Author: क्लिक लुम्बिनी

गौतम बुद्धको जन्मस्थलको नामबाट नामाकरण भएको लुम्बिनी प्रदेशको समग्र गतिविधि पस्किने थलो हो, क्लिक लुम्बिनी डटकम । तपाईंहरुको कुनै सल्लाह, सुझाव र प्रतिक्रिया भए ईमेल गर्नुहोला ।

पोखरा, २३ भदौ। जेन जीको आन्दोलन उग्र भएपछि जिल्ला प्रशासन कार्यालय कास्कीले अनिश्चितकालीन कर्फ्यू आदेश जारी गरेको छ । आन्दोलनकारीले गण्डकी प्रदेशका मुख्यमन्त्रीको कार्यालयमा आगजनी प्रयास गरेपछि प्रहरीले अश्रुग्यास र पानीको फोहरा हानेको थियो । कास्कीका प्रमुख जिल्ला अधिकारी रुद्रादेवी शर्माले दिउँसो २ बजेदेखि अर्को आदेश जारी नभसम्मका लागि शहीद चोक आसपासको क्षेत्रमा कर्फ्यू आदेश जारी गरेकी हुन्।

Read More

काठमाडौं, २३ भदौ । जवानीमा अपराध गरेर फरार रहेका एक जना प्रतिवादीलाई प्रहरीले ४५ वर्षपछि पक्राउ गरेको छ । पक्राउ पर्नेमा सिन्धुपाल्चोक घर भई हाल काठमाडौं बस्ने ७० वर्षीय जीवनाथ तिमल्सिना रहेको प्रहरीले जनाएको छ । केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइबी) का अनुसार पक्राउ परेका तिमल्सिना २०३७ कात्तिक ७ गते सिन्धुपाल्चोकको साबिक माङ्खा गाविस–७ का जीतबहादुर तामाङको आँखामा खुर्सानीको धुलो छर्केर कुटपिट एवम् खुकुरी प्रहार गरी हत्या गरेर फरार भएका थिए। तामाङको हत्यामा संलग्न तिमल्सिनालाई काठमाडौं महानगरपालिका–१३ ताहचलबाट पक्राउ गरिएको ब्यूरोका प्रवक्ता एवं प्रहरी उपरीक्षक युवराज खड्काले बताए। अदालतले २० वर्ष कैद सुनाएका तिमल्सिनालाई फैसला कार्यान्वयनका लागि काठमाडौं जिल्ला अदालतमा पेस…

Read More

भैरहवा, २३ भदौ । रुपन्देही प्रहरीले भारतबाट भन्सार छलेर भित्राइएको विभिन्न सामग्री बरामद गरेको छ । जिल्ला प्रहरी कार्यालय, इलाका प्रहरी कार्यालय मझगांवा, प्रहरी चौकी शिवपुर गोनाह, इलाका प्रहरी कार्यालय ओमसतिया र इलाका प्रहरी कार्यालय बेलहियाले तस्करी गरेर भित्राइएको ६ लाख ८९ हजार बढी मूल्य बराबरका विभिन्न सामग्री बरामद गरेको रुपन्देहीका एसपी प्रदीप बहादुर क्षेत्रीले बताए । जिल्ला प्रहरी कार्यालय रुपन्देहीले रोहिणी गाउँपालिका र सिद्धार्थनगर नगरपालिकाको विभिन्न स्थानबाट बाख्रा, कुखुरा, दाल, तेल, घिउ, चकलेट लगायतका १ लाख ७३ हजार बढी मूल्य बराबरको विभिन्न सामग्रीसहित एक जनालाई पक्राउ गरेको छ । प्रहरीका अनुसार पक्राउ पर्नेमा कपिलवस्तुको कपिलवस्तु नगरपालिका-११ का १८ वर्षीय…

Read More

काठमाडौं,२३ भदौ। देशमा बढ्दै भएको बेथिती, भ्रष्टाचार र सरकारले सामाजिक सञ्जालमाथि लगाएको प्रतिबन्धविरुद्ध जेनजीको प्रदर्शनमा प्रहरीको गोली लागेर घाइते भएका एक जनाको मृत्यु भएको छ। सिभिल अस्पतालका निर्देशक मोहन रेग्मीका अनुसार घाइते मध्येका एकजनाको उपचारको क्रममा मृत्यु भएको छ । अन्य ७०–८० जना घाइतेहरुको उपचार भइरहेको छ। मृतक परिचय खुल्न बाँकी छ। यस्तै प्रदर्शनको क्रममा रबरको गोली लागेर तीन जना पत्रकार घाइते भएका छन्। नयाँ पत्रिकामा कार्यरत दिपेन्द्र ढुंगाना, कान्तिपुर टेलिभिजनका श्याम श्रेष्ठ, नेपाल प्रेसका उमेश कार्की घाइते भएका हुन्। उनीहरुको सिभिल अस्पताल उपचार भइरहेको छ ।

Read More

काठमाडौं,२३ भदौ। देशमा बढ्दै भएको बेथिती, भ्रष्टाचार र सरकारले सामाजिक सञ्जालमाथि लगाएको प्रतिबन्धविरुद्ध प्रदर्शनमा उत्रिएका जेनजीहरु प्रदर्शनमा बानेश्वर क्षेत्रमा कर्फ्यू जारी भएपछि सेना परिचालन भएको छ । प्रदर्शनकारीहरुको उग्र भएपछि प्रशासनले कर्फ्यू आदेश जारी गरिसकेको छ । जेनजीहरुले निषेधित क्षेत्र तोड्दै संसद् भवनभित्र प्रवेश गरेर आगजनी र तोडफोड गरेपछि प्रशासनले कर्फ्यू आदेश जारी गरेको हो। आदेश पश्चात सेना परिचालन भएको हो।

Read More

काठमाडौं,२३ भदौ। जेनजी प्रदर्शनकारीहरुले संसद भवनको दुई नम्बर गेटमा आगजनी गरेका छन् । जेनजीको आन्दोलन उग्र भएपछि कर्फ्यू आदेश जारी भइसकेको छ । प्रहरीले अवस्था शान्त बनाउन रबरको गोली चलाएको छ । प्रदर्शनकारीले ढुंगामुढासहित संसद भवनको २ नम्बर गेटको पर्खाल भत्काएका थिए । दमकल जान नसक्दा गेटमा लगाइएको आगो फैलिइरहेको छ।

Read More

काठमाडौं,२३ भदौ ।जिल्ला प्रशासन कार्यालय काठमाडौंले बानेश्वर क्षेत्रमा कर्फ्यु आदेश जारी गरेको छ। जेनजी पुस्ताको प्रदर्शन नियन्त्रण बाहिर गएपछि प्रशासनले कर्फ्यु आदेश जारी गरेको हो। प्रशासनले सोमबार मध्याह्न साढे १२ बजेदेखि राति १० बजेसम्मका लागि कर्फ्यु आदेश जारी गरेको हो । बानेश्वर चोकदेखि पश्चिम एभरेष्ट होटल हुँदै बिजुलीबजार पुलसम्म, बानेश्वर चोकदेखि पूर्वमिन भवन,शान्तिनगर हुँदै तीनकुने चोकसम्म, बानेश्वर चोकदेखि उत्तर आइप्लेक्स मल हुँदै रत्नराज्य माध्यमिक विद्यालयसम्म र बानेश्वर चोकदेखी दक्षिण शंखमुल ओरालो हुँदै शंखमुल पुलसम्म कर्फ्यु जारी भएको जिल्ला प्रशासन कार्यालय काठमाडौंले जनाएको छ।

Read More

काठमाडौं,२२ भदौ। देशमा बढ्दै भएको बेथिती, भ्रष्टाचार र सरकारले सामाजिक सञ्जालमाथि लगाएको प्रतिबन्धविरुद्ध प्रदर्शनमा उत्रिएका जेनजीहरु प्रदर्शन अशान्तपूर्ण भएपछि तत्कालै सबैलाई फर्किन आह्वान गरिएको छ । जेनजी नेपाल नामको फेसबुक पेजबाट उक्त आह्वान गरिएको हो । यसअघि आन्दोलनको बारेमा पोस्ट गर्दै आएको पेजमा लेखिएको सूचनामा भनिएको छ, ‘कृपया तत्कालै सुरक्षित तरिकाले निस्किनुहोला । धेरै स्वार्थ प्रेरित समूहहरुले भिडलाई उत्तेजित बनाइरहेका छन् । चाँडोभन्दा चाँडो त्यहाँबाट हट्नुस् । हाम्रो आजको दिन सफल भइसकेको छ । आज सबै जना सुरक्षित तरिकाले घर जानुस् ।’

Read More

काठमाडौं,२२ भदौ । देशमा बढ्दै भएको बेथिती, भ्रष्टाचार र सरकारले सामाजिक सञ्जालमाथि लगाएको प्रतिबन्धविरुद्ध प्रदर्शनमा उत्रिएका जेनजीहरु प्रहरीको घेरा तोड्दै संसद् भवनभित्र प्रवेश गरेका छन्। माइतीघरमा भेला भएर प्रदर्शनकारीहरु सरकारविरुद्ध नाराबाजी गर्दै संसद् भवन गेटबाट माथि चढेर भवनभित्र प्रवेश गरेका हुन् । निषेधित क्षेत्र तोडेपछि प्रहरीले प्रदर्शनकारीमाथि पानीको फोहरा र अश्रुग्याँस पनि प्रहार गरेको थियो । तर, त्यसलाई पनि छिचोल्दै उनीहरुले संसद् भवनसम्म पुगेका हुन् । उनीहरुले भवनभित्र बोतललगायत प्रहार गरिरहेका छन् । अहिले प्रहरीले स्थिति नियन्त्रणका लागि अश्रुग्यास प्रहार गरिरहेको छ ।

Read More

काठमाडौं,२३ भदौ । देशमा बढ्दै भएको बेथिती, भ्रष्टाचार र सरकारले सामाजिक सञ्जालमाथि लगाएको प्रतिबन्धको विरोधमा जेन-जी पुस्ताले काठमाडौंसहित देशका विभिन्न सहरमा प्रर्दशन गरेको छ । सोमबार बिहानदेखि काठमाडौंको माइतीघर, विर्तामोड, पोखरा, बुटवल र दाङमा प्रदर्शन गरेका छन्। सन् १९९७ देखि २०१२ भित्र जन्मिएका पुस्तालाई जेनजी पुस्ता भनिन्छ। उनीहरुले प्रदर्शनका क्रममा विभिन्न राष्ट्रप्रेमी गीत गाएका छन्। गाउँगाउँबाट उठ,बस्ती बस्तीबाट उठ,यो देशको मुहार फेर्नलाई,यो नेपाली शीर उचाली संसारमा लम्किन्छ जुनकिरी झैं ज्योति बाली अन्धकारमा चम्किन्छलगायत गीत गाउँदै प्रदर्शनमा उत्रिएका छन्। उनीहरुले नयाँ युवाले के भन्छ, खुलेर बोल्न दे भन्छ, जय देश जय राष्ट्रियता,आवर फ्युचर इज नट फर सेललगायत विभिन्न नारा लेखिएका प्लेकार्डहरु…

Read More