Author: क्लिक लुम्बिनी

गौतम बुद्धको जन्मस्थलको नामबाट नामाकरण भएको लुम्बिनी प्रदेशको समग्र गतिविधि पस्किने थलो हो, क्लिक लुम्बिनी डटकम । तपाईंहरुको कुनै सल्लाह, सुझाव र प्रतिक्रिया भए ईमेल गर्नुहोला ।

काठमाडौं, ५ माघ । नेपाल प्रहरीका ८ जना डीआईजीको सरुवा भएको छ। सरुवा सूची अनुसार केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) मा रहेका भूपेन्द्र बहादुर खत्रीलाई लुम्बिनी प्रदेशको जिम्मेवारी दिइएको छ भने लुम्बिनीमा रहेका राजेन्द्र प्रसाद भट्टलाई प्रहरी मुख्यालयको अन्वेषण योजना तथा विकास निर्देशनालयमा पठाइएको छ । कसको सरुवा कहाँ ? हेर्नुहोस् सूची :

Read More

काठमाडौं, ५ माघ। युवा तथा खेलकुद मन्त्री बब्लु गुप्ताले राजीनामा दिएका छन्। कात्तिक ९ गते मन्त्री भएका गुप्ताले राजीनामा दिएका हुन्। चुनावमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाट चुनाव लड्ने तयारीमा रहेका गुप्ताले उनले राजीनामा दिएको बुझिएको छ ।

Read More

काठमाडौं,४ माघ ।घुस असुलीको आरोपमा दुई जना प्रहरी पक्राउ परेका छन् । पक्राउ पर्नेमा सहायक हवल्दार धिरेन्द्र बिष्ट र जवान सुजन कार्की रहेको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी तथा प्रवक्ता पवनकुमार भट्टराईका अनुसार लागुऔषध कारोबारीसँग रकम लिएको पाइएपछि पक्राउ गरेर अनुसन्धान अघि बढाएको छ। उनीहरुमाथी दुई लाख रुपैयाँ लिएको आरोप छ । पक्राउ परेका दुवै जना प्रहरी काठमाडौं उपत्यका प्रहरी कार्यालय रानीपोखरीमा कार्यरत रहेको प्रहरीले जनाएको छ।

Read More

काठमाडौं,४ माघ । संयुक्त राष्ट्र सङ्घीय अन्तरिम सुरक्षा बल अबिये मिसन (युनिस्फा) को फोर्स कमाण्डरमा नेपाली सेनाका रथी गणेश कुमार श्रेष्ठ नियुक्त भएका छन्। संयुक्त राष्ट्र सङ्घका महासचिव एन्टोनियो गुटेरेसले रथी श्रेष्ठलाई उक्त पदमा नियुक्त गरेका हुन्। यो नियुक्तिसँगै युनिस्फा मिसनमा नेपाली सेनाले पहिलो पटक फोर्स कमाण्डरको जिम्मेवारी प्राप्त गरेको छ। जसलाई ऐतिहासिक उपलब्धिका रुपमा लिइएको छ। नेपाली सेनाले सन् १९९३ देखि हालसम्म विभिन्न पाँचवटा संयुक्त राष्ट्र सङ्घीय शान्ति मिसनहरुमा सात जना उच्च सैनिक अधिकृतलाई फोर्स कमाण्डरका रुपमा सफलतापूर्वक परिचालन गरिसकेको छ। रथी श्रेष्ठको नियुक्तिले नेपाली सेनाको शान्ति मिसनमा लामो समयदेखिको योगदान र विश्वासलाई निरन्तरता दिएको छ। नेपाली सेनाले यस…

Read More

काठमाडौं,४ माघ । प्रतिनिधि सभा सदस्यको निर्वाचनमा उम्मेदवारी दर्ता गराउनका लागि दश र पाँच हजार रुपैयाँ धरौटी राख्नुपर्ने भएको छ। निर्वाचन आयोगले आइतबार सूचना प्रकाशित गरी उम्मेदवारी दर्ता गराउन आवश्यक कागजातबारे जानकारी दिएको छ। त्यसमा उम्मेदवारी दर्ता गर्दा १० र पाँच हजार रुपैयाँ धरौटी बुझाउनुपर्ने उल्लेख छ। आयोगले भनेको छ, ‘प्रतिनिधि सभा सदस्य निर्वाचनका उम्मेदवारका लागि १० हजार रुपैयाँ सम्बन्धित निर्वाचन अधिकृतको कार्यालयमा धरौटी जम्मा गरेको रसिद वा भौचर।’ महिला, दलित, अल्पसंख्यक समुदाय र आर्थिक रुपमा विपन्न उम्मेदवारले भने ५ हजार रुपैयाँ धरौटी राख्नुपर्नेछ। आयोगले भनेको छ, ‘महिला र दलित वा अल्पसंख्यक समुदाय वा आर्थिक रुपले विपन्न उम्मेदवारको हकमा सो…

Read More

काठमाडौं,४ माघ। आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि आज मध्यरातदेखि निर्वाचन आचारसंहिता लागू हुने भएको छ। निर्वाचन आयोगले आचारसंहिता लागू हुने विषयमा सरकारलाई जानकारी गराएको छ। आयोगका कार्यवाहक प्रमुख आयुक्त रामप्रसाद भण्डारी नेतृत्वको आयोगको टोलीले आज बालुवाटारमा आयोजित कार्यक्रममा आचारसंहिता लागू हुने सरकारलाई जानकारी गराएको हो। जसअनुसार, निर्वाचन आचारसंहिता आज राति १२ बजेबाट लागू हुनेछ। आयोगको आजै बसेको बैठकले निर्वाचन आचारसंहिता आज राति १२ बजेबाट लागू हुने निर्णय गरेको कार्यवाहक प्रमुख आयुक्त भण्डारीले जानकारी दिए।

Read More

भैरहवा, ४ माघ । नेकपा एमालेले रुपन्देहीका ५ वटै निर्वाचन क्षेत्रमा उम्मेदवारको टुंगो लगाएको छ। पार्टीका अनुसार एमालेले क्षेत्र नं १ बाट दधिराम न्यौपाने, २ बाट विष्णुप्रसाद पौडेल, ३ बाट वासुदेव घिमिरे, ४ बाट सुनिता ठटेर, ५ बाट खिमलाल भट्टराईले उम्मेदवारी दिने छन् । पौडेल र घिमिरेबाहेक सबै नयाँ उम्मेदवार हुन्। पार्टी केन्द्रीय सदस्य न्यौपाने ०७४ मा प्रदेश सभा सदस्य थिए भने ०७९ मा सोही क्षेत्रबाट प्रदेशसभामा पराजित भएका थिए। उपाध्यक्ष पौडेल ०५६ देखि बुटवल क्षेत्रबाट उम्मेदवार बन्दै आएका छन् । केन्द्रीय सदस्यमा पराजित घिमिरे ०७९ मा क्षेत्र नं ५ बाट निर्वाचित भएका थिए। केन्द्रीय सदस्य तथा रुपन्देही इन्चार्ज भट्टराई…

Read More

भैरहवा, ४ माघ । नेकपा (एमाले)ले उपाध्यक्ष विष्णु प्रसाद पौडेल रुपन्देहीको निर्वाचन क्षेत्र नम्बर २ बाटै चुनाव लड्ने भएका छन् । पार्टीको सचिवालय बैठकले पौडेललाई पाल्पा–२ बाट चुनावी मैदानमा उत्राने निर्णय गरेको थियो। रुपन्देही क्षेत्र नम्बर २ बाटै पौडेल चुनाव लड्दै आएका थिए । तर, पाल्पा–२ बाट उनको सिफारिस भएपछि निर्वाचन क्षेत्रमा विभिन्न किसिमको बहस भएपश्चात रुपन्देही–२ को क्षेत्रीय कमिटी बैठकले रुपन्देही–२ बाट पौडेललाई उम्मेदवार बनाउनुपर्ने र जिताउने जिम्मा आफूहरुले लिने निर्णय गरेको थियो । एमाले केन्द्रीय सदस्य तथा रुपन्देही जिल्ला इन्चार्ज खिमलाल भट्टराईले पौडेललाई रुपन्देही–२ बाट उम्मेदवार बनाउने निर्णय भएको जानकारी दिए। नेकपा एमालेको रुपन्देही क्षेत्र नम्बर १ मा…

Read More

भैरहवा, ४ माघ। आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि नेपाली कम्युनिष्ट पार्टी (नेकपा) ले रुपन्देहीको पाँचवटै निर्वाचन क्षेत्रमा उम्मेदवारहरुको टुंगो लगाएको छ। पार्टीका अनुसार निर्वाचन क्षेत्र नम्बर १ मा घनश्याम यादव, २ मा सुवास पाण्डे (विश्वदीप), ३ मा फैज अहमद खान, ४ मा बाबुलाल यादव र ५ मा मोहम्मद वकील मुसलमानलाई उम्मेदवार बनाउने निर्णय गरिएको छ।

Read More

भैरहवा, २ माघ। आगमी फागुन २१ गते प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि रुपन्देहीमा मुख्यसहित निर्वाचन अधिकृतहरुको कार्यालय स्थापना गरिएको छ । जिल्ला निर्वाचन अधिकारी कल्पना अर्यालका अनुसार भैरहवास्थित बाल मन्दिरमा मुख्य निर्वाचन अधिकृतको कार्यालय स्थापाना गरिएको र शुक्रवार अन्य क्षेत्रमा पनि निर्वाचन अधिकृतको कार्यालय स्थापनाको तयारी छ । रुपन्देहीका मुख्य निर्वाचन अधिकृत अशोककुमार बस्नेतले निर्वाचनलाई स्वतन्त्रपूर्वक, शान्तिपूर्ण सम्पन्न गराउन राज्यका संयन्त्र लागिपरेको बताए। उनले निर्वाचनलाई शान्तिपूर्ण बनाउन राजनीतिक दलको ठूलो भूमिका रहेको र सहयोगको अपेक्षा रहेको बताए। निर्वाचन आचारसंहिता पालना गर्न उनले राजनीतिक दलहरुलाई आग्रह गर्दै आचारसंहिता पालना नभए कानूनी कुराहरु अघि बढाउनुपर्ने बताए। रुपन्देहीका प्रमुख जिल्ला अधिकारी माधव प्रसाद…

Read More