Author: क्लिक लुम्बिनी

गौतम बुद्धको जन्मस्थलको नामबाट नामाकरण भएको लुम्बिनी प्रदेशको समग्र गतिविधि पस्किने थलो हो, क्लिक लुम्बिनी डटकम । तपाईंहरुको कुनै सल्लाह, सुझाव र प्रतिक्रिया भए ईमेल गर्नुहोला ।

काठमाडौं,३असार। नेपाल प्रहरीको साइबर ब्युरोले पत्रकार दिलभूषण पाठकलाई प्रहरी कार्यालयमा उपस्थित हुनका लागि सूचना जारी गरेको छ । विद्युतीय कारोबार ऐनअन्तर्गत अदालतले उनीविरुद्ध पक्राउ पूर्जी जारी गरेको छ। ब्युरोले जारी गरेको सूचनामा भनिएको छ– ‘पक्राउ अनुमति प्राप्त भएको हुँदा यथाशीघ्र यस ब्युरो वा नजिकको प्रहरी कार्यालयमा उपस्थित भइ अनुसन्धान कार्यमा सहयोग पुर्‍याइदिनु हुन अनुरोध गरिएको छ। ‘ सोमबार उच्च अदालत पाटनले पत्रकार पाठकलाई तत्काल पक्राउ नगर्न अल्पकालीन आदेश गरेको छ।

Read More

काठमाडौं,२असार। देशका विभिन्न स्थानमा ४ जना मृतावस्थामा फेला परेका छन्। प्रहरी प्रधान कार्यालयका अनुसार धनकुटाको महालक्ष्मी नगरपालिका-७ धरधरेस्थित सडक छेउमा सोही नगरपालिका-१ कटहरेका २५ वर्षीय दिपेश कट्वाल आइतबार मृत अवस्थामा फेला परेका छन्। यसैगरी डोटीको केआईसिंह गाउँपालिका-३ गोदडा घडिङ्गेस्थित सेती नदी किनारमा पहिचान नभएको ४५ वर्षीय पुरुष मृत अवस्थामा भेटिएका छन्। बाँकेको नेपालगंज उपमहानगरपालिका-१० औद्योगिक क्षेत्रस्थित सडकमा पनि अन्दाजी ५० वर्षीय पुरुषको शव बरामद भएको प्रहरीले जनाएको छ। यस्तै दाङको तुलसीपुर उपमहानगरपालिका-१२ टरीगाउँका ७५ वर्षीय जगलाल चौधरी सोही ठाउँस्थित आफ्नै खेतमा मृत अवस्थामा फेला परेका छन्। यस सम्बन्धमा आवश्यक अनुसन्धान भइरहेको प्रहरीको भनाइ छ।

Read More

दाङ, २ असार । लुम्बिनी प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८२/०८३ को लागि ३८ अर्ब ९१ करोड रुपैयाँको यो बजेट ल्याएको छ । यो बजेटले प्रदेशको समृद्धिको सम्भावना बोकेको दावी गरिएको छ । यो बजेट नीति तथा कार्यक्रमको जगमा तयार पारिएको छ। नीति तथा कार्यक्रम एउटा, बजेट अर्के बन्ने प्रवृत्तिलाई लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्य नेतृत्वको सरकारले अन्त्य गरेको छ। नीति तथा कार्यक्रमकै जगमा उभिएर सरकारले प्राथमिकताको आधारमा बजेट सार्वजनिक गरेको हो। ‘कृषि, उद्योग, पर्यटन र पूर्वाधारः समृद्ध लुम्बिनीका मुख्य आधार’ सहितको दोस्रो आवधिक योजना लुम्बिनी प्रदेश सरकारले स्वीकृत गरेको र सो आवधिक योजनाको लक्ष्य एवं उद्देश्य प्राप्ति, नागरिकको जीवनमा…

Read More

काठमाडौं,२असार। परराष्ट्रमन्त्री डा. आरजु राणा देउवाले केही दिनयतादेखि इजरायल र इरानबीच सुरु भएको युद्ध र पछिल्लो समय यसबाट विकसित परिस्थितिका बारेमा नेपालका लागि इजरायली राजदूत स्मुलिम एरी बाससँग जानकारी लिएकी छन्। परराष्ट्र मन्त्रालयमा सोमबार मन्त्री डा. राणासँग राजदूत बासले इजरायल र इरानबीचको पछिल्लो द्वन्द्व र त्यहाँको पछिल्लो अवस्थाका बारेमा जानकारी गराए। उक्त अवसरमा मन्त्री डा. राणाले त्यहाँ रहेका नेपालीको अवस्थाका बारेमा जानकारी लिँदै उनीहरुलाई पर्न सक्ने आवश्यक सहायता र सुरक्षित अवस्थाका लागि राजदूत बासमार्फत इजरायल सरकारलाई आग्रह गरिन्। राजदूत बासले हाल त्यहाँस्थित नेपालीहरु सुरक्षित रहेको जानकारी गराए। आइतबार मात्र परराष्ट्र मन्त्रालयले विज्ञप्ति प्रकाशन गरेर इजरायल र इरानमा रहेका नेपालीहरु सुरक्षित…

Read More

काठमाडौं,२असार। उच्च अदालत पाटनले पत्रकार दिलभुषण पाठकलाई पक्राउ नगर्न आदेश दिएको छ । न्यायाधीश ऋषिराज भण्डारीको एकल इजलासले पाठकलाई कानुन बमोजिमबाहेक पक्राउ नगर्न अल्पकालीन आदेश दिएको हो। आफुविरुद्ध पक्राउ पुर्जी जारी भएपछि पाठकले अदालतमा रिट दायर गरेका थिए। उक्त रिटमाथि सुनुवाइ गर्दै दुवै पक्षलाई असार ५ गते छलफलका लागि बोलाइएको छ।

Read More

धरान,२असार। सशस्त्र प्रहरीले धरान उपमहानगरपालिका–१३ स्थित शिवधाराकोशी लोकमार्गमा ठूलो मात्रामा लागुऔषध गाँजा बरामद गरेको छ। सशस्त्र प्रहरी बल नेपाल नं. १ बराह वाहिनी मुख्यालय सुनसरीका प्रवक्ता सुधिरजङ्ग थापाका अनुसार भेडेटारबाट धरानतर्फ आउँदै गरेको प्रदेश १–०२–००२ ख ०८४८ नम्बरको ट्रक चेकजाँच गर्दा २ हजार १३० किलो गाँजा बरामद भएको हो। साथै, ३१ बोरा अदुवा समेत बरामद गरिएको छ। ट्रकका चालक र गाँजा ओसारपसारमा संलग्न व्यक्ति भने फरार रहेको र उनीहरुको खोजी कार्य जारी रहेको प्रवक्ता थापाले बताए। बरामद सामग्री र ट्रक आवश्यक अनुसन्धान तथा कारबाहीका लागि जिल्ला प्रहरी कार्यालय सुनसरी पठाइएको प्रहरीले जनाएको छ।

Read More

अर्घाखाँची,१असार। अर्घाखाँचीमा श्रीमानको हत्याको आरोपमा श्रीमती पक्राउ परेका छिन्। पक्राउ पर्नेमा छत्रदेव गाउँपालिका-३ शिख्रको २७ वर्षीया मेखमाया कुमाल रहेको प्रहरीले जनाएको छ। जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीका अनुसार गए राति घरायसी विषयमा झैझगडा हुँदा श्रीमती मेखमायाले धारिलो हतियार प्रहार गर्दा श्रीमान रामु कुमालको घटनास्थलमै मृत्यु भएको हो। श्रीमतीलाई नियन्त्रणमा लिएर घटनाका सम्बन्धमा आवश्यक अनुसन्धान अघि बढाइएको प्रहरीले जनाएको छ।

Read More

काठमाडौं,१असार। व्यक्तिको गोप्य भीडियो खिचेर चरित्र हत्या र ब्ल्याकमेलिङ गरेको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेहरुमा भोजपुरको षडानन्द नगरपालिका-१ का २९ वर्षीय सुजन भुजेल र २१ वर्षीय बिपल राई रहेको प्रहरीले जनाएको छ। जिल्ला प्रहरी कार्यालय संखुवासभाका सूचना अधिकारी एवं प्रहरी निरीक्षक अभिशेक कुमार श्रेष्ठका अनुसार पक्राउ परेका आरोपीहरुले एक व्यक्तिको अश्लील भिडियो, फोटो खिचेर ब्ल्याकमेलिङ गरेको र आफन्तलाई समेत पठाएर चरित्र हत्या गरेको पाइएको छ। आफूहरूले भने अनुसार नगरे ती भिडियो, फोटो सार्वजनिक गरिदिने भन्दै उनीहरुले धम्की दिएको उजुरीको आधारमा आरोपीहरुलाई पक्राउ गरिएको उनले बताए। पक्राउ परेकाहरुविरुद्ध आपराधिक लाभ र साइबर अपराधको कसुरमा आवश्यक अनुसन्धान अघि…

Read More

भैरहवा,१असार। पछिल्लो पाँच महिना (जनवरी देखि मे) मा भैरहवा नाकाहुँदै ५० हजार ६ सय ४ विदेशी पर्यटक नेपाल भित्रिएका छन्। यो नाका हुँदै सन् २०२४ को सोही अवधिमा कुल ४४ हजार ७ सय ३५ विदेशी पर्यटक आएका थिए। गत वर्ष भन्दा यस वर्ष विदेशी पर्यटक आगमन वृद्धि भएको र ५ महिनामा ५ हजार ८ सय ६९ बढी पर्यटक आएको अध्यागमन कार्यालय भैरहवाका सूचना अधिकारी एवं कार्यालयका निमित्त प्रमुख पुकार श्रेष्ठले बताए। चालु वर्षको ५ महिनामा कुल ५० हजार ६ सय ४ विदेशी पर्यटक भित्रिदा सोही अवधीमा यस नाका हुँदै ४९ हजार ९ सय ५१ पर्यटक बाहिरिएका छन्। यो नाकाबाट विगतमा…

Read More

काठमाडौं,१असार। जिल्ला अदालत काठमाडौंले यौन दुर्व्यवहार कसुरमा मध्यपहाडी लोकमार्ग आयोजनाका इन्जिनियर हरिकुमार पोखरेललाई दोषी ठहर गरेको छ। न्यायाधीश खिमानन्द भुषालको इजलासले पोखरेललाई यौन दुर्व्यवहार कसुरमा दोषी ठहर गरेको हो। यद्यपि, बलात्कारको अभियोगमा भने दाबी नपुग्ने आदेश भएको छ। पोखरेलमाथि आफ्नै घरमा काम गर्ने एक युवतीलाई बलात्कार गरेको आरोपमा ०८० साउन १२ गते जिल्ला प्रहरी परिसर काठमाडौँले उनलाई पक्राउ गरेको थियो। अदालतले बलात्कारको आरोपलाई यौन दुर्व्यवहारमा परिणत गर्दै पोखरेललाई सो कसुरमा दोषी ठहर गरेको हो।

Read More