगआउट भएको थियो । त्यसपश्चात लगईनमा समस्या देखिएको छ । समस्या देखिएपछि विश्वभरका फेसबुक र इन्स्टाग्रामका प्रयोगकर्ताले गुनासो गरेका छन् । सामाजिक सञ्जालमा देखिएका समस्याबारे रिपोर्ट गर्न मिल्ने डाउन डिटेक्टरमा हजारौँ प्रयोगकर्ताले गुनासो गरेका छन् । तर, मेटाकै ह्वाट्सएपमा भने कुनै समस्या देखिएको छैन । फेसबुकको आन्तरिक श्रोतलाई उधृत गर्दै डेलीमेलले जनाए अनुसार यसअघि कम्पनीको आन्तरिक प्रणालीहरु पनि अबरुद्ध भएका थिए र सोही कारण विश्वभर नै मेटाका सोसल मिडिया प्लाटफर्महरु डाउन भएका हुन् ।
भैरहवा : केन्द्रमा नेपाली काँग्रेस नेकपा माओवादी केन्द्रको गठबन्धन भत्किएर नेकपा एमाले नेकपा माओवादी केन्द्र लगायतको गठबन्धन बने सँगै लुम्बिनी प्रदेशमा पनि नयाँ गठबन्धनका लागि कसरत सुरु भएको छ । केन्द्रमा नेकपा एमाले, नेकपा माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र जनता समाजवादी पार्टी (जसपा) को संयुक्त गठबन्धनको सरकार बनेको छ । जसमध्ये रास्वपाको लुम्बिनी प्रदेशसभामा उपस्थिती छैन । लुम्बिनीमा कुल ८७ जना प्रदेश सांसद छन् । लुम्बिनीमा नयाँ गठबन्धन बनाउनका लागि ४४ सांसदको समर्थन आवश्यक हुन्छ । तर, केन्द्रमा सत्ता समिकरण अनुसार लुम्बिनी नेकपा एमालेका २९, नेकपा माओवादी केन्द्रका ११ र जसपाको तीन सांसद मात्र छन् । यी तीन…
लुम्बिनी : नेपालका लागि संयुक्त अरब इमिरेट्स (युएई) का राजदूत अब्दुल्लाह अल साहम्सीले सोमबार बुद्व जन्मस्थल लुम्बिनी भ्रमण गरेका छन् । राजदुत अब्दुल्लाहलाई लुम्बिनी विकास कोषका कोषाध्यक्ष ढुण्डिराज भट्टराई (सिद्विचरण) ले स्वागत गरे । कोषाध्यक्ष भट्टराईले लुम्बिनीबारे जानकारी दिदै युईएका नागरिकलाई लुम्बिनी भ्रमणका लागि अनुरोध गरे । भ्रमणका क्रममा लुम्बिनीमा मुस्लिम समुदायका तीर्थालुहरु समेत देखिएकाले यहाँको धार्मिक सदभावबाट प्रभावित भएको बताए । राजदुत अब्दुल्लाहले शान्ति दीप, मायादेवी मन्दिर, पुष्करणी पोखरी र अशोक स्तम्भको अवलोकन गरेका थिए । उक्त अवसरमा लुम्बिनी विकास कोषका कार्यकारी सदस्य रामनरेश कोहार, प्रेस विज्ञ विनोद परियार, सुचना शाखाका दिलिप राई लगायतको उपस्थिति रहेको थियो । राजदुत…
काठमाडौं : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मन्त्रिमण्डल पुनर्गठन गरेका छन्। सोमबार राष्ट्रपति कार्यालय शितलनिवासमा नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण भएको हो। राष्ट्रपति रामचन्द्र पौडेलले नवनियुक्त मन्त्रीहरुलाई पद तथा गोपनीयताको सपथ गराएका हुन् । राष्ट्रपति पौडेलले विना विभागिय मन्त्रीहरुको रुपमा एमालेबाट पदम गिरी, माओवादी केन्द्रबाट हितबहादुर तामाङ र रास्वपाबाट डीपी अर्याललाई सपथ गराएका हुन्। सपथ ग्रहण समारोहमा उपराष्ट्रपति रामसहाय यादव, प्रधानमन्त्री प्रचण्ड, प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठ, सभामुख देवराज घिमिरे सहभागी थिए। गत वर्ष पुस १० गते बनेको गठबन्धन सरकारमा पर्वतबाट निर्वाचित सांसद एवम् एमालेका प्रमुख सचेतक पदम गिरी स्वास्थ्यमन्त्री, रास्वपाका उपसभापतिसमेत रहेका अर्याल श्रम तथा रोजगारमन्त्री थिए। तामाङ नुवाकोट-१ बाट निर्वाचित माओवादी केन्द्रका…
काठमाण्डौँ । नेपाली कांग्रेस र माओवादी केन्द्रलगायतको सत्ता गठबन्धन अन्ततः भत्किएको छ। गठबन्धन भत्किएसँगै नेकपा एमाले र माओवादी केन्द्र लगायत दलको नयाँ समीकरणको सरकार बन्ने लगभग पक्का भएको छ। गत वर्ष १० पुसमा नेकपा एमाले र माओवादी केन्द्रको बनेकै गठबन्धनलाई आधार मानेर नयाँ समीकरण बन्ने बताइएको छ । नयाँ समिकरणका लागि लागि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा), जनता समाजवादी पार्टी (जसपा) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) लाई पनि समेट्ने सहमति भएको छ । यता सोमबार बिहान बसेको रास्वपाको बैठकले नयाँ समिकरणका लागि सबै निर्णय लिने अधिकार सभापति रवि लामिछानेलाई दिएको छ । एमाले उपमहासचिव प्रदीप ज्ञवालीका अनुसार प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड)…
भैरहवा : लुम्बिनी विकास कोषले गौतमबुद्धको जन्मस्थल लुम्बिनीको बाहिरी क्षेत्रको सुरक्षाको व्यवसापन सशस्त्र प्रहरी बल, नेपाललाई दिन माग गरेको छ । आइतबार कोषको पदाधिकारीहरुले लुम्बिनी आएका गृहमन्त्री नारायणकाजी श्रेष्ठसगँको भेटमा लुम्बिनी गुरुयोजना बाहिर क्षेत्रको सुरक्षाको व्यवस्थापन सशस्त्रलाई दिन माग गरेको हो । भेटघाटमा कोषका उपाध्यक्ष डा. ल्हारक्याल लामाले लुम्बिनीको सुरक्षा संवेदनशीलतालाई मध्यनजर गरी गुरुयोजना क्षेत्र बाहिरको सुरक्षा सशस्त्र प्रहरीमार्फत व्यवस्थापन गर्न माग गरे । यसअघि कोषको बैठकले सशस्त्र प्रहरीको स्थायी बेस क्याम्प स्थापनाको निर्णय गरी गृहमन्त्रालयमा फाइल पठाएको बताउँदै उनले यसबारे थप पहलका लागि ध्यानाकर्षण गराए । गृहमन्त्री श्रेष्ठले सशस्त्रको स्थायी बेस क्याम्प स्थापनाका लागि पहल गर्ने प्रतिबद्धता जनाए ।…
भैरहवा : काठमाण्डौँको पेप्सीकोला स्थित नेक्सस क्रिकेट एकेडेमीले निःशुल्क क्रिकेट क्याम्प (प्रशिक्षण) गर्ने भएको छ । एकेडेमीले चालु वर्षमा एसइई परिक्ष दिएका दुई सय जना विधार्थीहरुलाई निःशुल्क क्रिकेट खेलको क्याम्प (प्रशिक्षण) गर्ने भएको हो । उक्त क्याम्प मुलपानी क्रिकेट रंगशाला र एकेडेमीको प्राङगणमा अगामी चैत २८ गते देखि बैशाख १८ गतेसम्म संचालन हुने नेक्सस क्रिकेट एकेडेमीले जनाएको छ । एकेडेमीले क्रिकेट खेलको विकासका लागि आयोजना गरेको क्याम्प यो पाँचौ संस्करण हो । क्याम्पको आयोजना लुकेका प्रतिभाको प्रस्टफुटन हुने विश्वास लिइएको नेक्सस एकेडेमीका अध्यक्ष भरत कुमार शाहीले बताए । नवप्रतिभाहरुको खोजी गरी नेपाली क्रिकेटलाई अब्बल खेलाडी सुम्पिने महत्वपूर्ण अभियान रहेको भन्दै…
भैरहवा : रुपन्देहीको सियारी गाउँपालिकाले फिजियोथेरापी शुरु गरेको छ । पालिकाले स्थानिय नागरिकलाई स्वास्थ्य सेवामा सहज पहुँच पुर्याउने उद्धेश्यले फिजियोथेरापी शुरु गरेको हो । सियारी गाउँपालिकाले शुरु गरेको फिजियोथेरापी सेवा लुम्बिनी प्रदेशका पालिकाहरुमा पहिलो भएको दावी गरेको छ । गाउँपालिका अध्यक्ष थानेश्वर घिमिरेले फिजियोथेरापी सेवाका लागि भैरहवा तथा बुटवल लगाएतका शहरमा पुग्नु पर्ने बाध्यतालाई हटाउन सियारीमा सेवा शुरु गरिएको बताए । अध्यक्ष घिमिरेले भने, एक जना फिजियो थेरापी गर्न जाँदा बुटवल तथा भैरहवाको भाडा, थेरापि गरे बापतको शुल्क लगाएत तिर्दा एक भन्दा बढी हुन्छ, समयको पनि बचत हदैन्, यी सबै कुराबाट नागरिकलाई सुबिधा दिनका लागि पालिकाबाटै फिजियो थेरापी शुरु गरेका…
भैरहवा : रुपन्देहीको भैरहवामा होटल ल्याण्डमार्क सञ्चालनमा आएको छ । पचास करोड रुपैयाँको लगानीमा सिद्धार्थनगर नगरपालिका ३ स्थित सिंगापुर कलोनीमा होटल संचालनमा आएको हो । भैरहवाका युवा व्यवसायी आशा गुरुङको लगानीमा निर्माण भएको होटलको सम्राट ग्रुपले व्यवस्थापन गरेको छ । बुद्ध जन्मस्थल लुम्बिनीमा आउने विदेशी पर्यटकका साथै भारतबाट आउने पर्यटकलाई लक्षित गरेर होटल सञ्चालनमा ल्याइएको प्रमुख कार्यकारी अधिकृत सी एन पाण्डेले बताए । १० कठ्ठा क्षेत्रफलमा फैलिएको होटल अगामी दिनमा १ विघा क्षेत्रफलमा १० हजार स्वायरफुटको पार्टी र सेमिनार हलको सुविधा समेत प्रदान गर्ने लक्ष्य रहेको बताइएको छ । उनका अनुसार होटलमा हाल डिलक्स, सुपर डिलक्स, फ्यामली र जुनियर स्वीट…
भैरहवा : रुपन्देहीको सिद्धार्थनगर नगरपालिकामा शारीरिक रुपमा अशक्तहरुको निःशुल्क स्वास्थ्य परीक्षण शिविर सम्पन्न भएको छ । सिद्धार्थनगर नगरपालिकाको कार्यालय र अपाङ्ग बाल अस्पताल तथा पुनस्र्थापन केन्द्रको आयोजनामा भीम अस्पतालमा सम्पन्न शारीरिक रुपमा अशक्तहरुको लागि निःशुल्क स्वास्थ्य परिक्षण शिविरमा बालबालिका सहित ८६ जनाले सेवा लिएको नगरस्तरीय अपाङ्ग समन्वय समितीको संयोजक समेत रहेकी सिद्धार्थनगरको उपप्रमुख उमा अधिकारीले बताइन् । शिविरमा अपाङ्ग बाल अस्पताल तथा पुनस्र्थापन केन्द्रबाट खटिएका अनुभवी चिक्तिसकद्धारा परिक्षण गरिएको थियो । ‘शारीरिक अपाङ्गता भएपनि सर्वसाधरणले अनुभवी चिक्तिसद्धारा परिक्षण समेत गराउन नसकेको अवस्था थियो’ उपप्रमुख अधिकारीले भनिन्, ‘शिविर संचालनले सेवा लिएका नगरवासी लाभान्वित भएका छन् ।’ उनले शिविरको क्रममा शारीरिक रुपमा…