


Get the latest creative news from FooBar about art, design and business.



गौतम बुद्धको जन्मस्थलको नामबाट नामाकरण भएको लुम्बिनी प्रदेशको समग्र गतिविधि पस्किने थलो हो, क्लिक लुम्बिनी डटकम । तपाईंहरुको कुनै सल्लाह, सुझाव र प्रतिक्रिया भए ईमेल गर्नुहोला ।
काभ्रे, १८ भदौ। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले दुई लाख रुपैयाँसहित एक जना कर्मचारीलाई नियन्त्रणमा लिएको छ । बुधवार मालपोत कार्यालय काभ्रेमा छापा मारेर नगद दुई लाख रुपैयाँसहित मुद्दा फाँटका कर्मचारी नासु ज्ञानेन्द्र भण्डारीलाई नियन्त्रणमा लिइएको अख्तियारले जनाएको छ। अख्तियार दुरुपयोग अनुसन्धान आयोग प्रवक्ता राजेन्द्रकुमार पौडेलका अनुसार कार्यालयको टोली मालपोत कार्यालयमा गएको तर थप जानकारी केही समयपछि मात्र आउने छ । भण्डारीबारे थप अनुसन्धान भइरहेको अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जनाएको छ।
काठमाडौं,१८भदौ। नेपाल प्रहरीका प्रहरी महानिरीक्षक (आईजीपी) दीपक थापा अनिवार्य अवकाश हुँदैछन्। उनीसँगै दुई एआईजी एआईजी टेकबहादुर तामाङ र सुदीप गिरी पनि अवकास हुँदैछन्। २०८१ चैत ४ गते आईजीपी नियुक्त थापा प्रहरी सेवामा प्रवेश गरेको ३० वर्षे अवधी पूरा गरी आज अवकास हुन लागेका हुन्। संगठनको ३१ औं आईजीपीको रुपमा थापाले कमाण्ड सम्हाले। एआईजीद्धय तामाङ र गिरी पनि ३० वर्षे सेवाअवधी पूरा गरी अवकास हुँदैछन्। उनीहरु २०५२ भदौ १८ मा नेपाल प्रहरीको इन्स्पेक्टर दर्जामा भर्ना भएका थिए। उनीहरुको अवकासपछि नेपाल प्रहरीमा चार एआईजी पद रिक्त हुँदैछ । एआईजी कृष्णहरि शर्मा पोखरेल गत साता उमेर हदका कारण अवकास भएका छन्। अर्का, एआईजी…
काठमाडौं,१८ भदौ। नेपाली सेनाका प्रधानसेनापति अशोक राज सिग्देलले पदोन्नति भएका अधिकृतलाई दर्ज्यानी चिन्ह प्रदान गरेका छन्। बुधवार जंगी अड्डामा आयोजित विशेष कार्यक्रममा प्रधानसेनापतिले सहायक रथीबाट उपरथी दर्जामा पदोन्नति भएका भोला नाथ थापालाई दर्ज्यानी चिन्ह प्रदान गरेका हुन्। भदौ ९ गते पदोन्नति भएका थापा निरीक्षणाधिकृतमा नियुक्त भएका छन्। त्यस्तै, प्राविधिक महासेनानी विश्व बन्धु पहाडीलाई पनि सहायक रथी दर्जामा पदोन्नति भएको अवसरमा प्रधानसेनापतिले दर्ज्यानी चिन्ह प्रदान गरेका छन् ।
काठमाडौं,१८ भदौ। भुटानी शरणार्थी प्रकरणको सुनुवाइका लागि जिल्ला अदालत काठमाडौंमा अन्तिम सुनुवाइ सुरु भएको छ । दुई वर्षदेखि विचाराधीन रहेको उक्त मुद्दा बुधवारदेखि अन्तिम सुनुवाइका लागि काठमाडौं जिल्ला अदालतका न्यायाधीश धुव्रराज कार्कीको इजलासमा सुनुवाइ सुरु भएको हो। पछिल्लो समय मुद्दामा साक्षी बुझ्ने र बकपत्र गराउने कार्य सकिएपछि मुद्दाको सुनुवाइका लागि साप्ताहिक पेशी सूचीमा राखिएको छ। नक्कली भुटानी शरणार्थी प्रकरणमा अभियुक्तहरुविरुद्ध तीन चरणमा ठगी, किर्ते, सङ्गठित अपराध र राज्यविरुद्धको अपराधको कसुरमा ३३ जनाविरुद्ध मुद्दा दायर भएको थियो। उक्त मुद्दामा जिल्ला अदालतका तत्कालीन न्यायाधीश प्रेमप्रसाद न्यौपानेको इजलासले पक्राउ परेकालाई ‘तत्काल प्राप्त प्रमाणका आधारमा कसुरदार’ देखाउँदै थुनामा राखेर मुद्दाको पुर्पक्ष गर्न आदेश दिएको थियो…
भैरहवा, १७ भदौ । रुपन्देही–३ मा हुन लागेको उपनिर्वाचनमा सिके राउत नेतृत्वको जनमत पार्टीले केन्द्रीय सदस्य धनीराम चौधरीलाई चुनावी मैदानमा उतार्ने भएको छ। पार्टीको केन्द्रीय सचिवालय बैठकले चौधरीलाई प्रतिनिधिसभा सदस्य उम्मेदवारको रुपमा चुनावी मैदानमा उतार्ने निर्णय गरेको गरेको पार्टीका राष्ट्रिय सचिव भूपेन्द्र यादवले बताए । नागरिक उन्मुक्ति पार्टीका केन्द्रीय सदस्य एवं पूर्व जिल्ला इन्चार्ज रहेका चौधरी केही दिन अघि नाउपा छाडेर जनमत पार्टीमा प्रवेश गरेका थिए ।उनलाई जनमत पार्टीका अध्यक्ष सिके राउतले पार्टी प्रवेश गराएका थिए। पार्टी प्रवेशसँगै जनमतले चौधरीलाई उम्मेदवार बनाएको हो। सियारी गाउँपालिका–२ भगदरीका चौधरीको थारु सामुदायमा राम्रो पकड रहेको बताइन्छ । यस अघि ०७९ को निर्वाचनमा उनी…
काठमाडौं,१७ भदौ । सरकारले अगामी भदौ ३० गते चाडपर्व लक्षित सुपथ मूल्य पसल संचालनमा ल्याउने भएको छ । खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड र साल्ट ट्रेडिङ कर्पोरेसनमार्फत सुपथ मूल्य पसल सञ्चालन ल्याउने भएको हो । उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयका अनुसार चाडपर्व अवधिभर उपभोक्ताको हितलाई मध्यनजर गर्दै अत्यावश्यक खाद्य तथा उपभोग्य वस्तु सहुलियत मूल्यमा उपलब्ध गराउन लागिएको हो । मन्त्रालयको आपूर्ति व्यवस्था तथा उपभोक्ता हित संरक्षण महाशाखा प्रमुख शिवराम पोखरेलका अनुसार सहुलियत मूल्य पसल सञ्चालनका लागि खाद्य व्यवस्था कम्पनी र साल्ट ट्रेडिङलाई परिपत्र भइसकेको छ । खाद्य व्यवस्था कम्पनीले सञ्चालन गर्ने सहुलियत मूल्य पसलमा सबै किसिमको चामल तथा दाल,…
काठमाडौं, १७ भदौ। अर्थमन्त्री विष्णुप्रसाद पौडेल र विश्व बैंकका दक्षिण एसिया क्षेत्र हेर्ने उपाध्यक्ष जोहानेस जुटबीच अर्थतन्त्र, शहरी भौतिक पूर्वाधार, लगानी, पर्यटन, वातावरण लगायतका विषयमा छलफल भएको छ। अर्थमन्त्री पौडेलले गत वर्षको तुलनामा अर्थतन्त्रका सुचकहरुमा उल्लेखनीय सुधार आएको जानकारी दिँदै नेपालले नीतिगत, संरचनागत, निर्णय र कार्यान्वयन प्रकृयामा सुधार गरेको बताए। उनले विश्व बैंकले आगामी ६ वर्षका लागि तयार पारेको कन्ट्री पार्टनरसीप फ्रेमवर्क नेपालमा विकासको आवश्यकता र सरकारको प्राथमिकतासँग तादम्य रहेको उल्लेख गर्दै फ्रेमवर्क अनुसारका आयोजना तथा कार्यक्रम तर्जुमा गर्न सरकार विश्व बैंकसँग मिलेर काम गर्न चाहेको बताए। उपप्रधानमन्त्री समेत रहेका पौडेलले वैकल्पिक विकास वित्त परिचालन विधेयक प्रतिनिधिसभाबाट पारित भइ राष्ट्रिय…
भैरहवा,१७ भदौ। रुपन्देहीका सबै स्थानीय तहहरुमा मंगलबार शोक बिदा दिइएको छ। गत शनिबार बिहान लुम्बिनी सांस्कृतिक नगरपालिकाका नगर प्रमुख स्व. सजरुद्दीन मुसलमानको निधन भएपछि शोक बिदा दिइएको जिल्ला समन्वय समिति रुपन्देहीले जनाएको छ । समितिले सोमबार एक सूचना जारी गर्दै शोक बिदाका दिन राष्ट्रिय झण्डा आधा झुकाउने पनि निर्णय भएको जनाएको छ।जसअनुसार, आज जिल्लाका पालिकाहरुमा राष्ट्रिय झण्डा आधा झुकाइएको छ। साथै, मंगलबारका दिन जिल्लाका सबै स्थानीय तहअन्तर्गत सम्पूर्ण सरकारी कार्यालयहरुलाई शोक मनाउन र बन्द गर्न/गराउन जिससले अनुरोध गरेको छ ।
काठमाडौं,१७भदौ। रुपन्देहीसँगै मनाङमा पनि उपनिर्वाचन हुने भएको छ । रुपन्देही-३ मा प्रतिनिधिसभा सदस्य दीपक बोहाराको निधन भएपछि र मनाङ-१ (२) मा प्रदेशसभा सदस्य राजीव गुरूङ (दीपक मनाङे) ज्यान मुद्दामा दोषी ठहर भएपश्चात रिक्त पदमा निर्वाचन आयोगले उपनिर्वाचनको तयारी गरेको हो । जसका अनुसार दुवै स्थानमा कार्तिक १७ गते उपनिर्वाचनको मिती तय गरिएको छ । रुपन्देही-३ मा प्रतिनिधिसभा सदस्य पदका लागि र मनाङ-१ (२) मा प्रदेश सभा सदस्य पदका लागि उपनिर्वाचन हुनेछ । जसका लागि आयोगले रुपन्देही-३ का लागि केही समय अघि नै प्रक्रिया अगाडी बढाइसकेको छ भने मंगलबार मनाङ-१ (२) मा उपनिर्वाचनका लागि दल दर्ता गर्न आह्वान गरेको छ ।…
काठमाडौं, १७ भदौ । नेपालमा रहेका हिमाल आरोहण गर्नका लागि नयाँ शुल्क कायम गरिएको छ । पर्वतारोहणसम्बन्धी (छैटौँ संशोधन) नियमावली, २०५९ अनुसार सोमबारदेखि सगरमाथासहित अन्य हिमालमा आरोहणमा नयाँ सलामी दस्तुर लागु भएको छ। जस अनुसार सगरमाथा र अन्य हिमालमा याम अनुसार फरक फरक आरोहण शुल्क तोकिएको हो। पर्यटन विभागका निर्देशक हिमाल गौतमका अनुसार सरकारले राजस्व बढाउन, हिमाल आरोहणमा बढेको भिड नियन्त्रण गर्न वा प्रदूषण नियन्त्रणका लागि उक्त व्यवस्था नगरेको बताउँदै आरोहणलाई व्यवस्थित बनाउन एक दशकपछि उचाइ अनुसार आरोहण शुल्क वृद्धि भएको हो। उनले सन् २०१५ जनवरी १ देखि कायम भएको हिमाल आरोहण अनुमति शुल्क एक दशकपछि परिवर्तन भएको बताए।बढाइएको शुल्क…