Author: क्लिक लुम्बिनी

गौतम बुद्धको जन्मस्थलको नामबाट नामाकरण भएको लुम्बिनी प्रदेशको समग्र गतिविधि पस्किने थलो हो, क्लिक लुम्बिनी डटकम । तपाईंहरुको कुनै सल्लाह, सुझाव र प्रतिक्रिया भए ईमेल गर्नुहोला ।

परासी,५असार। लगातारको वर्षासँगै आएको बाढी र पहिरोका कारण पूर्व–पश्चिम राजमार्ग अन्तर्गतको नारायणघाट–बुटवल सडकखण्ड अवरुद्ध भएको छ। विनयी खोलामा आएको बाढीले अस्थायी डाइभर्सन बगाएपछि उक्त सडक दुईतर्फी रुपमा बन्द भएको हो। प्रहरीका अनुसार खोलामा पानीको बहाव उच्च भएकाले सानो बाढी आउँदा पनि डाइभर्सन पटक–पटक बगाउने गरेको छ। हालसम्म सो डाइभर्सन ६ पटक बगिसकेको जनाइएको छ। त्यस्तै, बाटो चिप्लो र हिलो भएका कारण सवारी साधन फस्ने समस्या समेत देखिएको छ। यस अवस्थालाई मध्यनजर गर्दै जिल्ला प्रहरी कार्यालय, नवलपरासी (बर्दघाट–सुस्ता पूर्व) ले बिहीबार सूचना जारी गर्दै यात्रुहरुलाई वैकल्पिक मार्ग प्रयोग गर्न आग्रह गरेको हो। दुम्कीबास–दाउन्ने सडकखण्ड अन्तर्गत पर्ने विश्वकर्मा मन्दिर र झ्युखोला क्षेत्रहरुमा…

Read More

परासी,५असार। पश्चिम नवलपरासी जिल्लाका सात स्थानीय तहहरुमध्ये सुनवल नगरपालिकाले सबैभन्दा बढी बेरुजु रकम फछ्र्यौट गरेको छ। स्थानीय तहमा जनप्रतिनिधिहरु आएसँगै चुलिँदै गएको बेरुजु रकममध्ये आर्थिक वर्ष २०८०/०८१ सम्म सुनवल नगरपालिकाले सबैभन्दा बढी रकम फछ्र्यौट गरेको हो। पाल्हीनन्दन गाउँपालिकाको रकम फछ्र्यौटको अवस्था शून्य छ । जनप्रतिनिधिहरु चुनिएर आएपछिको आर्थिक वर्ष २०७४/०७५ देखि २०८०/०८१ सम्म जिल्लाका स्थानीय तहको कुल बेरुजु रकम २ अर्ब १९ करोड ३१ लाख ५ हजार पुगेको छ। जसमध्ये ४३ करोड ४ लाख ९१ हजार मात्र फछ्र्यौट भएको महालेखापरीक्षकको कार्यालयले हरेक वर्ष प्रकाशन गर्ने वार्षिक प्रतिवेदनमा उल्लेख गरिएको छ। जिल्लाका सात स्थानीय तहले अझै १ अर्ब ७६ करोड २६ लाख…

Read More

काठमाडौं,४असार। सरकारले मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक गरेको छ। सूचना तथा सञ्चार प्रविधि मन्त्री एवं सरकारका प्रवक्ता पृथ्वी सुब्बा गुरुङले पत्रकार सम्मेलन गर्दै सोमबार बसेको बैठकका १९ निर्णय सार्वजनिक गरेका हुन्। हेर्नुहोस् निर्णयहरुः

Read More

काठमाडौं,४असार। गण्डकी प्रदेशका सांसद राजिव गुरुङ (दीपक मनाङे) पदमुक्त भएका छन्। सर्वोच्च अदालतको संवैधानिक इजलासले उनलाई फौजदारी कसुरमा दोषी ठहर भई फैसला अन्तिम भइसकेको कारण जनाउँदै पदमुक्त हुने निर्णय गरेको हो । खुँडा प्रहार गरेर ज्यान मार्ने प्रयास गरेको कसुरमा दोषी ठहर भएका थिए। सर्वोच्च अदालतको संवैधानिक इजालसले उम्मेद्‌वार हुन समेत अयोग्य भएका उनी विवरण झुक्याएर सांसद भएको ठहर गरेको हो। उनलाई सुरुको दिनदेखि नै लागू हुनेगरी पदमुक्त गर्न माग भएकोमा सर्वोच्च अदालतको संवैधानिक इजलासले फैसला भएको मिति (आज) बाट लागू हुनेगरी पदमुक्त हुने निर्णय सुनाएको हो ।

Read More

भैरहवा,४असार। भैरहवास्थित लुम्बिनी एम्युजमेन्ट पार्क एण्ड रिसोर्ट प्रालि (एक्वा पार्क) को ‘स्वीमिङ पुल’मा डुबेर एक जना भारतीय नागरिकको मृत्यु भएको छ। सिद्धार्थनगर नगरपालिका-१ स्थित एक्वा पार्कको ‘स्वीमिङ पुल’मा पौडी खेल्ने क्रममा भारतको नौतनवाका साइल अन्सारीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका डीएसपी एवं सूचना अधिकारी सुरज कार्कीले बताए। लुम्बिनी एम्युजमेन्ट पार्कले सुरक्षा मापदण्डमा वेवास्ता गर्दा भारतीय नागरिकले ज्यान गुमाउनु परेको भन्दै आलोचना भइरहेको छ।

Read More

काठमाडौं,४असार। परराष्ट्र मन्त्रालयले इरान र इजरायलबीच जारी युद्धका कारण मध्यपूर्वी देशको यात्रा नगर्न आग्रह गरेको छ। बुधबार ट्राभल एडभाइजरी जारी गर्दै परराष्ट्र मन्त्रालयले उक्त आग्रह गरेको हो। ‘इजरायल र इरानको भ्रमण वा वैदेशिक रोजगारी वा अन्य कुनै प्रायोजनको लागि जाने तयारी गरिरहनुभएका नेपाली नागरिकहरूलाई हालको जटिल परिस्थित कायम रहेसम्म त्यस्ता भ्रमण तथा यत्रा नगर्नू, त्यस्ता भ्रमण तथा यात्रालाई स्थगित गर्नू’, परराष्ट्र मन्त्रालयले ट्राभल एडभाइजरीमा भनेको छ। इजरायल-इरानबीच विकसित घटनाक्रमलाई सरकारले नजिकबाट नियालिरहेको र त्यस स्थानमा रहेको नेपालीहरू हालसम्म सुरक्षित रहेको मन्त्रालयको भनाइ छ। दुई देशबीचको द्वन्द्वले हवाईमार्ग बन्द रहेकाले तेस्रो मुलुक हुँदै नेपाल फर्किनुपर्ने अवस्था आउनसक्ने भन्दै परराष्ट्र मन्त्रालयले त्यसका…

Read More

बुटवल,४असार। रुपन्देही प्रहरीले ठूलो परिमाणमा प्रतिबन्धित जडिबुटीसहित एक जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा जुम्ला,कन्कासुन्दरी गाउँपालिका–४ का ४८ वर्षीय सुकबहादुर बुढा रहेको प्रहरीले जनाएको छ। जिल्ला प्रहरी कार्यालय रुपन्देहीका एसपी प्रदीप बहादुर क्षेत्रीका अनुसार बुधवार इलाका प्रहरी कार्यालय बुटवलको टोलीले विशेष सूचनाको आधारमा बुटवल उपमहानगरपालिका–२ स्थित भिमसेन टोलबाट २८ लाख १७ हजार ५ सय मूल्य बराबरको १६ केजी १०० ग्राम (५,६३५ पिस) पाँचऔले जस्तो देखिने प्रतिबन्धित जडिबुटी बरामद गरेको हो। साथै, कुट्की जस्तो देखिने ९ केजी ६०० ग्राम पदार्थ, गिद्ध सिङे ५ थान र रुद्राक्ष ३ थान बरामद भएको उनले बताए। बरामद सामग्री र पक्राउ परेका व्यक्तिलाई थप अनुसन्धानका लागि…

Read More

काठमाडौं,३असार। बुधबार देशभर साधारणतया बदलीदेखि पूर्णयता बदली रहनेछ। मौसम पूर्वानुमान महाशाखाका अनुसार कोशी प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशका धेरै स्थानहरु र बाँकी प्रदेशका केही स्थानहरुमा मेघगर्जन/चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। कोशी प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशका एक-दुई स्थानमा भारीदेखि धेरै भारी वर्षाको पनि सम्भावना रहेको छ। देशका उच्च-पहाडी तथा हिमाली भूभागका थोरै स्थानहरु हल्का वर्षा/हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ।

Read More

काठमाडौं,३असार। नेपालले १२ वर्षपछि स्कटल्यान्डविरुद्ध टी–२० अन्तर्राष्ट्रिय क्रिकेटमा जित निकालेको छ। स्कटल्यान्डमा जारी त्रिकोणात्मक टी–२० सिरिजअन्तर्गत नेपालले स्कटल्यान्डलाई २ विकेटले पराजित गर्दै २०१३ यता पहिलोपटक जित आफ्नो नाममा दर्ज गरेको हो। तितवुड क्रिकेट मैदानमा टस हारेर ब्याटिङ गरेको स्कटल्यान्डले ९७ रन बनाएको थियो। ९८ रनको सामान्य लक्ष्य पछ्याएको नेपालले १९.५ ओभरमा ८ विकेट गुमाउँदै लक्ष्य पूरा गरेको हो। अन्तिम ओभरमा जितका लागि ४ रन चाहिएको अवस्थामा १९.४ ओभरमा नेपालले आठौं विकेट गुमायो। नेपाललाई जितको लागि १ रन मात्रै चाँहिदा किरण ठगुन्ना क्याच आउट भए। करण केसी ३ र सन्दीप लामीछाने १ रनमा अविजित रहे। नेपालका लागि ओपनर कुशल भुर्तेलले सर्वाधिक…

Read More

काठमाडौं,३असार। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले यातायात व्यवस्था विभागका एक कर्मचारीविरुद्ध अकुत सम्पत्ति आर्जनको मुद्दा दर्ता गरेको छ। आयोगले यातायात व्यवस्था कार्यालय सवारी चालक अनुमतिपत्र पर्साका अधिकृत कमलराज गौतमविरुद्ध मुद्दा दायर गरेको हो। २ करोड ५१ लाख बिगो कायम गरी गैरकानूनी सम्पत्ति आर्जन गरी भ्रष्टाचार गरेको अभियोगमा अख्तियारले विशेष अदालतमा आरोप पत्र दायर गरिएको जनाएको छ।

Read More