Author: क्लिक लुम्बिनी

गौतम बुद्धको जन्मस्थलको नामबाट नामाकरण भएको लुम्बिनी प्रदेशको समग्र गतिविधि पस्किने थलो हो, क्लिक लुम्बिनी डटकम । तपाईंहरुको कुनै सल्लाह, सुझाव र प्रतिक्रिया भए ईमेल गर्नुहोला ।

काठमाडौं,२८ पुस। सरकारले वित्तीय क्षेत्र विकास रणनीति २०८२/०८३ देखि २०८६/०८७ स्वीकृत गर्ने निर्णय गरेको छ । सोमबार बसेको मन्त्रिपरिषद् बैठकले वित्तीय क्षेत्र विकास रणनीति स्वीकृत गर्ने निर्णय गरेको हो । यस्ता छन् निर्णयहरु : –अन्तर्राष्ट्रिय एकीकृत पर्वतीय विकास केन्द्र (ईसीमोड) को सदस्य राष्ट्रको हैसियतले नेपालले बुझाउनुपर्ने सन् २०२४ को वार्षिक योगदान अमेरिकी डलर रकम २ लाख ८३ हजार ५०३ अमेरिकी डलर प्रदान गर्न स्वीकृति दिने । –वित्तीय क्षेत्र विकास रणनीति २०८२/०८३ देखि २०८६/०८७ स्वीकृत गर्ने । –२०२५ मार्चको भूकम्पबाट क्षतिग्रस्त म्यानमारको महामुनीफैया बौद्ध पगैडाको अभिलेखालय र गंगाघाट मन्दिरको पुनर्निमाणका लागि अमेरिकी डलर ३ लाख ५० हजार आर्थिक सहयोग उपलब्ध गराउने…

Read More

काठमाडौं,२८ पुस। नेपाल प्रहरीका १६ डीएसपी एसपी पदमा बढुवा सिफारिस भएका छन्। सोमबार बसेको बढुवा समितिको बैठकले जनपद प्रहरी समूहतर्फका १६ डीएसपीलाई एसपी पदमा बढुवा गरेको हो। हेर्नुहोस् सूची :

Read More

काठमाडौं,२८ पुस। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मृत्यु भइसकेका व्यक्तिको नाममा भत्ता निकासा गरी अनियमितता गरेको आरोपमा वडाध्यक्षसहित तीनजनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ। आयोगले सोमबार विशेष अदालत काठमाडौंमा दोलखा मेलुङ गाउँपालिका-१ का वडाध्यक्ष ईश्वर कोइराला, तत्कालिन वडा सचिव विजय उप्रेती र कार्यालय सहायक दलबहादुर थापाविरुद्ध सामाजिक सुरक्षा भत्ता बापतको रकम हिनामिना गरेको आरोपमा मुद्दा दायर गरेको हो। आयोगका अनुसार वडाअध्यक्ष कोइरालासहित तीनैजनाविरुद्ध मूत्यु भइसकेका व्यक्तिको किर्ते सहीछाप गरी सामाजिक सुरक्षा भत्ता वाफतको रकम निकाली हिनामिना गरेको उजुरी परेको थियो। सोही उजुरीका आधारमा अनुसन्धान हुँदा सामाजिक सुरक्षा भत्ता वितरण गर्दा मृत्यु भइसकेका १४ जना लाभग्राहीहरुको सामाजिक सुरक्षा भत्ता वितरण भरपाइको सक्कल…

Read More

काठमाडौं,२८ पुस । राष्ट्रपति रामचन्द्र पौडेलले राष्ट्रियसभाको अधिवेशन आह्वान गरेका छन्। उनले आज नेपालको संविधानको धारा ९३ को उपधारा (१) बमोजिम नेपाल सरकार, मन्त्रिपरिषद्को सिफारिसमा आगामी माघ ४ गते आइतबार ११ बजे सङ्घीय संसद् सचिवालय, सिंहदरबारमा राष्ट्रियसभाको अधिवेशन आह्वान गरेका राष्ट्रपतिको कार्यालयले जनाएको छ।

Read More

काठमाडौं,२८ पुस। प्रतिनिधिसभा निर्वाचनको समानुपातिक तर्फ ८५ जनाले उम्मेदवारी फिर्ता लिएका छन्। राजनीतिक दलहरुले पुस १३ र १४ गते समानुपातिक तर्फको बन्दसूची बुझाएका थिए। यो संख्या अझै केही थपिने निर्वाचन आयोगले जनाएको छ। आयोगले उम्मेदवारी फिर्ता भएको जानकारी दिएपछि सम्बन्धित दलले अर्को उम्मेदवार पठाउन पाउने व्यवस्था रहेको छ।

Read More

काठमाडौं,२६ पुस। नागरिक उन्मुक्ति पार्टी (नाउपा)का लुम्बिनी प्रदेश सांसद धर्मबहादुर चौधरी उज्यालो नेपाल पार्टी (उनेपा) मा प्रवेश गरेका छन्। शनिवार काठमाडौंमा आयोजित कार्यक्रममा नवनियुक्त अध्यक्ष घिसिङले चौधरीलाई पार्टीमा प्रवेश गराएका हुन् । प्रवेश गरेका चौधरीलाई केन्द्रीय सदस्यमा मनोनीत गरिएको उज्यालो नेपाल पार्टीले जनाएको छ ।

Read More

काठमाडौं,२६ पुस । नेपाली कांग्रेसका ५ प्रदेश सभापति र ४७ जिल्ला सभापति विशेष महाधिवेशनको विपक्षमा उभिएका छन्। महामन्त्री गगन थापा र विश्वप्रकाश शर्माले आह्वान गरेको विशेष महाधिवेशनको पूर्वसन्ध्यामा संयुक्त विज्ञप्ति जारी गर्दै उनीहरु विशेष महाधिवेशनको विपक्षमा उभिँदै वैशाखमा १५ औँ महाधिवेशन गर्नुपर्ने जनाएका हुन्। सात प्रदेशमध्ये महाधिवेशनको विपक्षमा ५ प्रदेशका सभापतिहरुले हस्ताक्षर गरेका छन् भने गण्डकी र लुम्बिनीका प्रदेश उपसभापतिले हस्ताक्षर गरेका छन्। महामन्त्रीद्वयले आह्वान गरेको विशेष महाधिवेशन भोलिबाट सुरु हुने बताइएको छ ।

Read More

काठमाडौं,२६ पुस। नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल (प्रचण्ड) रुकुम पूर्वबाट चुनाव लड्ने भएका छन्। रुकुम पश्चिममा आयोजित एकता सन्देश सभालाई सम्बोधन गर्दै उनले फागुन २१ गतेको प्रतिनिधिसभा निर्वाचनमा रुकुम पूर्वबाट लड्ने घोषणा गरेका हुन्। ‘अहिलेको चुनाव रुकुमबाटै लड्छु। म पूर्वी रुकुमबाट लड्ने छु,’उनले भने।

Read More

काठमाडौं,२६ पुस। पूर्वराजा ज्ञानेन्द्र शाहले देश नै नबच्ने हो कि भन्ने निराशा पैदा भएको बताएका छन्। पृथ्वीजयन्तीको पूर्वसन्ध्यामा शुभकामना सन्देश जारी गर्दै पूर्वराजा शाहले आफूहरु नारायणहिटीबाट बाहिरिएको करिब दुई दशक बित्दा पनि देशले संकटको सामना गर्नुपरिरहेको बताए। ‘नारायणहिटीबाट बाहिरिएको करिब दुई दशक बित्दा पनि देशले सामना गरिरहेको संकटले चिन्तित बनाएको छ। हिजो देश नबनेकोमा चिन्ता थियो, आज देश नै नबच्ने हो कि भन्ने निराशा पैदा भएको छ,’ भिडियो सन्देशमा उनले भनेका छन्। उनले देशबाट पलायनको सिलसिला जारी रहेकाले चिन्ता व्यक्त गरेका थिए। युवाहरुको पलायन तत्काल रोक्न नसकिए मुलुक असफलताको संघारमा पुग्ने उनको भनाइ छ। ‘जबसम्म युवा पुस्ताको चाहना सम्बोधन गरिँदैन।…

Read More

काठमाडौं,२६ पुस । उज्यालो नेपाल पार्टीको अध्यक्षमा कुलमान घिसिङ नियुक्त भएका छन्। पार्टी अध्यक्ष अनुपकुमार उपाध्यायले राजीनामा दिएपछि शनिबार बसेको केन्द्रीय सदस्यको बैठकले घिसिङलाई अध्यक्षमा नियुक्त गरेको हो। नवनियुक्त घिसिङले आफूले आज पार्टीको सदस्यता लिएको र बैठकले अध्यक्षको जिम्मेवारी पनि पाएको बताए। त्यस्तै गत पुस १४ गते राष्ट्रिय स्वतन्त्र पार्टीसँग भएको एकता भंग गर्ने निर्णयसमेत गरेको छ। राष्ट्रिय स्वतन्त्र पार्टीले सहमति कार्यान्वयन गर्न नचाहेको आरोप लगाइएको छ।

Read More