


Get the latest creative news from FooBar about art, design and business.



गौतम बुद्धको जन्मस्थलको नामबाट नामाकरण भएको लुम्बिनी प्रदेशको समग्र गतिविधि पस्किने थलो हो, क्लिक लुम्बिनी डटकम । तपाईंहरुको कुनै सल्लाह, सुझाव र प्रतिक्रिया भए ईमेल गर्नुहोला ।
बर्दिया, १ पुस । झुट्टा विवरण पेश गरी नेपाली नागरिकता लिएको पाइएपछि ५ जनाको नागरिकता खारेज गरिएको छ। जिल्ला प्रशासन कार्यालय बर्दियाका अनुसार गत असारमा तीन वटा र चालु आर्थिक वर्षको मंसिरसम्म २ वटा गरी कुल ५ जनाको नागरिकता खारेज भएको हो । चालु आवमा मधुवन नगरपालिका–का सुनिल सुनार र साविक मानपुर टपरा गाउँपालिका–३ का पल्टु थारुको नागरिकता खारेज गरिएको छ। यस्तै गत आवमा साविक ढोढरी गापा–७ का रामकुमारी थारु, बारबर्दिया नपा–७ का सुनिल केसी र साविक मगरागाडी गापा–१ कि माया लामाको दोहोरो नागरिकता खारेज गरिएको प्रमुख जिल्ला अधिकारी गोगन बहादुर हमालले बताए । त्यस्तै गत आवमा १ जना र…
कैलाली,१ पुस। रिपोर्टिङ गरिरहेको पत्रकारलाई दुर्व्यवहार गर्ने युवकलाई प्रहरीले पक्राउ गरेको छ। धनगढीबाट सञ्चालित नयाँ सन्देश अनलाइनको प्रधानसम्पादक रमा चन्दमाथि दुर्व्यवहार गरेको आरोपमा २८ वर्षीय मनीष श्रेष्ठलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ। घटना धनगढीमा सञ्चालन भइरहेको सुदूरपश्चिम महोत्सवको रिपोर्टिङका क्रममा भएको थियो। महोत्सवबारे बोलिरहेकी पत्रकार चन्दमाथि पछाडिबाट आएका एक अपरिचित युवकले नियतवश जोरले धक्का दिएको दृश्यको भिडियो सार्वजनिक भएपछि घटनाले चर्चा पाएको थियो। पत्रकार चन्दले दिएको उजुरीका आधारमा प्रहरीले अनुसन्धान अघि बढाउँदै आरोपीलाई पक्राउ गरेको जनाएको छ। पक्राउ परेका मनीष श्रेष्ठ पाल्पा स्थायी घर भई धनगढीमा डेरामा बस्दै आएका गाडी चालक रहेको कैलाली प्रहरी प्रमुख एसपी नरेन्द्र…
काठमाडौं, १ पुस। नेकपा एमालेको जारी महाधिवेशनअन्तर्गत उम्मेदवारको अन्तिम नामावली प्रकाशन भएसँगै केही उम्मेदवार निर्विरोध भएका छन् । लुम्बिनी प्रदेशबाट केन्द्रीय सदस्य महिला कोटा ३ जनामा गुमा देवी आचार्य (गोमा), मेनका कुमारी पोखरेल र शान्ति देवी ढकालको मात्र उम्मेदवारी परेकोले उनीहरु निर्विरोध भएका छन्। युवा कोटा एक जनाको रहेकोमा लिलामणि गौतम, मधेशी क्लस्टरमा युवा कोटा २ रहेकोमा अमर कुमार यादव र रोनित शाह, मुस्लिम क्लस्टरमा महिला कोटा एक रहेकोमा खाजिदा खातुन सिद्धिकी, श्रमिक क्लस्टरमा महिला कोटा २ रहेकोमा कमला देवी तामाङ र सिता लामाको मात्र उम्मेदवारी परेकोले उनीहरु निर्विरोध भएका छन्। त्यस्तै पिछडिएको क्षेत्रबाट महिला कोटा १ रहेकोमा वदमी क्वारी…
काठमाडौं, १ पुस। नेपालको स्थानीय बजारमा मंगलबार सुनको मूल्य १ हजार ७०० रुपैयाँले घटेको छ। अघिल्लो दिन सोमबार १ हजार ९०० रुपैयाँले बढेर उच्च विन्दुमा पुगेको सुन आज १ हजार ७०० रुपैयाँले घटेको हो। नेपाल सुन-चाँदी व्यवसायी महासंघका अनुसार मंगलबार १७ सय रुपैयाँले घटेर एक तोला सुनको मूल्य २ लाख ५९ हजार रुपैयाँमा कारोबार भइरहेको छ । सोमबार प्रतितोला सुनको मूल्य २ लाख ६० हजार ७०० पुगेको थियो। चाँदीको मूल्य भने बढेको छ। महासंघका अनुसार एक तोला चाँदीको मूल्य ३ हजार ८८५ रुपैयाँ तोकिएको छ। सोही परिमाणको चाँदी सोमबार ३ हजार ८७० रुपैयाँमा खरिदबिक्री भएको थियो।
काठमाडौं,१ पुस । नेपालमा अब ठूला दरका भारतीय नोट प्रचलनमा आउने भएको छ । मन्त्रिपरिषद् बैठकले सन् २०१६ नोभेम्बर ९ देखि निष्कासन गरिएका भारु २ सय र ५ सय दरका नोट नेपाल ल्याउन तथा भारत लैजान खुला गरिएको सूचना प्रविधि तथा सञ्चारमन्त्री जगदीश खरेलले बताए । यसअघि भारतको केन्द्रीय बैंक रिजर्भ बैंक अफ इन्डिया (आरबीआई) ले ठूला दरका भारु नोट नेपाल ल्याउन र लैजान पाउने व्यवस्था गरेको थियो । ‘नेपाली वा भारतीय नागरिकले प्रतिव्यक्ति भारु २५ हजार भारतबाट नेपाल भित्र्याउन र नेपालबाट भारत लैजान पाउने व्यवस्था गरिएको छ,’ मन्त्री खरेलले भने । सन् २०१६ मा भारत सरकारले उच्च दरका भारु…
काठमाडौं,१ पुस । सार्वजनिक खरिद अनुगमन कार्यालयले ११ वटा निर्माण कम्पनीलाई कालोसूचीमा राखेको छ। सार्वजनिक निकायबाट लेखी आएबमोजिम सार्वजनिक खरिद ऐन, २०६३ को दफा ६३ को उपदफा (१) बमोजिम सूचना प्रकाशित भएको मितिदेखि लागु हुने गरी कालोसूचीमा राखिएको कार्यालयद्वारा मंगलबार जारी सूचनामा उल्लेख छ। सूचना अनुसार कालोसूचीमा परेका निर्माण व्यवसायी तथा आपूर्तिकर्ताहरुले कालोसूचीमा परेको अवधिभर सार्वजनिक निकायका कुनै पनि खरिद प्रक्रियामा भाग लिन पाउने छैनन् ।
भैरहवा, २७ मंसिर। भैरहवाको सिद्धार्थ क्रिकेट रंगशालामा जारी स्वर्गीय शेरबहादुर सेन्चुरी स्मृति अन्तरविद्यालय टी–२० क्रिकेट प्रतियोगितामा होराइजन जीबीएसले सेमिफाइनलको यात्रा तय गरेको छ। शनिबार भएको खेलमा देबदह बुद्ध पब्लिक इङ्गलिस स्कूललाई ७४ रनले हराउँदै होराइजन जीबीएसले सेमिफाइनल यात्रा तय गरेको हो । टस जितेर ब्याटिङ गरेको होराइजन जीबीएसले ६ विकेटको नोक्सानीमा १ सय ५६ रनको बलियो योगफल बनायो। उसका लागि अनुज अर्यालले ३९, शिवप्रसाद यादवले नटआउट ३४ र अरुणकुमार बेल्बासेले १६ रन बनाए। बलिङमा देबदह बुद्धका रोहित कुँवर, प्रिन्स शर्मा, कृष केसी, आयुष विक र आकाश विकले समान १(१ विकेट लिए । जवाफी ब्याटिङ गरेको देबदह बुद्धले ६ विकेट गुमाएर…
काठमाडौं,२६ मंसिर। कम्बोडियासँग जारी झडपकाबीच थाइल्यान्डका प्रधानमन्त्री अनुतिन चर्नविराकुलले संसद् विघटन गरेका छन्। संसद विघटनसँगै देशमा ४५ देखि ६० दिनभित्र निर्वाचन हुने भएको छ। शुक्रबार जारी गरिएको विज्ञप्तिमा प्रधानमन्त्री चर्नविराकुले आफू नेतृत्वको अल्पसंख्यक सरकारले तीन महिनाअघि सत्ता सम्हालेदेखि नै गम्भीर चुनौतीहरु सामना गर्नुपरेको उल्लेख गरेका छन्। विशेषगरी सीमा क्षेत्रमा भएका घातक झडपले सरकारलाई कठिन परिस्थितिमा पुर्याएको उनले बताए। उनका भनेका छन्, ‘यस समस्याको उचित समाधान संसद विघटन गर्नु हो, जसले राजनीतिक शक्ति जनतामा फिर्ता जानेछ।’ व्यवसायीबाट राजनीतिमा आएका अनुतिन चर्नविराकुल सन् २०२३ को अगस्टमा थाइल्यान्डका तेस्रो प्रधानमन्त्री बनेका हुन्। उनले सेप्टेम्बरमा सरकार गठन गर्दा नै जनवरीको अन्त्यसम्म संसद विघटन गर्ने…
काठमाडौं,२६मंसिर। फौजी पोसाक लगाएर मनोरञ्जनात्मक टिकटक र रिल्स बनाएकोमा २ सय १२ जना कर्मचारीहरुलाई कारवाही गरिएको सशस्त्र प्रहरीले जनाएको छ । सशस्त्र प्रहरी बलको प्रधान कार्यालयका प्रवक्ता एंव डीआईजी मनिष थापाका अनुसार विभिन्न सामाजिक सञ्जालमा पोसाक प्रयोग गरी भिडियो बनाउनु आचारसंहिताविपरीत भएको कारण उनीहरुलाई कारबाही गरिएको हो। कारबाहीमा परेका कर्मचारीहरुलाई नसिहत, बढुवा रोक्का, चेतावनी, सचेत, ध्यानाकर्षण र मौखिक सम्झाइबुझाइ गरिएको उनले बताए। सशस्त्र प्रहरीले आफ्ना कर्मचारीका सामाजिक सञ्जाल गतिविधि अनुगमन गर्न प्रधान कार्यालयमा सामाजिक सञ्जाल अनुगमन शाखा स्थापना गरेको छ। उक्त शाखाको स्क्रिनिङ प्रक्रिया अन्तर्गत सामाजिक सञ्जालमा अनुचित गतिविधि गर्ने कर्मचारीहरुलाई कारबाही गरिएको सशस्त्र प्रहरीले जनाएको छ।
काठमाडौं,२६ मंसिर। नेपाली सेनाले विभिन्न पदमा ३८८ जनाका लागि दरखास्त आह्वान गरेको छ। सेनाले शुक्रबार एक सूचना जारी गर्दै प्राविधिक, हवाई तथा विविध सेवातर्फ पदिक तथा बिल्लादार पदहरुमा दरखास्तका लागि आह्वान गरेको हो। खुलातर्फ २०५, आदिवासी जनजाति कोटामा ५३, मधेशी कोटामा ४४, दलित कोटामा २८, महिला कोटामा ३१, सैनिक सन्तति कोटामा २० र पिछडिएको क्षेत्रका लागि ७ जना माग गरिएको छ। योग्यता पुगेका उम्मेदवारले आजदेखि पुष २६ गतेसम्म आवेदन दिन सक्नेछन् भने दोब्बर दस्तुर तिरेर माघ ३ गतेसम्म आवेदन दिन सक्नेछन्। हेर्नुहोस् सूचना: