


Get the latest creative news from FooBar about art, design and business.



गौतम बुद्धको जन्मस्थलको नामबाट नामाकरण भएको लुम्बिनी प्रदेशको समग्र गतिविधि पस्किने थलो हो, क्लिक लुम्बिनी डटकम । तपाईंहरुको कुनै सल्लाह, सुझाव र प्रतिक्रिया भए ईमेल गर्नुहोला ।
काठमाडौं, २३ कात्तिक। प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले डेडिकेटेड तथा ट्रंक लाइनको विषयमा नेपाल उद्योग, वाणिज्य महासंघ र सरकारबीच भएको सहमति कार्यान्वयन गर्न निर्देशन दिएको छ । प्रधानमन्त्री कार्यालयले ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयलाई पत्राचार गर्दै सहमति कार्यान्वयन गर्न निर्देशन दिएको हो। गत कार्तिक १७ गते प्रधानमन्त्री सुशीला कार्की, अर्थमन्त्री रामेश्वर खनाल, ऊर्जामन्त्री कुलमान घिसिङ र मुख्यसचिव सहित बैठकले महासंघसँग मौखिक सहमति गरेको थियो। बैठकमा उद्योगीहरुले नेपाल विद्युत् प्राधिकरणले यसअघि रकम बुझाउने गरी दिएको २८ किस्ताको एक किस्ता बराबर रकमलाई किस्ताका रुपमा नभई विवादित रकम मानी धरौटीका रुपमा बुझाएपछि काटिएको विद्युत् लाइन तुरुन्त जोडिने सहमति भएको थियो । महासंघ अध्यक्ष चन्द्र…
काठमाडौं,२३ कार्तिक । मेडिकल व्यवसायी दुर्गा प्रसाईंले युवा तथा खेलकुद मन्त्री बब्लु गुप्ताले भिक्टर पौडेललाई २ करोड बुझाएर मन्त्री बनेको आरोप लगाएका छन्। काठमाडौं महानगरपालिकाले सुकुम्बासी बस्तीमा डोजर चलाउने अल्टिमेटम सकिएको र भत्काउन लागेको भन्दै सुकुम्बासी बस्तीमा पुगेका प्रसाईंले मन्त्री गुप्ताले पौडेललाई २ करोड बुझाएर मन्त्री बनेको आरोप लगाएका हुन्। पौडेल तिनै हुन जसले काठमाडौं महानगरपालिकाका मेयर बालेन साहलाई जिताउन महत्वपूर्ण भूमिका खेलेका थिए। उनी रुटिन अफ नेपाल बन्द नामक सामाजिक सञ्जालका सञ्चालक हुन्। पौडेल मेयर साह निकट मानिन्छन्। प्रसाईंले सुकुम्बासी बस्ती आफूले भत्काउन नदिने आश्वासन दिए। उनले काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साहले गरिब र सर्वहारा वर्गको उठिबास लगाएको पनि…
काठमाडौं,२३ कार्तिक। एकीकृत समाजवादीले घनश्याम भुसाललाई पार्टीको संयोजक बनाएको छ। एकीकृत समाजवादीका ६७ केन्द्रीय सदस्यहरुको ‘भर्चुअल’ बैठकले पार्टी पुनर्गठन गर्दै तत्कालीन महासचिव भूसाललाई संयोजक तोकेको हो। अध्यक्ष माधवकुमार नेपालले नेकपा माओवादी केन्द्रसँग एकता गरेपछि विमति जनाउँदै भुसालले पार्टी पुनर्गठन गर्ने बताएका थिए। बैठकले विभिन्न पार्टीसँग वार्ता गर्ने जिम्मा भुसाललाई दिएको छ। यसैगरी मंसिर पहिलो हप्ता राष्ट्रिय भेला आयोजना गर्ने निर्णय गरेको छ ।
काठमाडौं,२३ कार्तिक । नेपालका क्रिकेटर शरद भेषावकरले अन्तर्राष्ट्रिय क्रिकेट खेलबाट सन्यास लिएका छन् । भेषावकरले आइतबार हङकङ सिक्सेस प्रतियोगितामा नेपालको अन्तिम खेल सकिएपछि सन्यास लिएका हुन् । हङकङ सिक्सेस खेलको कप्तानी शरद गरेका थिए भने आज भएको अन्तिम खेलमा नेपाल यूएईसँग पराजित भएको छ। योसँगै नेपालले हङकङ सिक्सेसको यात्रा समेत समाप्त गरेको छ । शरदले सन् २००२ मा यूएईमा भएको यू–१५ एसिया कपबाट आफ्नो खेल जीवनको सुरुआत गरेका थिए। नेपालले विश्व क्रिकेट लिग डिभिजन ५ देखि एकदिवसीय अन्तर्राष्ट्रिय यात्रा तय गर्न शरद पनि प्रमुख खेलाडी हुन् । नेपालले खेलेको पहिलो प्रथम श्रेणी मान्यता प्राप्त तीनदिवसीय खेल, पहिलो एकदिवसीय अन्तर्राष्ट्रिय र…
काठमाडौं,२३ कार्तिक। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले अगामी फागुन २१ गतेका लागि तोकिएको प्रतिनिधिसभा सदस्य निर्वाचनको समानुपातिक प्रणालीतर्फको उम्मेदवारका लागि आवेदन आह्वान गरेको छ। पार्टीको विस्तारित बैठकमा सहमहामन्त्री विपिनकुमार आचार्यले प्रस्तुत गरेको उम्मेदवार छनोट रुपरेखामा आधारित रहेर रास्वपाले आईतबारदेखि उम्मेदवारी आह्वान गरेको हो। रास्वपाले उम्मेदवारीका लागि मापदण्ड तोकेको छ। जसअन्तर्गत सार्वजनिक पदको दुरुपयोग नगरेको स्वघोषणा, शैक्षिक प्रमाणपत्रको प्रमाणीकरणको स्वघोषणा, वैवाहिक अवस्थाको वैध स्पष्टताको स्वघोषणा, सार्वजनिक रुपमा प्रमाणित (अनलाइनसहित) घृणात्मक अभिव्यक्ति, दुर्व्यवहार, धम्की, जात-लिंग आधारमा अपमान वा कमजोर समूहको शोषण जस्ता आचरण नगरेको लगायत स्वघोषणा गरेको हुनुपर्ने रास्वपाले जनाएको छ। उम्मेदवार छनोट प्रक्रिया पारदर्शी, विधिसम्मत र निष्पक्ष भएकोरनभएको मूल्याङ्कन गर्न रास्वपाले अडिट…
काठमाडौं,२३ कार्तिक। राष्ट्र, राष्ट्रियता, धर्म–संस्कृति र नागरिक बचाउ अभियानका संयोजक दुर्गा प्रसाईंले सुकुम्बासीका लागि राम्रो घर बनाइदिन आग्रह गरेका छन्। आइतबार काठमाडौंको मनोहरा सुकुम्बासी बस्तीमा पुगेर प्रसाईंले सुकुम्बासीलाई उठाउने नाममा पटकपटक दु:ख दिनुभन्दा राम्रो घर बनाइदिन आग्रह गरेका हुन् । उनले भने, ‘यो सुकुमवासी ०५८ सालदेखि यो समस्या हो भने तपाईंलाई घिनलाग्दो सिटी लाग्छ भने तपाईंसँग बजेट छ, राम्रो घर बनाइदिनुस् न, सरकारी जग्गा रहेछ त्यहाँ ।’ उनले काठमाडौं महानगरले बस्ती खाली गर्न आए प्रतिकार गर्न सुझाव दिए। आफूहरु सुकुम्बासीको साथमा रहेको भन्दै उनले सुकुम्बासीहरु एक भए कसैले हटाउन नसक्ने बताए। प्रसाईंले बालेनलाई भने, ‘तपाईं एसी रुममा बस्नुहुन्छ, तपाईंको घर…
काठमाडौं, २३ कार्तिक। प्रहरी कार्यालयबाट लुटिएको सामग्रीसहित जेनजी उमेर समूहका एक जना पक्राउ परेका छन् । नेपाल प्रहरीको ट्र्याक सुट लगाएर हिँड्ने क्रममा अछामको मल्लेक गाउँपालिका–७ का २२ वर्षीय अमृत साउदलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । प्रहरी वृत बौद्धका अनुसार पक्राउ परेका साउद बस्ने कपन जोरधारास्थित कोठा खानतलासी गर्दा जेनजी आन्दोलनको क्रममा प्रहरी प्रभाग कपनबाट लुटिएको सामग्री बरामद भएको छ । प्रहरीले कार्यालयबाट लुटिएको कम्प्यूटर, सीपीयू, प्रिन्टर, बर्सादी, बुट सामग्री र एक थान तरबार समेत बरामद भएको जनाएको छ ।
काठमाडौं,२१ कार्तिक। प्रहरीले कर्तव्य ज्यानमुद्दामा इन्टरपोलबाट रेड नोटिस जारी भएका एक जना फरार प्रतिवादीलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा पर्वतका रेशम बहादुर राना रहेका छन्। एनसिबि अबुधाबी युएईको समन्वयमा रानालाई युएईबाट पक्राउ गरी स्वदेश फिर्ता ल्याइएको प्रहरीले जनाएको छ। राना समेत भएको मुद्दामा जिल्ला अदालत पर्वतको २०६९ माघ १५ गतेको फैसलाले जन्म कैद (२० वर्ष) सजाय ठहर भई वारदात पश्चात् फरार रहेका उनलाई अन्तर्राष्ट्रिय स्तरमा खोजतलास एवम् पक्राउ गर्नको लागि प्रहरीको इन्टरपोल शाखाको अनुरोधमा इन्टरपोल महासचिवालयबाट ०८१ जेठ १९ गते उनीविरुद्ध रेड नोटिस जारी भएको थियो। उनलाई सम्बन्धित कसुर बमोजिम कानुनी कारबाहीको लागि जिल्ला प्रहरी कार्यालय पर्वतको टोलीलाई बुझाइएको…
काठमाडौं,२१ कार्तिक । गृह मन्त्रालयले बागमती प्रदेश प्रहरी कार्यालयमा कार्यरत प्रहरी निरीक्षक (इन्स्पेक्टर) अनु लामालाई स्पष्टीकरण सोधेको छ। मन्त्रालयले एक सूचना जारी गर्दै लामो समयदेखि कार्यालयमा गैर हाजिर रहेको भन्दै सात दिनभित्र स्पष्टीकरणसहित हाजिर हुन भनेको हो। उनी गएको असार २५ गतेदेखि कार्यालयमा उपस्थित भएकी छैनन्। त्यतिबेला दस दिनको बिदा लिएर बसेकी उनले त्यसपछि पुन: १० दिन थप बिदा स्वीकृति गराएकी थिइन्। २० दिनको बिदा सकेपछि गएको साउन १६ गते नै उनी कार्यालयमा हाजिर हुनुपर्ने थियो। तर, त्यसयता पनि कसैलाई जानकारी नगराई उनी गैरहाजिर रहेको मन्त्रालयले जारी गरेको सूचनामा उल्लेख छ। मन्त्रालयले ७ दिनभित्र आफू गैरहाजिर हुनुको कारण र सन्तोषजनक…
काठमाडौं,२१ कार्तिक। अनलाइन ठगीको आरोपमा प्रहरीले तीनजनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा सिन्धुपाल्चोकको चौतारा साँगाचोकगढी नगरपालिका–११ का ४० वर्षीय राजन गिरी, ओखलढुंगाको चम्पादेवी गाउँपालिका–८ कि २६ वर्षीया मिना लकान्द्री र भारतको बिहारका २६ वर्षीय आदित्य कुमार रहेका छन्। पक्राउ परेका अरोपीहरुमाथी फेसबुकमा विभिन्न बैंकको विज्ञापन देखाएर बोनस प्राप्त गर्न सर्भे लिंकमा क्लिक गर्नुहोस् भन्दै अनलाइन ठगी गरेको आरोप छ। लिंक क्लिक गरेपछि बैंक खाताको रकम अन्य खातामा ट्रान्सफर हुने गरेको साइबर ब्युरोका एसपी तथा प्रवक्ता दीपकराज अवस्थीले बताए । उनीहरुलाई प्रहरीको केन्द्रीय साइबर ब्यूरोको टोलीले पक्राउ गरेको हो । पक्राउ परेकाहरुविरुद्ध विद्युतीय माध्यमबाट ठगी गरेको कसुरमा काठमाडौं जिल्ला अदालतबाट…