Author: क्लिक लुम्बिनी

गौतम बुद्धको जन्मस्थलको नामबाट नामाकरण भएको लुम्बिनी प्रदेशको समग्र गतिविधि पस्किने थलो हो, क्लिक लुम्बिनी डटकम । तपाईंहरुको कुनै सल्लाह, सुझाव र प्रतिक्रिया भए ईमेल गर्नुहोला ।

भैरहवा,५ भदौ। भैरहवाका सबैभन्दा पुराना व्यवसायी मध्यका एक एवं सामाजिक व्यक्तित्व स्व.प्रल्हाद कुमार अग्रवालको प्रेरणादायी जीवनीमा आधारित स्मृति ग्रन्थको विमोचन गरिएको छ । बिहीवार भैरहवामा आयोजित एक कार्यक्रमका कार्यक्रमका अध्यक्ष एवं नेपाल उद्योग वाणिज्य महासंघ उद्योग समितिका सभापति राजेशकुमार अग्रवाल, प्रमुख अतिथि लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्य, विशिष्ट अतिथी नेपाली कांग्रेका केन्द्रीय सदस्य एवं पूर्वगृहमन्त्री बालकृष्ण खाँणले स्व.प्रल्हादकुमार अग्रवालको जीवनयात्रा समेटिएको ‘सरलताका आदर्शः प्रल्हाद कुमार अग्रवाल’ स्मृति ग्रन्थ विमोचन गरेका हुन् । कार्यक्रमलाई सम्बोधन गर्दै लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले उद्योगपति तथा समाजसेवी स्व.प्रल्हादकुमार अग्रवालको स्मृति ग्रन्थ व्यवसायीहरुका लागि प्रेरणाको स्रोत बन्ने विश्वास व्यक्त गरे। उनले प्रत्येक उद्योगी व्यवसायीले उक्त…

Read More

भैरहवा, ४ भदौ । प्रधानमन्त्री केपी शर्मा ओलीलाई आसन्न भारत भ्रमणका लागि भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट प्रस्थान गर्न आग्रह गरिएको छ । विमानस्थल संचालनका लागि गठित संर्घष समितिको संयोजक सिद्धार्थनगर नगरपालिकाका प्रमुख इश्तियाक अहमद खाँले मंगलबार इमेलमार्फत प्रधानमन्त्री ओलीलाई पत्राचार गर्दै यस्तो आग्रह गरेका हुन् । जसका लागि मंगलबार बसेको संर्घष समिति बैठकले पत्राचार गर्नुसहित ६ बुँदे निर्णय गरेको छ । ‘गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल संचालनको सम्बन्धमा सम्माननीय प्रधानमन्त्रीज्यू भारतको भ्रमण अगावै विमानस्थल संचालन संर्घष समितीले सबै सदस्यहरु ज्ञापनपत्र बुझाउनका लागि काठमाडौं जाने निर्णय गरियो’,निर्णयमा भनिएको छ–‘साथै, सम्माननीय प्रधानमन्त्री भारत भ्रमण जाँदा गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल हुँदै प्रस्थान गर्न र सो आग्रहसहितको…

Read More

काठमाडौं,४ भदौ। सभामुख देवराज घिमिरेसँग पाकिस्तानको संसदीय प्रतिनिधि मण्डलले भेट गरेका छन्। काठमाडौंमा जारी द हिन्दू कुश हिमालय पार्लियामेन्टेरियन्स मिट–२०२५ मा सहभागी हुन नेपाल आएका पाकिस्तानको संसदीय प्रतिनिधि मण्डलले बुधबार सिंहदरवारमा सभामुखसँग शिष्टाचार भेटवार्ता गरेको हो। पाकिस्तानी सांसद मुनाजा हसनको नेतृत्वमा आएको प्रतिनिधिमण्डललाई स्वागत गर्दै सभामुखले दुई देशबीचको मैत्रीपूर्ण सम्बन्ध तथा क्षेत्रीय सहकार्यका सम्भावनाबारे चर्चा गरेका थिए। भेटमा उनले जलवायु परिवर्तन,दिगो विकास र जनजीविकामा पर्वतीय क्षेत्रले भोगिरहेका चुनौतीहरुलाई साझा एजेण्डा बनाएर अघि बढ्नुपर्नेमा जोड दिए। सभामुखले दुई देशबिच व्यापार, कनेक्टिभिटी तथा पर्यटनका सम्भावनाहरु रहेको बताउँदै त्यसमा संसदीय सहकार्य गर्न सकिने धारणा राखे। प्रतिनिधि मण्डलकी नेतृ हसनले नेपालले हिन्दू कुश हिमालय…

Read More

काठमाडौं,४ भदौ। रोजगार अनुमति प्रणाली (इपिएस) मार्फत दक्षिण कोरिया जानका लागि एक लाख तीन हजार जनाले आवेदन दिएका छन्। दक्षिण कोरिया सरकारको मानव संसाधन विभाग (एचआरडी) ले सन् २०२५ मा (इपिएस) अन्तर्गत कोरिया जानेका लागि पाँच हजार तीन सय जनाका लागि आवेदन माग गरेको थियो । तर, एक लाख तीन हजार जनाले आवेदन दिएका छन् । इपिएस शाखाले कोरिया भाषा परीक्षाका लागि गएको साउन २६ गतेदेखि ३१ गतेसम्म आवेदन खुला गरेको थियो।

Read More

काठमाडौं,४ भदौ। नेपालको स्थानीय बजारमा बुधवार सुनचाँदीको मूल्य घटेको छ। सुन प्रतितोलामा एक हजार ६ सय रुपैयाँले घटेर बुधवार प्रतितोला एक लाख ९३ हजार पाँच सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। मंगलबार सुन प्रतितोला एक लाख ९५ हजार एक सयमा कारोबार भएको थियो। यस्तै, चाँदीको मूल्य पनि घटेको छ। आज चाँदी ४५ रुपैयाँले घटेर तोलामा दुई हजार २५५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ । मंगलबार प्रतितोला दुई हजार ३ सय रुपैयाँमा किनबेच भएको थियो ।

Read More

नुवाकोट, ४ भदौ। नुवाकोटमा बाँदरले आक्रमण गर्दा एक जनाको मृत्यु भएको छ । पन्चकन्या गाउँपालिका-२ कविलास कोटथोकमा बाँदरको झुण्डले आक्रमण गर्दा उपचारका लागि अस्पताल लैजाने क्रममा ५८ वर्षीय गोकर्ण नेपालीको मृत्यु भएको पन्चकन्या २ का वडाध्यक्ष रामशरण श्रेष्ठले बताए । घरबारी पसेका बाँदर धपाउने क्रममा बाँदरको झुण्डले आक्रमण गर्दा उनी अचेत भएका थिए । जसपश्चात उनलाई उद्दार गरेर उपचारका लागि काठमाडौं लैजादै गर्दा बाटोमा मृत्यु भएको हो । वडाअध्यक्ष श्रेष्ठका अनुसार मकै खान लागेको बाँदरलाई धपाउने क्रममा एकसय भन्दा धेरैको संख्यामा रहेका बाँदरको झुण्डले नेपालीमाथि आक्रमण गर्दा उनी बेहोस भएका थिए।

Read More

काठमाडौं,४ भदौ। सामाजिक संजालमार्फत सामाजमा घृणा फैलाएको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा मकवानपुरको मनहरी गाउँपालिका–३ का ३९ वर्षीय मंगल सि प्रजा रहेको प्रहरीले जनाएको छ । विभिन्न व्यक्ति तथा संस्था लक्षित अमर्यादित अभिव्यक्तिसहितको पोष्ट गर्ने गरेको प्रारम्भिक प्राविधिक अनुसन्धान तथा विश्लेषणबाट खुलेपछि उनलाई शंखमुलबाट पक्राउ गरिएको केन्दीय साइबर ब्यूरोका प्रवक्ता दीपक राज अवस्थीले बताए । उनका अनुुसार काठमाडौं जिल्ला अदालतबाट २ दिनको म्याद लिएर थप अनुसन्धान अघि बढाइएको छ।

Read More

भैरहवा, ३ भदौ । रुपन्देही प्रहरीले लागुऔषध गाँजासहित एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा रुपन्देहीको लुम्बिनी सांस्कृतिक नगरपालिका १२ भबईका ४३ वर्षीय प्रशुराम लोध रहेको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालय रुपन्देहीका सूचना अधिकारी एवं डीएसपी सुरज कार्कीका अनुसार भबईमा गाँजा लुकाएर राखिएको गोप्य सूचनाका आधारमा इलाका प्रहरी कार्यालय लुम्बिनीबाट खटिएको टोलीले खोजतलास गर्दा लोधलाई करिब ६ किलो गाँजासहित पक्राउ गरिएको हो । पक्राउ परेका व्यक्तिलाई नियन्त्रणमा लिएर थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

Read More

काठमाडौं,३ भदौ।भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय अन्तर्गतको यातायात व्यवस्था विभागले आगामी १ असोजदेखि सवारीसाधनहरुमा अनिवार्य रुपमा इम्बोस्ड नम्बर प्लेट जडान गर्न सूचना जारी गरेको छ। असोज १ गते देखि सवारी दर्ता, नामसारी र नवीकरण गर्दा अनिवार्य रुपमा इम्बोस्ड नम्बर प्लेट जडान गर्नुपर्ने विभागले मंगलवार जारी गरेको सूचनामा उल्लेख छ । गत २० साउनमा बसेको विषयगत समितिको बैठकले १ असोजदेखि सवारीसाधनहरूमा इम्बोस्ड नम्बर प्लेट जडान अनिवार्य गर्ने निर्णय गरेको थियो। हेर्नुहोस् सूचना :

Read More

काठमाडौं,३ भदौ। प्रहरीले जबरजस्ती करणी र ज्यान मार्ने उद्योगको आरोपमा एक जना प्रहरी निरीक्षक (इन्सपेक्टर) लाई नै पक्राउ गरेको छ। पक्राउ पर्नेमा प्रहरी प्रधान कार्यालय, नक्सालको १ नम्बर गणमा कार्यरत इन्स्पेक्टर दिनेश गुरुङ रहेको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी परिसर ललितपुरका एसपी एंव प्रवक्ता चक्रराज जोशीका अनुसार पूर्वपत्नीले बलात्कार र ज्यान मार्ने उद्योगमा उजुरी दिएपछि गुरुङलाई पक्राउ गरिएको हो । काठमाडौं जिल्ला अदालतबाट बलात्कार र ज्यान मार्ने उद्योगको कसुरमा पाँच दिनको म्याद लिएर अनुसन्धान अघि बढाइएको उनले बताए । प्रहरी हिरासतमा रहेका इन्सपेक्टर गुरुङले यसअघि सामाजिक सञ्जालमा आफू पूर्वपत्नीबाट पीडित भएको उल्लेख गरेका थिए । पूर्वपत्नी सँगै रहेकी छोरीसँग…

Read More