Author: क्लिक लुम्बिनी

गौतम बुद्धको जन्मस्थलको नामबाट नामाकरण भएको लुम्बिनी प्रदेशको समग्र गतिविधि पस्किने थलो हो, क्लिक लुम्बिनी डटकम । तपाईंहरुको कुनै सल्लाह, सुझाव र प्रतिक्रिया भए ईमेल गर्नुहोला ।

काठमाडौं,१७ मंसिर।नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेलले आफूहरु कहिल्यै जेनजी युवा तथा उनका माग–मुद्दाको विपक्षमा नरहेको बताएका छन्। बुधबार प्रेस चौतारी नेपालले आयोजना गरेको अन्तरक्रियामा बोल्दै उनले जेनजीविरुद्ध एमाले उभिएको कथन सिर्जना गर्ने प्रयास भइरहेको तर त्यसमा कुनै सत्यता नभएको बताए। उनका अनुसार जेनजी आन्दोलन कुनै नयाँ वा अनौठो विषय होइन, तर यसबारे ‘जेनजी एकातिर र एमाले अर्कातिर’ भन्ने गलत धारणा बनाइँदै आएको छ। उनले भने, ‘एमाले सबै उमेर समूहको प्रतिनिधि संस्था हो। त्यसैले जेनजीको वास्तविक नेतृत्व पनि एमालेसँगै छ। एमाले कहिल्यै जेनजी, उनका माग वा आकांक्षाविरुद्ध उभिएको छैन।’

Read More

काठमाडौं,१७ मंसिर। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) का महानिर्देशक प्रदीप अधिकारीलाई नियन्त्रणमा लिएको छ । उनीसहित क्यानका पूर्व महानिर्देशक मुरारी भण्डारी समेत पक्राउ परेको बुझिएको छ । भक्तपुरको नलिन्चोक हेलिकप्टर काण्डको भ्रष्टाचार मुद्दा दायर गर्नका लागि उनीहरुलाई नियन्त्रणमा लिइएको हो । अधिकारीलाई विशेष अदालतमा उपस्थित गराइएको छ ।

Read More

भैरहवा, १६ मंसिर। भैरहवाको सिद्धार्थ क्रिकेट रंगशालामा जारी स्वर्गीय शेरबहादुर सेन्चुरी स्मृति अन्तरविद्यालय टी–२० क्रिकेट प्रतियोगिता अन्तर्गत मंगलबारको दुई खेलमा जेसीज सेकेण्डरी स्कूल र भैरहवा नमूना माध्यमिक विद्यालय विजयी भएका छन् । जेसीजले प्यारामाउण्ट बोर्डिङ हाई स्कूललाई ७ विकेट र नमूनाले मोर्डन स्कूललाई ४ विकेटले पराजित गर्दै विजयी भएको हो। पहिलो खेलमा टस हारेर ब्याटिङको निम्तो पाएको प्यारामाउण्टले १८ ओभर २ बलमा अलआउट हुँदै ८४ रन बनायो। उसका लागि आर्यन भण्डारीले ३८ र अर्पण कोइरालाले ११ रन बनाए। बलिङमा जेसीजका अमितकुमार यादवले ४ र प्रथम जीएमले २ विकेट लिए । जवाफमा जेसीजले १२ ओभरमा ३ विकेटको नोक्सानीमा ८५ रन बनाउँदै…

Read More

सुनसरी,१६ मंसिर। हर्कराज राई साम्पाङ अध्यक्ष रहेको श्रम संस्कृति पार्टीको मूल सिद्धान्त ‘हर्कवाद’ रहेको घोषणा गरेको छ। प्रकृति-संस्कृति-प्रविधिको सन्तुलित र समुचित विकासले मानव जगतको रक्षा र उन्नति गर्न सम्भव रहेको बताउँदै अध्यक्ष साम्पाङले श्रमदानलाई आधार बनाएर पार्टीको सिद्धान्त हर्कवाद बनाइएको बताए। मंगलबार धरानमा पत्रकार सम्मेलन गर्दै हर्क साम्पाङले जारी गरेको घोषणापत्रमा देशको दिगो विकासका लागि श्रमदान अपरिहार्य रहेको उल्लेख छ। साम्पाङले प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपति र उपराष्ट्रपति हुने सिद्धान्त अवलम्बन गर्नेछन्, राष्ट्रपति र उपराष्ट्रपति फरक-फरक लिंग र जातिका हुनुपर्ने सार्वजनिक गरिएको सिद्धान्तमा उल्लेख छ। त्यस्तै विज्ञहरुको समावेशी मन्त्रिपरिषद् बनाइने र सांसद मन्त्री बनेको खण्डमा सांसद पद निलम्बन गरिने पनि उनको…

Read More

भैरहवा, १६ मंसिर। लुम्बिनी प्रदेशसभा पूर्णता पाएको छ। एमालेकी समानुपातिक सांसद सरिता पुनको निधनपश्चात खाली रहेको सिटमा सोमबार रेवती गुरुङ नियुक्त भएपछि प्रदेशसभाको सदस्य संख्या फेरि पूरा भएको हो। गुरुङले लुम्बिनी प्रदेशसभाका सभामुख तुलाराम घर्तीमगरको उपस्थितिमा शपथ ग्रहण गरिन्। निर्वाचन आयोगले मंसिर ११ गते गरेको निर्णयअनुसार पुनको निधनले रिक्त भएको स्थानमा गुरुङलाई नयाँ सदस्य घोषणा गरिएको हो। रुकुम पूर्वको पुथा उत्तरगंगा गाउँपालिका–१० की ३२ वर्षीया पुनको भदौ १४ गते उपचारका क्रममा मृत्यु भएको थियो। उनको निधनपछि समानुपातिक जारी सूचीअनुसार महिलाअन्तर्गत आदिवासी जनजाति कोटाबाट प्रतिनिधित्व गर्ने क्रममा रुपन्देही, देवदह–५ की गुरुङको मनोनयन भएको हो। एमालेको बन्द सूचीमा क्रम नम्बर १३ मा…

Read More

काठमाडौं,१६ मंसिर। सरकारले नगद कारोबारको सीमा घटाएको छ । सञ्चार तथा सूचना प्रविधि मन्त्री जगदीश खरेलका अनुसार मन्त्रीपरिषद्को बैठकले एक पटकमा पाँच लाख रुपैयाँ वा सोभन्दा माथिको सेवा, बस्तुको खरिद बिक्री वा अन्य कारोबार गर्दा वित्तीय संस्था वा बैंकिङ उपकरणबाट गर्नुपर्ने गरी नगद कारोवारको सीमा निर्धारण गर्ने निर्णय गरेको छ। यसअघि यस्तो सीमा १० लाख रुपैयाँ बराबर थियो। औपचारिक प्रणालीलाई बढावा दिन र पारदर्शिता अभिवृद्धिका लागि सरकारले यसरी नगद कारोबारको सीमा तोक्ने गर्छ।

Read More

भैरहवा, १६ मंसिर । भारतको सोनौलीबाट दिल्ली जाँदै गरेको बसको उत्तरप्रदेशको बलरामपुरमा दुर्घटना भएको छ । भारतीय संचारमाध्यमका अनुसार दुर्घटनामा ३ जनाको मृत्यु भएको र २४ जना घाइते भएका छन् । ६ जनाको अवस्था गम्भिर रहेको छ। बसमा सवार यात्रु अधिकांश नेपाली नागरिक थिए । भारतीय प्रहरीका अनुसार यूपी २२ एटी ०२४५ नम्बरको बस र यूपी २१ डिटी ५२३७ नम्बर ट्रक एकआपसमा ठोक्किए पश्चात बस हाइटेन्सन तार रहेको विजुलीको पोलमा ठोक्किन पुग्दा बसमा आगो लागेको थियो । घाइते २४ जना मध्ये २१ जना नेपाली नागरिक रहेका छन्। बसमा सवार यात्रुहरुका अनुसार बुटवलबाट बसमा चढेका यात्रुहरुलाई भारतीय सीमानाका सोनौली पुराइएको र…

Read More

काठमाडौं,१६ मंसिर। सशस्त्र प्रहरी बल नेपालका एक सय तीन जना प्रहरी निरीक्षक (इन्स्पेक्टर) हरु को सरुवा भएको छ । सशस्त्र प्रहरी बल नेपाल, प्रधान कार्यालयले उनीहरुको सरुवा गरेको हो। हेर्नुहोस् सूची :

Read More

हृदयराम गुप्ता मर्चवार, १६ मंसिर। रुपन्देहीको कोटहीमाई गाउँपालिकामा स्थानीय तह र सङ्‍घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयबीच अन्तरक्रिया (सहकार्य) कार्यक्रम भएको छ। स्थानीय तहका कार्यक्रम कार्यान्वयन पक्षलाई थप प्रभावकारी र कुशल बनाउन सहजीकरण सम्बन्धी सहकार्यको उद्देश्यले उक्त अन्तरक्रिया कार्यक्रम भएको पालिकाले जनाएको छ। कार्यक्रममा बोल्दै सङ्‍घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका उपसचिव दिपक ढकालले संघीयताले प्रदान गरेका अधिकारलाई उपयुक्त रुपमा कार्यान्वयन गर्दै स्थानीय सरकारहरुले दायित्व अनुसार जिम्मेवारीपूर्वक काम गर्नुपर्ने आवश्यकता औँल्याए । उनले भने, “संघीयतामा सबैभन्दा शक्तिशाली सरकार स्थानीय सरकार हो। संघ तथा प्रदेशबाट प्रवाह हुने सेवा पनि स्थानीय सरकारमार्फतै जनतासम्म पुग्ने भएकाले स्थानीय सरकार सबैभन्दा बढी विश्वसनीय हुनु अत्यावश्यक…

Read More

काठमाडौं,१६ मंसिर। सशस्त्र प्रहरी बल नेपालले २३ प्रहरी नायब उपरीक्षक (डीएसपी) हरुको सरुवा गरेको छ। सशस्त्र प्रहरी प्रधान कार्यालय हल्चोकले एक सूचना जारी गर्दै २३ डीएसपीको सरुवा गरेको हो। हेर्नुहोस् सूची :

Read More