


Get the latest creative news from FooBar about art, design and business.



गौतम बुद्धको जन्मस्थलको नामबाट नामाकरण भएको लुम्बिनी प्रदेशको समग्र गतिविधि पस्किने थलो हो, क्लिक लुम्बिनी डटकम । तपाईंहरुको कुनै सल्लाह, सुझाव र प्रतिक्रिया भए ईमेल गर्नुहोला ।
काठमाडौं,१७ कार्तिक । सरकारको लापरवाहीका कारण दैनिक एक हजार थान राहदानी (पासपोर्ट) मात्र वितरण हुने भएको छ । राहदानीको मौज्दात सकिँदै गएकोले सरकारले दैनिक कोटा तोकेको हो । राहदानी विभागले सूचना जारी गर्दै विद्युतीय राहदानी आपूर्तिका लागि नयाँ आपूर्तिकर्तासँग गत साउनमा खरिद सम्झौता गरिसकेको र उक्त सम्झौताअनुसार आगामी फागुन ११ देखि राहदानी सेवा सुरु हुने गरी नयाँ पूर्वाधार तथा प्रणाली निर्माण भइरहेको जनाएको छ । नयाँ आपूर्तिकर्ता र हालको आपूर्तिकर्ताबीच हुने सङ्क्रमणकालीन अवस्था (ह्याण्डओभर र टेकओभर) तथा राहदानी पुस्तिकाको सीमित सङ्ख्या र सेवाग्राहीको उच्च मागलगायतका कारणले राहदानी वितरणमा केही समस्या हुन गएको विभागले जनाएको छ । उक्त अवधिसम्म राहदानीको अभाव…
उदयपुर,१७ कार्तिक । प्रहरीले लागुऔषधसहित दुई जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा चौदण्डीगढी नगरपालिका-७ का २४ वर्षीय पर्शुराम तिमल्सिना र वडा नम्बर-६ का २३ वर्षीय बिकि भन्ने विवेक राई छन्। इलाका प्रहरी कार्यालय बेल्टारबाट खटिएको टोलीले उदयपुरको चौदण्डीगढी नगरपालिका-४, पैतालिस चोकमा दुई जनालाई शंका लागेर चेकजाँच गर्दा लागुऔषध बरामद भएको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ । प्रहरीका अनुसार शंकास्पद लागेका उनीहरुलाई नगर अस्पताल चौदण्डीगढीमा एक्स-रे गर्दा मलद्वारभित्र लागुऔषधका एम्पुलहरु लुकाएर ओसारपसार गरेको पाइएको छ । पक्राउ परेका तिमल्सिनाको साथबाट १५ एम्पुल र राईको साथबाट १८ एम्पुल गरी जम्मा ३३ एम्पुल प्रतिबन्धित लागुऔषध फेला परेको छ। अस्पतालका चिक्तिसकहले उनीहरुको…
काठमाडौं,१३ कार्तिक। अख्तियार दुरूपयोग अनुसन्धान आयोगले घुस रकमसहित पक्राउ परेका लेखा अधिकृतविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ। आयोगले बिहीवार दैलेख डुङ्गेश्वर गाउँपालिका गाउँकार्यपालिकामा कार्यरत वरिष्ठ लेखा अधिकृत टंकबहादुर कार्कीविरुद्ध विशेष अदालत काठमाडौंमा भ्रष्टाचार मुद्दा दायर गरेको हो। पालिकाको सडक स्तरोन्नति तथा निर्माण सम्पन्नपछि अन्तिम बिल भुक्तानी गर्ने क्रममा सेवाग्राहीसँग घुस लिएको पुष्टि हुन आएपछि कार्कीविरुद्ध आरोप पत्र दायर भएको आयोगले जनाएको छ। आयोग प्रवक्ता राजेन्द्र कुमार पौडेलका अनुसार वरिष्ठ लेखा अधिकृत कार्कीविरुद्ध सडक निर्माण सकिएपछि बिल भुक्तानी गर्ने क्रममा सेवाग्राहीसँग घुस वापत १ लाख रुपैयाँ माग गरेको उजुरी परेको थियो। अनुसन्धानका सिलसिलामा वरिष्ठ लेखा अधिकृत कार्कीले डुङ्गेश्वर गाउँपालिका वडा नम्बर…
काठमाडौं,१३ कार्तिक । गृहमन्त्री ओमप्रकाश अर्याललाई हटाउने चर्चासँगै प्रधानमन्त्रीको कार्यालयले यस विषयमा ध्यानार्कषण भएको जनाएको छ । बिहीवार प्रधानमन्त्रीको सचिवालयले विज्ञप्ति जारी गर्दै कुनै मन्त्री बनाउने वा हटाउने विषय विशुद्ध प्रधानमन्त्रीको अधिकारक्षेत्रमा पर्ने बताइएको छ। काठमाडौं महानगरपालिकाका मेयर बालेनले केही दिनअघि प्रधानमन्त्रीलाई भेटेर अर्याललाई गृहमन्त्रीबाट हटाउन दवाव दिएको समाचार सञ्चारमाध्यमहरुमा आएका थिए। सचिवालयको विज्ञप्तिमा भनिएको छ, ‘जेनजी आन्दोलनबाट व्यक्त जनादेशअनुरुप यो सरकार गठन भएको, यो असामान्य परिस्थितिमा राष्ट्रको गहन जिम्मेवारी सम्हाल्न आउनुभएको गृहमन्त्री अर्याल आगामी निर्वाचन सम्पन्न गर्नका लागि वातावरण निर्माण गर्न शान्ति सुरक्षा कायम राख्न र सुरक्षा संगठनहरुको मनोबल उच्च राख्न अहोरात्र खटिरहनुभएको सबैलाई विदितै छ।’ अहिलेको संवेदनशील समयमा…
काठमाडौं,१३ कार्तिक । देशका विभिन्न भागमा पश्चिमी वायु र ‘मोन्था’ चक्रवातको आंशिक प्रभाव परेकाले विभिन्न स्थानमा वर्षा हुने सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। साथै देशमा पश्चिमी वायुको सक्रिय प्रभाव छ भने अरब सागरमा बनेको न्यून चापीय प्रणाली र बंगालको खाडीमा विकसित चक्रवात ‘मोन्था’ को आंशिक प्रभाव परेको छ। महाशाखाका अनुसार कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशसहितका पहाडी भू(भागमा आज दिउँसो अधिकांश समय बादल लाग्ने छ भने तराईका भू(भागमा सामान्य बदली रहनेछ। कोशी, मधेश र बागमती प्रदेशका धेरै स्थानहरुमा मध्यम वर्षा हुने सम्भावना छ। गण्डकी र लुम्बिनी प्रदेशका पहाडी तथा हिमाली क्षेत्रका केही स्थानमा वर्षा र…
भैरहवा, १३ कार्तिक । नेपाल विद्युत् प्राधिकरणले उद्योगहरुमा विद्युत् कटौती गरेको विरोधमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्ने क्रममा नेपाल ट्रेड युनियन महासंघ (जिफन्ट) का केन्द्रीय उपाध्यक्ष कमल गौतमको मृत्यु भएको छ । ट्रंक र डेडिकेटेड लाइनको विवादमा रुपन्देहीका उद्योगीहरुले आन्दोलनको घोषणा गरेका थिए । जसअनुसार बिहीवार प्राधिकरणको भैरहवा वितरण केन्द्र अगाडी धर्ना कार्यक्रमको आयोजना गरिएको थियो । कार्यक्रमलाई सम्बोधन गर्दै उपाध्यक्ष गौतमले यो आन्दोलनलाई सांकेतिक रुपमा मात्र लिन जरुरी रहेको र २५ हजार श्रमिकहरुको रोजगारी गुम्दै गएको र गुमाउने नचाहेको बताएका थिए । ‘अतः यो कारणले…’ शब्दसहितको वाक्य पुरा गर्न नपाउँदै उनी ढल्न पुगे । उपचारका लागि क्रिमसन अस्पतालमा पुराइएकोमा उनको…
भैरहवा, १३ कार्तिक। रुपन्देहीको रोहिणी गाउँपालिकामा साढे पाँचसय जग्गाधनी प्रमाणपूर्जा (लालपूर्जा) वितरण गरिने भएको छ। पालिकाको ६ नम्बर वडा अन्तर्गत रहेका गाउँब्लक जग्गाको जग्गधनी प्रमाणपूर्जा कार्तिक १४ गतेदेखि वितरण गरिने भएको हो । लामो समयदेखि लालपूर्जा नपाएका नागरिकले लालपूर्जा पाउन लाग्दा खुसीको अनुभुति गरेको रोहिणी गाउँपालिकाका अध्यक्ष विद्या प्रसाद यादवले बताए। यसअघि २०८१ असोजमा पालिकाको ३ नम्बर वडा अन्तर्गत रहेका गाउँब्लक जग्गाको ४५० जनालाई लालपूर्जा वितरण गरिएको थियो।
भैरहवा, १२ कार्तिक । उद्योग व्यापार संगठन (चेम्बर अफ कमर्स) रुपन्देहीले सातौँ लुम्बिनी महोत्सव–२०८२ (उद्योग, व्यापार, कृषि तथा पर्यटन प्रवर्द्धन) आयोजना गर्ने भएको छ । ‘स्थानीय बजारमा खरिद गरौँ, स्थानीय बजार प्रवर्द्धन गरी, स्वदेशी वस्तुको प्रयोग गरी स्वाभिमानी नेपालीको पहिचान बनाऔँ’ भन्ने मूल नाराका साथ संगठनले महोत्सव आयोजना गर्न लागेको हो । संगठनले कार्यालयमा आयोजना गरिएको पत्रकार सम्मेलनमा आगामी मङ्सिर ३ गतेदेखि मङ्सिर २१ गतेसम्म अंचलपुरमा महोत्सव आयोजना गरिएको जानकारी गराएको छ। यसपटकको महोत्सवको मुख्य आकर्षण नेपालमै पहिलो पटक भियतनामबाट ल्याइएको ‘जलपरी’ को नि:शुल्क प्रदर्शन रहने संगठनका अध्यक्ष सचिन रोक्काले बताए । उनका अनुसार महोत्सवमा नि:शुल्क फिस टनेल, आइफेल टावरसहितको…
काठमाडौं,१२ कार्तिक। नेपाल प्रहरीका एसएसपी प्रकाश रानाभाटले राजीनामा बुझाएका छन्। सुदूरपश्चिम प्रदेश कार्यालयमा कार्यरत रहेका रानाभाटले बुधवार आइजिपीको सचिवालयमा राजीनामा बुझाएका हुन्। तर, उनको राजीनामा स्विकृत हुन बाँकी रहेको बुझिएको छ। पारिवारिक कामको कारणले राजीनामा दिएको पत्रमा उनले उल्लेख गरेका छन् । रानाभाट एसपीबाट एसएसपी बढुवा हुने बेलामा एक नम्बरमा नाम हुँदा पनि छुटेका थिए । उनी २०५८ मा प्रहरी इन्स्पेक्टर भर्ना भएका थिए।
काठमाडौं, १२ कार्तिक । राष्ट्र बचाउ अभियानका संयोजक दुर्गा प्रसाईँले मंसिर ७ गतेदेखि देशभर आन्दोलन गर्ने घोषणा गरेका छन्। बुधबार मानव अधिकार आयोगका अध्यक्ष तपबहादुर मगरसँग छलफल गरेपछि सञ्चारकर्मीसँग कुराकानी गर्दै उनले मंसिर ७ गतेदेखि देशभर आन्दोलन गर्ने बताए । उनले आन्दोलनबारे मानव अधिकार आयोगलाई समेत जानकारी गराएको बताए। आन्दोलनका क्रममा कसैले बन्द उल्लंघन गरे, तोडफोड वा आगजनी भए त्यसको जिम्मेवारी अभियानले नलिने उनको भनाइ छ।आन्दोलन शान्तिपूर्वक हुने उनले दाबी गरे ।