


Get the latest creative news from FooBar about art, design and business.



गौतम बुद्धको जन्मस्थलको नामबाट नामाकरण भएको लुम्बिनी प्रदेशको समग्र गतिविधि पस्किने थलो हो, क्लिक लुम्बिनी डटकम । तपाईंहरुको कुनै सल्लाह, सुझाव र प्रतिक्रिया भए ईमेल गर्नुहोला ।
दाङ,२२ भदौ। लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले निजामती सेवालाई प्रविधिमैत्री, जनउत्तरदायी र समयसापेक्ष बनाउन लुम्बिनी प्रदेश सरकार निरन्तर प्रयासरत रहेको बताएका छन् । प्रदेश निजामती सेवा दिवसको अवसरमा शुभकामना व्यक्त गर्दै उनले निजामती सेवाको गौरवलाई अझ उचाइमा पुर्याउनुपर्नेमा जोड दिए। वि.सं. २०१३ भदौ २२ गते जारी भएको निजामती सेवा ऐन आज ६९ वर्ष पुगेको प्रसंग स्मरण गर्दै मुख्यमन्त्री आचार्यले यस अवधिमा राजनीतिक आन्दोलन, शासन प्रणालीका परिवर्तन र संरचनागत चुनौतीबीच पनि निजामती सेवा राज्यको मेरुदण्ड र जनसेवाको आधारस्तम्भ बनेको उल्लेख गरे । संघीयता कार्यान्वयनसँगै संघ, प्रदेश र स्थानीय तहमा निजामती सेवाको भूमिका अझ व्यापक भएको बताउँदै उनले प्रत्यक्ष रूपमा सेवा प्रवाहमा…
दाङ,२२भदौ। लुम्बिनी प्रदेश निजामती सेवा दिवसको आयोजना गरिएको १० किलोमिटर रोड रेसको उपाधी सामाजिक विकास मन्त्रालयका सचिव वसन्त प्रसाद कोइरालाले हात पारेका छन्। राप्ती गाउँपालिका स्थित भित्री सडकमा राखिएको रोड रेस प्रतियोगितामा ४४ जनालाई पछि पार्दै कोइरालाले उपाधी हात पारेका हुन् । प्रतियोगितामा ४५ जना कर्मचारी सहभागी थिए।प्रमुख सचिव बावुराम अधिकारीसहित रोड रेसमा सहभागीहरु मध्ये अधिकांशले यात्रा पूरा गरेका थिए । रोड रेसमा दोस्रो स्थान स्वास्थ्य मन्त्रालयका कर्मचारी उमेश रावत, तेस्रो लुम्बिनी प्रदेश योजना आयोगका सचिव खिमबहादुर कुँवर, चौथो आर्थिक मामिला तथा योजना मन्त्रालयका रञ्जित राउत, पाँचौं युवा तथा खेलकुद मन्त्रालयका गोपाल वली, छैठौं वन तथा वातावरण मन्त्रालयका निर्मल चौधरी,…
दाङ,२२ भदौ। लुम्बिनी प्रदेशमा निजामती सेवा दिवस-२०८२ को अवसरमा प्रभातफेरीको आयोजना गरिएको छ। सभामुख तुलाराम घर्तिमगर र प्रमुख सचिव बावुराम अधिकारी सहित कर्मचारीहरु तथा समुदायको झाँकि सहित प्रभातफेरीमा सहभागिता जनाएका छन । लुम्बिनिमा भदौ २०,२१ र २२गते विविध कार्यक्रम गरेर दिवस मनाइएको छ।
काठमाडौं,२२ भदौ। नेपाली र चिनियाँ सेनाबीच आईतबारदेखि संयुक्त सैन्य अभ्यास सुरु हुँदैछ। दुवै देशको सेनाबीचको संयुक्त अभ्यास यो पाँचौ संस्करण हो। दश दिनसम्म काठमाडौंमा हुने अभ्यासलाई ‘सगरमाथा मित्रता अभ्यास’ नाम दिईएको नेपाली सेनाका प्रवक्ता राजाराम बस्नेतले बताए। उनका अनुसार सैन्य अभ्यासको क्रममा विपद व्यवस्थापन, मानवीय सहायता लगायत विषयमा ज्ञानको आदानप्रदान हुनेछ। नेपाली सेनाले भारत, अमेरिका लगायतका देशहरुसँग पनि संयुक्त सैन्य अभ्यास गर्दै आएको छ ।
कञ्चनपुरमा,२१ भदौ। प्रहरीले भारतीय नक्कली रुपैयाँसहित पाँच जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–१ बन्साह का ३२ वर्षीय सौगात बहादुर सिंह, २४ वर्षीय चन्द्र बोहरा, भारतको बरेली तेसिलमिगञ्ज ग्रामका २५ वर्षीय कुलदिप चतुर्बेदी, बरेली फटितेगञ्जका २० वर्षीय अमित यादव र भारत बरेली उदमासिहंनगर उत्तराखण्डका २४ वर्षीय हिंमासु शर्मा रहेको प्रहरीले जनाएको छ। नक्कली नोटको ओसारपसार भइरहेको भन्ने विशेष सूचनाका आधारमा यूपी १४ बीएच २०७३ नम्बरको गाडी चेकजाँच गर्दा पाँच सय दरका १४७ थान भारतीय रुपैयाँका नक्कली नोट बरामद भएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक सागर बोहराले बताए। गाडीमा सवार पाँचै जनालाई हिरासतमा राखेर घटनाका…
काठमाडौं,२१ भदौ। सामाजिक सञ्जाल बन्दको विरोधमा उत्रिएका पाँच जना युवाहरुलाई प्रहरीले पक्राउ गरेको छ। ‘युथ कंग्रेस नेपाल’ नामक संस्थाको आयोजनामा विरोध गर्दै प्रर्दशनमा उत्रिएपछि प्रहरीले काठमाडौंको नयाँ बानेश्वरस्थित अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र अगाडीबाछ उनीहरुलाई पक्राउ गरेको हो। पक्राउ पर्नेहरुमा संस्थाका महामन्त्री प्रभात कुमार ठाकुर, कोषाध्यक्ष विराज अर्याल, केन्द्रीय समिति सदस्यहरु सुजन राज गिरी र धिरज सञ्जेल, सदस्य आशिष शर्मा रहेका छन् । पक्राउ परेका युवाहरुले मुखमा मास्क र त्यसमाथि कालो टेप लगाएर सांकेतिक विरोधस्वरुप प्रदर्शन गरेका थिए। संस्थाले सामाजिक सञ्जालमाथि गरिएको प्रतिबन्धको विरोध गर्दै अभिव्यक्ति स्वतन्त्रता र लोकतन्त्रको रक्षा गर्नु आफूहरूको उद्देश्य रहेको भन्दै पक्राउ परेका सबैलाई बिना शर्त रिहाइ गर्न…
काठमाडौं,२१ भदौ। मधुमेह एउटा गम्भीर स्वास्थ्य समस्या हो जोसुकैलाई पनि यो रोग लाग्न सक्छ। यसलाई चिकित्सकीय भाषामा ʻडाइअबीटीजʼ भनिन्छ। रगतमा चिनीको मात्रा बढी हुने भएकाले यसलाई ʻसुगरʼ वा ʻचिनी रोगʼ पनि भन्ने गरिएको छ। यसलाई प्रायः ʻमौन हत्याराʼ भनिन्छ। यसलाई नियन्त्रण गर्न मानिस प्रायः घरेलु उपचार खोज्छन् र यी मध्ये एक उपचार ʻल्वाङ पानीʼ पनि हो। यस्ता छन् रगतमा चिनीका लागि ल्वाङका फाइदा इन्सुलिन संवेदनशीलता बढ्नु ल्वाङमा पाइने केही यौगिक जस्तै ʻनाइजेरिसिनʼ र ʻयुजेनोलʼले हाम्रो शरीरमा इन्सुलिन संवेदनशीलता सुधार गर्न मद्दत गर्न सक्छ। हाम्रो शरीर इन्सुलिनप्रति बढी संवेदनशील हुन्छ। कोषले रगतबाट ग्लुकोज राम्रोसँग अवशोषित गर्न सक्षम हुन्छन्। यसले रगतमा चिनीको…
लुम्बिनी,२१भदौ। भारतका प्रधानन्यायाधीश भूषण रामकृष्ण गवईले बुद्ध जन्मस्थल लुम्बिनीको भ्रमण गरेका छन्। शनिबार लुम्बिनी भ्रमणमा आएका प्रधानन्यायाधीश गवईलाई लुम्बिनी विकास कोषका उपाध्यक्ष डा. ल्हारक्याल लामा, सदस्यसचिव सानुराजा शाक्य, कार्यकारी सदस्य श्याम रोक्का, वरिष्ठ प्रशासन प्रमुख ज्ञानिन राईसहित कोषका कर्मचारीहरुले स्वागत गरेका थिए । भ्रमणका क्रममा गवईले लुम्बिनी क्षेत्रको ऐतिहासिक तथा धार्मिक महत्वबारे जानकारी लिदै मायादेवी मन्दिर परिसरमा पुगेर बुद्ध अवलोकन गर्दै शुत्रपाठ गरे। साथै, विश्व शान्ति, मानव कल्याण, नेपालको प्रगति र भारत–नेपालबीचको मैत्रीपूर्ण सम्बन्ध अझ प्रगाढ होस् भन्ने कामना गर्दै दियो प्रज्वलनसमेत गरेका थिए। लुम्बिनी भ्रमणपछि गवईले लुम्बिनी विकास कोषका पदाधिकारीहरुसँग गुरुयोजना र हाल सञ्चालनमा रहेका विकास–निर्माणका गतिविधिबारे चासो राखेका…
भैरहवा,२१ भदौ। नेपाली बजारमा लोकप्रियता बढ्दै गएको ‘प्रोटोन इमास ७’ इलेक्ट्रिक एसयूभी अब रुपन्देहीको बुटवलमा उपलब्ध हुने भएको छ। बुटवल–भैरहवाका लागि आधिकारिक विक्रेता बालाजी इ अटोमोबाइल्सले छिट्टै नै बुटवलको कालिकानगरमा कम्पनीको शोरुम सञ्चालनमा ल्याउने तयारी गरेको छ। शोरुमको औपचारिक उद्घाटन अघि नै कम्पनीले प्रिमियम इलेक्ट्रिक एसयूभी ‘प्रोटोन इमास ७’ का १० युनिट ग्राहकलाई हस्तान्तरण गरेको छ। रुपन्देहीको मंगलापुर आयोजित ‘प्रोटोन इमास ७’ विद्युतीय गाडी लन्चिङका कार्यक्रममा ग्राहकहरुलाई सामुहिक रुपमा गाडीहरु हस्तान्तरण गरिएको हो। पूर्ण रुपमा ‘प्रोटोन इमास ७’ विद्युतीय एसयूभी हो, जसले स्टाइल, प्रदर्शन, अत्याधुनिक प्रविधि, दीर्घकालीन किफायतपन र आत्मसन्तुष्टिलाई एकसाथ ल्याएको छ। नेपालका लागि प्रोटोनको आधिकारिक विक्रेता जगदम्बा मोटर्सका…
काठमाडौं, २० भदौ । नेपालमा सूचीकृत विनानै संचालनमा रहेको सामाजिक संजाल सरकारले बन्द गरेपछि सामाजिक संजालका कम्पनीहरु सरकारको सम्पर्कमा आउन थालेका छन् । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले सर्वोच्चको आदेश र मन्त्रिपरिषद्को निर्णय बमोजिम २६ वटा सामाजिक सञ्जाललाई बन्द गर्न निर्देशन दिएको थियो। त्यसको कार्यान्वयन गर्दै दूरसञ्चार प्राधिकरणले ती सामाजिक सञ्जालहरु निष्क्रिय पार्न इन्टरनेट सेवा प्रदायकलाई निर्देशन दिएको थियो। जस अनुसार देशमा उक्त सामाजिक संजालहरु निष्क्रिय भएका छन् । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका प्रवक्ता गजेन्द्र कुमार ठाकुरका अनुसार निष्क्रियको निर्णय पश्चात हाम्रो पात्रो र एक्स कम्पनी सम्पर्कमा आएका छन् । उनले हाम्रो पात्रोले सूचीदर्ताका लागि बिहीवार निवेदन दिएको र…