Author: क्लिक लुम्बिनी

गौतम बुद्धको जन्मस्थलको नामबाट नामाकरण भएको लुम्बिनी प्रदेशको समग्र गतिविधि पस्किने थलो हो, क्लिक लुम्बिनी डटकम । तपाईंहरुको कुनै सल्लाह, सुझाव र प्रतिक्रिया भए ईमेल गर्नुहोला ।

बर्दिया, ७ कार्तिक। बर्दियाको बाँसगढीमा प्रथम युवा सम्मेलन सुरु भएको छ। ‘म बनाउछु मेरो पालिका, नागरिकको श्रम र पसिनाः राष्ट्र निर्माणको गहना’ भन्ने मुख्य नारा सहित सुरु भएको सम्मेलनले स्थानिय रोजगार रणनीति निर्माण गर्ने बताइएको छ। बाँसगढी नगरपालिकाको आयोजनामा भएको युवा सम्मेलनको उद्घाटन लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले युवाहरुलाई उद्यमशिलतामा जोड्नेगरी प्रदेश सरकारले तीन स्थानीय र संघीय सरकार संग समन्वय गर्ने बताए। ‘युवाहरुको रुची र चाहना अनुसारको उद्यम, व्यवसाय सञ्चालन गर्ने वातावरण सरकारले निर्माण गर्छ। स्वदेशमै उद्यमशिलताको अवसरहरु सृजना गर्न सरकार तयार छ’उनले भने,‘सिप सिकाउने र उद्यमशिलतामा जोड्ने कुरामा हामी प्रतिबद्ध छौं। म भन्न चाहन्छु युवाहरुलाई स्वदेशमै रोजगारीको अवसर सृजना…

Read More

बाँके, ७ कार्तिक। लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले भ्रष्टाचार नियन्त्रण गर्न वर्तमान सरकार त्यागको भावना बोकेर अघि बढेको बताएका छन्। सुशासन प्रवद्र्धन तथा भ्रष्टाचार न्यूनिकरण सम्बन्धी पाँच बर्षे रणनीतिक कार्ययोजनाको मस्यौदा सम्बन्धी बाँकेमा आयोजित छलफल तथा अन्तरक्रिया कार्यक्रमलाई सम्वोधन गर्दै उनले भ्रष्टाचार नियन्त्रण सम्बन्धी पाँच बर्षे रणनीतिक योजनालाई कडाईपूर्वक कार्यान्वयन गरिने बताए। ‘सुशासन कायम गर्न, भ्रष्टाचार नियन्त्रण गर्न आँट गर्न सक्नुपर्छ । त्यसको सुरुवात गरेका छौं’उनले भने,‘एक पटक मुख्यमन्त्री भएपछी, एक पटक सभामुख भएपछी पूर्वबिशिष्टको नाममा सेवा सुविधा दिने निर्णय थियो । म आइसकेपछी त्यो निर्णय उल्टायौं । त्यागको भावना बोकेर यो सरकार अगाडी आएको छ । जनताबाट उठाएको करबाट…

Read More

भैरहवा, ७ कार्तिक। रुपन्देही प्रहरीले भारतबाट अवैध रुपमा भन्सार छलेर भित्राइएको कपडासहित विभिन्न साम्रगी बरामद गरेको छ। रुपन्देहीको इलाका प्रहरी कार्यालय सूर्यपुरा, इलाका प्रहरी कार्यालय छपिया र नगर प्रहरी कार्यालय बुटवलबाट खटिएको टोलीले विभिन्न स्थानमा चेकजाँचका क्रममा ६ लाख ९० हजार मूल्य बराबरको कपडासहितका विभिन्न साम्रगी बरामद गरेको हो। जिल्ला प्रहरी कार्यालय रुपन्देहीका सूचना अधिकारी एवं डीएसपी लक्ष्मी खनालका अनुसार चेकजाँचका क्रममा साडी ७६ थान, कुर्ता सुरवाल ६० थान, कुर्ती ३० थान, सर्ट पाईन्टको कपडा ४ बण्डल, सुट आठ थान, चप्पल ७१ जोर, चिनी ६ बोरा र अन्य किराना सामान छन् । साथै, साम्रगी ढुवानीमा प्रयोग गरिएका लु २७ प…

Read More

भैरहवा, ७ कार्तिक। भैरहवा क्षेत्रमामा जुवातास खेलिरहेको अवस्थामा प्रहरीले पाँच जनालाई पक्राउ गरेको छ। वडा प्रहरी कार्यालय भैरहवाका प्रमुख एवं प्रहरी निरीक्षक नेत्र बुढाको कमाण्डमा खटिएको टोलीले मायादेवी गाउँपालिका-८ बसडिलवाबाट जुवातास खेलिरहेको अवस्थामा उनीहरुलाई पक्राउ गरेको हो। पक्राउ परेका व्यक्तिहरुको साथबाट ९० हजार रुपैयाँ र तास बरामद भएको प्रहरी निरीक्षक बुढाले बताए। पक्राउ परेका व्यक्तिहरुको उपर जुवा ऐन अन्र्तगत मुद्दा दायर गरी अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

Read More

काठमाडौं,७ कार्तिक। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले सडकमा भिड जम्मा गरेर छानबिन र अदालतलाई प्रभाव पार्न खोजेको सत्तारुढ गठबन्धनले निष्कर्ष निकालेको छ । बुधबार बालुवाटारमा बसेको गठनबन्धनको बैठकले रास्वपाका सभापति तथा पूर्वगृहमन्त्री रवि लामिछानेमाथि संसदीय छानबिन समितिको प्रतिवेदनका आधारमा प्रक्रिया अघि बढाइएकाले प्रश्न उठाउनु उचित नहुने निष्कर्ष निकालेको हो । ‘छानबिनमाथि प्रश्न उठाउने कुरा नैतिक रुपमा उचित कुरा होइन् । छानबिनको न्याय निरुपणमा आफ्नो विधि र प्रक्रिया हुन्छ’, बैठकपछि एमाले महासचिव शंकर पोखरेलले भने, ‘छानबिनको प्रक्रिया अघि बढिरहेका बेला सडकमा भिड जम्मा गरेर छानबिनको प्रक्रियालाई प्रभावित गर्ने कुरा र अदालतलाई समेत प्रभावित गर्ने हिसाबले गतिविधि गर्ने कुरा लोकतान्त्रिक दृष्टिकोणले उचित होइन…

Read More

भैरहवा, ७ कार्तिक। नेपाली कांग्रेस सिद्धार्थनगर समितिले प्रथम नगर क्रियाशिल भेला एवं शुभकामना आदानप्रदान कार्यक्रम गर्ने भएको छ । पार्टीले कार्तिक १० गते शनिवार हुने नगर भेलाको पूर्व गृहमन्त्री एवं नेपाली कांग्रेसका केन्द्रीय सदस्य बालकृष्ण खाणले उद्घाटन गर्ने नगर सभापति कोसिस बहादुर खड्काले जानकारी दिए । भेलामा नगरमा रहेका १६ सय बढी क्रियाशिल सदस्य, भातृ एवं शुभेच्छुक संस्था, वडा सभापती लगायत सबै कांग्रेसप्रती आस्थावानहरुलाई सहभागी गराउने गरी तयारी गरिएको उनले बताए । उक्त भेलामा पूर्वनगर सभापतिहरुलाइ सम्मान गर्ने कार्यक्रम समेत रहेको छ । विजया दशमी, शुभ दिपावली, छठ् पर्व र नेपाल सम्बतको अवसरमा कार्यक्रमको आयोजना गर्न लागिएको पार्टीले जनाएको छ।…

Read More

दाङ,७ कार्तिक। लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले साहसिक खेल विधालाई प्रदेश सरकारले प्राथमिकतामा राख्ने बताएका छन् । पाँच वटा विभिन्न विधामा विश्व रेकर्ड राख्न सफल नेपाली सेनामा कार्यरत हरिचन्द्र गिरी संगको भेटमा मुख्यमन्त्री आचार्यले साहसिक खेल विधालाई प्रदेश सरकारले प्राथमिकितामा राख्ने बताएका हुन्। ‘लुम्बिनी प्रदेशको नाम चिनाउन यहाँले गर्नुभएको मेहनत र परिश्रमको प्रदेश सरकारले उच्च प्रशंसा गर्दछ । आगामी दिनमा थप विधामा रेकर्ड बनाउनेगरी आफ्नो भूमिका बढाउनु होला’मुख्यमन्त्री आचार्यले भने,‘प्रदेशमा युवा तथा खेलकुद मन्त्रालय छ। युवा र खेलकुद क्षेत्रको विषय सोही मन्त्रालयले हेर्नेछ ।’ मुख्यमन्त्री संगको भेटमा गिरीले आफुले विभिन्न पाँच वटा विधामा विश्व रेकर्ड राख्न सफल भएको जानकारी गराएका…

Read More

भैरहवा, ७ कार्तिक। भैरहवाको सिद्धार्थ क्रिकेट रंगशालामा जारी ‘वीपी कोइराला स्मृति कप टी–२०’ अन्तर्राष्ट्रिय अन्तरक्लब क्रिकेट प्रतियोगितामा नेक्सस रुपन्देही–११ नेपाल र भारतको लाइफ केयर क्रिकेट क्लब सेमिफाइनलमा पुगेका छन्। नेक्ससले बंगलादेशको साइक्यू क्रिकेट एकेडेमी माथि ७ विकेट र भारतको लाइफ केयरले श्रीलंका राज्य सेवा क्रिकेट संघ श्रीलंकालाई १ सय १४ रनले पराजित गर्दै सेमिफाइनलमा पुगेका हुन्। पहिलो खेलमा जितका लागि पाएको १ सय २१ रनको लक्ष्य नेक्ससले १७ ओभर ३ बलमा ३ विकेटको नोक्सानीमा सहजै पूरा गर्यो । नेक्ससको जितमा शंकर रानाले ३७, मिर्नाल गुरुङले २६, आकाश त्रिपाठीले अविजित १९, विपिन विक्रम शाहीले १६ र वसिर अहमदले नटआउट १५ रनको…

Read More

भैरहवा,६ कार्तिक। जिल्ला प्रहरी कार्यालय रुपन्देहीले तीस वटा आईफोन ब्राण्डका मोबाइलसहित विभिन्न सामग्री बरामद गरेको छ। सोमबार प्रहरीले ओमसतिया गाउँपालिका–४ स्थित बालापुरमा चेकजाँच गर्ने क्रममा भारतबाट अवैध रुपमा भित्राइएको तीस वटा आईफोन ब्राण्डका मोबाइलसहित विभिन्न सामग्री बरामद गरेको हो। जिल्ला प्रहरी कार्यालय रुपन्देहीका डीएसपी एवं सूचना अधिकारी लक्ष्मी खनालका अनुसार चेकजाँचको क्रममा एघार लाख ५१ हजार बढी मूल्य बराबरको मोबाइलसहित ७० जोर जुत्ता, आठ कार्टुन चकलेट, चार बोरा बुकि पेपर र ७० किलो ताजा फुल तथा फुलका विरुवाहरु बरामद भएको छ। बरामद साम्रगीहरु आवश्यक कार्यवाहीको लागि भैरहवा भन्सार कार्यालयमा बुझाइएको प्रहरीले जनाएको छ।

Read More

काठमाडौं, ६ कार्तिक। आर्थिक लेनदेनमा मुछिएको आरोपमा जिल्ला प्रहरी कार्यालय मोरङका एसपी नवराज कार्की प्रहरी प्रधान कार्यालय, नक्सालमा तानिएपछि त्यहाँ रहेको घुमुवाहरु पनि अनुसन्धानमा तानिएका छन्। एसपी कार्कीलाई प्रहरी हेडक्वाटरमा तानेर एसपी राजन लिम्बुको मोरङमा काज सरुवा गरिएको थियो। तर, नेपाली कांग्रेसका प्रदेशस्तरीय नेताले लिम्बुको नामलाई लिएर असन्तुष्टि जनाएपछि उनको काज सरुवा रद्द गरेर मोरङमा एसपी नारायण प्रसाद चिमोरियालाई पठाइएको छ। मोरङमा प्रहरी सेटिङमै तस्करी र जुवा गतिविधि भएको आरोपमा कोशी प्रदेश प्रहरी कार्यालयले इन्स्पेक्टर विक्रमबहादुर भट्टराई, हवल्दार राजकुमार श्रेष्ठ, हवल्दार खगेन्द्र राउत रसहायक हवल्दार सरोज श्रेष्ठलाई प्रदेशमा तानेर छानबिन प्रक्रिया अघि बढाएको छ। घुमुवा प्रहरीका रुपमा खटिँदै आएका चारै…

Read More