


Get the latest creative news from FooBar about art, design and business.



गौतम बुद्धको जन्मस्थलको नामबाट नामाकरण भएको लुम्बिनी प्रदेशको समग्र गतिविधि पस्किने थलो हो, क्लिक लुम्बिनी डटकम । तपाईंहरुको कुनै सल्लाह, सुझाव र प्रतिक्रिया भए ईमेल गर्नुहोला ।
काठमाडौं,२३ भदौ। जेनजीहरुको प्रर्दशनबाट मृत्यु हुनेको संख्या १९ पुगेको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार घाइते पश्चात उपचारत अवस्थामा काठमाडौंको सिभिल अस्पतालमा ३, राष्ट्रिय ट्रमा सेन्टरमा ८, एभरेष्ट अस्पतालमा ३, केएमसी अस्पतालमा २, त्रिवि शिक्षण अस्पतालमा १, विपि कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा २ जनाको मृत्यु भएको हो । त्यस्तै, देशभर विभिन्न अस्पतालमा ३ सय ४७ जना घाइते उपचार भइरहेको मन्त्रालयले जनाएको छ।
भैरहवा, २३ भदौ । जेनजी पुस्ताको अनियन्त्रित प्रर्दशनकारीहरुले रुपन्देहीमा राजीनितिक दलका कार्यालयहरुमा तोडफोड गरेका छन् । प्रदर्शनकारीहरुले भैरहवास्थित नेपाली कांग्रेस जिल्ला पार्टी कार्यालय, बुटवलस्थित नेकपा (एमाले) जिल्ला पार्टी कार्यालयमा तोडफोड गरेका छन्।यस्तै, नेपाली कांग्रेस पार्टी कार्यालयमा रहेका ४ वटा कार र दुई वटा मोटरसाइकलहरुमा पनि तोडफोड गरिएको छ। पार्टी कार्यालयमा कार्यक्रम आयोजना गर्ने विषयमा छलफल गरिरहेको अवस्थामा आक्रमण भएको नेपाली कांग्रेस क्षेत्र नम्बर ३ का सभापति सुशील गुरुङले बताए। दिउँसो एक्कासी आएका डेढ सय हाराहारी युवाले ढुंगा, इटा र मुढा प्रहार गरेर पार्टी कार्यालयभित्र रहेका गाडीमा क्षति पुर्याएको काँग्रेस जिल्ला कोषाध्यक्ष हरिप्रसाद अर्यालले बताए । ‘आक्रमणबाट पार्टी कार्यालयका झ्याल फुटेका…
भैरहवा, २३ भदौ । रुपन्देहीमा पनि जेनजीहरुले प्रर्दनशन गर्दै तोडफोडमा उत्रिएपछि रुपन्देही जिल्लामा पनि कर्फ्यू आदेश जारी गरिएको छ । जिल्लाको अवस्थालाई अवस्थालाई मध्यनजर गर्दै जिल्लामा कर्फ्यू आदेश जारी गरिएको प्रशासनले जनाएको छ। रुपन्देहीका प्रमुख जिल्ला अधिकारी डा. टोकराज पाण्डेले अपरान्ह ४ बजेदेखि राति १० बजेसम्मका लागि जिल्लाको भैरहवा र बुटवल क्षेत्रमा कर्फ्यू आदेश जारी गरेका हुन् । भैरहवा क्षेत्रको पूर्वमा रोहिणी खोलासम्म, पश्चिममा बेथरी पुलसम्म, उत्तरमा बुद्धचोकसम्म, दक्षिणमा मेउडिहवासम्म, बुटवल बेलहिया सडक खण्डको दायाँबायाँ एक सय मिटरसम्म चार किल्ला तोकिएको छ । त्यस्तै बुटवल क्षेत्रको पूर्वमा पेट्रोलपम्प धागो कारखाना पुलसम्म, पश्चिममा बेलवास चोकसम्म, उत्तर चिडिया खोलासम्म र दक्षिणमा मंगलापुरसम्म…
पोखरा, २३ भदौ। जेन जीको आन्दोलन उग्र भएपछि जिल्ला प्रशासन कार्यालय कास्कीले अनिश्चितकालीन कर्फ्यू आदेश जारी गरेको छ । आन्दोलनकारीले गण्डकी प्रदेशका मुख्यमन्त्रीको कार्यालयमा आगजनी प्रयास गरेपछि प्रहरीले अश्रुग्यास र पानीको फोहरा हानेको थियो । कास्कीका प्रमुख जिल्ला अधिकारी रुद्रादेवी शर्माले दिउँसो २ बजेदेखि अर्को आदेश जारी नभसम्मका लागि शहीद चोक आसपासको क्षेत्रमा कर्फ्यू आदेश जारी गरेकी हुन्।
काठमाडौं, २३ भदौ । जवानीमा अपराध गरेर फरार रहेका एक जना प्रतिवादीलाई प्रहरीले ४५ वर्षपछि पक्राउ गरेको छ । पक्राउ पर्नेमा सिन्धुपाल्चोक घर भई हाल काठमाडौं बस्ने ७० वर्षीय जीवनाथ तिमल्सिना रहेको प्रहरीले जनाएको छ । केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइबी) का अनुसार पक्राउ परेका तिमल्सिना २०३७ कात्तिक ७ गते सिन्धुपाल्चोकको साबिक माङ्खा गाविस–७ का जीतबहादुर तामाङको आँखामा खुर्सानीको धुलो छर्केर कुटपिट एवम् खुकुरी प्रहार गरी हत्या गरेर फरार भएका थिए। तामाङको हत्यामा संलग्न तिमल्सिनालाई काठमाडौं महानगरपालिका–१३ ताहचलबाट पक्राउ गरिएको ब्यूरोका प्रवक्ता एवं प्रहरी उपरीक्षक युवराज खड्काले बताए। अदालतले २० वर्ष कैद सुनाएका तिमल्सिनालाई फैसला कार्यान्वयनका लागि काठमाडौं जिल्ला अदालतमा पेस…
भैरहवा, २३ भदौ । रुपन्देही प्रहरीले भारतबाट भन्सार छलेर भित्राइएको विभिन्न सामग्री बरामद गरेको छ । जिल्ला प्रहरी कार्यालय, इलाका प्रहरी कार्यालय मझगांवा, प्रहरी चौकी शिवपुर गोनाह, इलाका प्रहरी कार्यालय ओमसतिया र इलाका प्रहरी कार्यालय बेलहियाले तस्करी गरेर भित्राइएको ६ लाख ८९ हजार बढी मूल्य बराबरका विभिन्न सामग्री बरामद गरेको रुपन्देहीका एसपी प्रदीप बहादुर क्षेत्रीले बताए । जिल्ला प्रहरी कार्यालय रुपन्देहीले रोहिणी गाउँपालिका र सिद्धार्थनगर नगरपालिकाको विभिन्न स्थानबाट बाख्रा, कुखुरा, दाल, तेल, घिउ, चकलेट लगायतका १ लाख ७३ हजार बढी मूल्य बराबरको विभिन्न सामग्रीसहित एक जनालाई पक्राउ गरेको छ । प्रहरीका अनुसार पक्राउ पर्नेमा कपिलवस्तुको कपिलवस्तु नगरपालिका-११ का १८ वर्षीय…
काठमाडौं,२३ भदौ। देशमा बढ्दै भएको बेथिती, भ्रष्टाचार र सरकारले सामाजिक सञ्जालमाथि लगाएको प्रतिबन्धविरुद्ध जेनजीको प्रदर्शनमा प्रहरीको गोली लागेर घाइते भएका एक जनाको मृत्यु भएको छ। सिभिल अस्पतालका निर्देशक मोहन रेग्मीका अनुसार घाइते मध्येका एकजनाको उपचारको क्रममा मृत्यु भएको छ । अन्य ७०–८० जना घाइतेहरुको उपचार भइरहेको छ। मृतक परिचय खुल्न बाँकी छ। यस्तै प्रदर्शनको क्रममा रबरको गोली लागेर तीन जना पत्रकार घाइते भएका छन्। नयाँ पत्रिकामा कार्यरत दिपेन्द्र ढुंगाना, कान्तिपुर टेलिभिजनका श्याम श्रेष्ठ, नेपाल प्रेसका उमेश कार्की घाइते भएका हुन्। उनीहरुको सिभिल अस्पताल उपचार भइरहेको छ ।
काठमाडौं,२३ भदौ। देशमा बढ्दै भएको बेथिती, भ्रष्टाचार र सरकारले सामाजिक सञ्जालमाथि लगाएको प्रतिबन्धविरुद्ध प्रदर्शनमा उत्रिएका जेनजीहरु प्रदर्शनमा बानेश्वर क्षेत्रमा कर्फ्यू जारी भएपछि सेना परिचालन भएको छ । प्रदर्शनकारीहरुको उग्र भएपछि प्रशासनले कर्फ्यू आदेश जारी गरिसकेको छ । जेनजीहरुले निषेधित क्षेत्र तोड्दै संसद् भवनभित्र प्रवेश गरेर आगजनी र तोडफोड गरेपछि प्रशासनले कर्फ्यू आदेश जारी गरेको हो। आदेश पश्चात सेना परिचालन भएको हो।
काठमाडौं,२३ भदौ। जेनजी प्रदर्शनकारीहरुले संसद भवनको दुई नम्बर गेटमा आगजनी गरेका छन् । जेनजीको आन्दोलन उग्र भएपछि कर्फ्यू आदेश जारी भइसकेको छ । प्रहरीले अवस्था शान्त बनाउन रबरको गोली चलाएको छ । प्रदर्शनकारीले ढुंगामुढासहित संसद भवनको २ नम्बर गेटको पर्खाल भत्काएका थिए । दमकल जान नसक्दा गेटमा लगाइएको आगो फैलिइरहेको छ।
काठमाडौं,२३ भदौ ।जिल्ला प्रशासन कार्यालय काठमाडौंले बानेश्वर क्षेत्रमा कर्फ्यु आदेश जारी गरेको छ। जेनजी पुस्ताको प्रदर्शन नियन्त्रण बाहिर गएपछि प्रशासनले कर्फ्यु आदेश जारी गरेको हो। प्रशासनले सोमबार मध्याह्न साढे १२ बजेदेखि राति १० बजेसम्मका लागि कर्फ्यु आदेश जारी गरेको हो । बानेश्वर चोकदेखि पश्चिम एभरेष्ट होटल हुँदै बिजुलीबजार पुलसम्म, बानेश्वर चोकदेखि पूर्वमिन भवन,शान्तिनगर हुँदै तीनकुने चोकसम्म, बानेश्वर चोकदेखि उत्तर आइप्लेक्स मल हुँदै रत्नराज्य माध्यमिक विद्यालयसम्म र बानेश्वर चोकदेखी दक्षिण शंखमुल ओरालो हुँदै शंखमुल पुलसम्म कर्फ्यु जारी भएको जिल्ला प्रशासन कार्यालय काठमाडौंले जनाएको छ।