Author: क्लिक लुम्बिनी

गौतम बुद्धको जन्मस्थलको नामबाट नामाकरण भएको लुम्बिनी प्रदेशको समग्र गतिविधि पस्किने थलो हो, क्लिक लुम्बिनी डटकम । तपाईंहरुको कुनै सल्लाह, सुझाव र प्रतिक्रिया भए ईमेल गर्नुहोला ।

काठमाडौं,१२ भदौ। अर्थमन्त्री विष्णुप्रसाद पौडेलले योजना निर्माणको अभ्यासलाई सच्चाउन खोज्दा ठूलो चुनौती व्यहोर्नुपरेको बताएका छन्। बिहीबार ललितपुरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले प्रतिफलमुखी आयोजनालाई प्राथमिकता दिने गरि योजना निर्माणको अभ्यासलाई सच्चाउन खोज्दा ठूलो चुनौती व्यहोर्नुपरेको बताएका हुन्। बजेट निर्माणमा तीन करोडभन्दा साना योजना संघीय सरकारले कार्यान्वयन नगर्ने विषय लागू गर्न समेत चुनौती खडा भएको उनको भनाई छ। उपप्रधानमन्त्री समेत रहेका पौडेलले विकासको आवश्यकताका आधारमा वैदेशिक सहयोग र सहुलियतपूर्ण ऋण परिचालन गर्नुपर्नेमा जोड दिए। उनले विश्वव्यापी सन्दर्भ र परिस्थितिअनुसार अनुदानमुखी भएर अगाडि बढ्न नसकिने र मुलुकको विकासका लागि प्राप्त हुने सहुलियतपूर्ण ऋणलाई सही रुपमा परिचालन गर्नुपर्ने बताए।

Read More

काठमाडौं,१२ भदौ। अब नेपालमा १८ देखि ३५ वर्ष उमेर समूहका लाई ‘युवा’ भनिने भएको छ । सरकारले राष्ट्रिय युवा नीति–२०८२ स्वीकृत गरेसँगै युवाको उमेर १८–३५ वर्ष कायम भएका हो । जसका अनुुसार अब नेपालमा १८ देखि ३५ वर्ष उमेर समूहका लाई ‘युवा’ भनिने राष्ट्रिय युवा परिषद्का कार्यकारी उपाध्यक्ष सुरेन्द्र बस्नेतले बताए। राष्ट्रिय युवा नीतिमा ‘राष्ट्रिय तथा अन्तर्राष्ट्रिय परिवेश अनुकुल हुने गरी नेपालको सन्दर्भमा १८ देखि ३५ वर्षको उमेर समूहको जनसङ्ख्यालाई युवा मानिनेछ’, भनेर उल्लेख छ। यस अघि ‘राष्ट्रिय युवा नीति–२०७२’ अनुसार युवाको उमेर १६–४० वर्ष रहेको थियो। विसं २०७८ सालको जनगणना अनुसार नेपालमा १६ देखि ४० वर्षसम्मको जनसङ्ख्या ४२.५६ प्रतिशत…

Read More

काठमाडौं,१२ भदौ। प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीलाई पार्टीको अध्यक्ष बनाउन नसकिने बताएका छन्। काठमाडौं जिल्लाबाट प्रतिनिधित्व गर्ने महाधिवेशन प्रतिनिधिहरुसँगको अनौपचारिक छलफलकामा उनले राष्ट्रपति भइसकेको व्यक्तिको सम्मानका लागि पनि फर्किएर आएर उम्मेदवार बन्ने र बनाउने गल्ती गर्न नहुने बताए। उनले महाधिवेशनमा निर्वाचित हुँदा धेरै राम्रो भएपनि निर्वाचित हुने आधार नरहेको तर्क गरे। प्रधानमन्त्री ओलीले संघर्षको मैदानमा सबैको आँखामा हाल्दा नबिझाउने लालगेडी भएर आन्दोलन नचल्ने टिप्पणी गरे।

Read More

काठमाडौं,१२ भदौ। जिल्ला प्रहरी कार्यालय कैलालीका प्रमुख एसपी बालनरसिंह राणा प्रहरी हेडक्वार्टर तानिएका छन् । गत साउन २३ गते राति जिल्ला कारागार कैलालीमा कैदीबन्दीबीच झडप हुँदा एक कैदीको मृत्यु भएको थियो। घटना पश्चात गृहमन्त्रालयले सुरक्षा समन्वयमा कमजोरी देखिएको भन्दै सीडीओ गोगनबहादुर हमाललाई साउन २८ गते नै केन्द्रमा तानेको थियो । त्यसपश्चात बुधवार काज सरुवा गरेर एसपी राणालाई पनि प्रहरी हेडक्वार्टरमा तानिएको हो । एसपी राणालाई तानेर केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) मा कार्यरत एसपी नरेन्द्र चन्दलाई कैलालीको जिम्मेवारी दिइएको बुझिएको छ।

Read More

काठमाडौ,११ भदौ। संवैधानिक इजलासमा प्रधानन्यायाधीश प्रकाशमान सिंह राउतले आफै न्यायाधीश तोक्ने भएका छन् । प्रधान न्यायाधीश राउतले बुधबार पत्रकारहरुसँग कुराकानी गर्दै उनले वरिष्ठताका आधारमा नभई आफ्नो अधिकार प्रयोग गरेको जानकारी दिए। यसअघि संवैधानिक इजलासमा वरिष्ठताको आधारमा न्यायाधीश तोकिँदै आएका थिए। संवैधानिक इजलासमा पछिल्लो समय प्रधानन्यायाधीश र न्यायाधीशहरुबीच राय बाझिन थालेपछि राउतले रोष्टरमा भएका मध्येबाट गोला प्रथा गरेर अन्य न्यायाधीशहरु तोक्ने अडान राख्दै आएका थिए । जसको विपक्षमा वरिष्ठतम् न्यायाधीश सपना प्रधान मल्लसहित अन्य न्यायाधीशहरु उभिएका थिए । राउतले पत्रकारहरुसँग भने, ‘मैले लिएको निर्णयमा सबै सहमत छन्।’

Read More

काठमाडौं,११ भदौ। नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) ले पार्टीप्रति जनताको भरोसा बढ्दै गएको बताएका छन्। कर्णाली प्रदेशको भएको पूर्ण बैठकलाई श्रव्यदृश्यका माध्यमबाट सम्बोधन गर्दै उनले स्थानीय तह, स्वतन्त्र विद्यार्थी युनियन, नेपाल पर्वतारोहण संघलगायत संस्थाको निर्वाचनमा पार्टी निकट उम्मेदवारहरुको विजयलाई जनविश्वासको प्रतीकका रुपमा चित्रण गर्दै उनले जनताको भरोस बढ्दै गएको बताएका हुन्। पार्टीभित्र द्वन्द्व सृजना हुन नदिने, गुटबन्दी, अराजकता र अनुशासनहीनताको अन्त्य गर्दै पार्टीलाई सुदृढ र एकताबद्ध बनाउने संकल्प स्थायी समितिले गरिसकेको भन्दै पार्टीमा गुटबन्दी हुन नदिने प्रतिबद्धता व्यक्त गरे । शिक्षा विधेयकलगायत विभिन्न राष्ट्रिय मुद्दामा माओवादी केन्द्रले लिएको अडानले जनस्तरमा सकारात्मक सन्देश प्रवाह गरेको उनको…

Read More

बारा,११ भदौ। शिक्षकलाई बन्धक बनाएर कुटपिट गरेको घटनामा प्रहरीले वडाअध्यक्षलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा बाराको प्रसौनी गाउँपालिका-६ का वडाध्यक्ष बृजकिशोर कुशवाहा रहेको प्रहरीले जनाएको छ । पर्सा बहुदरमाई घर भई हाल प्रसौनी-६ बेलहिया बस्दै आएका शिक्षक नागेश्वर यादवलाई वडाध्यक्ष कुशवाहाको समूहले वडा कार्यालयमा बन्धक बनाएर कुटपिट कुटपिट गरेको भीडियो सार्वजनिक भएको थियो । उनी स्मार्ट कोचिङका शिक्षक हुन् । घटना गत २८ साउनको हो । केही व्यक्तिहरुले आफूलाई समातेर लगेपछि वडा कार्यालयमा बन्धक बनाएर वडाध्यक्ष कुशवाहासहितले कुटपिट गरेको पीडित शिक्षक यादवको गुनासो छ। गाउँपालिका अध्यक्ष विनोदप्रसाद जयसवालले पीडितले प्रहरी कार्यालयमा जाहेरी दिए पश्चात वडाध्यक्षलाई प्रहरीले पक्राउ गरेर अनुसन्धान…

Read More

काठमाडौं,११ भदौ। नेपालको स्थानीय बजारमा बुधवार सुनको मूल्य बढेको छ भने चाँदीको भाउ घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधवार सुन प्रतितोला तीन सय रुपैयाँले बढेर एक लाख ९९ हजार रुपैयाँमा कारोबार भइरहेको छ। मंगलबार सुन प्रतितोलामा एक लाख ९८ हजार सात सय रुपैयाँमा किनबेच भएको छ। यस्तै, चाँदी प्रतितोला १५ रुपैयाँले घटेर दुई हजार तीन सय ४५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ। मंगलबार चाँदी प्रतितोला २ हजार ३६० रुपैयाँमा किनबेच भएको थियो।

Read More

काठमाडौं,११ भदौ। बन्दीपुर केवलकार एन्ड टुरिजम लिमिटेडले सर्वसाधारणका लागि प्राथमिक सेयर (आईपीओ) बुधवार (आज) देखि बिक्री खुला गरेको छ । यसअघि आयोजना प्रभावित क्षेत्रका स्थानीयवासी र वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि निष्काशन गरिएको आईपीओ बाँडफाँट गरेपछि कम्पनीले सर्वसाधारणका लागि आईपीओ निष्काशन गरेको हो। कम्पनीले प्रतिकित्ता १०० रुपैयाँ दरमा कुल ४३ लाख ४१ हजार ८० कित्ता शेयर निष्काशन गर्न लागेको छ । जसको कुल मूल्य ४३ करोड ४१ लाख ८ हजार रुपैयाँ बराबर हुनेछ। आईपीओमा आजदेखि भदौ १५ गतेसम्म आवेदन दिन सकिनेछ। लगानीकर्ताले न्यूनतम १० कित्ता र अधिकतम २० हजार कित्तासम्मका लागि आवेदन दिन पाउनेछन्। कम्पनीको शेयर निष्काशन तथा बिक्री प्रबन्धक…

Read More

काठमाडौं,११ भदौ। काठमाडौंमा महिला प्रहरीलाई प्रोत्साहन गर्न ‘महिनाको उत्कृष्ट प्रहरी’ बाट पुरस्कृत गर्ने कार्यको सुरुवात थालिएको छ। जिल्ला प्रहरी परिसर काठमाडौंका प्रमुख एसएसपी विश्व अधिकारीका अनुसार महिला प्रहरीको योगदानको उच्च मूल्यांकन गर्दै मासिक रुपमा पुरस्कारको थालनी गरिएको हो। जसअनुसार नगर प्रहरी कार्यालय भृकुटीमण्डपमा कार्यरत प्रहरी जवान प्रमीला श्रेष्ठ र जिल्ला प्रहरी परिसर काठमाडौंमा कार्यरत प्रहरी सहायक निरीक्षक टेककुमारी पाण्डेलाई महिनाको उत्कृष्ट महिला प्रहरी घोषणा गर्दै सम्मान गरिएको उनले बताए । उनले प्रथम नेपाल प्रहरी महिला सम्मेलनको पूर्वसन्ध्यामा प्रहरी संगठनबाट आफूलाई प्राप्त जिम्मेवारी व्यावसायिक निष्ठा, सांठनिक नीति बमोजिम कुशलतापूर्वक सम्पादन गरेको तथा कार्यालयबाट तोकिएका काम कारबाही तदारुकताका निर्वाह गरेको भन्दै कदर…

Read More